दलित आन्दोलनले नलिएको गति
- अर्जुन थपलिया
“नेपाली राजनीतिको केन्द्रीय भागमा दलित मुक्तिको प्रश्नमा कुनै बहस भएको छैन । उनीहरूले राज्यस“ग ठोस रूपमा कुनै माग प्रस्तुत गर्नसकेका छैनन् । देशको जनसंख्याको २० प्रतिशत रहे पनि छरिएर रहेका दलितहरूले क्षेत्रीय स्वायत्तताको दाबी कुन क्षेत्रविशेषमा गर्ने हुन्, थाहा छैन । जातीय असमानता र अन्याय सहेका दलित वर्गको मुक्तिलाई क्षेत्रीय स्वायत्तताको नाराले पनि छुने देखि“दैन ।”
“दलितहरूले मधेस आन्दोलनबाट पाठ सिक्नुपर्ने थियो, तर त्यसो हुन सकेन । मधेस व्रि्रोहपछि पनि मधेसीहरू आफ्नो अधिकारका लागि डटिरहेछन् । जुनसुकै पार्टर्ीी भए पनि मधेसको सवालमा उनीहरूले संयुक्त भएर संसद अवरुद्ध पारेको उदाहरण छ । जुनसुकै राजनीतिक दलमा भए पनि मधेसी नेतालाई मधेसी समुदायले मधेसको हितरक्षा गर्न दबाब दिइरहेछन् । तर आफू आबद्ध रहेको दलमा पनि दलित नेताले दलित अधिकार सुनिश्चित गराउन कुनै दबाब सिर्जना गर्नसकेका छैनन् ।”
“दलितहरूको मुक्तिस“ग गा“सिएका मुख्य दर्ुइ सवाल आरक्षण र भूमिसुधार आज पनि राज्यको अन्तिम प्राथमिकतामा छ ।”
“अब पनि चुप लागेर फेरि ठगिने कि आफ्ना मुद्दा सशक्त तर शान्तिपर्ूण्ा ढंगले अगाडि सार्ने - नेपाली दलितहरूले निधो गर्नुपर्ने बेला आएको छ ।”
Source article: दलित आन्दोलनले नलिएको गति (www.ekantipur.com, Posted on: 2008-11-26 19:18:39 )
In pdf file: Dalit Andolanle Naliyako Gati (provided by Shambhu Rasali Palpali) .