यस वर्षको टीकाराम पार्की मानव मर्यादा पुरस्कार रीमा नेपालीलाई

Rastriya Dalit Network (RDN), Nepal awards this year’s Tikaram Parki Manav Maryada Puraskar to Rima Nepal, a Dalit and women’s movement leader from Mid-western region of Nepal.

यस वर्षको टीकाराम पार्की मानव मर्यादा पुरस्कार रीमा नेपालीलाई

राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले हरेक वर्ष नेपाली दलित आन्दोलनमा अनवरत रुपमा काम गरेका अग्रज दलित नेताहरुलाई “टीकाराम पार्की मानव मर्यादा पुरस्कार” वितरण गर्दै आएको छ। उक्त पुरस्कार यस वर्ष मध्यपश्चिमाञ्चलका दलित तथा महिला आन्दोलन नेता रीमा नेपालीलाई दिने निर्णय भएको छ। साथै उहाँ अन्तरिम संसद विधायिका र हाल संविधानसभा सभासद हुनुहुन्छ।

सुदूरपश्चिमका शिक्षाविद् डा. हेमराज पन्तको अध्यक्षतामा गठित टीकाराम पार्की मानव मर्यादा पुरस्कार छनोट समितिको यही पौष ३ गते धनगढीमा बसेको बैठकमा समितिका तर्फबाट प्रकाशित गरेको सूचनाको आधारमा यस वर्ष सुदूर तथा मध्यपश्चिमबाट प्राप्त ३ वटा व्यक्तिगत विवरण आएका थिए। उक्त व्यक्तिगत विवरणहरुमा समितिका सदस्यहरुबीच व्यापक छलफल पश्चात उक्त निर्णय भएको हो। वयोबृद्ध दलित नेता स्व. टीकाराम पार्कील दलित आन्दोलनको इतिहासमा गरेको योगदानको कदर गर्द २०६० सालदेखि प्रत्येक वर्ष सो पुरस्कारले दलित आन्दोलनका अग्रजहरुलाई सम्मान गर्दै उहाँहरुले गरेको काम बारे जनमानसमा ल्याई दलित अधिकार प्राप्तिको आन्दोलनलाई सशक्त बनाउन अरुलाई पाठ होस् भन्ने मनसायले पुरस्कार वितरण गरिदै आएको छ।

“संवैधानिक आरक्षण सहित “संघीयताको पक्षमा दलित आन्दोलन: राज्यको पुनःसंरचना सहित नयाँ संविधानका लागि राष्ट्रव्यापी जागरण!!” भन्ने मूल नाराका साथ आठ राजनैतिक दलका शिर्षस्थ नेताहरु, भारतीय तथा नेपाली दलित आन्दोलनका नेताहरु, माननीय सभासद ज्यूहरु, नागरिक आन्दोलनका अगुवाहरुको उपस्थितिमा यही पौंष ९ र १० गते काठमाडौंमा सम्पन्न हुन गइरहेको छैठौ “दलितहरुको संसद” (Dalit Parliament) मा उक्त घोषित पुरस्का वितरण गरिने भएको छ।

उक्त पुरस्कारका राशि ५,१८२।–, कदर पत्र, RDN नेपालको (लोगो) प्रतिक चिन्ह र दोसल्ला रहेको छ। यस अघि २०६० सालमा पहिलो पल्ट पुरस्कार कैलालीका दलित नेता रबिन्द्र सिंह गहतराज, दोस्रो पल्ट २०६१ सालमा सिराहका दलित नेता वलदेव राम, तेस्रो पल्ट बैतडीका दलित नेता पुरनसिंह दयाल, चौथो पटक कैलालीका दलित नेता टेक बहादुर रैका र पाँचौ पटक कैलालीका बादी आन्दोलनका नेता उमादेवी बादीलाई सम्मानित गरिएको थियो।

धिरेन्द्र बि. के.
दलित एक्टीभिष्ट कोर्डिनेटर
राष्ट्रिय दलित नेटवर्क, नेपाल

Posted under News, Organizations Bay on Tuesday 23 December 2008 at 2:58 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.