नयाँ संविधानमा ‘दलित’ शब्द लेखिनु हुन्न

-सरोजदिलु विश्वकर्मा

एउटा अन्तर्वार्तामा मलाई सोधिएको थियो– ‘दलित आन्दोलन मजवुत नहुनुको वाधक के देख्नुहुन्छ?’ ‘सवैभन्दा ठूलो वाधक भनेको ‘दलित’ शब्द हो’ भनेर मैले उत्तर दिएको थिएं। फलतः मैले जागीर पाईन। …..

आज पनि ‘दलित’ शब्दका वारेमा वेलावेलामा वहस हुन्छ, निष्कर्ष आउँछ– ‘शब्दले के फरक पार्दछ र! हिरा, मोती नै राखेपनि हेर्ने दृष्टिकोण वद्लिएन भने त्यो पनि घृणित नै हुन जान्छ। …..

….. आधुनिक युवा र शहरभित्रका दलित, शब्दकै कारणले चाहेर पनि आन्दोलनमा आउन सकिरहेका छैनन्। उनीहरु भन्दछन् – ‘हामी वर्गीय दृष्टिले पक्कै पछि छौं, सामाजिक–सांस्कृतिक दृष्टिले हेलामा छौं, तर आफैं दलित होईनौं। वरु कामी भन, परियार, सुचिकार भन, चमार, मिजार भन, तर दलित नभन।’ पद्यमलालका छोरा पनि आज यसै भन्छन्। शब्दकै कारणले पुर्वतिर केटी माग्न जाँदा एकजना ठूलै दलितले दलित आन्दोलनमा लागेको भन्नासाथ केटी दिएनन्। उनको आरोप थियेा– दलित शब्दसंग खेल्ने मान्छे र सीनेासंग रमाउने गिद्ध एकै हुन्। एक अर्थमा उनको तर्क पनि जायजै हो– दलित शब्दसंग खेल्ने हामीहरु दलित बनाईएका समुह हौं भन्दैछौं भने अर्कोतिर यही शब्दलाई अंगाल्दै उन्मुक्ति खोजिरहेका छौ र फेरी शब्दलाई प्रवर्द्धन गर्दैछौं। त्यसैले दलितको अवस्थाको विकास गर्न खोजेको हो या दलितबाट उन्मुक्ति खोजेको? हामी नै स्पष्ट छैनौ। तसर्थ अवस्थाबाट उन्मुक्ति खोजेको हो भने दलित शब्द हटाउनै पर्दछ र दलित अवस्थाको प्रवर्द्धन गर्न चाहेको हो भने यो शब्दभित्र उन्मुक्ति खोज्न हुदैंन। किनकी शब्द र सार एकआर्काका परिपुरक हुन्छन्।

हो, हामीलाई द्रवीड्बाट शुद्र, अछूत, निम्न वर्ग हुदैं परिगणित अनि दलित शब्दसम्म आईपुग्न करीव ३० वर्ष लाग्यो। २०१३ सालमा अम्वेड्करले नेपाल आउँदा ‘दलित जनो’ भनेपछि टीआरलगायतका युवा पङतीलाई यस शब्दले छोयो र २०२४ सालमा लिखित दस्तवेजकैरुपमा उनीहरुले यस शब्दलाई विजारेापन गरे। २०४७ पछि विभिन्न कानून र ऐनहरुले यसलाई वैधानिकता दिए। पछि, ती नेताहरुले त्रिवि र राजकीय प्राज्ञ प्रतिष्ठानमा कैंयौ चोटी वहस चलाएर शब्दको सारलाई बदलेर अर्को अर्थ राख्न पनि वाध्य पारे। टीआर हिरालालवीचमा त यही शब्दकै कारणले लामो समयसम्म शीतयुद्ध नै चल्यो। शब्दकै कारणले आन्दोलनको ऐतिहासिक केन्द्रविन्दु मानिएका खड्गी र कुश्लेहरु आज आन्दोलनबाट बाहिरिएका छन्। हो, त्यो समयमा हाम्रो अवस्थाअनुसार दलित शब्द एकदमै प्रगतिशील थियो, तर आज हामी हाम्रो अवस्थावाट निकै अगाडि आईसकेका छौं र अव नयाँपीडिको मागअनुसार चल्नुपर्दछ। तिनकै आकांक्षाअनुसार आन्दोलनलाई अझ द्रुतरुपमा अगाडि लैजानु पर्ने हुन्छ। त्यसोहुनाले दलित शब्दकेा स्थानमा अर्को मुलप्रवाहको नेतृत्व गर्नसक्ने शब्द खोज्नु पर्ने ह146न्छ। जवकिः मधसी, जनजाति, नेवार, महिला जस्ता शब्दले उनीहरुको क्षेत्रमा सवैलाई मुलप्रवाहमा ल्याउन सकेको छ।

त्यसैले अवकेा संविधानमा ‘दलित’ शब्द राखिनु हुन्न भन्ने नै नयाँपींढिको मान्यता हो। शब्द विस्थापन गर्नका लागि अवको संविधान ‘दलित’ शब्द मुक्त हुनुपर्दछ। यदि यसो भएन भने यो शब्द सयौ वर्षसम्म अझै बाचीरहन्छ, जस्ले नयँा पींढिलाई आन्दोलनमा आउन अझ वन्देज गर्दछ भने अर्कोतिर भारतकै जस्तो केही सीमित वर्गको कमाई खाने जाप शब्दमा अड्किने छ, दलित आन्दोलन। तसर्थ दलितको पाँचवटा विपन्न अवस्थाको वोध हुने, यो समुदायलाई ललित कला, सील्पी, कौशलका धनी, मेहनत्कश भनि सम्वोधन हुने शब्दको स्थापन गर्नु पर्दछ र त्यसका लागि आजैदेखि वहस हुनु जरुरी छ। जवकी २्र०६७ सालको शुरुमा संविधान आउंदा दलितलाई मुलप्रवाहमा समेट्न सक्ने संविधान लेखिन सकोस्। होइन भने हामी आर्थिक, राजनीतिक हिस्साका कुरा गरिरहँदा हामी अझै १०० वर्ष पछाडि धकेलिन सक्छौं।

हामीसंग शब्द प्रशस्त छन्, तर वहस र एकताको मात्र अभाव हो, सही कुरालाई पाचन गर्नसक्ने संस्कृतिको खँाचो छ। अतः बहस र एकता भए ‘दलित’को स्थानमा ‘ललित’ वा ‘पारखी’ वा ‘कौशल’ वा ‘सील्पी’ आदि राख्न सकिन्छ। यी शब्दमा वहस शुरु गरौं र भावी पींिढको सम्मानीत जीवन र मुलधारको आन्दोलन निर्माण गर्नेतर्फ उन्मुख होअैं। …….

Posted under Perspectives / Analysis on Tuesday 23 December 2008 at 4:17 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.