Rastriya Dalit Network (RDN) Nepal: Press Release on PM’s Address to the Nation
In a press release, Rastriya Dalit Network (RDN) Nepal welcomed the PM Prachanda’s specific focus on Dalit issues in his address to the nation broadcast on January 25. Ganesh BK, the President of the RDN appreciated that the PM has adopted in his address many of Dalits’ demands put forward by RDN and Dalit Parliament organized by RDN. However, he emphasized the need to implement the pledges the PM made to make the real difference.
राष्ट्रिय दलित नेर्टवर्क, नेपाल
Rastriya Dalit Network (RDN) Nepal
प्रेस विज्ञप्ती
नेपाल सरकारका प्रथम निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा यही २०६५ माघ १२ गते नेपाल सरकारका तर्फ ट राष्ट्रका नाममा गर्नु भएको संवोधनले भूमिअधिकार, महिलाअधिकार, जनजीविकाका सम्बन्धमा र विशेष गरी दलितहरुका अधिकांश महत्वपूण मुद्दाहरु संवोधन भएकोमा सो संवोधनको हार्दिक स्वागत गर्दछौं ।
राष्ट्रिय दलित नेर्टवर्क (RDN) नेपालले आफ्नो स्थापना कालदेखि उठाउँदै आएको अधिकार सम्पन्न दलित अधिकार आयोगको गठन, हरेक गा.वि.स. मा छुवाछूत अपराध निगरानी केन्द्रको स्थापना, हरेक अदालतहरुमा दलित हेर्ने छुट्टै सेलको स्थापनाको माग गर्दै आएको र राष्ट्रिय दलित नेर्टवर्क तर्फ नेपालको आयोजनामा हरेक वर्षसम्पन्न हुँदै आएको दलित संसदमा यी मागहरु उठाउँदै आएको र नागरिक स्तरबाट संगठनको एक अभिन्न अंगका रुपमा छुवाछूत अपराध निगरानी केन्द्रको अभ्यास समेत गरिरहेकोमा प्रधानमंत्रीको संवोधनमा जातीय छुवाछूतलाई जघन्य अपराधका रुपमा घोषणा गर्दै हरेक अदालतमा छुवाछूत निवारण सेल, हरेक गा.वि.स. मा छुवाछूत अपराध निगरानी केन्द्र, दिलबहादुर रम्तेलका नाममा दलित शैक्षिक छात्रवृति कोष, सुकुम्वासी, हलिया, वादी, भूमिहिन, मजदूर लगायतका सम्बन्धमा ऐतिहासिक घोषणा मार्फ् हामीले उठाउँदै आएका अधिकांश मागहरु संवोधन भएकोमा हामी गौरब गर्दछौं र वर्तमान सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
हालसम्म दलितको अधिकार स्थापना गर्न थुप्रै लोकप्रिय घोषणाहरु हुने तर कार्यान्वयनमा वेवास्ता गर्ने विगतको परम्परालाई तोड्दै वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको सरकारले कार्यान्वयनलाई विशेष जोड दिने छ भन्ने विश्वास समेत लिन चाहन्छौं । अन्यथा नागरिकहरुले आफ्नो हक अधिकार प्राप्तिको अभियानमा निरन्तर लागिरहने कुराको सहर्षध्यानाकर्षा समेत यही प्रेस विज्ञप्ती मार्फ् गराउन चाहन्छौं ।
गणेश बि. के.
अध्यक्ष
राष्ट्रिय दलित नेर्टवर्क, नेपाल
“छुवाछूत बिनाको अर्को नेपाल संभव छ, आउनुहोस् निर्माण गरौं” “Another Nepal Without Untouchability is Possible ! Let us Build It !!”