पानी छोएको निहुँमा कुटपिट

Source: कान्तिपुर

हेटौंडा, माघ २८ - पानी छोएको निहुँमा दलित कुट्ने दुई युवकलाई जिल्ल्ाा अदालत मकवानपुरले पुर्पक्ष्ाका लागि थुनामा राख्ने आदेश दिएको छ ।

अदालतका निमित्त स्रेस्तेदार गुजेश्वरी पोखरेलको मंगलबार बसेको एकल इजलासले पानी छोएको निहुँमा कुटपिट गरेको आरोपमा शिव गिरी र हिमाल गिरीलाई थुनामा राख्ने आदेश दिएको हो । अभियुक्तद्वयसँग जिल्ला अदालतले जनही २५ हजार धरौटी माग गरेको छ । अदालतको मागअनुसार धरौटी राख्न नसकेकाले अभियुक्त द्वयलाई थुनामा राख्ने आदेश दिएको हो । उनीहरूले मनहरी-७ का जितबहादुर सुनारलाई गाग्रीको पानी छोएको भन्दै माघ ८ गते निर्घात कुटेका थिए ।

दलित भएकै कारण कुटाइ खानुपरेको भन्दै सुनारले जिल्ला प्रहरीमा लिखित उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले पहिलोपटक छुवाछूत अन्तर्गत उनीहरू विरुद्ध अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

Posted in ekantipur.com on: 2009-02-10 21:41:59

Posted under News on Monday 16 February 2009 at 5:49 pm

1 Comment »

  1. Trackback by http://goloco.org/users/msgSsBJ — August 10, 2010 @ 1:07 pm

    I really like your blog and i respect your work. I’ll be a frequent visitor. for instance, let’s say that a customer has $100 in her bank checking account.

    I liked it. So much useful material. I read with great interest. She first uses her debit card to spend $10 at Burger King, she then spends $50 to pay her cell phone bill, and then she spends $102 on gas for her car.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.