दलित समुदायबाट २ मन्त्री थपिने

- रविन्द्र पाध्याय
२१ मार्च

दक्षिण अपि्रुकाको सार्पभिल्लेमा रंगभेदी कानुनको विरुद्ध भएको एक शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा ६९ जना अधिकारकर्मी मारिएको स्मरण गर्दै २१ मार्चको दिन नेपालमा पनि ४४ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस मनाइयो ।

सन् २००२ मार्च २१ अर्थात ३७ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवर पारेर तत्कालिन मन्त्रीपरिषदले स्थापना गरेको राष्ट्रिय दलित आयोगको ७ औं वार्षिकोत्सव तथा ४४ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक हप्ता भित्र एक पूर्ण मन्त्री र एक सहायक मन्त्री बनाएर मन्त्री परिषदमा दलित समुदायको प्रतिनिधत्वको सुनिश्चितता गर्ने बताउनु भयो । दलितको रक्तसाचारको आन्दोलनबाट म नेतृत्वमा आएको हुँ । मैले यो कहिल्यै बिसर्िदैन भन्दै दलित आन्दोलनमा सदैव सहयोगर प्रतिबघद्धता रहने बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष रामलाल विश्वकर्माले दलित समुदायष्का मागलाई मा राजनीतिक दलले घोषणा पत्र साथै सरकारी कागजी दस्तावेजको रुपमा राखेर समस्या समाधान नहुने बताउनु भयो । यसका लागि उहाँले व्यवहारिक रुपमा कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा राष्ट्रिय दलित आयोगले गरेका कार्यक्रमहरुको प्रगति प्रतिवेदन अध्यक्ष विश्वकर्माले प्रधानमन्त्री प्रचण्डलाई हस्ताण्तरण गर्नु भयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य तथा सभासद विश्वभक्त दुलाल आहुती नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष मिन विश्वकर्मा मुक्ति समाजका केन्द्रीय अध्यक्ष लालबहादुर विश्वकर्मा राष्ट्रिय दलित आयोगका सदस्य सचिव जानकी बराहले बोल्नु भएको थियो ।

Source: dalitmediahome.com

Posted under News on Monday 23 March 2009 at 8:26 am

1 Comment »

  1. Pingback by The Nepaldalitinfo International Network » Finally Dalits Get a Cabinet Seat: Mahendra Paswan Named Minister for Land Reform — March 28, 2009 @ 3:08 pm

    […] [Source for Paswan’s personal information: Nepal Election Portal] RELATED NEWS: दलित समुदायबाट २ मन्त्री थपिने

    Posted under […]

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.