जिल्ला प्रशासन कार्यालय ललितपुरमा ताला लगाईने

Posted by Rajendra Bishwakarma on March 29th, 2009

काठमाडौ चैत्र १६- आज संयुक्त दलित विद्यार्थी संघर्ष समिति र प्युटार घटना न्यायिक दवाव समितिले संयुक्त रुपमा जिल्ला प्रमुख अधिकारीलाई भेटघाट गरी दोषीलाई आजसम्म नपक्रीएकोमा आपत्ति जनाउदै आजको दिन भरिमा दोषी विमला लामा लगायतका व्यक्तिलाई नसमाते भोली देखि कडा भन्दा कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सभासदहरु विनोद पहाडी धर्मशिला चापागाई सन्तबहादुर नेपाली खड्ग बस्याल नेकपा एमालेका केन्द्रीय सदस्य जीतु गौतम लगायतका व्यक्तिहरुले घटना घटेको १० दिनसम्म र नागरिक समाज पत्रकारहरु दलित कार्यकताहरुले घटनास्थलमा पुगि घटनास्थलमा रहेको प्रहरी टोलीलाई पिडक विमला लामालाई जिम्मा लगाई गत १२ गते घटनास्थलबाट काठमाडौ प्रवेश गरेको थियो । तर अहिले आएर दोषी भाग्यो भनेर भन्नु लज्जास्पद र नियोजित भएको भन्दै प्रमुख जिल्ला अधिकारीको आलोचना गर्नु भएको थियो ।

ललितपुर प्युटारमा घटेको घटनाको विरुद्ध भोली बिहान १० बजे देखि १ बजे सम्म ललितपुर जिल्ला प्रशासन कार्यालय घेराउ र ताला बन्दी गर्ने कार्यक्रम प्युटार घटना न्यायिक दवाव समितिले गरेको छ । आज भन्दा ७८ घण्टा अगाडि जिल्ला प्रमुख अधिकारी लक्ष्मीप्रसाद ढकाललाई दोषीलाई पकि्र कारवाही गर्नको लागि २४ घण्टे अल्टीमेटम दिएको तर आज सम्म पनि घटनाको दोषीलाई पक्रन कुनै पहल नगरेकोले अब आजसम्ममा दोषीलाई पक्री कारवाही अगाडी नबडाएमा चरण बद्ध सडक आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ ।

Posted under News on Sunday 29 March 2009 at 12:21 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.