प्रेस बिज्ञप्ती: छुवाछूतको कारण दलित परिवार डेराबाट हटनु पर्ने समाचार प्रति ध्यान आकर्षण

छुवाछूतको कारण दलित परिवार डेराबाट हटनु पर्ने समाचार कान्तिपुर दैनिक पत्रिका बाट सुन्दा हाम्रो ध्यान आकर्षण भएको छ । कास्की पोखरा सिर्जनाचोक निवासी सकुन्तला गिरीका परिवारले दलित बसेको घर जुठो हुन्छ भनि घरमा बस्न दिएनन । यो घटना दलित प्रति गर्ने अपमान, अन्याय, अत्याचारका अनेकौ श्रृखल्ला मध्ये एउटा अशं हो । अझै बर्वर विभत्स अन्यायका क्रुरुर दिनहरु बोकेको निरकुश सामन्ती सत्ता जीवित छ ।

पोखरा, मिति २०६६ जेठ १२ गते मँगलबार छुवाछूतको कारण दलित परिवार डेराबाट हटनु पर्ने समाचार कान्तिपुर दैनिक पत्रिका बाट सुन्दा हाम्रो ध्यान आकर्षण भएको छ । कास्की पोखरा सिर्जनाचोक निवासी सकुन्तला गिरीका परिवारले दलित बसेको घर जुठो हुन्छ भनि घरमा बस्न दिएनन । भीम बहादुर बिश्वकर्माले दश दिनकि सुत्केरी श्रीमति र परिवार लिएर कोठा भित्र प्रवेश गरेको केही समयमा दलित भन्ने थाहा पाएपछि तत्काल घर छोडन दवाव दिए । के जात हौ भनि प्रश्न गर्दा भीम बहादुरले हामी त ूबिश्वकर्मा ूहौ दीदी भन्दा सकुन्तला गिरीले तिमी तल्लो जातको रहेछौ । हामी तल्लो जातकालाई बस्न दिदैनौ तिमी तुरुन्त गई हाल भनि अपमानपर्ूबक कोठाबाट लखेटिन ।

यो घटना दलित प्रति गर्ने अपमान, अन्याय, अत्याचारका अनेकौ श्रृखल्ला मध्ये एउटा अशं हो । अझै बर्वर विभत्स अन्यायका क्रुरुर दिनहरु बोकेको निरकुश सामन्ती सत्ता जीवित छ । अहिले सरकारमात्र फेरिएको छ सत्ता फेरिएको छैन । पछौटे प्रतिक्रियावादी आदतका सत्ताहरुलाई ध्वत गर्न अब हामी दलितहरु नै अपराजित शक्तिको रुपमा उठनै पर्छ । हामी दलितहरु जहाँ जुनजुन धार बिचारमा छौ, त्यहीबाट छुवाछूतलाई बचाई राख्ने अन्यायपर्ूण्ा सबै खाले प्रवृतिहरुको विरुद्ध निर्मम संर्घष्ामा उठनै पर्छ ।

अब हामी एउटा जीतको लागि हजारौ हारहरुको सामना गर्दै सहादतकोर् इतिहास रचेर अगाडी बढनै पर्छ । हिजो हामी देशको लागि, पार्टर्ीीे सचेत लक्ष्यको लागि रगतको कोटा बुझायौ । अब विशिष्टकृत रुपमा दलित मुक्तिमा लागि फेरि हामीले बलिदानको कोटा नबुझाएर हामी छुवाछूतको पीडाबाट मुक्त हुनै सक्दैनौ । भिषण रत्न स्नानबाट नगुज्ररी आधिमय रुपान्तरणका क्षणहरु दलित गरीबको जीवनमा आउनै सक्दैनन ।

आत्मसंर्घष्ा, अन्तरसंर्घष्ा र बर्गसंर्घषका तुफानी बेगले धक्का नदिई छुवाछूतको कालो पहाडलाई हामी भक्ताउनै सक्दैनौ । एक पटक हामी हाम्रो बर्ग चिन्तन हामीले रोजेको दिशाा र यसका आन्दोलनका मोडहरुलाई हेरौ र शश्लेषण गरौ । हाम्रा मुक्तिका सचेत पहलहरुलाई केलाउ त्यो दलित मुक्तिको महान आन्दोलन संग जोडदै लगौ । जहाँ जातिय आन्दोलन र बर्गीय आन्दोलनको दर्ुइ पर््रबगहरुको उचित संयोजन गरौ । यो अपराजित शक्ति हुनेछ । यसबाट हामी अछूत बनेर अन्यायको घुटपिएर बाच्ने दिनहरु अन्त्य भएको देख्नेछौ ।

सत्तामा शक्तिमा र अधिकारमा दलितको पहुच नभैकन हामी छूवाछूतको हथकडी चुडांउनै सक्दैनौ । त्यसकारण दलितको राज्यसत्ता माथिको सहभागिताको प्रश्न नै संर्घष्ाको केन्द्रीय प्रश्नको रुपमा उठाउ । अब हामी एकिकृत दलित संघषको थालनी गर्ने परिबेस सृजना गरौ । एक पटक सोचौ, यो शासन सत्ता भित्र दलित मुक्ति खोज्ने या दलित, गरीबका सबै खाले शोषणबाट मुक्त हुने अगग्रामी साशन स्थापना गर्ने आम रुपान्तरणको संर्घष्ामा अग्रसर रहने - यो मुद्धा हामी दलितको लागि प्रधान सवाल हो । नेपाली समाजको स्थिर पुरानो शामन्ती चरीत्र र व्यवहार फेरौन हामी दलित जुझारु शक्तिहरुले । हामी आहृवान गर्न चाहन्छौ, हाम्रा सबै पछौटे सँकर्ीण्ा सोचहरु फालेर जुटौ, एक ढिक्का हौ, कस्ले एकताबद्ध हुन दिदैन दलितलाइ त्यसको बिरुद्धमा भिषण साँस्कृतिक संर्घष्ा चालु राखौ ।

प्रेषित
मोतीलाल नेपाली
डि.एन.एफ.- नेपाल
काठमाण्डौ ।

Posted under News on Tuesday 2 June 2009 at 9:55 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.