गोरखापत्र (Gorkhapatra) शनिवार: दलित साहित्यको सौन्दर्य
निश्चय नै दलित साहित्यमा सुन्दरता मात्र देख्नु दलित दृष्टिकोण हुन जान्छ । वर्गीय विचार हुन्छ । दलितसाहित्यको अन्तिम लक्ष्य र सत्य भनेको समतामूलक समाज अथवा समाजवाद हो र हुनैपर्छ ।
- ध्रुवसत्य
नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको चौथो बृहत राष्ट्रिय सम्मेलन वैशाख १ र २ गते काठमाडौंमा सम्पन्न भयो । निनु चापागाईद्वारा लिखित ‘नेपालीमा दलित साहित्य र समस्या’ कार्यपत्र प्रस्तुत तथा दलित साहित्यको आˆनै सौन्दर्यशास्त्रको आवश्यकतामाथि छलफल सम्मेलनको सार थियो । कार्यपत्रमा उल्लेखित ‘नेपालमा दलित साहित्यको मूल्याङ्कन पारम्परिक मानदण्डहरूका आधारमा हुन सक्दैन र पारम्परिक सौन्दर्यशास्त्रका मानदण्डहरूभन्दा भिन्न दलित साहित्यका निम्ति अलग्गै खालको सौन्दर्यशास्त्रको आवश्यकता पर्दछ भन्ने धारणाले टाउको उठाईसकेको छैन’ भन्ने अंशले अब नेपाली दलित साहित्यको आˆनै सौन्दर्यशास्त्रको आवश्यकतामाथि बहस भएको छ ।
कार्यपत्रमा भारतीय दलित साहित्य समालोचनाको विशेष सन्दर्भ विशेष ढङ्गले समेटिएको छ । नेपाली दलित र भारतीय दलितको प्रकृति र पीडा फरक छैन । भारतमा महात्मा गान्धीका हरिजन दलितहरू र नेपालमा महाकविका दिलका ठूलो दलितहरूको आवाज एउटै छ -मानिसको जात मानिस नै हो ।
भारतीय लेखक डा. एन. सिंहको ‘दलित साहित्यको शब्दसौन्दर्य प्रहारमा हुन्छ, सम्मोहनमा होइन’ भन्ने विचारसँग जो कोही साहित्यिक विवेक र संवेदना सहमत भएर मात्र दलित साहित्यको सौन्दर्यमाथि वहस वा तर्क गरिएला । दलित साहित्य दलित मुक्तिको गुलाब हुनुपर्छ । गुलाबको फूलमा काँडा हुनु स्वाभाविकै हो । खासगरी दलित समस्या वर्गीय मुक्तिको सवाल हो भन्ने समग्र ठम्याईले नै भौतिकवादको बगैँचामा मात्र मुक्तिको फूल फुल्छ र फल्नुपर्छ भन्ने दलित साहित्यको सार हो ।
पारिजातको ‘शिरीषको फूल’ उपन्यासमा एउटा प्रसङ्ग छ ‘… त्यसपछि फूलबाट आँखा हटाएर मलाई हेर्दै भनी ‘फूलबाट तपाईं कति चाँडै जीवनको थोत्रो दर्शनतिर भोग्नु भयो Û’ मैले निधारमा गाँठो पारेँ, ऊ भन्दै गई ‘आˆनो निम्ति फुल्नु, आˆनै निम्ति फक्रिनु, झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भवँरासँग लाप्पा खेल्नैपर्छ, र्झन पर्छ भने भँवराको चोट सहेरै किन झर्ने Û
‘हो, फूललाई जीवन सम्झनेहरूका कुरा Û’
निश्चय नै दलित साहित्यमा सुन्दरता मात्र देख्नु दलित दृष्टिकोण हुन जान्छ । वर्गीय विचार हुन्छ । दलितसाहित्यको अन्तिम लक्ष्य र सत्य भनेको समतामूलक समाज अथवा समाजवाद हो र हुनैपर्छ ।
अझै पनि नेपालको साहित्यको आँगनमा अभिजातवाद र आधुनिकतावाद अग्लो भएर उभिएको छ । पूँजीवादको पर्खालमा टेकेको यो अभिजातवाद अग्लो देखिनु स्वाभाविकै हो । सदियौँदेखि अभिजातवर्ग अर्थात् सामन्तहरूद्वारा शोषित पीडित दलितहरूको प्रहारका केन्द्रबिन्दु पूँजीवादकै पर्खाल हुनु स्वाभाविकै मान्नुपर्छ । आधुनिकीकरणसँगै पूँजीवादको प्रगति भएर धनी झन् धनी र गरीब झन् गरीब बन्दै जानु र सामन्तवाद, पूँजीवादकै पक्षपोषणमा साहित्य आउनु स्वाभाविक हो । दलित साहित्यले समाज बदल्न चाहन्छ, समतामूलक समाज चाहन्छ ।
दलित र सर्वहारावर्गले चाहेको समतामूलक समाज अथवा समाजवाद एउटा यस्तो फूलवारी हो जहाँ सबै प्रकारका फूलहरू फूल्न मल, जल र वातावरण समान हुनेछ । त्यहाँ सबै समान अर्थात् एकै प्रकारका फूलहरूको सम्भव छैन र जुन सुन्दर पनि लाग्ने छैन ।
हामी सुन्दरता चाहन्छौँ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तपछि दुनिया कै दृष्टि बद्लियो । सुन्दर र कुरूप सत्य र भ्रम Û संसार यसैले सुन्दर छ कि यो कुरूप पनि छ । संसारमा भ्रम छ र त सत्य पनि छ ।
के हामीले धर्तीमा बाँचिरहेको जीवन सत्य होइन ? के संसारका सबै मानवहरूले बाँच्न पाउने अधिकार समान हुनु सौन्दर्य होइन ?
हो, आजको साहित्य सत्य र सौन्दर्यको पक्षपाती हुनैपर्दछ । मैले डा. एन.सिंहको ‘दलित साहित्यको शब्दसौन्दर्य प्रहारमा हुन्छ, सम्मोहनमा होइन’ भन्ने विचारलाई केन्द्र विन्दु बनाएर दलित साहित्यको सौन्दर्यको बारेको बुझाई हो यो । डा. एन.सिंहको विचारलाई गाईको निबन्धभित्रको वाक्यलाई जस्तो सोझो अर्थमा बुझियो भने यो लेख मात्र नभएर मेरो समग्र सोच र दृष्टिकोण नै कुरूप हुनुपुग्ने छ । झट्ट हेर्दा केही र कोहीमाथिको प्रहार कुरूप कार्य नै हो । सबैप्रकारले प्रहार काँडा नै हो । काँडा निकाल्ने काँडा Û साहित्यको सियो वा प्रहारले समाजमा बिझेको-बल्झेको विकृति, विस·ति र विभ्रमको काँडालाई निकालने हो । नयाँ घाउ पार्ने होइन । साहित्य समाजभन्दा पर छैन र मानवतामाथि पनि छैन । साहित्यले मानव र समाजमाथि स्नेह राख्दैन भने त्यो साहित्य के साहित्य ?
दलित साहित्यका प्रहार नै प्रतिभा हो, कलात्मक अभिव्यक्तिको आवश्यकता नै पर्दैन भन्नु साहित्यकै अपमान हुन्छ । तरवारको कला जानेकोले नै तरवार चलाउँदा सुन्दर लाग्छ भने कलमको कला जानेकोले नै कलम चलाउँदाको सौन्दर्य बेग्लै हुन्छ । आज हामी दलित साहित्यको आˆनै सौन्दर्यशास्त्रको आवश्यकतामाथि अन्तरक्रियाको आरम्भमा छौँ । नेपाली दलितसाहित्यको सौन्दर्यशास्त्रका तत्वहरू के के हुनसक्छन ? यो राष्ट्रिय बहसको विषय हो । यस सन्दर्भमा दलितमुखी सम्पूर्ण साहित्यकारहरूबाट विचारहरू आउनेमा म विश्वस्त छु ।
अन्तमा एउटा जिज्ञासा उठ्ला- के समतामूलक समाजको स्थापनापछि दलित साहित्यको सौन्दर्य हराएर जानेछ ?
यस्तो नहोला Û के आज हामीले हाम्रो पुर्खाले शत्रुलाई प्रहार गर्ने ढु·ाको आदिम अस्त्र पायो भने त्यसमा सुन्दरता देख्दैनौँ ?
के हामीले आˆनो प्रेमी वा प्रेमिकालाई पाइसकेपछि उनलाई पाउनु पुर्व लेखेको प्रेम पत्रमा सौन्दर्य पाउँदैनौँ ? सदा सबै साहित्यले कपुतलाई सपुत बनाउनका लागि प्रहार गरोस् । मानवता र समतामूलक समाजका लागि प्रहार गरोस् ।
[Source: गोरखापत्र (Gorkhapatra), शनिवार २०६६ साल जेठ २३ गते]
भारतमा गान्धीले हरिजन भने, तर हामी कोरियाबासी कर्मिजन भन्छौं . कर्मिजनको बिषयलाई बर्गिय समस्या भनि कम्युनिष्ट पार्टी को “राजनीतिक मसला ” को रुपमा जोड्नु उचित नहोला, यो त कहिले नटुंगिने जड पो हुन जान्छ . छातीमा हात राखी स्वतन्त्र रुपले कर्मिजनको बिषयमा विश्लेषण गर्दा राम्रो हुन्छ. जस्तो जर्मन भूपू रास्ट्रपति ले हंगेरीको राष्ट्रिय दिवसमा इतिहासमा जर्मन सेनाले गरेको दुर्व्यवहारको जिम्मेवारी लिएर औपचारिक समारोहमा माफी माग्नु भएको थियो, ठिक तेसरी नै नेपालमा गैर कर्मिजन (बिस्व हिन्दु महासंग प्रमुख , राष्ट्र प्रमुख , सरकार प्रमुख ) ले औपचारिक रुप मा माफी मागेर मुक्क्ति को अभियान अगाडी बढाउनु पर्छ.
Nepali Dalit leaders and literatuers who are mailnly influenced by Marxism, are failed to see Dalit problem as an interface of caste, class and gender.Defining Dalit problem merely on the basis on class misleads Dalit movement.
dfgdfgsdfg