दक्षिणी सीमाका नागरिक र गौरवमय नेपाली सेना!

भारतीय सरकारी भक्षकहरुबाट १५ जना कलिला युवतीहरु दिनदहाडै वलात्कृत भएका छन्। र, करीव ६ हजारजना राप्ती पारी र वारा जिल्लाको दक्षिणी सीमाबाट विसथापित भई सदरमुकाम वरपर आएका छन्। ….अनि हाम्रो गौरवमय छवि भएको सेना! ….यो सेना जनताको हो की परमाधिपतिको? राष्ट्र र नेपाली जनताको हो भने राष्ट्रिय सीमामा अतिक्रमण भईरहँदा किन तै चुप मै चुप् छ?

- सरोजदिलु विश्वकर्मा

भारतीय सरकारी भक्षकहरुबाट १५ जना कलिला युवतीहरु दिनदहाडै वलात्कृत भएका छन्। र, करीव ६ हजारजना राप्ती पारी र वारा जिल्लाको दक्षिणी सीमाबाट विसथापित भई सदरमुकाम वरपर आएका छन्। कतिपय चेलीहरु छोरी वुहारीहरु दिनदहाडै आफ्नै सासु–ससुरा र लोग्नेको अगाडिको नाङ्गै पारिएर वलात्कृत भएका छन्। ती सरकारी भक्षकहरुको यस्तो जघन्य अपराधहरु नेपालमा धेरै चोटी धेरै ठाउंमा क्रमश हुदैं नआएका होईनन्। तर, कोईलावास, दशगजा र अन्य स्थानबाट यिनको घरमा आगो लगाई झोला–झ्याम्टा र खानपानसमेत लुटपाट गरी लखेट्ने काम हुँदा हाम्रा सर्वहारावादी नेताज्यूहरु मन्त्री को हुने र कसले नेतृत्व गर्ने होडमा तछाड र मछाड गरिरहेका छन्।

मधेशीको अधिकारको ठेक्का लिएको मधेसी फोरम त ‘तँ मन्त्री हुने कि म मन्त्री हुने’ भन्ने होडमै फुट्को संघारमा पुगीसकेको छ।

भारत सदिच्छा नै हो– माथिको आदेशानुसार नेपालको सरकारलाई सदैव अस्थिर तुल्याईरहनु अर्थात तलबाट कन्याउदै मुटु–कलेजो लुछ्नु। सिक्कीमलाई उस्ले यसै गर्यो, भुटानमा त्यही भईरहेको छ। अर्थात उसले साना मुलुकहरुलाई कमजोर तुल्याईरहनेक्रममा ‘आकाशमा चील आयो, सावधान भन्दै’ तलबाट चल्लाहरुलाई चिल्लीविल्ली पार्दछ। फलतः अघिल्लो गिरिजा सरकार हुँदा सुस्ताको १४ हजार जमिन भारतबाट अतिक्रमण भएको थियो भने त्यसपछि माओवादीसंग शान्ति प्रकृयामा हस्ताक्षर हुनासाथ पर्ख र हेरको दाऊमा ऊ मौन बस्यो। अहिले माओवादी सरकारलाई कम्युनिष्ट नै उचालेर भत्काई उसले नै यहाँ अस्थिरता श्रृज्याएको छ। र, यस धमिलो पानीमा गौडागौडाबाट बसेर नयाँ–नयाँ दाऊ लगाउने चेष्टामा ती बल्लभभाई पटेलहरु तम्तयार छन्। त्यसैगरी भारतकै कारणले नेपाल भूमिमा साम्प्रदायिक हिंसाको मैदान हुने सम्भावना बढ्दै गएको छ। जवकि मधेशलाई च्यातेर तान्न नेपालमा आगो लगाई एक मधेश एक प्रदेशको घीऊ छर्किदिएको छ भने यता विभिन्न अपराधी समुह तथा लिम्वुवान र खुम्वुवानका नाममा चल्ने केही तत्वहरुलाई हतियार विक्रि गरिरहेको छ। त्यस्ता अपराधीहरुले नेपालमा अपराध गरी उसकै भूमिमा सुरक्षा पाईरहेका छन्।

फेरि यो सुध एड पावर कम्पनीले हाम्रा मिडिया र प्रत्यक्षदर्शीहरुकै अगाडि नेपालीलाई सिधै ढाँट्दैछ, जुन हाकाहाकी कुटनीतिक दादागिरी हो। अर्थात यसलाई, कमजोरसंग लुटेर ‘लुटेँ भने लुटेँ लुटेँ, के गर्छस्?’ भन्दै उल्टै थप्पड हान्ने मुन्द्रे दादागिरी भन्दा फरक पर्दैन। दुधको साक्षी विरालो भने झैं सोही झुठ्मा हाम्रा गोविन्द कुसुमहरु साक्षी बक्दैछन्। जवकि, कुटिएर, चुटिएर, लखेटिएर, बलात्कृत भएर रगत चुहाउँदै दाङ, देऊखुरी र नीजगढ, पथलैयातिर आउनेको भिड् अहिले पनि जो–कोहीले देख्नसक्छ, तिनको दर्दलाई सजिलै मनन गर्न सकिन्छ। यस अर्थमा यी उपल्ला थरीहरु झुठ्, वेईमानीसहितको पण्डित्याईं गर्दै तिनै पुराना मालिकको पाऊमा लम्पसार छन्, भन्नै पर्दछ। यसरी पटकपटक अतिक्रमण भईरहँदा नेपाली नागरिक र वालवालिकामाथि यस्ता वित48डा मच्चिईरहँदा यतिवेला यी नेता तथा सीमा रक्षक नेपाली सेनाहरु फुलीकै लडाईमा सिंहदरवार र भद्रकालीको चार दिवारभित्र निदाईरहेकै छन् भन्नु पर्दछ। परमाधिपति राष्ट्रपति भने कानमा ठँेडी हालेर शितलीटीभित्र मस्त आराममा छन्।

यता यो हिलाम्मे दहमा हाम्रो राजनेताहरु एकआर्कालाई हिलो छ्यापाछ्याप गर्न तत्पर छन्। तर राष्ट्रियता बचाउने महान कार्यमा भने राष्ट्रको करमा अघाउनेहरुको यतिवेला पद जाने डरले धोती–कन्दनी खुस्किरहेकेा छ। र, गठवन्धनकारी सरकार सीमा क्षेत्रका नागरिकहरुको पीडामा थाहा पाउँदैं नपाएजस्तो गरेर मौन बसेको छ। नेपालको क्षेत्रफलको हिसाव किताव मिलोस् या नमिलोस्, त्यसप्रति कुनै सरोकार छैन, वरु कुन मन्त्रालय कस्ले उछिट्ट्याउने जोड–घटाउमा छन्, यिनीहरु। जसो भए होस्, काजविनाका यी राजनेताहरुलाई दक्षिणी क्षेत्रका ती उत्पीडित र दलितहरु मान्छे जस्तै नलागेको पनि होला। अथवा ती मान्छेभन्दा कुर्सी खरिद्–विक्री गर्ने सिंहदरवारका पुराना दलालहरु नै तिनलाई प्रीय लागेको पनि हुनसक्छ। मुख्यतः हाम्रेा गरिमामय पार्टी–एमालेका केही पदलोलुप नेतासमेत सत्ताको मातमा त्यही गन्धे दहमा मुख जोत्न रति हिच्किचाएका छैनन्। सत्य यही हो।

विदेशी ईशारामा परिप्रेरीत मानवअधिकारवादी कम्युनिष्टहरुलाई भने उद48ड भारतीय सरकारी भक्षकहरुले हाम्रा नेपाली दाजुभाई, दिदीवहिनीमाथि दिनहुँ आक्रमण गर्दा र हाम्रा चेलीमाथि आफन्तकै अगाडि ईज्जत लुटिँला यो उत्पीडन मानवअधिकारको सवाल भएकै छैन। बरु यी अंग्रेजी पदौरे कम्पनीहरु एउटा–एउटा गैरसरकारी अखडामा बसेर अन्तर्राष्ट्रिय प्रेाटोकलको वकालत गरिरहेका छन्। ती प्रोटोकल र सन्धि–सम्झौतामा बारा, दाङ, कोईलावास, सुस्ता, दसगजा, कालापानी कहाँ पर्छ भनि खोजीरहेका छन्।

प्रश्न यहाँनिर हो – यी अधिकारहरु मानवका अधिकारवादीकी, नयाँ अंग्रेजका पुजारी? यी नेता–सभाषद् जनताका प्रतिनिधि कि, सत्ताका दलाल भईरहने? हाम्रा परमाधिपति राष्ट्रको परमाधिपति की पदको परमाधिपति?? वास्तवमै ती मानवअधिकारवादी हुन् भने पीडितहरुको पक्षमा उभिन चुक्नु हुँदैन। जनताका प्रतिनिधि हुनेले यो जटील घढीमा सत्ता–स्वादलाई त्याग्दै ती नागरिकहरुको रक्षा गर्नै पर्दछ। राष्ट्रकै परमाधिपति हुँ भन्नेले पनि सेनाको फुली जोगाउन चै बढो चिन्तित हुँदा बारा र कोईलावासका नागरिकहरुको पीडामा तमासा मात्र हेर्न हुँदैन। उनले भारतसंग बोल्नै पर्दछ। अनि हाम्रो गौरवमय छवि भएको सेना! ….यो सेना जनताको हो की परमाधिपतिको? राष्ट्र र नेपाली जनताको हो भने राष्ट्रिय सीमामा अतिक्रमण भईरहँदा किन तै चुप मै चुप् छ? ती कोईलावासी थारु र दलितहरुको सुरक्षा दिन किन कानमा तेल हालेर बसीरहेका छन्, यी छविलालहरु? ऐतिहासिक छवि बोकेको यो सेनाले यदि सीमा सुरक्षा दिन सक्दैन भने यो गौरवशाली न कहिलै थियो न त हुनेछन् भन्ने स्वतः स्पष्ट हुन्छ। यस्तै छ यहाँको चलन।

Posted under Perspectives / Analysis on Wednesday 10 June 2009 at 9:40 pm

No Comments »

No comments yet.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.