दलित निगरानी : DALIT NIGARANI (DALIT WATCH) बुलेटिनको प्रकाशन आरम्भ
Nepaldalitinfo Special Report
काठमांडू , July 18- नया संविधानलाई अर्जुनदृष्टि मानेर गरिएका कामको निगरानी गर्न र दलित अधिकारका लागि सभासद, राजीतिक दल तथा दलित अधिकारका पक्षधरलाई केही गर्न प्रेरित गर्ने ध्येयले दलित निगरानी नामक यो बुलेटिनको प्रकाशन आरम्भ गरिएको छ। यसको लक्ष स्पष्ट छ– नया संविधानमा दलित अधिकार सुनिश्चिताका निम्ति विभिन्न क्षेत्रबाट भएका प्रयास र त्यसबाट प्राप्त प्रतिफललाई दलितका आखाबाट निगरानी गर्नु। यो लक्ष त्यतिबेला साकार हुन्छ जतिबेला संविधान निर्माणको कामले गति नलिएको र दलित अधिकारलाई बेवास्ता गरिएको कुरालाई निष्पक्ष रूपमा सशक्त खबरदारी गर्न सकिन्छ। यो काममा यो बुलेटिन दृढ छ। दलित निगरानी मा दलित तथा गैरदलित सभासदहरूले दलितको पक्षमा गरेका सकारात्मक तथा नकारात्मक कामको वस्तुनिष्ठ लेखाजोखा गरिनेछ। निस्वार्थ रूपमा काम गरेका तर प्रचारमा नआएका वा कम प्रचारमा आएका सभासदको काम र योगदानको सकारात्मक चर्चा गरी तिनलाई कर्तव्यपथमा अघि बढ्न अभिप्रेरित गर्नुपर्छ। दलित अधिकारका सवालमा राजनीतिक दल तथा दलित संघसंस्थाबीचमा कायम असमानताहरू केलाएर दलित अधिकारको साझा अवधारणा तयार नगरी दलित मुक्तिको राष्ट्रिय संकल्प सार्थक हुन सक्दैन। यसलाई बुलेटिनले आफ्नो दायित्व ठानेको छ।
राष्ट्रीय दलित नेटवर्क तथा दलित अध्यन तथा बिकास केंद्र द्वारा नेपालदलितइन्फो नेटवर्क को सहभागिता मा प्रकाशित यो बुलेटिनको प्रकाशनमा एक्सनएड इन्टरनेसनल नेपाल र यूएनडीपीको सहभागितामूलक संविधान निर्माणमा सहयोग कार्यक्रम को आर्थिक सहयोग रहेको छ। सुरुमा यो बुलेटिन पाक्षिक रूपमा प्रकाशन गरिनेछ। यसको स्तरोन्नति र दिगोपनका लागि सामग्री तयार पार्ने पत्रकारको टिम, लेखक, पाठक र दातृ संस्थाको महत्वपूर्ण भूमिका रहन्छ। पहिलो अंक प्रकाशनको यो अवसरमा दलित निगरानी लाई एउटा अभियान बनाउनका निम्ति सबैबाट अमूल्य सुझाव, आलोचना, र टिप्पणी हरु प्राप्त हुने आशा गरिएको छ ।
नेपालदलितइन्फो डट नेट वेबसाइटको निम्न वेभलिंकमार्फत यो बुलेटिनका सबै अंक हरु अनलाइन उपलब्ध गराइने छ ।

DALIT NIGARANI (Biweekly DalitWatch)
[…] ा कानुन नै पर्याप्त थिए।” RELATED NEWS: दलित निगरानी : DALIT NIGARANI (DALIT WATCH) बुलेटिनको प्रक […]
[…] रकाशन गरिनेछ। News Source: www.nagariknews.com RELATED ITEMS: दलित निगरानी : DALIT NIGARANI (DALIT WATCH) बुलेटिनको प्रक […]
[…] कानुन नै पर्याप्त थिए।” RELATED NEWS: <a href=”http://nepaldalitinfo.net/2009/07/19/663/”><strong>दलित निगरानी : DALIT NIGARANI (DALIT WATCH) बुलेटि […]