प्रेस विज्ञप्ति: नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको बैठकले गरेका महत्वपूर्ण निर्णयहरू सार्वजनिक
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको एकता अधिवेशनपछिको दोश्रो पूर्ण बैठक हालै मोर्चाका केन्द्रीय संयोजक क. तिलक परियारको अध्यक्षता र एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य “किरण”, महासचिव क. रामबहादुर थापा “बादल”, सचिव क. सि.पी. गजुरेल “गौरव” तथा मोर्चाका फ्रयाक्सन इञ्चार्ज क. खड्गबहादुर विश्वकर्मा “प्रकाड” तथा फ्रयाक्सन सहइञ्चार्ज क. विश्वभक्त दुलाल “आहुति” को विशेष उपस्थितिमा सम्पन्न भयो। सो बैठकले गरेका महत्वपूर्ण निर्णयहरू जानकारीका लागि मोर्चाबाट जारी प्रेस विज्ञप्तिमा सार्वजनिक गरिएको छ।
१. मोर्चाका सहसंयोजक क. रणेन्द्र बरालीको उद्घोषणद्वारा सञ्चालन गरिएको र केन्द्रीय सल्लाहकारहरूको समेत सहभागितामा बसेको सो बैठकको प्रारम्भमा महान् जनयुद्ध, जनआन्दोलन र जनसंघर्षहरूमा शहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात–अज्ञात महान शहीदहरूप्रति एक मिनेट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिसकेपछि बैठकमा मोर्चाका संयोजक क. तिलक परियारद्वारा संगठनको राजनीतिक प्रतिवेदन र विशेषाधिकारसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक र जनवादी छलफलका लागि बैठकमा उपस्थिति भएका केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरूका बीचमा १३ वटा समूहमा विभाजन गरियो। त्यसपछि प्रत्येक समूहका टोली नेताले प्रस्तावित दुवै प्रस्तावमाथि समूहमा उठेका विषयहरू र फिल्डका रिपोर्ट पनि प्रस्तुत गर्नुभयो। बैठकमा एकीकृत नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष क.मोहन वैद्य “किरण”, महासचिव क. रामबहादुर थापा “बादल” र सचिव क.सि.पी.गजुरेल “गौरव” ले वर्तमान सन्दर्भमा पार्टीले लिएका महत्वपूर्ण निर्णयहरू, दलित मोर्चाले नेपाली क्रान्तिलाई विजयमा पुर्याउन आगामी दिनमा खेल्नुपर्ने महत्वपूर्ण भूमिका, पार्टीले दलित समुदायसम्बन्धी अघि सारेको विशेषाधिकारसम्बन्धी नीतिको वैज्ञानिकता आदिबारे अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रशिक्षण दिनुभयो त्यसपछि मोर्चाका फ्र्याक्सन इन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य क. खड्गबहादुर विश्वकर्मा “प्रका8ड” ले पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले दलित आन्दोलनसम्बन्धी लिएका महत्वपूर्ण निर्णयहरू, रिपोर्टमा उठेका दलित आन्दोलनसम्बन्धी समस्याहरू, विशेषाधिकारसम्बन्धी सैद्धान्तिक–वैचारिक र नीतिगत सवाल, दलित मोर्चाको आगामी कार्यदिशा र कार्ययोजना आदिबारे प्रशिक्षणात्मक मन्तव्य दिनुभयो। मोर्चाका संयोजक क.तिलक परियारले छलफलमा उठेका सवालहरूमा स्पष्ट पार्दै दस्तावेजका बारेमा उठेका सकारात्मक विषयहरूलाई दस्तावेजमा समावेश गराउने प्रतिबद्धतासहित दुवै प्रस्तावलाई बैठकले एकमतद्वारा पारित गर्यो।
२. बैचारिक तथा राजनैतिक काम:
(क) नेपाली दलित मुक्ति आन्दोलनको मूल नीतिको रुपमा विशेषाधिकारलाई अझ थप स्थापित गर्न देशव्यापी रुपमा भेला, गोष्ठी र अन्तरक्रियाजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने। जसमा यो योजना अवधिमा केन्द्रमा र सबै राज्यहरूमा एक/एकवटा कार्यक्रम सम्पन्न गर्ने।
(ख) नेपाली दलित मुक्ति आन्दोलनलाई संगठित गर्न स्थापना भएको प्रारम्भिक संगठनको स्थापना मितिका बारेमा तथ्यद्वारा सत्य अन्वेषण गर्नका लागि क. पदम सुन्दासको संयोजकत्वमा क. रणेन्द्र बराली, क. पद्मलाल विश्वकर्मा, क.धनबहादुर विश्वकर्मा सहितको चार सदस्यीय कार्यदल गठन गरिएको छ।
(ग) नया संविधानमा दलित महिलाको अधिकारसम्बन्धी एउटा अन्तरक्रिया केन्द्रमा सम्पन्न गर्ने।
(घ) दलित समुदायभित्रका नेवार दलित, भोटे समुदायभित्रका दलित, झागड समुदाय, मुस्लिमभित्रका दलित, मधेशीभित्रका बातरलगायतका समुदायहरू दलित समुदायभित्र पर्दछन् वा पर्दैनन् भन्नेबारे स्पष्ट पहिचान गर्नका लागि क. रणेन्द्र बरालीको संयोजकत्वमा क. असर्फी सदा, क.दिपक लकान्द्री, क. रणसिंह परियार र क. रामकृष्ण देउला रहनेगरी पाच सदस्यीय “दलित समुदाय पहिचान कार्यदल” गठन गरिएको छ।
३. संगठनात्मक काम
(क) आगामी चौथो राष्ट्रिय सम्मेलन यही २०६६ मंसिर महिनाभित्र काठमा48डौंमा भव्यतापूर्वक सम्पन्न गर्ने। जसको मिति पार्टी हेडक्वार्टरस147ग आवश्यक परामर्श गरी केन्द्रीय कार्यालयले ठोस गर्ने। सो राष्ट्रिय सम्मेलनका लागि देशैभरि “विशेष आर्थिक अभियान” सञ्चालन गर्ने।
(ख) कार्तिक मसान्तसम्म गा.वि.स./नगर र जिल्लाको सम्मेलनहरू सम्पन्न गरिसक्ने। सोहीक्रममा मोर्चाको सदस्यता प्रमाणपत्रलाई पनि अभियानात्क रुपमा वितरण गर्ने।
४. संघर्षसम्बन्धी काम:
(क) नेपाली दलित मुक्ति आन्दोलनलाई नया ढगले अगाडि बढाउनको लागि निम्न राजनीतिक मुद्दाहरूमा आन्दोलनलाई केन्द्रित गर्ने निर्णय गरियो।
- छुवाछूतविरुद्धको विधेयक तुरुन्त ल्याउन।
- नया संविधानमा राज्यसत्ताका सम्पूर्ण अग, निकाय र क्षेत्रहरूमा दलित समुदायलाई विशेषाधिकारको सुनिश्चित गर्ने।
- महिलाले प्राप्त गर्ने अधिकारहरूमा दलित महिला अधिकारको सुनिश्चितताको लागि।
- राज्यले जातपात–छुवाछूतलाई राज्य तथा मानवताविरुद्धको जघन्य सामाजिक अपराध घोषणा गरी त्यस्तो व्यवहार गर्ने अपराधीलाई कडा कारवाहीको व्यवस्था गर्नका लागि।
- क्रान्तिकारी भूमिसुधारको माध्यमद्वारा भूमिहीन र सुकुम्बासी दलितलाई जमिनमाथि अग्राधिकार सुनिश्चित गराउन।
- स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता र आवासमा दलित समुदायको मौलिक हक सुनिश्चित गर्न।
- दलित विद्यार्थीलाई प्राविधिक शिक्षालगायत उच्च शिक्षासम्म छात्रावृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्न।
- सञ्चार क्षेत्रमा दलित समुदायलाई विशेषाधिकारको नीति अनुरुप नै प्रतिधित्वको सुनिश्चित गराउन।
- राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको बहाली गर्न।
(ख) उपरोक्त राजनीतिक मुद्दाहरूमा केन्द्रित रही निम्नबमोजिम प्रथम चरणका कार्यक्रमहरू घोषणा गरिएको छ :
- भाद्र १ देखि २० गतेसम्म प्रचार–प्रसार
- भाद्र २१ देखि २६ सम्म घरदैलो, भेटघाट र कोणसभा गर्ने
- भाद्र २७ साझमा देशव्यापी रुपमा मशाल जुलुस गर्ने।
- भाद्र २८ मा केन्द्रमा सिंहदरबार र सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विहान ९:३० देखि ११:०० बजेसम्म घेराउ र धर्ना कार्यक्रम सम्पन्न गर्ने।
(ग) संयुक्त दलित संघर्ष उठान गर्नको लागि मोर्चाले अन्य दलित राजनीतिक संगठनहरूसग आवश्यक छलफल गरी संयुक्त दलित संघर्षको संयन्त्र निर्माण गर्न तत्काल पहल गर्र्दै संघर्षलाई हस्तक्षेपकारी बनाउने । त्यसैगरी संविधानसभा र व्यवस्थापिकामा दलित आन्दोलनको कोणबाट हस्तक्षेपलाई बढाउने।
साथै, मोर्चाको केन्द्रीय समितिको एकता अधिवेशनपछिको दोश्रो पूर्ण वैठकले निम्नानुसारको समसामयिक प्रस्तावहरू समेते पारित गरेको छ :
१. नेपाली जनताले संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा स्थापित गराएको हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा बनेको सरकारद्वारा बर्खास्त गरिएको प्रधानसेनापतिलाई देशी–विदेशीको निर्देशनमा असंवैधानिक ढले पुनर्स्थापित गरिएको वा असंवैधानिक “कू” गरिएकोप्रति घोर भर्त्सना गर्दछौं। राष्ट्रपतिको उक्त असंवैधानिक कदमबारे हाम्रो पार्टीले संविधानसभा व्यवस्थापिका संसदमा छलफल गर्न प्रस्तुत गरेको सङ्कल्प प्रस्तावमाथि छलफल गरी नागरिक सर्वोच्चता वहाली गर्न, शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउदै जनसंविधान निर्माण गर्न आम नेपाली जनसमुदायसग हार्दिक अपिल गर्दछौं।
२. हाम्रो मुलुकमा हिन्दु सामन्ती–व्राह्मणवादी राज्यसत्ताले हजारौं वर्षदेखि सुनियोजित एवं श्रृङ्खलाबद्ध ढगले दलित समुदायमाथि लादिएको जातपात–छुवाछूत कुप्रथाको ऐतिहासिक क्षतिपूर्तिवापत दलित समुदायलाई राज्यका सम्पूर्ण अग र क्षेत्रमा विशेषाधिकार सुनिश्चित गर्न/गराउन सम्पूर्ण दलित समुदायलाई एकताबद्ध रुपमा संघर्ष गर्न जोडदार अपिल गर्दछौं।
३. भारतद्वारा हाम्रो मुलुकको ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण भइरहेको छ। हाम्रो भूमिको रक्षा गर्दै राष्ट्रियता र स्वाधिनताको रक्षा गर्न सम्पूर्ण देशभक्त एवं गणतान्त्रिक जनताहरू एकजुट हुदै आन्दोलित हुनु अपरिहार्य आवश्यकता हो।
४. दश वर्षे महान जनयुद्धका अमर शहीदका परिवार, वेपत्ता परिवार, घाइतेहरूप्रति राज्यले उपेक्षा गरेकोमा यो वैठक घोर आपत्ति प्रकट गर्दै उहाहरूलाई तत्काल क्षतिपूर्ति र राहत प्रदान गराउन हामी जोडदार माग गर्दछौं।
५. केही महिनायता जाजरकोट, रुकुमलगायतका जिल्लाहरूबाट फैलिएको झाडा–पखालाको महामारीले हाल मुलुकका धेरै जिल्लाहरू प्रभावित भएर ३०० भन्दा बढी जनताहरूको दुःखद निधन भइसकेको छ। उक्त झाडा पखाला नियन्त्रणमा सरकारको गैरजिम्मेवारीपना तथा वेवास्ता निन्दनीय छ। हाम्रो पार्टीलगायत अन्य केही निकायले झाडा–पखालाग्रस्त क्षेत्रमा पुर्याएको चासो र सहयोग प्रशंसनीय रहेको छ। अतः झाडा–पखालाबाट महामारी फैलिएको क्षेत्रलाई “स्वास्थ्य संकटग्रस्त क्षेत्र” घोषित गरी त्यहा का ६० प्रतिशतभन्दा बढी दलितलगायत सम्पूर्ण पीडित पक्षका लागि तत्काल उचित स्वास्थ्योपचार, राहत एवं उद्धार उपलब्ध गराउन राज्यपक्षसग यो बैठक जोडदार आग्रह गर्दछ। त्यसरी नै भर्खर भीषण वाढी तथा पैरोग्रस्त क्षेत्रका जनताहरूलाई तत्काल राहत पुर्याउन पनि सरकारलाई शीघ्र पहल गर्न पनि यो वैठकले माग गरेको छ।
६. मुलुकमा सबैभन्दा बढी विपन्न र असहाय अवस्थामा दलितहरू रहेका छन्। अतः उनीहरूलाई सरकारी ऋण मिनाहा गर्नुपर्ने, क्रान्तिकारी भूमिसुधार लागू गरी आवास एवं निर्वाहायोग्य भूमि उपलब्ध गराउने, निःशुल्क शिक्षा, स्वास्थ्योपचार तथा खाद्यान्नको व्यवस्था गर्ने कार्य राज्यले यथासीघ्र गरियोस् भन्ने माग गर्दछौं। अहिले पनि दलितहरूमाथि जातीयताका आधारमा अमानवीय ज्यादती र हिंसा भइरहेकोप्रति घोर भर्त्सना गर्दै यस्ता हर्कत गर्नेहरूमाथि राज्यले तुरुन्त कार्वाही गरोस् भन्ने माग समेत जोडदार रुपमा गर्दछौं।
७. राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमै हिन्दु सामन्तवाद–व्राह्मणवादले दलितहरूमाथि लादेको उत्पीडनविरुद्ध चलेका संघर्षहरूप्रति यो ऐतिहासिक बैठक ऐक्यबद्धता जाहेर गर्दछ र दलित मुक्ति आन्दोलनमा क्रियाशील रहनुभएका स्वदेश तथा विदेशका सम्पूर्ण दलित समुदायलाई एकताबद्ध भई संघर्षमा उत्रन पनि हार्दिक अपिल गर्दछ।
तिलक परियार
संयोजक
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
केन्द्रीय समिति