दलित योद्धा मनबहादुर बिश्वकर्माका महान पहलहरुलाई कसरी हेर्ने?

आदरनिय मनबहादुर दाई,

तपाईले दलित मुक्तिको लागि जीवन, मुक्ति र मृत्यको यथार्थता बुझेर जहा दलित छ त्यहा मन बहादुर छ भनेर आन्दोलनमा लागेकै हो। म बिर्सन सक्दिन सिन्धुपाल्चोक पानी उघाउ सघर्ष, गार्खाको मन्दीर प्रवेस आन्दोलन, स्याङ्गजाको दुध भराउ संघर्ष, संविधान बिपरीत मुलुक ए्ेन अदलको १०. (क) खारेजीको मुद्धा हालेर जितेको उमङ्ग, सबै प्रकारका जातियभेद उन्मूलन सम्बन्धी राज्यको प्रतिबेदन यू.एन.मानव अधिकार संरचनामा गलत रिपोर्ट पठाएकोबारे संसदमा सरोकारवालाहरु लाइ हायल कायल बनाएको अवस्थाहरु। यस्ता अनेकौ संघर्षका पहलुहरु छन तपाइ संग यस्लाई यहा लिपिबद्ध गर्न संम्भब छैन। तर आजै तीनै दलित योद्धा मनबहादुर बिश्वकर्मा त्यतिबेलाका देशको माननीय संसद सदस्य दलितको हुलाकि भन्ने गर्नु हुन्थ्यो आफूलाई ,आज दुबै मिर्गौला काम गर्न नसकेर बिरामी हुनु भएको छ। राज्यले हेरेको छैन तर दाईको स्वास्थ्य उपचारको लागि प्रतिबद्ध भएर लडने प्रण गछौ। सबै तह र तप्काबाट दाईको तुरुन्त स्वास्थ्य लाभ गर्न हामी सबै संग अनुरोध गर्न चाहन्छौ।

दाई , तपाई त दलित मुक्तिको अभियानमा महान बिजयको शिखर चुम्दै दलित मुक्तिको गौरबशाली ईतिहास निमार्ण गर्न आफूलाई समरपित गर्नु भएको हो। निश्चित हो दलित मुक्तिको एउटा कालजयी संघर्षको प्रकृयामा मानबिय घटना एउटा स्वभाबिक परिघटनामा आउछ। आन्दोलन, संघर्षमा लाग्दा प्राकृतिक, अप्राकृतिक र अस्वभाबिक कठिनाईहरु आउने गर्छन। त्यसलाई हामीले बरन गर्दै सामना गर्दै अघि बढनु पर्ने हुन्छ। यिनै सच्चाईहरुमा हामीले जीवनमा आउने कठिन, अस्वभाबिक परिस्थितिरलाई एक पछि अर्को संघर्ष गर्दै जानु पर्ने हुन्छ। हामीले हाम्रो जीवनमा आउने शारिरीक समस्या रोग र मुत्यूलाई पनि सहजरुपमा लिनु पर्ने हुन्छ। हामी दलित मुक्ति आन्दोलनका क्रान्तिकारी योद्धा वाचुनज्याल160 लडि रहने छौ, मृत्य पछि हामी फेरी आफनो विचार र वलिदानबाट जीउन सुरु गर्नेछौ। हामीले जनताको मुक्तिमा जीबन बलिदान गर्ने हौ त्यसैले मृत्यूको मूल्यबोधका साररुप ग्रहणगर्न नयाँ पुस्तालाई उद्धेलित गर्नैपर्छ। कस्तो मुत्यू मर्ने प्वाख जस्तो हलुङ्गो या पहाड जस्तो गरुङ्गो भन्ने कुरा नयाँ पुस्ताका योद्धाहरुलाई जीवन र मृत्यूका सवालमा थाह दिनु जरुरी ठान्छु म।

दाई जीवनमा आउने यस्ता परिस्थिति सग निडरता पूर्बक लडनै पर्छ। तपाई एक्लो हुनु हुन्न सयौ दलित संघर्षशिल शक्तिहरुले तपाईको सीघ्र स्वास्थ्यलाभको लागि तन, मन र धनले चौबिसै घ48टा सहयोग गरि रहेका छन। आ(आफनो हैसियत अनुसार भौतिक सहयोगका हातहरु बढिरहेका छन, बढदै जानेछन। तर दाइ, तपाई देशको लागि दलित जनताको लागि संघर्षशिल योद्धा हुनु हुन्छ। यसकारण, राज्यले तपाईको जीवन रक्षाको ग्यारे48टी सम्पूर्ण रुपमा160 लिनु पर्छ। यहि 160सवालमा राज्य संग हामीले संघर्ष गरिरहेका छौ। आज मात्र भाद्र ३१ गते सबै पार्टीका सभासद, पत्रकार, नागरिक समाज, सामाजिक संघसस्था, तथा आमदलित जनता बिच तपाइृको छिटो स्वास्थ्य लाभ गर्ने बारे छलफल भएको यियो। सबै दलित कार्यकताहरु छिटो भन्दा छिटो दाईको स्वास्थ्य निको पार्ने प्रयासमा लागि परेका छन। हामीले राज्य संग माग गरेका छौ दाइको तत्काल कुनै पनि अस्पतालमा डायेलोसिस निशुल्क गराउनु पर्ने साथै मिगौला प्रत्यारोपणको तयारी गर्ने र स्वास्थ्य पूर्ण व्यवस्थापना गर्दा लाग्ने खर्चको लागि केही आर्थिक सहयोग राज्यले उपलब्ध गराउने प्रबन्ध मिलाउनु पर्छ भनेका छौ। यो कुरा आज सबिधानसभाभवनको गार्डेनमा हामी सबै राजनीतिक पार्टीका सभासद, पत्रकार, नागरिक समाज, सामाजिक संघसस्था प्रतिनिधिहरु बसेर गरिएको हो। प्रधानमन्त्रीलाई भेटेर तुरुन्त निर्णय गराउन संयोजनको भूमिका माननीय सभासद छबिलाल बिश्वकर्माज्युले लिनु भएको छ। दाईको स्वास्थ्यलाभको लागि राज्य जिम्मेवार हुनु पर्छ र हामी जिम्मेवार गराएर नै छाडछौ, यो हामी सबैको प्रतिबद्धता छ।

दाई तपाईको धैर्यता, अडान जुझारु चेतना, संघर्षको ज्ञान, साहसको अनुभबले हामीमा हौसला छाएको छ। हामीमा दलितका बिभूतीहरुलाई सुरक्षित गर्ने आट पलाएको छ। हामी सबै दलित कार्यकताहरुमा कार्य सम्पादनको जिम्मेवारीबो धको राम्रो संयोजनले कार्य गर्न अधि बढाई रहेको छ। हामी प्रतिबद्ध भएर आफनो काममा लडिरहेका छौ। दाईले एउटा जितको लागि हजारौ हारहरुको सामना गर्दै अघि बढन सिकाए जस्तै हामीले यसलाई कर्तब्य ठानेका छौ। अबको नयाँ नेपालको सपना पुरा गर्न, महान आन्दोलन र क्रान्तिको रक्षा गर्दै बाकी नेपाली क्रान्तिलाई पुरा गर्न हामी दाईको जीवन रक्षाको लागि कुनै पनि कुरा गर्न बाकी राख्ने छैनौ। हामी आफनो काममा प्रतिबद्ध छौ। दाई, दलित आन्दोलनका तिब्रतम युद्धहरु अब दाईको स्वास्थ्य लाभ पछि अझ घनिभूतताका साथ गौरब र प्रतिबद्धताका नयाँ स्वरुपमा बदलिने छन। हामी औपचारिकता मात्र निभाउने होइन नया नेपालको संरचनाको लागि प्रज्वलित र दृढ बन्ने छौ। दाई संगै दलित क्रान्तिका संघर्षका स्वरुपहरु खदिलो, घनिभूत अटल र अपराजित अवस्थाबाट अगाडी बढनेछ।

तपाईको भाई,
मोतीलाल नेपाली

Posted under Perspectives / Analysis on Thursday 17 September 2009 at 8:33 am

Chief Justice thanked for appointing a Dalit as Judge

A Delegation of Dalit Intellectuals and Activists led by Mr Om Prakash.V.K Gahatraj met the Chief Justice on 16th September 2009 and thanked him for the historic appointment of Ratna Bahadur Bagchand as the Judge of the Appellate Court of Nepalgunj. Handing over a letter of appreciation to the Rt. Hon Chief Justice Min Bahadur Rayamajhi , Mr Ghahatraj said, “The entire Dalit community is upbeat about the appointment, as it has opened the door for inclusion”. He said. “This appointment by the Judicial Council will be remembered by Dalit community for ages to come.”

The members of the delegation included Jiban Pariyar General Secretary Nepal Dalit Sangh, Om Prakash Biswokarma Ramdam President of Nepal –India Dalit Maitri Sangh, Arjun Prasad Rasali, Former Central Member of Nepal Dalit Sangh, Bhoopendra Adhikari Treasurer LANCAU, Prabhakar Bagchand Executive Director LANCAU, Samir Ghimire Co-ordinator Asia Journalist Association , Shyam Nepal member of Society of Ex -Budhanilkantha School Students , Bikram Bahadur Sunar Former Central Member Nepal Dalit Sangh Kathmandu, Bidhata Poudel Executive Member Professional Research and Development Centre and Kishore Biswokarma of LANCAU.

Report by:

Shyam Nepal

RELATED NEWS:

Judicial Council goes inclusive: Bagchand, a Dalit lawyer, appointed judge of an appellate court

Posted under News on Thursday 17 September 2009 at 8:25 am

Dalit lawmakers and activists arrested for Singh Durbar sit-in protest

Kathmandu, September 13- Nine members of Constituent Assembly (CA) and 50 other activists affiliated with National Dalit Liberation Front of Nepal (NDLFN), a sister organization of Maoists Party have been arrested today by the Police for staging a sit-in program demanding end to discrimination to Dalits as well as for protesting against ‘unconstitutional move’ of President Dr. Ram Baran Yadav.

Those arrested included Ram Lal Bishwokarma, former chairman of National Dalit Commission, and Maoist lawmakers Tilak Pariyar, Binod Pahadi, Tej Bahadur Mijar, Hari Shripali, Santoshi B.K, Jhudki Devi Paswan and Min Kumar Sunar. All the arrested Maoist lawmakers come from Dalit community.

In the sit-in protest program, NDLFN front put forward its demands for ensuring special rights for Dalits with provisions of full proportional representation of Dalits in all organs and agencies of the state as well as provision of 7 percent compensatory reservation for historical state-led discrimination meted out to Dalits for centuries, and for the state declaring untouchability and caste discrimination as the grave crime against humanity, which must be penalized with tough law, in addition to other demands including ‘civil supremacy’.

Today’s protest was in a series of agitations carried out by the Maoist party against the President’s move reinstating the sacked army chief, which led to the fall of the Maoist-led government.

Police intervened as soon as the Maoist cadres started sit-in protest at the southern gate of Singha Durbar where the local administration has banned protest rallies.

The Maoist lawmakers were released within a couple of hours while other Maoist cadres were detained a few more hours.

News sources: Binay (NDLFN) and www.nepalnews.com report:

Posted under News, Organizations Bay on Sunday 13 September 2009 at 9:37 am

National Conference of Dalit Intellectuals successfully held

Kathmandu- A two-day National Conference of Dalit Intellectuals organized by LANCAU Nepal was held successfully here on the 30th and 31st of August 2009. The theme of the conference was“Ensuring Issues of Dalit Rights in the process of constitution making: The need of the Time”

On the first day, the conference kicked off, as the Chief Guest Rt. Honorable Chairperson of the Constituent Assembly Mr. Subsah Chandra Nemwang inaugurated the conference. The guests included Honorable State Minister for Local Administration Jitu Gautam, Honorable State Minister for Health Khadga Bahadur Basyal, Dhana Kumari Sunar (Member of National Women Commission), Shambhu Hajara Paswan (Chairperson of State Restructuring Committee) and Dr Chet Bahadur Pariyar. The inaugural session was chaired by then President of LANCAU Nepal Mr.Ratna Bahadur Bagchand. More than 300 people including 140 Dalit intellectuals from 75 district and luminaries from different walks of life attended the opening ceremony.

The significance of the conference is assumed relatively higher in the present context of ongoing peace process and the Constitution building. It is for the first time in the history of Dalit Movement, that Dalit intellectuals from 75 districts came together to contribute in making Dalit friendly Constitution.

The primary aim of the conference was to provide a forum for Dalit Intellectuals to share their visions, experiences, understanding and chalk out a strategy on how Dalit intellectuals could contribute in ensuring Dalit rights in the new constitution.

The speakers at the inaugural session unanimously highlighted the pressing need to integrate Dalit perspective into the new constitution. The speakers were of the view that this was the right time to address the Dalit agenda and formulate a Constitution which is truly reflective of the Dalit need and aspiration.

After the inaugural session, knowledgeable people of the relevant field presented thematic papers. All papers were discussed in the closed session. The four experts Mrs. Kamala Hemchuri, Mr. Om Prakash V.K, Advocate Narayan Nepal and Advocate. Yam Bhadur Kisan presented their papers on the following topics respectively;

1. Guaranteeing of Dalit Social and Cultural Rights in New Constitution
2. Addressing issues of Dalit in new constitution in the context of Economic Development
3. Ensuring Dalit Rights in new Constitution in Present Context.
4. Dalit Rights in Federalism and State Restructuring Process

Outcomes of the Program
A National Forum of Dalit intellectuals comprising of 31 members was formed. The forum will raise the issues and agendas of Dalits at the local, National and international level and also contribute in the Constitution writing process by acting as pressure group. As a follow up of the national conference a round table conference will be held at the regional level and suggestions and views of the Dalit intellectuals expressed during the conference, will be documented and presented to the Chairperson of the Constituent Assembly.

The two-day conference concluded on the 31st of August issuing the “Kathmandu Declaration” and on a note of solidarity among Dalit intellectuals.

Reported by:
Adv. Bidhata Poudel
Asst. Director (Law & Justie)
LANCAU Nepal

Posted under News, Focus on Thursday 10 September 2009 at 8:02 am

पूर्व सांसद विश्वकर्मा सिकिस्त

Nepaldalitinfo/ekantipur.com

काठमाडौं– दलित आन्दोलनका अगुवा तथा पूर्वसांसद मनबहादुर विश्वकर्मा दुवै मिर्गौलाले काम नगरेर सिकिस्त भएका छन्। उनी ४ वर्षदेखि मिर्गौलाको रोगबाट पीडित हुदै आएका थिए।

उपचार खर्चको अभावमा घरमै थलिएर बसेका विश्वकर्माको उपचारमा सहयोग जुटाउन दलित संघसस्थाले पहल थालेका छन्। स्थिति विग्रदै गएपछि डाक्टरको सल्लाहमा यसैसातादेखि डायलसिस सुरु गरिएको उनका छोरा रविनले बताए। नियमित डायलासिस गर्न र मिर्गौला फेर्न १० लाख रुपैया लाग्ने चिकित्सकले बताएका छन्।
उनको उपचारका लागि सहयोग जुटाउन दलित अगुवाहरुको भेलाले सरकारी, गैरसरकारी संघसंस्था, दलित संघसंस्थाहरुमा पहल गर्न छुट्टाछुट्टै समिति गठन गरिएको छ। सहयोग संकलन गर्न किस्ट बैंकमा ००१०१०००३०२६१ टी नम्बरको खाता खोलिएको छ।

२०४६ सालको आन्दोलन पश्चात् ल्याइएको संविधान वमोजिम छुवाछुतलाई द8डनिय बनाउने कानुन लागु गराउने सर्वोच्च अदालतको आदेश गराउन गरेको कानुनी संघर्ष र मन्दिर प्रवेश, सार्वजनिक धारा, पंधेरा चलाउने लगायतका दलित आन्दोलनमा लामो समयदेखि कृयाशिल योद्धाको जीवन बचाउन सहयोग गर्न भेलाले सबैमा आग्रह गरेको छ।

Posted under News on Wednesday 9 September 2009 at 8:17 am

नयाँ संविधानमा दलित अधिकार

दलित समुदायलाई राज्यका सबै तह र निकायमा समानुपातिक प्रतिनिधित्व, पँहुच र नेतृत्वका लागि विशेष व्यवस्था/विशेषाधिकारको किटान गरिनुपर्छ। दलित समुदायलाई सार्वजनिक तथा नीजि क्षेत्रका सबै तह र निकायमा २० प्रतिशत आरक्षण अधिकारको रुपमा संविधानमा नै स्पष्ट उल्लेख गरिनुपर्छ।

– भरत नेपाली

दलित समुदाय शताव्दीऔंदेखि हेपिएका, चेपिएका र वहिष्करणमा परेका छन्। अझैपनि दलितका समस्याहरु जस्ताका तस्तै छन्। संविधान, ऐन र कानुनमा जातीय विभेद र छुवाछूतको अन्त्य भएको धेरै वर्ष बितिसकेको छ। तर, व्यवहारमा भने वीसको उन्नाइस पनि भएको छैन भन्ने तथ्यलाई दिनहुँ भइरहेका जातीय विभेद र शोषणका घटनाहरुले प्रमाणित गरिसकेको छ। जातीय विभेद र छुवाछूतजन्य अपराधलाई समुल नष्ट नगरेसम्म दलितले मानवीय अधिकार उपभोग गर्न र आत्मसम्मान पाउन सक्दैनन्। एक्काइसौं शताव्दीको विज्ञान र प्रविधिको युगमा आएर पनि दलितहरु मानव अधिकार र आत्मसम्मानका लागि लडिरहेका छन्। दलितहरुले कहिलेसम्म यो लडाई लडिरहनुपर्ने हो टुंगो लाग्न सकेको छैन। दलित अधिकार सुनिश्चित गराउन र जातीय विभेद विरुद्धको लडाईलाई साँघुरो पार्न अव बन्ने संविधानले मद्धत पुर्‍याउला भन्ने झनो आशाभने जीवितै छ। किनकि, संविधानसभाका विषयगत समितिहरुमा राज्यका विविध विषयका अतिरिक्त दलित सवालहरु संबोधन हुने क्रम जारी छ।

हालसम्म छ वटा समितिले अवधारणासहितको प्रारम्भिक मस्यौदाहरु संविधानसभामा पेश गरिसकेका छन्। पेश गरिएका मस्यौदाहरुमा दलितका सवालहरु के कति मात्रामा सम्बोधन भएका र छुट्न पुगेका छन् यसतर्फ सवैको ध्यान पुग्न जरुरी छ। दलितले उठाउँदै आएका सवालहरुलाई समितिका मस्यौदाहरुले सम्वोधन गर्न सकेका छन् कि छैनन् गहिराइमा पुगेर केलाउन सकियो भने संविधान लेखनमा पक्कैपनि प्रभावकारी सुझाव उपलव्ध गराउन सकिएला। संविधान निर्माताहरुलाई आवश्यक सुझाव उपलव्ध गराउन सकिएन भने नयाँ बन्ने संविधानले दलितका सवाललाई स्पष्ट रुपमा सम्वोधन गर्न सक्दैन। नयाँ संविधानले दलितका सवाल स्पष्ट रुपमा सम्वोधन गर्न नसकेमा भावी सन्तानले दलित भएकै कारण समाजमा जिउन अरु कठिनाइ भोग्नुपर्ने वाध्यता सिर्जना हुनसक्छ। त्यसैले संविधानसभामा र राजनीतिक पार्टीका नेताहरुलाई खवरदारी र दवाव दिइरहनुपर्छ।

खबरदारी र दवाव दिनका लागि विषयगत समितिहरुले तयार पारेका अवधारणा र प्रारम्भिक मस्यौदामा दलित दृष्टिकोणबाट व्यापक छलफल चलाउनुपर्छ। तब मात्र दवाव सिर्जना गर्ने खुराक दलित सभासद्, दलित अभियानकर्ता र दलित आन्दोलनकर्मीहरुले पाउन सक्छन्। र, संविधानमा दलित अधिकार सुनिश्चित गराउन आन्दोलन शसक्त ढङगले अघि बढ्नेछ। दलितका सवाललाई उठाउनका लागि प्रेरित, उत्साही, सजग र जुझारु बनाउन दलित नागरिक आन्दोलनले महत्वपूर्ण भुमिका निर्वाह गर्न सकिरहेको छैन। यसतर्फ दलित नागरिक आन्दोलनका नेताहरुले विशेष ध्यान दिनुपर्छ। दलित बुद्धिजीवी, दलित नागरिक समाजका अगुवा, राजनीतिक कर्मी र सभासद्हरु एक ढिक्का भएर दलित अधिकार प्राप्तिका खातिर आन्दोलित हुन सकेमा नयाँ संविधान अवश्य फलदायी हुन्छ। संविधानमा दलित अधिकारको सुनिश्चितता भयो भने मात्र भावी सन्ततिले मानव भएर ढुक्कले जिउने छन्।

यसै सिलसिलामा संविधानसभामा पेश गरिएका मस्यौदाहरुमध्ये अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण निर्धारण समिति र सांस्कृतिक तथा सामाजिक ऐक्वद्धताको आधार निर्धारण समितिले दलितका सन्दर्भमा उठाएका विषयवस्तुहरु चर्चा गर्नु असान्दर्भिक नहोला। अल्पसंख्यक तथा सीमान्तकृत समुदायको हक अधिकार संरक्षण निर्धारण समितिको कार्यक्षेत्र अन्तर्गत अल्पसंख्यक तथा सीमान्तकृत समुदायको परिभाषा, पछाडि परेका वा एक्लिएका जातजातिको पहिचान, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको संरक्षण व्यवस्था, राज्य व्यवस्थामा समावेशीकरणका उपायहरु रहेका छन्। र, सांस्कृतिक तथा सामाजिक ऐक्वद्धताको आधार निर्धारण समितिमा संघीय तथा प्रान्तीय सरकारी भाषासम्बन्धी, अन्य राष्ट्रिय भाषा र संस्कृतिको संरक्षण, भाषा सम्बन्धी अन्य विषय तथा सामाजिक ऐक्यबद्धताको आधार निर्धारण आदि विषयहरु परेका छन्।

दिइएको कार्यक्षेत्र र जिम्मेवारीभित्र रहेर यी दुबै समितिहरुले आ–आफ्ना अवधारणा पत्रसहितको प्रारम्भिक मस्यौदा संविधानसभामा प्रस्तुत गरिसकेका छन्। मस्यौदामा दलितका सवालहरुलाई भिडाएर हेर्दा केही हदसम्म सकारात्मक मान्न सकिन्छ तापनि दलितका सवाललाई अरु बढी स्पष्ट बनाउनु पर्ने आवश्यकता टड्कारो रुपमा देखापरेको छ। दलित सवालको कुरा गर्दा यी दुइटा समितिले दलितका हक अधिकार सुनिश्चित गर्न र सामाजिक एकता, सद्भाव र ऐक्यबद्धता कायम गर्न जातीय विभेद र छुवाछूतलाई सदाका लागि विदाई गर्ने उपाय संविधानमा प्रस्ताव गर्नुपर्छ।

नेपाल एक बहुुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, समनता, स्वतन्त्रता र न्यायमा आधारित जातीय विभेद र छुवाछूतमुक्त भाषिक र धार्मिक भेदभावरहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्म निरपेक्षता, पुर्ण समानुपातिकता सहितको समावेशी राज्य हो भनी अल्पसंख्यक, सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिले आफ्नो प्रस्तावित मस्यौदामा राष्ट्रको परिचय दिने प्रयत्न गरेको पाइन्छ। यो समितिले प्रस्ताव गरेको समनताको हकले दलित सवाललाई आंशिक रुपमा मात्र समेटेको छ। यसले जातीय भेदभाव वा छुवाछूत विरुद्धको हकलाई संविधानको भाग तीन मौलिक हकमा राख्नुपर्ने सुझाव पनि दिइएको छ। संविधानमा राख्ने प्रस्तावित व्यवस्थामा भनिएको छ ― समुदाय वा पेशाका आधारमा कुनैपनि किसिमको भेदभाव तथा छुवाछूतजन्य व्यवहार, असहिष्णुता र अवहेलना गरिने छैन। सार्वजनिक सेवा, सुविधा वा उपयोगका कुराहरु प्रयोग गर्नवाट यत्रतत्र सर्वत्र स्थलमा प्रवेश गर्नवाट वञ्चित गरिने छैन। छुवाछूत र जातीय भेदभाव मानवता विरुद्धको जघन्य सामाजिक अपराधको रुपमा द8डनीय हुनेछ र पीडित पक्षले कानून वमोजिम उचित क्षतिपूर्ति पाउने छ। जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक अन्तर्गत जातीय विभेद तथा छुवाछूतका विभिन्न स्वरुपका बारेमा परिभाषा गरिएको छ। तर, यस अन्तर्गत दलित सवाललाई पुर्ण रुपमा सम्बोधन गरिएको छैन।

समाज र राष्ट्रको उन्नतिमा दलित समुदायले श्रम सिप र मेहनतको माध्यमबाट पुर्‍याएको योगदानलाई सम्मान तथा स्मरण गर्दै राज्यले सिर्जना गरेको वर्ण व्यवस्थामा आधारित जातीय छुवाछूतको विभेदप्रति पश्चाताप गर्दै यसलाई पूर्ण रुपमा उन्मूलन गरिएको व्यवहारिक प्रतिवद्धता संविधानमा प्रष्ट पार्नुपर्छ। विगतका संविधानहरुले यसलाई त्यति ध्यान दिन नसकेकाले दलित मुक्तिमा कुठाराघात भएको प्रत्यक्ष अनुभव गर्न सकिन्छ। जातीय भेदभाव र छुवाछूतका कारण हरेक क्षेत्रमा दलितहरु बहिष्करणमा परेका हुन्। समाजमा भएको जातीय विभाजन र विभेदले सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक, आर्थिक क्षेत्रमा दलितको पहुँच पुग्न सकेन र उनीहरुलाई अपमानित भएर बस्नुपर्ने अवस्था सिर्जना गराइदियो। शताव्दीऔंदेखि दलितका लागि सम्पूर्ण अवसरका ढोका बन्द हुँदै आए। अवसरका ढोकाहरु बन्द हुनाले दलितले अन्याय, अत्याचार, उत्पीडन, शोषणलाई सहेर आजसम्म नारकीय जीवन बिताउन बाध्य हुनु परेको छ। अब भने दलितहरुले नारकीय जीवनका यस्ता कठिन परिस्थितिहरु सहन सक्दैनन्, यसबाट मुक्त भएर समाजमा सम्मानित र मर्यादित बन्न चाहन्छन्। दलितका चाहनालाई पुरा गर्न सबै मानव बराबरी र सबै नागरिक समान हुन् भन्ने बिश्वव्यापी मान्यतालाई स्वीकार गर्दै मानवले मानवमाथि गर्ने अमानवीय व्यवहारलाई जघन्य अपराध मानी अपराधीलाई गरिने कडा कारवाहीका बारेमा संविधानको मौलिक हकमै स्पष्ट व्याख्या गर्नुपर्छ।

मस्यौदाले दलितलाई सीमान्तकृत र बहिष्करणमा पारिएको समुदायभित्र राखेको छ। सीमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायका व्यक्तिलाई आफ्नो समुदायको सरोकार वा स्वार्थ नीहित रहेको राज्यका सार्वजनिक नीति, योजना वा कार्यक्रमको तर्जुमा वा कार्यन्वयन वा सो को अनुगमन र मुल्यांकनमा पूर्ण समानुपातिक रुपमा सहभागी हुने हक सम्बन्धमा मस्यौदा स्पष्ट छ। राज्य व्यवस्थाका हरेक तह र निकायमा सबैभन्दा बढी सीमान्तकृत र बञ्चित दलित समुदायको समानुपातिक समावेशीकरण एवं उनीहरुको संरक्षण, विकास र सशक्तिकरणका लागि विगतमा उनीहरुमाथि भएको भेदभाव र उत्पीडन वापत क्षतिपूर्तिसहित विशेष व्यवस्था गर्नुपर्छ भन्ने तर्फ मस्यौदा स्पष्ट छैन। महिला, दलित समुदाय, बालबालिका, वृद्ध, अपाङ्ग, आदिवासी, जनजाति, मधेशी वा आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रमा पछाडि पारिएका/पिछडिएका वा शारिरीक वा मानसिक रुपले पिछडिएको/पछाडी पारिएका वर्ग समुदायको उत्थान, संरक्षण, सशक्तिकरण, मुलप्रवाहिकरण तथा समग्र विकासका लागि राज्यले सकरात्मक विभेदका आधारमा कानुनद्धारा विशेष व्यवस्था गर्नुपर्छ।

जातीय भेदभावको रुढीवादी मान्यताले गर्दा नेपाली समाजमा जातीय छुवाछूत जस्ता कुरीति र कुसंस्कारले प्रश्रय पाएको हो। त्यस्तै नेपालमा अन्य थुप्रै किसिमका सामाजिक एवं सांस्कृतिक विभेद रही आएका छन्। यी कुरीति, कुसंस्कार र विभेदलाई निषेध गर्नका लागि एउटा छुट्टै र प्रभावकारी कानूनको निर्माण गरी कार्यन्वयनको लागि उपयुक्त संरचनाको आवश्यकता छ। सवै प्रकारको विभेदलाई अन्त्य गर्न संविधानले जातीय भेदभाव र छुवाछूतलाई प्रतिवन्ध लगाउनै पर्छ। अन्यथा सामाजिक ऐक्यवद्धता र सद्भाव कायम हुन सक्दैन। दलित अधिकार सुनिश्चितता र सामाजिक ऐक्यवद्धताको प्रमुख आधार जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्नु नै हो। सामाजिक प्रक्रिया, मानवीय अधिकार र समाज विकासको लेनदेनबाट दलितलाई अलग राख्न सकिदैन। दलितलाई अलग्याउने प्रयास गरेमा यसले समाजमा ठुलो द्वन्द्व निम्त्याउँछ र सामाजिक विचलन पैदा गर्दछ। यो अवस्थाबाट समाज र देशलाई जोगाउन जातीय भेदभाव र छुवाछूतको अवशेषलाई निर्मुलिकरण गरिएको घोषणा नयाँसंविधानले गर्न सकोस्। न्याय र समनतामा आधारित समाजको निर्माण र विकास गर्नु राज्यको सामाजिक उद्देश्य भएकाले सामाजिक एकतालाई निर्देशक सिद्धान्त अन्तर्गत राखेर व्याख्या गर्नुपर्छ। तसर्थ, दलित सवाललाई न्यायपूर्ण ढंगले सम्वोधन गर्न संविधान निर्माताहरु संवेदनशील बन्नुपर्छ।

साथै संविधानमा दलित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न अत्यावश्यक छ। एकल महिला, बृद्ध, अपाङ्ग, अशक्त, असहाय नागरिक र लोपोन्मुख जातीलाई कानुनमा व्यवस्था भए बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ भनी सामाजिक, सांस्कृतिक ऐक्यबद्धता समितिको मस्यौदामा प्रस्ताव पेश गरिएको छ। राजनीतिक, आर्थिक, सामाजिक/सांस्कृतिक दृष्टिले पछि पारिएका दलित समुदायलाई पूर्ण समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी बनाइनुपर्नेमा भने मस्यौदा मौन देखिन्छ। आदिवासी/जनजातीको हक अधिकारलाई अवधारणा पत्र र मस्यौदाले स्पष्ट रुपमा उल्लेख गरेका छन् तर दलितको हक र आरक्षण सम्बन्धमा केहीपनि भनेका छैनन् ।

दलित समुदायलाई राज्यका सबै तह र निकायमा समानुपातिक प्रतिनिधित्व, पँहुच र नेतृत्वका लागि विशेष व्यवस्था/विशेषाधिकारको किटान गरिनुपर्छ। दलित समुदायलाई सार्वजनिक तथा नीजि क्षेत्रका सबै तह र निकायमा २० प्रतिशत आरक्षण अधिकारको रुपमा संविधानमा नै स्पष्ट उल्लेख गरिनुपर्छ। त्यस्तै, राज्यको श्रोत र साधनमा पहुँच नभएका वा गरीवीको उच्च मारमा परेका भूमिहीन वा सुकुम्वासी, हलिया दलितहरुको गाँस, बास र कपासको सुनिश्चितता राज्यले गर्नुपर्छ। यसका लागि मौलिक हक अन्तर्गत छुट्टै धारामा दलितहरुको सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्नु न्यायोचित हुन आउँछ।

[This an article was published in Gorkhapatra on 6 September 2009 (Bhadra 21, 2066)]

Posted under Perspectives / Analysis on Tuesday 8 September 2009 at 11:05 pm

Judicial Council goes inclusive: Bagchand, a Dalit lawyer, appointed judge of an appellate court

Nepaldalitinfo Special Report

Mr. Ratna Bahadur Bagchand has been appointed to the position of a appellate court judge for the Court of Appeals in Nepalganj. This is the first instance in the history of Nepal and in the six decade long modern judicial history in the country that anyone from a Dalit community has been appointed to the judiciary position of a judge. This has been possible now, because 40% of 70 judges appointed by Judicial Council were taken from the qualified lawyers outside the judiciary service of Nepal. It is indeed a great achievement in Dalits’ struggle to have access to judiciary machinery.

The machinery of Nepal’s judiciary, one of the three branches of the state, has managed to systematically exclude the marginalized communities, especially Dalit and indigenous communities, from the time immemorial. Judiciary has always remained to date an exclusive domain of so-called high caste people, especially Bahuns, Chhetris, Newars, and Rajputs as if they only inherit any job positions in the judicial offices. In its 60 year long modern judicial history in the country, there was an absolute absence of Dalits holding any position in the courts. Now, we have our man in court, who will inspire all other young lawyers from Dalit community to aim at sitting in the court benches.

Nepaldalitinfo International Network at this juncture congratulates Mr. Bagchand for his respectable and well deserved appointment as judge in the court of law, and hopes that he will do justice to all people without any prejudice, make no personal gains taking advantage of the people, and ultimately rise to the top position of Chief Justice one day not too far away. Also, in our struggle of putting a person from Dalit community in the court bench, all of the members of nepaldalitinfo should rejoice this achievement as our success. The Nepaldalitinfo Network has been voicing for an inclusive judiciary system with the appointment of a Dalit judge.

Report by:
Bhakti Nepal/ Saroj Dillu
Nepaldalitinfo International Network

RELATED ITEMS

Making judiciary inclusive: A way to judicial independence in Nepal

Judicial Council appoints judges in appellate, district courts

Posted under News, Legal Matters, Focus on Monday 7 September 2009 at 9:43 am

The legendary Music Academician Darnal awarded Jagadamba Shree

Kathmandu, September 4- Mr. Ram Sharan Darnal, a legendary national musicologist from Dalit community of Nepal has been awarded a prestigious award of Jagadamba Shree by the Madan Puruskar Guthi. Mr. Darnal had served as academician at the Nepal Academy, a premier academic institution of art, language and literature in the country. The prize carries a purse of Rs 200,000.

Music Academician Ram Sharan Darnal
Music Academician Ram Sharan Darnal

Activists, intellectuals, literary persons from Dalit community have expressed their salutations and congratulatory notes to Mr. Darnal on this exceptional award.

ABOUT RAMSHARAN DARNAL:

‘Ramsharan Darnal (English Bio)’
लोकबाजाका अन्वेषकलाई जगदम्बाश्री पुरस्कार (साभार: अन्नपूर्ण पोस्ट)

Posted under News, Focus on Saturday 5 September 2009 at 10:12 pm
Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.