नेपाली काँग्रेस महासमितिको ऐतिहासिक निर्णय: केन्द्रीय कार्य समितिमा दलित समुदायबाट ६ प्रतिनिधि हुने

नेपाली काँग्रेसको ८५ जनाको केन्द्रीय कार्य समितिमा दलित समुदायबाट ५ जना निर्वाचित र थप एक जना सभापतिबाट मनोनित गरी ६ जना दलित समृुदायका व्यक्तित्वहरु सदस्य रहने व्यवस्था भएको छ।

नेपाली काँग्रेसको महासमितिको यहि २०६६ कार्तिक १५–१८ सम्म काठमाडौमा सम्पन्न बैठकको ऐतिहासिक निर्णयबाट अबको १२रांै महाधिवेशनको प्रयोजनकालागि भएको पार्टीको विधान संशोधनमा ८५ जनाको केन्द्रीय कार्य समितिमा दलित समुदायबाट ५ जना निर्वाचित र थप एक जना सभापतिबाट मनोनित गरी ६ जना दलित समृुदायका व्यक्तित्वहरु सदस्य रहने व्यवस्था, २४० निर्वाचन क्षेत्रबाट कम्तीमा १ जना अनिवार्य महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था, साथै वडा, गाउँ, नगर, क्षेत्र तथा जिल्ला कार्य समितिमा समेत दलित समुदायको अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था भएको छ।

NC Central Committee

यस महासमितिको बैठकबाट विशेषगरी दलित समुदायका विविध सवालहरुलाई सम्बोधन गर्ने क्रममा एक ऐतिहासिक निर्णय गरेकोमा उक्त निर्णयको हार्दिक स्वागत गर्दै सम्पूर्ण महासमितिका सदस्यज्यूहरु एवं केन्द्रीय कार्य समिति प्रति नेपाल दलित संघ एक प्रेस विज्ञप्ती मार्फत् हार्दिक आभार प्रकट गरेको छ।

स्थापना कालदेखि पार्टीको नीति निर्माण तहमा दलित समुदायको समानुपातिक प्रतिनिधित्व रहनु पर्दछ भन्ने एक प्रमुख माग राख्दै आएको नेपाल दलित संघले नेपाली काँग्रेसको स्थापनाकाल देखिको समावेशीतालाई पार्टीले संस्थागत गर्ने अथवा लिपीवद्ध गर्ने कार्यलाई निरन्तरता दिएको प्रमाणित भएको छ भन्ने समेत ठहर गरेको छ।

जीवन परियार
महासचिव
नेपाल दलित संघ
२०६६ कार्तिक १९

Posted under News, Organizations Bay on Sunday 8 November 2009 at 8:25 pm

1 Comment »

  1. Comment by KARMIJAN SOCIETY NEPAL,SOUTH KOREA( dalit org.) — December 12, 2009 @ 1:22 am

    welldone, really good job conghress did. come out from conservative thought , walk in progresive line.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.