थर र गोत्रको आधारमा नागरिकता दिन निर्देशन

Source: बिहिवार, 04 फेब्रुअरी 2010 20:33 नागरिक

काठमाडौं, माघ २१ (नागरिक)- व्यवस्थापिका संसदको महिला बालवालिका र समाज कल्याण समितिले दलित समुदायलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

२०५२ सालमा गृहमन्त्रालयले निर्देशिका बनाई दलित समुदायलाई थर र गोत्रको आधारमा नागरिकता प्रदान गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपनि केही जिल्लाहरुमा अझै लागु नभएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

समितिले बुधवार गृह मन्त्रालयलाई दिएको निर्देशनमा कतिपय जिल्लाहरुमा थर गोत्रको आधारमा दलित समुदायले नागरिकता नपाएको गुनासो आएकोले त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने व्यवस्था तत्काल गर्न उल्लेख गरिएको छ। समितिको निर्देशन लगत्तै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी दलित समुदायलाई थर र गोत्रका आधारमा नागरिकता उपलव्ध गराउन निर्देशन दिएको छ।

त्यसका साथै यसअघि सरकार र दलित समुदायबीच दलितहरुको नागरिकतामा जात उल्लेख भएकाहरुको नागरिकता सच्चाई थर र गोत्र लेख्न दिने सहमति समेत कार्यन्वयन गर्न समितिले गृहलाई निर्देशन दिएको छ।

Posted under News on Friday 5 February 2010 at 12:30 am

1 Comment »

  1. Trackback by http://www.punres.org/profile.php?id=149735 — August 10, 2010 @ 3:04 pm

    Thanks for taking the time to talk about this, I feel fervently about this and I take pleasure in learning about this topic. Please, as you gain information, please update this blog with more information. I have found it very useful. One night …

    Do you have a spam problem here; I also use Blog Engine, and I was wondering about your situation; we have developed some excellent practices and we would like to exchange techniques with others, please Email me if you are interested. I went out there…

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.