डा.अम्बेडकर पुरस्कार परियारलाई

Source: नागरिक, शनिवार, 20 फेब्रुअरी 2010 18:18

काठमाडौँ, फागुन ८- नेपालमा दलित मुक्ति र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका उपाध्यक्ष डि.वी. परियार बाबु डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन्। जगजीवन राम कला, संस्कृति र साहित्य प्रतिष्ठानद्वारा गत बिहीबार भारतको नयाँ दिल्लीमा आयोजित सार्कस्तरीय दलित सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष डा. एन.एस.खोवाले उनलाई शिल्ड, मेडल र प्रमाणपत्रबाट सम्मानित गरेका थिए।

चार दिनसम्म चलेको सो सम्मेलनमा सार्कस्तरीय दलित एकता र दलित अधिकारबारे व्यापक छलफल भएको सम्मानित व्यक्तित्व परियारले राससलाई जानकारी दिए।

सम्मेलनपछि सम्मानित व्यक्तित्व परियारलगायत् नेपालबाट दिल्ली पुगेको दलित अधिकारकर्मीको टोलीले भारतीय लोकसभाका अध्यक्ष मीरा कुमारसँग भेटवार्ता गरेको थियो।

भेटवार्तामा नेपालका दलितहरूको समस्या, मुलुकमा जारी शान्ति प्रक्रिया, संविधाननिर्माण, दलित अधिकार र वर्तमान अवस्थाको साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धका बारेमा व्यापक छलफल भएको थियो।

सो अवसरमा नेपालका दलित अधिकारकर्मीले नेपालमा गर्ने दलित सम्मेलनमा प्रमुख आतिथ्यता ग्रहणका लागि गरिएको निमन्त्रणालाई स्वीकार गर्दै लोकसभा अध्यक्ष मीरा कुमारले आफू नेपालको सुभचिन्तक रहेकाले सम्मेलनमा उपस्थित हुन नेपाल आउने बताउनुभएको जानकारी दलित अधिकारकर्मीले दिएका छन्। रासस

RELATED NEWS:

Nepalese Dalit delegates meet Lok Sabha Speaker of India

Posted under News on Saturday 20 February 2010 at 12:34 pm

1 Comment »

  1. Comment by pradeep pariyar — March 5, 2010 @ 9:50 pm

    “garchau pap khojchhau sworga,
    jandenau karma ko gati,
    rittha ko bot ropera phalchha kaha kagati.”

    congratulations d.b. Dai, on your international success. Do keep it on for your success.

Leave a comment

Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.