नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा केन्द्रीय समितिको प्रेस वक्तब्य
सुर्खेत हरिपुर गाविस २ का ३ जना दलित महिलाहरुलाई ज्वालागण ठाकुरद्वार बर्दियाबाट गस्तिमा खटिएका नेपाली सेनाले गोली प्रहार गरी हत्या गरेको खवरले हाम्रो संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको गंभिर ध्यानाकर्षण भएको छ ।
२०६६ साल फालगुण २७ गते स्थानिय जंंगलमा निउरो टिप्न एवं घाँस काट्न गएका र्सवसाधारण गाउँले जनता अनिता वि.क, देवी वि.क र चन्द्रकला वि.क. हरुलाई गोली हानी हत्या गरेको र कृष्ण वि.क.लाई गिरफ्तार गरेको घटनाले हाम्रो संगठनलाई क्षुब्ध बनाएको छ । साथै आम दलित जनसमुदायलाई दुखित र आक्रोशित बनाएको छ । नेपाली सेनाको ज्यादतिको कारण विगतमा हत्या गरिएकी मैना सुनारदेखि हालसम्मका क्रुरतम् घटना जस्तै एकजना बालिका समेत उक्त ३ दलित महिलाहरुलाई पनि बलात्कार पछि पोलखुल्ने आसंकाले हत्या गरेको भन्न्ो स्थानिय गाउँलेहरुको भनाईबाट समेत दलित समुदायलाई स्तब्ध तुल्याएको छ । हाम्रो गौरवसाली संगठन ने.रा.द.मु.मोर्चा उक्त घटनाको घृणा, निन्दा र घोरभ्रत्सना गर्दै सेनाद्वारा हत्या गरीएका ३ जना मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुकोसाथै अभिलम्व छानविन गरी हत्यारालाई कानुन बमोजिम सख्त कारवाही गर्न जोडदार माग गर्दर्र्छौ । साथै निहत्था जनतालाई झुठा मुद्धा लगाई गिरफ्तार गरिएका कृष्ण वि.क. लगायतकालाई विनार्सत अभिलम्व रिहाईको माग गर्दछौ । मुलुक शान्ति, नयाँ संविधान र राज्य पून संरचनाको प्रकृयामा अघि बढीरहेको स्थितिमा जनतालाई जनधन एवं शान्ति सुरक्षाको प्रत्याभूति गराउन नसक्ने कठपुतलि सरकारको कुकृत्य र नालायकि पनको परिणामले यस्ता घटना हुनेगरेको ठहर गर्दै उक्त घटनामा उचित न्याय नपाएमा सरकार विरुद्ध कडा संर्घष गर्ने कडा चेतावनि दिईन्छ ।
तिलक परियार
संयोजक
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
केन्द्रीय समिति
RELATED NEWS: