संसदमा प्रस्तुत गरेको “जातीय भेदभाव तथा छुवाछूत कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६६” माथी संशोधन प्रस्ताव

नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत) को तर्फबाट मा. सभासद् परी थापा र मा. सभासद् राधा तिमिल्सिनाले व्यवस्थापिका संसदमा यही २०६६ माघ १५ गते हालै सरकारले व्यवस्थापिका संसदमा प्रस्तुत गरेको “जातीय भेदभाव तथा छुवाछूत कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६६” माथी संशोधन प्रस्ताव दर्ता गरेका छन। उक्त संशोधन प्रस्तावको पूर्ण पाठ तल दिईएको छ।
…………………………………………………………………………….

“जातीय भेदभाव तथा छुवाछूत कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०६६” मा प्रस्तुत गरिएको संशोधन प्रस्ताव

क्र.स.
विषय/दफा: ऐनको शिर्षक
हुनु पर्ने व्यवस्था:
“जातीय भेदभाव तथा छुवाछूतको” शब्द पछि “कसूर” शब्द हटाई “अपराध उन्मूलन” भन्ने शब्द थप गर्ने।
संशोधन गर्नु पर्नाको कारण:
“अपराध” उपयुक्त कानूनी शब्द भएकोले र यस्तासबै खाले विभेदको उन्मुलन गर्नु पर्ने विषय भएकोले।

क्र.स.
विषय/दफा: प्रस्तावना
हुनु पर्ने व्यवस्था:
“सर्वसाधारण” शब्द हटाई “प्रत्येक व्यक्ति” थप गर्ने
“इज्जत” शब्द अगाडि “मानवअधिकार, स्वाभिमान” थप गर्ने
“मर्यादा” शब्द अगाडि “मानव” थप गर्ने
“कायम राख्न पाउने” वाक्यांश पछि “सम्मानपूर्वक बाँच्न पाउने” थप गर्ने
“अक्षु48य राख्न जात, जाती” पछि “जन्म, वर्ण” थप गर्ने
“भेदभाव तथा छुवाछुत” पछि “बहिष्कार, अस्विकार, प्रतिबन्ध, निष्कासन, नाकाबन्दी, अवहेलना वा प्राथमिकता दिने जस्ता मानवता विरुद्धको अमानवीय गंभीर अपराधिक कार्यलाई कुनै पनि रुपमा कुनै पनि स्थानमा कुनै पनि तरीकाले गर्न नपाउने गरी बन्देज गर्ने र यसको पूर्ण रुपमा उन्मूलन गरी समतामूलक समाजको निर्माण गर्नका लागि” थप गर्ने
“भेदभाव तथा छुवाछुत” पछि “को कसुर र सजाय सम्बन्धमा” भन्ने वाक्यांश हटाउने
संशोधन गर्नु पर्नाको कारण:
मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १, २ र ३ बमोजिम यो ऐन प्रत्येक व्यक्तिको मानवअधिकार, मानव मर्यादा, स्वाभिमान र सम्मानपूर्वक बाँच्न पाउने जन्मसिद्ध अधिकारलाई प्रत्याभूति गराउनका लागि र सो को विपरीत जातजाति, जन्म, वंश, वर्ण, पेशा तथा जातीय उत्पत्तिका आधारमा गरिने कुनै पनि जातीय भेदभाव तथा छुवाछुत मानवता विरुद्धको अमानवीय गंभिर अपराधिक कार्य भएकोले र नेपाल पक्षराष्ट्र भएको सबै किसिमका जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ को धारा २ ले तोकेको सबैखाले जातीय भेदभाव तथा छुवाछुतलाई बन्देज गरी पूर्णरुपमा उन्मूलन गर्ने दायित्व र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धि अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र १९६६ को धारा २, ६ ले प्रत्याभूत गरेको अविभेद र जातजति, जन्म, वंश आदिका आधारमा विभेद गर्न नपाउने दायित्व पूरा गर्नका लागि प्रस्तावनामा नै जातीय भेदभाव तथा छुवाछुतलाई बन्देज गरी पूर्णरुपमा उन्मुलन गर्ने राख्नु पर्दछ। साथै राज्यले विगतमा नीति तथा कानूनद्वारा नै जातीय भेदभाव तथा छुवाछुतलाई संस्थागत गरेकोले राज्य नै यसको उन्मुलनका लागि प्रमुख जिम्मेवार रहन्छ। त्यसैगरी जातीय भेदभाव तथा छुवाछुत उन्मुलन गर्न सकिने विषय भएकोले राज्यले यसलाई बन्देज गर्न मात्रै होईन पूर्णरुपमा उन्मुलन गर्ने उद्देश्य राखि सो बमोजिम यो ऐन बनाउनु पर्दछ।

क्र.स.
विषय/दफा:
१(१) अन्य दफाहरु
हुनु पर्ने व्यवस्था:
“कसुर” भन्ने शब्द हटाई “अपराध र” भन्ने थप गर्ने। त्यसैगरी “कसुर” भन्ने शब्द उल्लेख भएका सबै ठाउँमा “अपराध” उल्लेख गर्ने “
उपदफा १(३) थप गरी “यो ऐन नेपाल राज्यभर लागू हुनेछ” भन्ने थप्ने
उपदफा १(४) थप गरी “यस ऐनमा उल्लेखित अपराध जहाँसुकै रहेर गर्ने, वा दुरुत्साहन गर्ने वा सहयोग गर्ने सबै उपर यो ऐन बमोजिम कारवाही हुनेछ।” भन्ने वाक्यांश थप्ने
संशोधन गर्नु पर्नाको कारण:
“अपराध” उपयुक्त कानूनी शब्द भएकोले जहाँसुकै बसेर यो अपराध गर्ने वा यो अपराध गर्न दुरुत्साहन गर्ने वा सहयोग गर्ने सबैलाई यस ऐनको दायरमा ल्याई सजाय गर्नका लागि यो ऐन अन्तर्गतका अपराधहरुमा बहुक्षेत्रीय क्षेत्राधिकार प्रदान गर्नका लागि।

क्र.स.
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
(ग) (घ) (ङ) मा भएका “सार्वजनिक स्थान, सार्वजनिक सेवा, सार्वजनिक समारोह” भन्ने शब्दका परिभाषाहरु हटाउने र निम्नानुसारका शब्दावलीहरुको परिभाषा राख्नेः

― “राष्ट्र सेवक” भन्नाले प्रचलित कानून बमोजिम सार्वजनिक पद धारण गरेको मानिने व्यक्ति सम्झनु पर्दछ र सो शब्दले नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष लिएको सपथबाट नेपाल सरकार वा सार्वजनिक संस्थासँग गरेको सम्झौता वा कबुलियत वा शर्त बमोजिम वा सार्वजनिक कर्तव्य पालना गर्नको लागि नेपाल सरकार वा सार्वजनिक संस्थाबाट तलब, भत्ता, पारिश्रमिक, सुबिधा, हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरि नियुक्त, मनोनित वा निर्वाचित व्यक्ति तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य व्यक्ति समेत सम्झनु पर्दछ।

― “सार्वजनिक जवाफदेहीको पद” भन्नाले तलब, भत्ता, पारिश्रमिक, सुबिधा, हैसियत वा अन्य कुनै लाभ पाउने वा नपाउनेे जे भएता पनि कुनै रुपमा नियुक्त हुने वा निर्वाचित हुने वा मनोनयन हुने कानूनी मान्यता प्राप्त सार्वजनिक काम, कर्तव्य र अधिकार भएको पद सम्झनु पर्छ।

–“जनप्रतिनिधी” भन्नाले गाउँ विकास समिति, नगरपालिका, उप–महानगरपालिका, महानगरपालिका, जिल्ला विकास समिति र व्यवस्थापिका–संसद वा राज्यका कुनै पनि निकायका लागि निर्वाचित वा मनोनित प्रतिनिधिलाई सम्झनुपर्छ।

― “राजनीतिकर्मी” भन्नाले नेपालको संविधान बमोजिम निर्वाचन आयोगमा दर्ता भई मान्यता प्राप्त राजनीतिक दलका केन्द्रीयदेखि स्थानीय तहसम्मका समितिहरुमा संगठित भई पदीय जिम्मेवारी लिएका नेता कार्यकर्ताहरुलाई सम्झनुपर्छ।

― “सामाजिक कार्यकर्ता” भन्नाले कानूनी मान्यता प्राप्त संघ–संस्थाका साधार सदस्यहरु, पदाधिकारीहरु र कर्मचारीहरुलाई सम्झनुपर्छ।

― “सरोकारवाला” भन्नाले जातीय भेदभाव तथा छुवाछुत जन्यकार्यबाट पीडित व्यक्ति वा परिवार वा समुदाय वा यस विषयसंग सम्बन्धित कार्य गर्ने संघसंस्था वा कुनै पनि मानवअधिकारवादी संघसंस्था वा व्यक्तिलाई सम्झनुपर्छ।

― “स्थानीय निकाय” भन्नाले गाउँ विकास समिति वा नगरपालिका सम्झनु पर्दछ र सो शब्दले नगरपालिकाको वडा समिति समेत जनाउँछ।

―“धार्मिक प48डा तथा पुजारी” भन्नाले विभिन्न धार्मिक मठ, मन्दिर, देवालयमा पुजा आजा तथा पुराण यज्ञादी गर्ने पण्डित तथा पुजारी एवं तिनका सहयोगिहरु, यज्ञमान गर्ने तथा धार्मिक एवं साँस्कृतिक कार्य गराउने पुरोहितलाई जनाउने छ।
संशोधन गर्नु पर्नाको कारण:
कसैलाई पनि कुनै पनि स्थानमा जातीय भेदभाव तथा छुवाछुत गर्ने छुट नभएकाले सार्वजनिक र राज्य संचालनका विभिन्न तहमा रहेर काम गर्ने व्यक्तिहरुको जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा महत्वपूर्ण भूमिका रहने भएकोले उनीहरुलाई जिम्मेवार बनाउनका लागि ती शब्दहरुलाई परिभाषित गर्न आवश्यक भएकोले।

क्र.स.
विषय/दफा:

हुनु पर्ने व्यवस्था:
“कसैले” भन्ने शब्द हटाई “कुनै पनि व्यक्ति, समूह, संघ संस्था, निकाय वा वर्ग समूदायले” भन्ने थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
जातीय भेदभाव तथा छुवाछुत व्यक्तिले मात्र नभई व्यक्तिहरुको समुह, संघ संस्था, कुनै पनि निकाय तथा वर्ग समुदायलेसमेत गर्ने भएकोले कसैलाई पनि जातीय भेदभाव तथा छुवाछुत गर्न बन्देज गर्नु पर्ने भएकोले।

क्र.स.
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
“कसैले” भन्ने शब्द हटाई “कुनै पनि व्यक्ति, समूह, संघ संस्था, निकाय वा वर्ग समूदायले” भन्ने थप गर्ने

“देहायको कुनै कार्य गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुतको कसुर गरेको मानिनेछ” भन्ने वाक्यांश भन्दा पछाडि उपदफा ४(१) थप गरी निम्नानुसारको व्यवस्था थप गर्नु पर्ने

“कुनै पनि व्यक्ति, समूह, संघ संस्था, निकाय वा वर्ग समूदायले कसैलाई पनि जुनसुकै नियतले होस जन्म, वंश, वर्ण, जातजाति, पेशा, तथा जातीय उत्पत्तिका आधारमा कुनै पनि तरिकाले, कुनै पनि रूपमा, कुनै पनि स्थानमा जातीय भेदभाव तथा छुवाछुत, वहिष्कार, अस्वीकार, अवहेलना, अपमान, प्रतिबन्ध, निषेध, नाकाबन्दी, निष्कासन, जातीय प्राथमिकता वा यस्तै अन्य कुनै प्रकार वा तरीकाले जातीय भेदभाव तथा छुवाछुत वा कुनै पनि उपभोगका वस्तुहरू तथा सेवा सुविधाहरू प्रयोग गर्नबाट बञ्चित गर्ने वा जन्म, वंश, जातजाति, पेशा, तथा जातीय उत्पत्तिका आधारमा मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरुको उपभोग गर्न कमजोर बनाउने वा रोक लगाउने कुनै पनि जातीय भेदभाव तथा छुवाछुतजन्य व्यवहार गर्ने।”
संशोधन गर्नु पर्नाको कारण:
नेपाल पक्ष राष्ट्र भएको सबै किसिमका जातीय विभेदसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ अनुसार जातीय भेदभाव तथा छुवाछुत अमानवीय कार्य हो। यसको धारा १ ले गरेको जातीय विभेदको परिभाषा अनुरुप जातीय भेदभाव तथा छुवाछुतजन्य सबै खालका कार्यलाई मानव जीवनका सबै क्षेत्रमा प्रतिबन्ध लगाई यसको उन्मुलन तर्फ उन्मुख हुन आवश्यक भएकोले।

क्र.स.
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
म्ााथि उल्लेख गरिए बमोजिम दफा ४(२) थप गरी “माथि उपदफा (१) मा उल्लेख गरे बाहेक निम्नानुसारका कार्य गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुतको अपराध गरेको मानिनेछ” भन्ने थप गर्ने र प्रस्तावित ऐनमा उल्लेख गरिएका (क) देखि (ण) सम्मका प्रावधानलाई ४(२) अन्तर्गत राखि निम्नानुसार संशोधन गर्ने

(क) मा उल्लेखित “सार्वजनिक” भन्ने शब्द हटाई “कुनै पनि” भन्ने शब्द उल्लेख गर्ने र “प्रतिबन्ध लगाउने” पछि “वा कुनै पनि प्रकारको खाद्य तथा पेय पदार्थ खान अस्वीकार गरे गराएमा” थप गर्ने

(ख) मा उल्लेखित “सार्वजनिक” भन्ने शब्द हटाई “कुनै पनि” भन्ने शब्द उल्लेख गर्ने “वा त्यस्तो सेवा प्रदान गर्न अस्वीकार वा आनकानी गरेमा “ भन्ने वाक्यांश थपिनु पर्ने
(ग) मा उल्लेखित “सार्वजनिक” भन्ने शब्द हटाई “कुनै पनि” भन्ने शब्द उल्लेख गर्ने
(घ) मा उल्लेखित “सार्वजनिक” भन्ने शब्द हटाई “कुनै पनि” भन्ने शब्द उल्लेख गर्ने त्यसै गरी “बञ्चित गर्ने” पछि “कुनै पनि धर्म वा संस्कृति वा प्रथा परम्परा वा रितीरिवाज आदिका नाममा जातीय भेदभाव तथा छुवाछुत गर्ने” भन्ने वाक्यांश थप गर्ने
(ङ) मा उल्लेखित “सार्वजनिक” भन्ने शब्द हटाई “कुनै पनि” भन्ने शब्द राख्ने र “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने
(छ) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने
(ज) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने
(झ) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने र “बाध्य तुल्याउने” शब्द पछि “वा सगोलमा नराखी अलग घरडेरा बस्न बाध्य पार्ने वा अंश नदिने वा न्वारान तथा नातासम्बन्ध इन्कार गर्ने वा नाता तोड्ने वा गाउँ समाज छोड्न बाध्य पार्ने वा गाउँ समाजबाट निकाला गर्ने वा” वाक्यांश थप गर्ने
(ञ) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने र अस्वीकार गर्ने शब्दावलीपछि “वा कुनै प्रकारको खाद्य वा पेय पदार्थ खान अस्वीकार गर्ने “वाक्यांश थप्ने
(ट) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने र “विवाह विच्छेद” भन्ने शब्द पछि “गराउने” भन्ने शब्द थप गर्ने र “वा जातीय कारणले विवाह गर्न अस्वीकार गर्ने, झुट्ठा मुद्दा लगाउने, अर्को विवाह गरिदिने वा गर्न दवाव दिने, आर्थिक रुपमा दण्डित गर्ने वा गर्न दवाव दिनेे“ बाक्यश थप्ने
(ठ) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने
(ड) “जातीय भेदभाव” भन्ने शब्द पछि “तथा छुवाछुत” भन्ने शब्द उल्लेख गर्ने
(ढ) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने
(ण) “जात जाति” भन्ने शब्द पछि “वंश, समुदाय वा पेशा” भन्ने शब्द उल्लेख गर्ने त्यसै गरी “श्रमबाट” भन्ने शब्द पछि “जवरजस्ती इच्छा विपरीत” भन्ने वाक्यांश थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
सबै किसिमका जातीय विभेद उन्मुलन गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९६५ बमोजिम कसैलाई पनि जन्म, वंश, वर्ण, जातजाति, पेशा, तथा जातीय उत्पत्तिका आधारमा कुनै पनि तरिकाले, कुनै पनि रूपमा, कुनै पनि स्थानमा जातीय भेदभाव तथा छुवाछुतको व्यवहार गर्न पाउने छुट नभएको र मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा १ अनुसार मानव स्वाभिमानको सम्मान सबैको मानवअधिकार भएकोले सार्वजनिक स्थल बाहेक अन्यत्र जातीय भेदभाव तथा छुवाछुत गर्न पाउने छुट प्रदान गर्नु पूर्ण रुपमा मानवअधिकार र यसका सिद्धान्त विपरीत हुने भएकाले सार्वजनिक भन्ने शब्द राख्नु राज्यले जातीय भेदभाव तथा छुवाछुतलाई सार्वजनिक बाहेक अन्य क्षेत्रमा कायम राखेको हुन आउँछ। त्यसैले सार्वजनिक शब्द सबै ठाउँबाट हटाउनु पर्दछ।

क्र.स.
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
उपदफा १ को “गर्न लागेको” पछि “वा भैरहेको”, “प्रहरी कार्यालय” पछि “वा स्थानीय निकाय वा राष्ट्रिय दलित आयोगमा लिखित वा मौखिक” भन्ने थप गर्ने र “सक्नेछ।” भन्ने शब्द पछि “त्यस्तो उजुरी आउनासाथ तुरुन्तै सम्बन्धित अपराध अनुसन्धान कार्यालयमा कारवाहीका लागि पठाउनु पर्नेछ” थप गर्ने
त्यसैगरी उपदफा २ को “गोप्य राख्नु पर्ने छ।” पछि “पीडित, सुचना दिने व्यक्ति र साक्षिको सुरक्षा र संरक्षणका लागि उचित व्यवस्था गर्नु पर्ने छ।” थप गर्ने
उपदफा ३ थप गरी निम्नानुसारको प्रावधान थप गर्ने
उपदफा ३ “यस ऐन अन्तर्गतको अपराधसम्बन्धी जाहेरी पर्न आएमा त्यसलाई कुनै विलम्बविना तत्काल दर्तागरी अनुसन्धान तहकीकात शुरु गर्नु र अभियोगपत्र तयार गरी अदालतमा दायर गर्नु सम्बन्धित निकायका अधिकारीहरुको कर्तव्य हुनेछ। त्यसमा कुनै प्रकारले आलटाल, ढिलासुस्ती, लोभ, डर, धाक, धम्की, दबाब, अनुचित प्रभाव र जवरजस्ती मेलमिलाप गराउने कार्यहरु शू48यसहिष्णुताको सिद्धान्त विपरीत मानिने छ।“ थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
पीडितको न्यायमा पहुँच, सहजता र अपराधको तत्काल अनुसन्धान तथा कारवाही अगाडि बढाउनका लागि
संशोधन गर्नु पर्नाको कारण:
जातीय भेदभाव तथा छुवाछुतजन्य अपराध कतिपय अवस्थामा सामुदायिक हुने र अभियुक्तसमेतका तर्फबाट पीडित, सुचना दिने व्यक्ति र साक्षि माथि आक्रमण लगायतका कार्य भैरहेका र हुन सक्ने भएकोले उनीहरुको सुरक्षा र संरक्षणका लागि उचित व्यवस्था गर्न अनिवार्य रहन्छ।

क्र.स.
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
प्रस्तावित उपदफा १ र २ को सट्टा देहायको उपदफा राख्ने र उपदफा ३ थप गर्ने
(१) दफा ४ मा उल्लेखित वहिष्कार, प्रतिबन्ध, निषेध, निष्कासन र नाकाबन्दीको अपराध गर्नेलाई पाँच वर्षदेखि दश वर्र्षसम्म कैद र पचासहजार रुपैयाँदेखि एक लाख रुपैयासम्म जरिवाना हुनेछ। सो बाहेक दफा ४ मा उल्लेखित अन्य कुनै पनि अपराध गर्नेलाई अपराधको प्रकृति अनुसार छ महिना देखि तीन वर्षसम्म कैद र दशहजार रुपैयादेखि तीसहजार रुपैयासम्म जरिवाना हुनेछ।
(२) दफा ४ मा उल्लेखित कुनै पनि अपराधको उद्योग गर्ने वा सो कार्य गर्न दुरुत्साहन गर्ने र मतियारलाई प्रमुख अभियुक्तलाई हुने सजायको आधा सजाय हुनेछ।
संशोधन गर्नु पर्नाको कारण:
कुनै पनि जातीय भेदभाव तथा छुवाछुतको कार्य अमानवीय, गंभिर अपराध र मानवअधिकार विपरीतको कार्य भएकोले अपराधको प्रकृतिका आधारमा सजायको व्यवस्था गर्न उपयुक्त हुने भएकाले।
क्र.स.
१०
विषय/दफा:
हुनु पर्ने व्यवस्था:
सार्वजनिक जवाफदेहीको पद पछि “कुनै पनि राष्ट्रसेवक वा जनप्रतिनिधि वा राजनीतिकर्मी वा सामाजिक कार्यकर्ता वा धार्मिक प48डा तथा पुजारी” वाक्यांश थप्ने।
त्यसैगरी “सजाय हुनेछ।” भन्ने वाक्यांश पछि “त्यस्ता व्यक्ति यस ऐन अन्तर्गतको अपराधसम्बन्धी मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उक्त पदबाट स्वतः निलम्वन हुनेछ र यस ऐन अन्तर्गतको अपराध ठहर भएमा भविष्यमा सरकारी एवं सार्वजनिक पदका लागि अयोग्य ठहर्ने गरी पदबाट स्वतः बर्खास्त हुनेछ” भन्ने वाक्यांश थप्ने।
संशोधन गर्नु पर्नाको कारण:
सार्वजनिक र राज्य संचालनका विभिन्न तहमा रहेर काम गर्ने व्यक्तिहरुको जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा महत्वपूर्ण भूमिका रहने भएकोले उनीहरु नै जातीय भेदभाव तथा छुवाछुतजन्य अपराधमा संलग्न हुने हो भने यसको उन्मुलनमा बाधा आई पर्ने भएकोले उनीहरुलाई बढि जिम्मेवार बनाउनका लागि उनीहरुलाई थप सजायको व्यवस्था गर्न आवश्यक भएकोले। त्यसैगरी मानव भएर मानवलाई नै मानवको व्यवहार नगर्ने व्यक्ति सार्वजनिक तथा राज्य संचालनका कुनै पनि तहका जिम्मेवार पदका लागि योग्य नहुने भउकोले जातीय भेदभाव तथा छुवाछुत गर्ने व्यक्तिलाई भविष्यमा सरकारी एवं सार्वजनिक पदका लागि अयोग्य ठहर्ने गरी पदबाट बर्खास्त गर्नु पर्दछ।

क्र.स. ११
विषय/दफा
हुनु पर्ने व्यवस्था:
“आधा सजाय गर्न सक्नेछ” भन्ने शब्दको ठाउँमा “आधा सजाय हुनेछ” भन्ने राख्ने
संशोधन गर्नु पर्नाको कारण:
अनिवार्य रुपमा सजाय गर्ने व्यवस्था गर्नका लागि।

विषय/दफा: १०
हुनु पर्ने व्यवस्था:
यो दफालाई पुरै हटाउने
संशोधन गर्नु पर्नाको कारण:
जातीय भेदभाव तथा छुवाछुतजन्य अपराधमा पीडक पक्षले पीडित पक्षलाई अन्य कुनै आरोप लगाई उल्टो सजाय गराउने व्यवहारमा देखिएकाले यो प्रावधान पूर्णरुपमा नहटाउने हो भने असहाय, निरिह बनाईएका दलित समूदाय माथि हुने जातीय भेदभाव तथा छुवाछुतका अपराधिहरुलाई न्यायको कठ्घरामा उभ्याउनुको साटो पीडित माथि नै उल्टो सजाय हुने अवस्था रहन्छ। त्यसैले व्यवहारमा देखिएको राज्यका सम्बन्धित निकायमा बसेका जिम्मेवार व्यक्तिहरुले नै उल्टो सजाय गराउने प्रचलनलाई रोक्नका लागि यो दफा अनिवार्य रुपमा हटाउनु पर्दछ। अन्यथा यो प्रावधान नै प्रत्युत्पादक रहन्छ।

क्र.स. १२
विषय/दफा: ११(१)
हुनु पर्ने व्यवस्था:
पीडितलाई पछि “पचास हजार रुपैया देखि” भन्ने र “भराईदिन सक्नेछ” भन्ने ठाउँमा “भराईदिने छ” भन्ने थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
पीडितको पीडाको अवस्था अनुसार क्षतिपूर्ति भराउने व्यवस्था गर्नका लागि।

क्र.स. १३
विषय/दफा: ११(२)
हुनु पर्ने व्यवस्था:
“आदेश दिन सक्नेछ” को ठाउँमा “आदेश दिनेछ” थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
हानी नोक्सानी भएको अवस्थामा पीडितलाई हानी नोक्सानीको रकम अनिवार्य रुपमा भराउने व्यवस्था गर्नका लागि।

क्र.स. १४
विषय/दफा: १३
हुनु पर्ने व्यवस्था:
“समावेश भएको मानिनेछ।” पछि “नेपाल सरकारले यस ऐन अन्तर्गतको घटनाहरुको अनुसन्धान गरी अभियोग पत्र दायर गर्ने जिम्मा तोकिएको निकायलाई दिन सक्नेछ।” थप गर्ने
संशोधन गर्नु पर्नाको कारण:
अहिले विद्यमान अपराध अनुसन्धान व्यवस्था अन्तर्गत जातीय भेदभाव तथा छुवाछुतजन्य अपराधहरुको अनुसन्धान लगायत पीडितहरुको न्यायमा पहुँचबाट बञ्चित भएको अवस्था भएकोले यस्ता अपराधको प्रभावकारी अनुसन्धान र पीडितलाई न्यायको पहुँचसम्म पुर्‍याउन सरकारले मनासिब लागे बमोजिम छुट्टै निकायको व्यवस्था गर्न। यस ऐन अन्तर्गतका घटनाहरुको अनुसन्धान तहकिकात गर्ने र अभियोग पत्र दायर गर्नका लागि राष्ट्रिय दलित आयोग जस्ता निकायलाई जिम्मा दिने व्यवस्था गर्न सकिन्छ।

क्र.स.
१५
विषय/दफा:
१४
हुनु पर्ने व्यवस्था:
“संक्षिप्त कार्यविधि” को ठाउँमा “विशेष कार्यविधि” थप गर्नेः त्यसै गरी “संक्षिप्त कार्यविधि ऐन २०२८” को सट्टा “विशेष अदालत ऐन २०५९” राख्ने
संशोधन गर्नु पर्नाको कारण:

जातीय भेदभाव तथा छुवाछुतजन्य अपराध संक्षिप्त कार्यविधि अपनाउने खालको भन्दा गंभिर र विशेष अपराध भएकोले।

क्र.स. १६
विषय/दफा:
१७
हुनु पर्ने व्यवस्था:
यो दफालाई पुरै हटाउने
संशोधन गर्नु पर्नाको कारण:
यो ऐन जातीय भेदभाव तथा छुवाछुतजन्य अपराधका लागि विशेष ऐन भएकोले यस सम्बन्धमा यसै ऐन बमोजिम र अन्य कुरा मुलुकी ऐनमा भएको व्यवस्था बमोजिम हुने भएकोले विद्यमान अदलको १० क नं. खारेज गर्न आवश्यक छैन्।

क्र.स. १७
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने
प्रमाण पुर्‍याउने भारः यस ऐन अन्तर्गतको अपराधको अभियोग लागेको अभियुक्तले उक्त अपराध गरेको होइन भन्ने दाबी लिएमा त्यसको प्रमाण निज आफैले पुर्‍याउनु पर्नेछ।
संशोधन गर्नु पर्नाको कारण:
जातीय भेदभाव तथा छुवाछुतजन्य कुनै पनि कार्य अमानवीय र मानवअधिकार विपरीत भएकाले त्यस्तो अभियोग लागेको अभियुक्तमा नै प्रमाणको भार राखि त्यस्ता अमानवीय कार्यहरु अन्त्य गर्ने राज्यको अभियानमा सहयोग पुर्‍याउन।

क्र.स. १८
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने

पुरस्कार दिन सकिनेः यस ऐन अन्तर्गतका अपराधको अनुसन्धान तहकिकात तथा अन्य सबुद प्रमाण संकलनका काममा सहयोग पुर्‍याउने व्यक्तिलाई उचित पुरस्कार दिन सकिने छ।
संशोधन गर्नु पर्नाको कारण:
मुद्दाको अनुसन्धान तथा न्याय प्रदान गर्ने सिलसिलामा उचित सहयोग पुर्‍याउन सबैलाई प्रोत्साहित गरी न्याय प्रदान गर्नका लागि।

क्र.स. १९
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने
सुचनाको गोप्यताः यो ऐन अन्तर्गतका अपराधहरुको अनुसन्धान तहकिकातको सिलसिलामा प्राप्त सुचना वा जानकारी वा बुझेका वा संकलन गरेका प्रमाणहरु मुद्दा दायर नहुँदै पीडित वा बुझएका साक्षिहरुसंग बाहेक गोप्य राख्नु पर्नेछ।
संशोधन गर्नु पर्नाको कारण:
पीडित र साक्षिको सुरक्षाका लागि र संकलित प्रमाणहरुको गोप्यता कायम नराख्दा घटनाको अनुसन्धानमा नै असर पर्ने भएकोले।

क्र.स. २०
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने

नियमावली बनाउन सक्नेः नेपाल सरकारले यो ऐनको उद्देश्य पुरा गर्नका लागि नियमावली बनाउन सक्ने छ।
संशोधन गर्नु पर्नाको कारण:

यो ऐनको उद्देश्य बमोजिम यो ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि सरकारले आवश्यक नियमावली बनाउन अधिकार प्रत्यायोजन गर्नका लागि।

क्र.स. २१
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने

विशेष इजलास गठन हुनेः(१) यस ऐन अन्तर्गतका अपराधसम्बन्धी मुद्दाको निर्णयका लागि तोकिएका अदालतमा तीन सदस्यीय एक “जातीय भेदभाव तथा छुवाछुत अपराध उन्मूलन विशेष इजलास” रहनेछ।
(२) उपदफा (१) बमोजिमको इजलासमा सम्बन्धित अदालतका एक न्यायाधीश, नेपाल बार एसोसिएशनले तोकेको एक अधिवक्ता र दलित समुदायका एक अधिवक्ता वा विशेषज्ञ रहनेछन्।
(३) उपदफा १ र २ बमोजिमको इजलासको कार्यविधी, सेवा तथा सुविधा तोकिए बमोजिम हुनेछ।
संशोधन गर्नु पर्नाको कारण:
यस ऐन अन्तर्गतका मुद्दाहरुको प्रभावकारी निर्णयका लागि

क्र.स. २२
हुनु पर्ने व्यवस्था:
दफाहरुको मिलान गरी निम्नानुसारको व्यवस्था थप गर्ने शू48य सहिष्48ुाताको सिद्धान्त लागू हुनेः यस ऐन अन्तर्गतका अपराधसम्बन्धी जाहेरी पर्न आएमा त्यसलाई कुनै विलम्बविना तत्काल दर्ता गरी अनुसन्धान तहकीकात गर्नु र अभियोगपत्र तयार गरी अदालतमा दायर गर्नु सम्बन्धित निकायका अधिकारीहरुको कर्तव्य हुनेछ। त्यसमा कुनै प्रकारले आलटाल, ढिलासुस्ती, लोभ, डर, धाक, धम्की, दबाब, अनुचित प्रभाव वा जवरजस्ती मेलमिलाप गराउने लगायतका कार्यहरु शू48य सहिष्णुताको सिद्धान्त विपरीत मानिने छ। त्यसोे गर्ने अधिकारीलाई दफा ७ बमोजिम सजाय हुनेछ। साथै दफा ८ बमोजिमको थप सजायसमेत हुनेछ।
संशोधन गर्नु पर्नाको कारण:

जातीय भेदभाव तथा छुवाछुत कुनै पनि अवस्थामा स्वीकार्य नभएकोले त्यस्तो अपराध गर्ने व्यक्तिलाई सजाय दिलाउने कार्यमा संलग्न जिम्मेवार अधिकारीले त्यस्तो कार्य गर्न विलम्ब गरेमा सोहि अपराध गरे सरह हुने भएकोले यो व्यवस्था गर्न अनिवार्य रहन्छ।

Download original document submitted by CPN (United): Bill Amendment Proposal submitted by CPN (United)

Courtesy: Mr. Kesh Bahadur Pariyar, Member of Center Committee Communist Party of Nepal (Unified) and President of Association for the Upliftment of Oppressed Caste (Unified).

Posted under Archives-Document, Focus on Monday 1 February 2010 at 9:31 pm

दैलेख महोत्सवमा हुडके नाच

Hudke dancing Dan Damai
दैलेख महोत्सवमा हुडके नाच देखाउँदै दान दमाइ। तस्बिर : कलेन्द्र सेजुवाल
(Source: http://www.nagariknews.com/)

Posted under Archives-Document on Friday 8 January 2010 at 10:59 pm

Arbaja played by Mohan Bahadur Gayak

ARBAJA BY MOHAN BAHADUR GAYAK
ARBAJA, the mother musical instrument of Gandarbha community, played by MOHAN BAHADUR GAYAK, 86
(Source: www.ekantipur.com)

Posted under Archives-Document on Sunday 20 December 2009 at 8:11 pm

The Torture and death of Maina Sunuwar: Summary of Concerns

Maina Sunuwar was tortured and killed in the custody of the then Royal Nepalese Army on Feb 17, 2004. Her case has come to symbolize the fate of hundreds of Nepalis who were disappeared during the decade long conflict of Nepal. She was 15 at the time of death, and came from a Dalit family. >>> Summary of Concerns relating to her Torture and death, brought out by UNHCHR in Nepal.

Posted under Archives-Document on Friday 11 December 2009 at 12:02 am

Dalit Common Agenda (दलितका साझा सवालहरु)

The common agenda of Dalits in Nepal are proposed in three parts:

1) Common agenda and demands put forward by united forum of Dalit wings of all major political parties.
Click here –>>25-Point Common Agenda of Dalit wings of major political parties

Dalits put forth 20-point demand

2) Common agenda and demands put forward by 40,000 grassroots Dalit people representing various walks of life and organizations at the grassroots level.
Click here–>> 25-Point Common Agenda of Grassroots Dalit people and organizations

3) Common demands put forward by the Nepaldalitinfo International Network in 2003.
Click here–>>11-Point Demands of Dalits in Nepal

All these common agenda and demands agreed by all segments of Dalit communities must be incorporated appropriately in the new constitution of Nepal.

Posted under News, Archives-Document on Thursday 12 November 2009 at 11:41 pm

Indian Institute of Dalit Studies: A Working Paper “Caste Based Discrimination in Nepal”

This Working Paper “Caste Based Discrimination in Nepal” has been taken out from a report on Caste Based Discrimination in South Asia. Drawn from the country report of Nepal, the paper provides insights to a number of historical markers that have been responsible for re-structuring of the State including the practice of caste-based discrimination and untouchability against Dalits in Nepal. This study prominently draws attention to the diverse nature of Dalit population which has to a greater extent revealed the in-depth nature of regional, linguistic, religious, and cultural, gender and class-based discrimination and exclusion. It further provides a detailed study of Constitutional provisions and policies with prior focus on historical discourses and present situation simultaneously; complementing the role of civil society organisations. This foregrounds the study in historical context and also draws relevance in the contemporary scenario; which serves an important indicator to draw new and realistic policies. Discrimination is practiced widely in all spheres and at instances takes violent forms. The study however advocates that Caste-based discrimination, including untouchability, could be eliminated by synchronic concerted efforts from the existing operators in Constitutional, political and cultural matrix.

Caste-based Discrimination in Nepal (Click at this hyperlink to down this report)

Working Paper Series. Vol. 3, No. 8, 2009.

Authors: Krishna B. Bhattachan, Tej B. Sunar and Yasso Kanti Bhattachan (Gauchan)

Edited by: Shukhadeo Thora and Surender S Jodhka

Published by: Indian Institute of Dalit Studies, New Delhi.

Posted under Perspectives / Analysis, Archives-Document on Sunday 8 November 2009 at 9:23 pm

प्रेस विज्ञप्ति: नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको बैठकले गरेका महत्वपूर्ण निर्णयहरू सार्वजनिक

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको एकता अधिवेशनपछिको दोश्रो पूर्ण बैठक हालै मोर्चाका केन्द्रीय संयोजक क. तिलक परियारको अध्यक्षता र एकीकृत नेकपा (माओवादी) का वरिष्ठ उपाध्यक्ष क. मोहन वैद्य “किरण”, महासचिव क. रामबहादुर थापा “बादल”, सचिव क. सि.पी. गजुरेल “गौरव” तथा मोर्चाका फ्रयाक्सन इञ्चार्ज क. खड्गबहादुर विश्वकर्मा “प्रकाड” तथा फ्रयाक्सन सहइञ्चार्ज क. विश्वभक्त दुलाल “आहुति” को विशेष उपस्थितिमा सम्पन्न भयो। सो बैठकले गरेका महत्वपूर्ण निर्णयहरू जानकारीका लागि मोर्चाबाट जारी प्रेस विज्ञप्तिमा सार्वजनिक गरिएको छ।

१. मोर्चाका सहसंयोजक क. रणेन्द्र बरालीको उद्घोषणद्वारा सञ्चालन गरिएको र केन्द्रीय सल्लाहकारहरूको समेत सहभागितामा बसेको सो बैठकको प्रारम्भमा महान् जनयुद्ध, जनआन्दोलन र जनसंघर्षहरूमा शहादत प्राप्त गर्नुभएका सम्पूर्ण ज्ञात–अज्ञात महान शहीदहरूप्रति एक मिनेट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिसकेपछि बैठकमा मोर्चाका संयोजक क. तिलक परियारद्वारा संगठनको राजनीतिक प्रतिवेदन र विशेषाधिकारसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो। अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमाथि व्यापक र जनवादी छलफलका लागि बैठकमा उपस्थिति भएका केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यहरूका बीचमा १३ वटा समूहमा विभाजन गरियो। त्यसपछि प्रत्येक समूहका टोली नेताले प्रस्तावित दुवै प्रस्तावमाथि समूहमा उठेका विषयहरू र फिल्डका रिपोर्ट पनि प्रस्तुत गर्नुभयो। बैठकमा एकीकृत नेकपा (माओवादी)का वरिष्ठ उपाध्यक्ष क.मोहन वैद्य “किरण”, महासचिव क. रामबहादुर थापा “बादल” र सचिव क.सि.पी.गजुरेल “गौरव” ले वर्तमान सन्दर्भमा पार्टीले लिएका महत्वपूर्ण निर्णयहरू, दलित मोर्चाले नेपाली क्रान्तिलाई विजयमा पुर्‍याउन आगामी दिनमा खेल्नुपर्ने महत्वपूर्ण भूमिका, पार्टीले दलित समुदायसम्बन्धी अघि सारेको विशेषाधिकारसम्बन्धी नीतिको वैज्ञानिकता आदिबारे अत्यन्तै महत्वपूर्ण सैद्धान्तिक, वैचारिक र राजनीतिक प्रशिक्षण दिनुभयो त्यसपछि मोर्चाका फ्र्याक्सन इन्चार्ज तथा पार्टीका पोलिटब्यूरो सदस्य क. खड्गबहादुर विश्वकर्मा “प्रका8ड” ले पार्टीको हालै बसेको केन्द्रीय समितिको बैठकले दलित आन्दोलनसम्बन्धी लिएका महत्वपूर्ण निर्णयहरू, रिपोर्टमा उठेका दलित आन्दोलनसम्बन्धी समस्याहरू, विशेषाधिकारसम्बन्धी सैद्धान्तिक–वैचारिक र नीतिगत सवाल, दलित मोर्चाको आगामी कार्यदिशा र कार्ययोजना आदिबारे प्रशिक्षणात्मक मन्तव्य दिनुभयो। मोर्चाका संयोजक क.तिलक परियारले छलफलमा उठेका सवालहरूमा स्पष्ट पार्दै दस्तावेजका बारेमा उठेका सकारात्मक विषयहरूलाई दस्तावेजमा समावेश गराउने प्रतिबद्धतासहित दुवै प्रस्तावलाई बैठकले एकमतद्वारा पारित गर्‍यो।

२. बैचारिक तथा राजनैतिक काम:

(क) नेपाली दलित मुक्ति आन्दोलनको मूल नीतिको रुपमा विशेषाधिकारलाई अझ थप स्थापित गर्न देशव्यापी रुपमा भेला, गोष्ठी र अन्तरक्रियाजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने। जसमा यो योजना अवधिमा केन्द्रमा र सबै राज्यहरूमा एक/एकवटा कार्यक्रम सम्पन्न गर्ने।

(ख) नेपाली दलित मुक्ति आन्दोलनलाई संगठित गर्न स्थापना भएको प्रारम्भिक संगठनको स्थापना मितिका बारेमा तथ्यद्वारा सत्य अन्वेषण गर्नका लागि क. पदम सुन्दासको संयोजकत्वमा क. रणेन्द्र बराली, क. पद्मलाल विश्वकर्मा, क.धनबहादुर विश्वकर्मा सहितको चार सदस्यीय कार्यदल गठन गरिएको छ।

(ग) नया संविधानमा दलित महिलाको अधिकारसम्बन्धी एउटा अन्तरक्रिया केन्द्रमा सम्पन्न गर्ने।

(घ) दलित समुदायभित्रका नेवार दलित, भोटे समुदायभित्रका दलित, झागड समुदाय, मुस्लिमभित्रका दलित, मधेशीभित्रका बातरलगायतका समुदायहरू दलित समुदायभित्र पर्दछन् वा पर्दैनन् भन्नेबारे स्पष्ट पहिचान गर्नका लागि क. रणेन्द्र बरालीको संयोजकत्वमा क. असर्फी सदा, क.दिपक लकान्द्री, क. रणसिंह परियार र क. रामकृष्ण देउला रहनेगरी पाच सदस्यीय “दलित समुदाय पहिचान कार्यदल” गठन गरिएको छ।

३. संगठनात्मक काम

(क) आगामी चौथो राष्ट्रिय सम्मेलन यही २०६६ मंसिर महिनाभित्र काठमा48डौंमा भव्यतापूर्वक सम्पन्न गर्ने। जसको मिति पार्टी हेडक्वार्टरस147ग आवश्यक परामर्श गरी केन्द्रीय कार्यालयले ठोस गर्ने। सो राष्ट्रिय सम्मेलनका लागि देशैभरि “विशेष आर्थिक अभियान” सञ्चालन गर्ने।

(ख) कार्तिक मसान्तसम्म गा.वि.स./नगर र जिल्लाको सम्मेलनहरू सम्पन्न गरिसक्ने। सोहीक्रममा मोर्चाको सदस्यता प्रमाणपत्रलाई पनि अभियानात्क रुपमा वितरण गर्ने।

४. संघर्षसम्बन्धी काम:

(क) नेपाली दलित मुक्ति आन्दोलनलाई नया ढगले अगाडि बढाउनको लागि निम्न राजनीतिक मुद्दाहरूमा आन्दोलनलाई केन्द्रित गर्ने निर्णय गरियो।
- छुवाछूतविरुद्धको विधेयक तुरुन्त ल्याउन।
- नया संविधानमा राज्यसत्ताका सम्पूर्ण अग, निकाय र क्षेत्रहरूमा दलित समुदायलाई विशेषाधिकारको सुनिश्चित गर्ने।
- महिलाले प्राप्त गर्ने अधिकारहरूमा दलित महिला अधिकारको सुनिश्चितताको लागि।
- राज्यले जातपात–छुवाछूतलाई राज्य तथा मानवताविरुद्धको जघन्य सामाजिक अपराध घोषणा गरी त्यस्तो व्यवहार गर्ने अपराधीलाई कडा कारवाहीको व्यवस्था गर्नका लागि।
- क्रान्तिकारी भूमिसुधारको माध्यमद्वारा भूमिहीन र सुकुम्बासी दलितलाई जमिनमाथि अग्राधिकार सुनिश्चित गराउन।
- स्वास्थ्य, शिक्षा, रोजगार, खाद्य सम्प्रभुता र आवासमा दलित समुदायको मौलिक हक सुनिश्चित गर्न।
- दलित विद्यार्थीलाई प्राविधिक शिक्षालगायत उच्च शिक्षासम्म छात्रावृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्न।
- सञ्चार क्षेत्रमा दलित समुदायलाई विशेषाधिकारको नीति अनुरुप नै प्रतिधित्वको सुनिश्चित गराउन।
- राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चताको बहाली गर्न।

(ख) उपरोक्त राजनीतिक मुद्दाहरूमा केन्द्रित रही निम्नबमोजिम प्रथम चरणका कार्यक्रमहरू घोषणा गरिएको छ :
- भाद्र १ देखि २० गतेसम्म प्रचार–प्रसार
- भाद्र २१ देखि २६ सम्म घरदैलो, भेटघाट र कोणसभा गर्ने
- भाद्र २७ साझमा देशव्यापी रुपमा मशाल जुलुस गर्ने।
- भाद्र २८ मा केन्द्रमा सिंहदरबार र सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा विहान ९:३० देखि ११:०० बजेसम्म घेराउ र धर्ना कार्यक्रम सम्पन्न गर्ने।

(ग) संयुक्त दलित संघर्ष उठान गर्नको लागि मोर्चाले अन्य दलित राजनीतिक संगठनहरूसग आवश्यक छलफल गरी संयुक्त दलित संघर्षको संयन्त्र निर्माण गर्न तत्काल पहल गर्र्दै संघर्षलाई हस्तक्षेपकारी बनाउने । त्यसैगरी संविधानसभा र व्यवस्थापिकामा दलित आन्दोलनको कोणबाट हस्तक्षेपलाई बढाउने।

साथै, मोर्चाको केन्द्रीय समितिको एकता अधिवेशनपछिको दोश्रो पूर्ण वैठकले निम्नानुसारको समसामयिक प्रस्तावहरू समेते पारित गरेको छ :

१. नेपाली जनताले संविधानसभामा सबैभन्दा ठूलो दलको रुपमा स्थापित गराएको हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा बनेको सरकारद्वारा बर्खास्त गरिएको प्रधानसेनापतिलाई देशी–विदेशीको निर्देशनमा असंवैधानिक ढले पुनर्स्थापित गरिएको वा असंवैधानिक “कू” गरिएकोप्रति घोर भर्त्सना गर्दछौं। राष्ट्रपतिको उक्त असंवैधानिक कदमबारे हाम्रो पार्टीले संविधानसभा व्यवस्थापिका संसदमा छलफल गर्न प्रस्तुत गरेको सङ्कल्प प्रस्तावमाथि छलफल गरी नागरिक सर्वोच्चता वहाली गर्न, शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याउदै जनसंविधान निर्माण गर्न आम नेपाली जनसमुदायसग हार्दिक अपिल गर्दछौं।

२. हाम्रो मुलुकमा हिन्दु सामन्ती–व्राह्मणवादी राज्यसत्ताले हजारौं वर्षदेखि सुनियोजित एवं श्रृङ्खलाबद्ध ढगले दलित समुदायमाथि लादिएको जातपात–छुवाछूत कुप्रथाको ऐतिहासिक क्षतिपूर्तिवापत दलित समुदायलाई राज्यका सम्पूर्ण अग र क्षेत्रमा विशेषाधिकार सुनिश्चित गर्न/गराउन सम्पूर्ण दलित समुदायलाई एकताबद्ध रुपमा संघर्ष गर्न जोडदार अपिल गर्दछौं।

३. भारतद्वारा हाम्रो मुलुकको ६० हजार हेक्टरभन्दा बढी भूमि अतिक्रमण भइरहेको छ। हाम्रो भूमिको रक्षा गर्दै राष्ट्रियता र स्वाधिनताको रक्षा गर्न सम्पूर्ण देशभक्त एवं गणतान्त्रिक जनताहरू एकजुट हुदै आन्दोलित हुनु अपरिहार्य आवश्यकता हो।

४. दश वर्षे महान जनयुद्धका अमर शहीदका परिवार, वेपत्ता परिवार, घाइतेहरूप्रति राज्यले उपेक्षा गरेकोमा यो वैठक घोर आपत्ति प्रकट गर्दै उहाहरूलाई तत्काल क्षतिपूर्ति र राहत प्रदान गराउन हामी जोडदार माग गर्दछौं।

५. केही महिनायता जाजरकोट, रुकुमलगायतका जिल्लाहरूबाट फैलिएको झाडा–पखालाको महामारीले हाल मुलुकका धेरै जिल्लाहरू प्रभावित भएर ३०० भन्दा बढी जनताहरूको दुःखद निधन भइसकेको छ। उक्त झाडा पखाला नियन्त्रणमा सरकारको गैरजिम्मेवारीपना तथा वेवास्ता निन्दनीय छ। हाम्रो पार्टीलगायत अन्य केही निकायले झाडा–पखालाग्रस्त क्षेत्रमा पुर्‍याएको चासो र सहयोग प्रशंसनीय रहेको छ। अतः झाडा–पखालाबाट महामारी फैलिएको क्षेत्रलाई “स्वास्थ्य संकटग्रस्त क्षेत्र” घोषित गरी त्यहा का ६० प्रतिशतभन्दा बढी दलितलगायत सम्पूर्ण पीडित पक्षका लागि तत्काल उचित स्वास्थ्योपचार, राहत एवं उद्धार उपलब्ध गराउन राज्यपक्षसग यो बैठक जोडदार आग्रह गर्दछ। त्यसरी नै भर्खर भीषण वाढी तथा पैरोग्रस्त क्षेत्रका जनताहरूलाई तत्काल राहत पुर्‍याउन पनि सरकारलाई शीघ्र पहल गर्न पनि यो वैठकले माग गरेको छ।

६. मुलुकमा सबैभन्दा बढी विपन्न र असहाय अवस्थामा दलितहरू रहेका छन्। अतः उनीहरूलाई सरकारी ऋण मिनाहा गर्नुपर्ने, क्रान्तिकारी भूमिसुधार लागू गरी आवास एवं निर्वाहायोग्य भूमि उपलब्ध गराउने, निःशुल्क शिक्षा, स्वास्थ्योपचार तथा खाद्यान्नको व्यवस्था गर्ने कार्य राज्यले यथासीघ्र गरियोस् भन्ने माग गर्दछौं। अहिले पनि दलितहरूमाथि जातीयताका आधारमा अमानवीय ज्यादती र हिंसा भइरहेकोप्रति घोर भर्त्सना गर्दै यस्ता हर्कत गर्नेहरूमाथि राज्यले तुरुन्त कार्वाही गरोस् भन्ने माग समेत जोडदार रुपमा गर्दछौं।

७. राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमै हिन्दु सामन्तवाद–व्राह्मणवादले दलितहरूमाथि लादेको उत्पीडनविरुद्ध चलेका संघर्षहरूप्रति यो ऐतिहासिक बैठक ऐक्यबद्धता जाहेर गर्दछ र दलित मुक्ति आन्दोलनमा क्रियाशील रहनुभएका स्वदेश तथा विदेशका सम्पूर्ण दलित समुदायलाई एकताबद्ध भई संघर्षमा उत्रन पनि हार्दिक अपिल गर्दछ।

तिलक परियार
संयोजक
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा
केन्द्रीय समिति

Posted under Archives-Document, Organizations Bay on Tuesday 25 August 2009 at 10:50 pm

LANCAU files a Writ Petition before the Apex Court against ‘Chhota-Bada’ used in Muluki Ain

LANCAU (Lawyers National Campaign for Elimination of Caste Discrimination), Nepal has filed the Writ Petition before Supreme Court to remove the word Chhota-Bada (Inferior and Superior) from the Preamble of the Country’s Civil Code (Muluki Ain), 2020. The writ was filed with Advocate Ratna Bagchand as its petitioner, on 5th of Shrawan 2066. It was argued that the word Chhota Bada (Inferior and Superior) in the Preamble of Civil Code is derogatory and a great slap against humanity and equality, which is also inconsistent with the Rights to equality guaranteed by the Article 13 of Interim Constitution and national and International Human Rights Law to which Nepal is a party.

The First Hearing of the case was held on 6th of Shrawan 2006. The Supreme Court in the first hearing ordered a Show Cause notice asking Nepal Government, Cabinet Secretariat and others to furnish their written Explanation on the issue before Supreme Court through Attorney General with in 15 days.

Advocates involved in the first hearing were: Advocate Ratna Bdr. Bagchand, Advocate Anita Joshi, Advocate Laxmi Rawal and Advocate Bidhata Poudel.

Click here to see the details of writ petition >>> Chhota-Bada Writ Petition

Reported by:
Advocate Bidhata Poudel
Asst Director (Law & Justice)
LANCAU Nepal

Posted under News, Archives-Document, Legal Matters, Organizations Bay on Wednesday 19 August 2009 at 8:07 am

Dalits in Maoists’ Preliminary Draft Constitution

Preliminary Draft of the Constitution of the Republic Nepal, 2067 (2009) as proposed by the Constitution Making and Recommendation Committee, Unified Nepal Communist Party (Maoist)

Excerpts explicitly relating to Dalits:

Part 3: Fundamental Rights

11. Right to Equality
(3) The state shall not discriminate among citizens on grounds of religions, race, caste, tribe, gender, origin, language or ideological conviction or any of these.

Provided that nothing shall be deemed to prevent the making of special provisions by law for the protection, empowerment or advancement of women, Dalits, indigenous ethnic tribes, Janajati, Madhesi or farmers, labourers or those who belong to a class which is economically, socially or culturally backward, or children, the aged, disabled or those who are physically or mentally incapacitated.

12. Right against untouchability and racial discrimination
(1) No person shall, on the ground of cast, descent, community or occupation, be subject to racial discrimination and untouchability in any form. Such a discriminatory act shall be liable to punishment and the victim shall be entitled to compensation as provided by the law.

(2) No person shall, on the ground of cast or race, be deprived of any service, conveniences or utilities.

(3) No person belonging to any particular cast or tribe shall, in relation to the production or making available of any goods, services or conveniences, be prevented from purchasing or acquiring such goods, services or conveniences; and no such goods, services or conveniences shall be sold or distributed only to members of a particular cast or tribe.

(4) No one shall be allowed to purport to demonstrate superiority or inferiority of any person or a group of persons belonging to any cast, tribe or origin; or justify social discrimination on the basis of the cast and tribe; or to disseminate ideas based on cast superiority or hatred; or to encourage cast discrimination in any form.

(5) Any act contrary to the provisions of the clauses (2), (3) and (4) shall be punishable in accordance with law.

21. Rights of Dalit community
(1) Land and an opportunity of proportional employment in governmental, semi-governmental and private industrial enterprises shall be provided to the landless Dalit in the economic sector as well as priority shall be given to the modern profession related to their tradition.

(2) In field of politics, there shall be a system of the representation of Dalit in the Federal Legislature, Government, constitutional bodies and Governmental political and administrative organs on the basis of special rights. Provision to make the non-geographical federal unit as to be elected one male and one female from all regions shall be made.

(3) In the field of social and culture, the state shall be free of untouchability accepting the untouchability as the evil of humanity and such practice is recognized to be serious crime and legal provision of severe punishment shall be made against the person who commits such crime.

24. Rights to social justice
Economically, socially and educationally backwarded Women, Dalits indigenous ethnic groups (Adivasi Janajati), Madhesi communities, oppressed groups, the poor farmers and labourers shall have the right to participate in state structures on the basis of the principles of proportionality and inclusivness.

Part 4: Responsibilities, Directive Principles and the Policies of the State

37. Responsibilities of the State
The state shall have the following responsibilities:-
(d) to carry out progressive restructuring of the State leading to inclusive federal republic which recognizes the people’s republic and guarantees of autonomy and self governance with the right of self determination to address the problems of women, Dalits, indigenous tribes (Adivasi, Janajati), Madhesis, ppressed and minority communities and other disadvantaged groups and back-ward regions by eliminating discriminations related to class, ethnic, lingual, gender, cultural, religious and regional by eliminating class, caste, language, gender, cultural, religious and regional,

39. State policies

(10) The State shall pursue a policy which will help to uplift the economically and socially and backward indigenous ethnic groups (Adivasi Janajati, Madhesis, Dalita, as well as marginalized communities, and workers and framers living below the poverty line by making provisions for reservations in education, health, housing, food security and employment for a certain period of time.

(14) The State shall pursue a policy of making special provision on the basis of the positive discrimination for the minorities, landless, squatters, bonded labourers, person with disability, backward communities and sections, and the victims of conflict, including women, Dalits, indigenous tribes (Adivasi Janajati), Madhises and Muslims.

Part 10: Structure of Constitutional bodies

105. (1) There shall be following constitutional bodies in the federation:-

(f) Commission for Inclusiveness (for the protection of the rights of Dalit, Adivasi Janajati, minority and marginalized),

(3) While making the appointment of the officials of the Constitutional bodies in accordance with the Constitution, the arrangement to make proportional and inclusive participation of women, Dalit, Adivasi, ethnic community and Madhesi shall to be made.

=======================================
Note from a Human Rights and Constitutional Lawyer:

Almost all political parties have drafted the constitution on their own. The concerned readers are suggested to prepare and review a comparative chart from dalit rights perspective and have discussions for the larger interest of dalit communities.

Tek Tamrakar
Human Rights Lawyer
Kathmandu, Nepal
Tel: 0097714302511
Mail: tek_tamrakar@ yahoo.com

Posted under News, Archives-Document, Legal Matters on Wednesday 5 August 2009 at 11:45 pm

An UNDP resource on Dalit situation: The Dalits of Nepal and a New Constitution

The Dalits of Nepal and a New Constitution

A Resource on the Situation of Dalits in Nepal, their Demands and the Implications for a new Constitution

Compiled by: United Nations Development Programme, Kathmandu, September 2008

Preface and Acknowledgements

Excerpt: “The origin of this publication lies in the association of UNDP with major Dalit organisations, a number of whom approached UNDP in early 2007 for assistance in promoting awareness among their communities and in formulating, and disseminating, a Dalit agenda of appropriate constitutional reforms. In the ferment that followed the King’s stepping down in April 2006, little attention was paid to the oppression suffered by Dalits or their hopes and aspirations for better treatment under the new constitution, policies and laws. Dalits had pursued their agenda peacefully and democratically (unlike some other marginalised communities) but felt neglected by political parties, media, and donors—and wondered whether their case was not taken seriously precisely because they had not resorted to violence.”

Contents

Foreword iii
Preface and Acknowledgements v
The Dalit Agenda: Dignity, Inclusion, and Social Justice 1
Kathmandu Charter of Dalit Rights 2007 11
Background Paper on Dalit Issues : Dr. Krishna B. Bhattachan 19
Section 1: Historical Background 19
Section 2: Who Are The Dalits? 21
Section 3: Hardship and Humiliation 25
Section 4: The Challenges of New Nepal 33
Conclusion 35
From Charter to Constitution 37
What does a Constituent Assembly do? 37
Demands 38
What might be in the New Constitution? 38
Helping Constituent Assembly Members to be Effective 41
Responsibility of the Individual Members 41
Can a Constitution be “self-executing”? 42
Recasting Justice: Securing Dalit Rights in Nepal’s New Constitution : Center for
Human Rights and Global Justice 45

Appendices

Appendix 1: Dalit castes, sub-castes, surnames and traditional occupations 47
Appendix 2: Scenes from Nepali Dalit Life 50
Appendix 3: What have the recent Constitutions of Nepal said about Dalits ? 54
Appendix 4: Protecting the rights of Dalits in the Courts by Ankit Dhakal 60
Appendix 5: What do other Constitutions say about previously exploited and
excluded groups ? 63
Appendix 7: Short Bibliography and Website List 70
Appendix 8: Dalit Organisations involved in the Regional and National Conferences 73

URL address for downloading this document: http://undp.org.np/constitutionbuilding/pdf/dalit of nepal and a new constituition.pdf

Posted under Archives-Document, Books on Wednesday 29 July 2009 at 10:52 pm
Next Page »
Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.