नेपाल दलित मानव अधिकार संगठनको अन्तरिम संविधान मस्यौदा समितिमा सुझाव पेश

नेपाल दलित मानव अधिकार संगठनको अन्तरिम संविधान मस्यौदा समितिमा सुझाव पेश

नेपाली जनताहरुले लोकतान्त्रीक जनआन्दोलनमा गरेको संर्घष्ा र वलिदानद्धारा प्राप्त उपलब्धीहरुलाई सस्थांगत गर्न र सबै जात, जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, क्षेत्र र भौगोलिकरुपले पछाडी पारीएका जनसमुदायहरु र आर्थिक, सामाजीक, राजनैतिक, शैक्षिक तथा सांस्कृतिक रुपले पिछडीएका, किनारा लगाईएका सम्पर्ूण्ा जनताहरुको मुक्तिलाई सुनिश्चित गर्न र संविधानसभाको चुनाव मार्फ लोकतान्त्रीक गणतन्त्र स्थापना गरी सुन्दर, शान्त र समृद्ध नयाँ नेपाल निर्माण गर्ने महान दिशा तर्फजनआन्दोलनमा व्यक्त जनचाहना र भावना अनुरुप सिङ्गो मुलुक प्रतिवद्ध भै अगाडी बढिरहेकोे अवस्थामा अव बन्ने अन्तरिम संविधानले ठोस दिशा निर्देश गर्ने हुदाँ कास्की जिल्लामा रहेका दलित समुदायका संघसस्थांहरुको तर्फाट निम्न अनुसारका सुझावहरु पेश गरीएको छ।

तपशिल

१. अन्तरिम संविधानले लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न दिशा निर्देश गर्नु पर्दछ ।
२. जाति, भाषा, धर्म, सस्कृती, लिङ्ग, क्षेत्र आदीका आधारमा हुदै आएका विभेद र छुवाछुत प्रथाको पर्ुण्ा अन्त्य र समानताको प्रत्याभुति संविधानको प्रस्तावनामानै उल्लेखित गरीनर्ुपर्छ ।
३. धर्म निरपेक्ष राष्ट्र संविधानमा उल्लेख हुनर्ुपर्छ ।
४. समावेशी चरित्रमा राज्यको पुनरसंरचना गरिनु पर्छ ।
५. राज्यका सवै निकायमा दलित, महिला, जनजाती, मधेसी र अल्पसंख्यक समुदायको समानुपातीक प्रतिनिधित्व सुनिश्चीत गरीनर्ुपर्छ ।
६. अन्तरिम संविधानले संविधान सभाको निर्वाचनमा दलित समुदायको समानुपातीक प्रतिनिधित्व सुनिश्चीत गनुपर्ने हुन्छ ।
७. अन्तरिम सरकारमा दलित समुदायको समानुपातिक प्रतिनिधित्वका लागी अन्तरिम संविधानले नै निर्देश गरेको हुनु पर्दछ ।
८. संविधानमा जनमत संग्रहको व्यवस्था गरिनु पर्दछ ।
९. भूमिमा जसको जोत उसको पोत कायम हुनु पर्दछ ।
१०. राज्यका प्राकृतिक स्रोत र साधनहरुमा नागरीकहरुको समान अधिकार संविधानमा सुनिश्चीत गरिनर्ुपर्छ ।
११. गाँस, बास, कपास, आधारभुत स्वास्थ्य, शिक्षा, नागरीकहरुको र्सवभौम अधिकारका रुपमा संविधानमानै उल्लेख गरिनर्ुपर्छ ।
१२. वर्तमान शिक्षामा भएको विभेद र असमान वर्गिय शिक्षाको पर्ूण्ा अन्त्य गदर्ेर्ैैनातक तह सम्मको शिक्षालाई आधारभुत शिक्षा कायम गरी अनिवार्य गर्राईनुपर्ने ।
१३.जातीय विभेद र छुवाछुतलाई मानवताको अपराध कायम गरी जातीय आधारमा विभेद र छुवाछुत गर्नेलाई र्सवस्वहरण सहित जन्मकैद हुनुपर्ने व्यवस्थाको ग्यारेन्टी गर्न संविधानमानै व्यवस्था गरीनर्ुपर्छ ।
१४. जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भैसकेको अवस्थामा त्यसलाई व्यवहारीक कार्यान्वयनका लागी जातीय विभेद र छुवाछूत उन्मुलन ऐन बनाई लागु गर्न संविधानले नै निर्देश गरेको हुनर्ुपर्छ ।
१५. संविधानमा मानवअधिकार अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई सुनिश्चीत गरिनर्ुपर्छ ।
१६. राष्ट्रिय दलित आयोग अधिकार सम्पन्न संवैधानिक आयोग हुनर्ुपर्दछ ।
१७. दलित मन्त्रालयको स्थापना गरी दलित समुदायको उत्थान र विकास गरिनुपदर्छ ।
१८. सेना, प्रहरी र निजामती सेवालाई समावेशी चरित्रको आधारमा पुनरसंरचना गरिनर्ुपर्छ ।
१९. सरकारी, गैर सरकारी र निजि क्षेत्रका सवै निकायहरुमा समानुपातिक सहभागिताका लागि प्रगतिशिल आरक्षणको व्यवस्था संविधानमा नै गरिनर्ुपर्छ ।
२०. आरक्षण स्थायी प्रकृतिको नभै दलित समुदायका नागरीकहरुको गैर दलित समुदाय सरह समान, हैसियत, क्षमता र पहँुचमा विकास नभए सम्मका लागी आवधिक हुनर्ुपर्छ ।
२१. आवधिक आरक्षण लागु गर्नु पर्ुव राज्यले कति समयावधिमा दलित समुदायलाई अरु समुदाय सरह मुल प्रवाहमा ल्याउन सक्ने हो राष्ट्रिय योजना र कार्यक्रम तयार गरी राज्यको इच्छाशक्तिमा ठोस अभियान संचालन गरी लक्ष्य हाँसिल भैसकेपछि आरक्षणको अन्त्य गरिनु पर्छ । जसको कार्यान्वयन, अनुगमन र मुल्याङ्कनका लागी छुट्टै उच्च स्तरीय संयन्त्र तयार पार्नका लागी संविधानमा व्यवस्था गरिनर्ुपर्छ ।
२२. राज्यले वजेट विनियोजित गर्दा पिछडीएका, सिमान्त वर्गका विपन्न समुदायहरुलाई पहिलो प्राथमिकतामा राखी उनिहरुको शिक्षा, स्वास्थ्य, खानेपानी, विधुत, संचार, सडक, सिंचाई, कृषि आदी क्षेत्रका सेवा सुविधालाई सुनिश्चीत गर्न राज्यको प्रमुख निति बनाउने कुरा संविधानमा राज्यको निर्देशक, निति र सिद्धान्तको व्यवस्था गरी उल्लेख गरिनर्ुपर्छ ।
२३. संविधान सभाको चुनाव पर्ूव समानुपातीक प्रतिनिधित्व र समावेशीको आधारतय गर्नका लागी निष्पक्ष राष्ट्रिय जनगणना गरिनर्ुपर्छ ।
२४. राज्य व्यवस्था बहुमतिय प्रणालीमा नभै समानुपातिक प्रणालीमा संचालन गर्ने व्यवस्था संविधानमा सुनिश्चीत गरिनर्ुपर्छ ।
२५. अन्तरजातीय विबाहलाई प्रोत्साहित गर्ने राज्यको घोषित निति तयार पारिनर्ुपर्छ ।
२६. राजपत्रमा दलित समुदायको थर, गोत्रहरु प्ा्रकाशित गरी सोहि अनुसार नागरीकता प्राप्त गर्ने अधिकार सुनिश्चीत गरिनर्ुपर्छ ।
२७. महिलालाई गरिएको आरक्षण कार्यान्वयन गर्दा दलित महिलाहरको समानुपातीक प्रतिनिधित्व अनिवार्य बनाईनर्ुपर्छ ।

जगत विश्वकर्मा
अध्यक्ष
नेपाल दलित मानव अधिकार संगठन
मितिः २०६३/०३/२७
July 14, 2006.

Posted under Perspectives / Analysis, Document Archives, Legal Matters, Organizations Bay on Friday 14 July 2006 at 11:05 pm

अन्तरिम संविधान मस्यौदा समितिलाई एक दलित अधिकारकर्मीको हैसियतमा पेश गरेको सुझाव

अन्तरिम संविधानले पुरानो व्यवस्था र नया“ व्यवस्थालाई जोड्ने पुलको काम गर्ने भएकोले विद्यमान सकारात्मक पक्षको संरक्षण, नया“ मुद्दा र अग्रगामी अधिकारको स्थापित गदै नया“ व्यवस्थामा Jump गर्न procedure निर्धारणमा focus गर्दै निम्न कुराहरु समावेश गर्न आग्रह गर्दछु ।

१. प्रस्तावनामा समावेशी लोकतन्त्रलाई सुनिश्चित गर्ने गरी “समावेशी लोकतान्त्रीक व्यवस्थाद्धारा सबै जाति, वर्ग लिङ्गको राजनीतिक तथा सामाजिक, आर्थिक प्रकृयामा मूलप्रवाहीकरण सुनिश्चित गरिने” कुरा समावेश हुनु पर्दछ ।
२.र् धर्म निरपेक्षता संविधान मै व्यवस्था हुन पर्दछ ।
३. नेपालको निसान-छाप सम्बन्धी छुट्टै व्यवस्था हुनु पर्दछ ।
४. राष्ट्रिय गान- “गा“उछ गीत नेपाली- ज्योतिको पंखा उचाली ………….” लाई चयन गरी राख्नु पर्दछ ।
५. नागरिकता आमा वा बाबु दुवैको मध्ये कुनै एकको नाममा लिन पाउने व्यवस्था हुनु पर्दछ । आमाबाबुको पत्ता नलागेको हकमा बैकल्पीक व्यवस्थाद्धारा सहजरुपमा नागरिकता पाउने व्यवस्था गर्नु पर्दछ । सक्षम जनशक्तिको आगमनलाई प्रोत्साहन गर्न अंगिकृत नागरिकता वा “ग्रीन कार्ड” जस्तो प्रणालीको व्यवस्था हुनु पर्दछ ।
६. सामाजिक-सा“स्कृतिक-आर्थिक अधिकारहरुलाई व्यापक रुपमा संबोधन गर्न मौलिक हकमा पार्नु पर्दछ ।
७. दलित समुदायको मूल समस्याको रुपमा रहेका
-१) छुवाछूत र सबै किसिमका जातीय विभेद
-२) शक्ति, श्रोत-साधन र अवसर, सामाजिक हैसियतबाट बञ्चीतकरण
-३) प्रतिनिधित्व विहीनता
-४) बालीघरे/खलो, हली, डोली जस्ता कुप्रथाका समुल अत्त्यका लागि संबैधानिक व्यवस्थाद्धारा संबोधन गरिनु पर्दछ । उल्लेखित समस्या ग्रस्त दलित समुदाय भित्रका जातिहरुको अनुसुचिको व्यवस्था हुनु पर्दछ । वर्तमान राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय आदिवासी जनजाति प्रतिष्ठान लगायतकालाई समायोजन गरी राष्ट्रिय मूलप्रवाहबाट बाहिर पारिएका दलित, जनजाति, महिला, अपाङ्ग, मधेशी समुदाय लगायतकाहरुका अधिकारको सुनिश्चिता, संरक्षण र सर्ंवर्द्धन गर्न एक संवैधानिक आयोग -प्रस्तावित नाम ः- “मूलप्रवाहीकरण पर््रवर्धन आयोग”)को व्यवस्था हुनु पर्दछ ।
८. जातीय छुवाछूत र जातिय विभेदका व्यवहार गर्नेलाई कडा दण्डनीय - ५ वर्ष१० वर्ष्ासम्म कैद र १०००० देखि १००००० रुपैयासम्म) व्यवस्था संविधानमा हुनर्ुपर्दछ ।
९. दलित समुदायको अधिकार र विकासको लागि संवैधानिक आरक्षण अधिकार विशेष अधिकारको रुपमा व्यवस्था हुनर्ुपर्दछ ।
१०. व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका, संवैधानिक अङ्गहरु, राजनीतिक पार्टर्ीीसरकारी समितिहरुको गठन विधिमै उल्लेख गरी जनसंख्याको अनुपातमा दलितको प्रतिनिधित्वको ग्यारेण्टी हुने व्यवस्था गरिनु पर्दछ ।
११. निर्वाचन प्रणालीको सर्न्दर्भमा समानुपातिक प्रतिनिधित्व (Proportional Representation) निर्वाचन प्रणाली र त्यस भित्र सूची प्रणालीको व्यवस्था हुनु पर्दछ ।
१२. ११ बमोजिम Constituency का सर्न्दर्भमा -१) साधारण -२) विशेष Constituency व्यवस्था हुनु पर्दछ । विशेष Constituency मा उमेदवारको हकमा दलित उमेदवार दलितसङ्गै, महिला महिलासङ्गै, जनजाति जनजातिसङ्गै मात्र प्रतिस्पर्धा हुृने गरी व्यवस्था हुने गर्दछ । जुन स्थानीय निकायमा बडा सदस्यका हकमा बडा महिला सदस्य चुनिने व्यवस्था थियो/छ । यो व्यवस्था सबै र सबै तहको निर्वाचनमा हुनु पर्दछ ।
१३ निर्वाचन कानून तथा नियमावली तदअनुरुप परिमार्जन हुने व्यवस्था हुनु पर्दछ ।
.१४. राजनीतिक पार्टर्ीींबन्धी व्यवस्थामा निश्चित मापदण्डका आधारमा समावेशीकरणलाई ग्यारेण्टी दिने राजनीतिक पार्टर्ीई मात्र राष्ट्रिय पार्टर्ी पहिचान दिने व्यवस्था हुनर्ुपर्दछ ।

तेज सुनार
दलित अधिकारकर्मी

Posted under News, Perspectives / Analysis, Legal Matters on Friday 14 July 2006 at 12:09 am

नेपालको अन्तरिम संविधान: दलित सम्बन्धी ब्यवस्थाका लागि मस्यौदा

नेपालको अन्तरिम संविधान:

दलित सम्बन्धी ब्यवस्थाका लागि मस्यौदा

दुई शब्द

राज्यशक्तिको श्रोत जनता हुन् भन्दाभन्दै पनि सबै जनतालाई राज्य संचालनमा सहभागी बनाउने हाम्रो प्रयास उत्साहवर्धक रुपमा अघि बढ्न सकिरहेका छैनन् । खासगरी २०४७ सालको संविधानले जगाएको आशा एवं २०६० साल आश्विन १८ पछिको राजाको प्रत्यक्ष शासनले बढाएको निराशाको परिणाम स्वरुप आज दलित जनजाति÷आदिवासी एवं तराईवासी नै समानताको जन्मसिद्ध हक अधिकारको खोजीमा संघर्षको मैदानमा अग्रपंक्तिमा उत्रिएका छन् । अहिले २०६२-०६३ को जनआन्दोलनको सफलता यिनैको उत्कर्षको सफलता हो । जवसम्म हामी यिनलाई संविधान एवं राज्य संचालनमा न्यायपूर्ण स्थानमा आसिन गराउन सक्ने छैनौं तबसम्म समस्त जनताको राष्ट्रको रुपमा नेपालले युगमाफिक गति लिन सक्ने छैन एवं समाजका मनासिव द्वन्द र विग्रहहरुलाई शान्त गर्ने हाम्रो क्षमता पनि बढ्न सक्ने छैन । नेपालको भोलिको संविधानले सम्बोधन गर्ने मुख्य सवाल यिनै हुन् । जनता वास्तवमा सार्वभौम हुन सकून् र जनताको सार्वभौमसत्ता स्विकार नगर्नेहरु पन्छिऊन् भनेर नै जनआन्दोलन र संविधान सभा नै चाहिएको हो ।

जनआन्दोलन पछिको परिवर्तित सत्ताले सदियौंदेखि दबिए पि_िल्सएका राष्ट्रिय मुलप्रवाहदेखि पन्छ्याइएका जनताको आकांक्षाको यथोचित सम्मान गर्न नसकेमा फेरी पनि जनआन्दोलन र विद्रोहमा उत्रनु सिवाय यिनका समक्ष अर्को उपाय हुने छैन । यस्तो स्थिति पुनरावृत्ति हुने छैन भन्ने विश्वास गर्न सकिन्छ । विश्वासकै आधारमा मैले पहिलेदेखि नै संविधान सभाको वकालत गर्ने सिलसिलामा भन्दै आएको पनि हो की ूअबको संविधान बन्दुक बोकेकी तरुण दलित महिलाले लेख्नेछिनू ।

यसै सन्दर्भमा यो उत्साहवर्धक कुरा हो कि ल्यानकाउ नेपाल छुवाछूत विरुद्ध वकिलहरुको राष्ट्रिय अभियान र यसका संस्थापक अध्यक्ष तथा अधिवक्ता रत्नबहादुर बागचन्दले मुलुकमा ठूलो संख्यामा रहेको दलित समुदायको हक हित प्रवद्र्धनको दिशामा उल्लेखनीय काम गर्दै आउनुभएको छ । खासगरी यस संस्था र बागचन्दजीले ध्यान केन्द्रीत गर्नुभएको अध्ययन अनुसन्धान तथा प्रशिक्षणको क्षेत्र साँच्चै अभाव खड्किएको क्षेत्र हो र यस क्षेत्रको अभाव पूर्ति गर्दै जाने दिशामा अरु सबैका लागि पनि उहाँहरुले गर्दै आउनु भएका काम प्रेरणादायी छन् ।

अन्तमा आगामी संविधान निर्माणको सिलसिलामा यस संकलनमा समावेश गरिएका मस्यौदाहरु सहयोगी होऊन् एवं दलितहरुको यथोचित हक अधिकार सुरक्षित गर्ने अभियानले वास्तविक सार्थकता हासिल गरोस् भन्ने शुभ-कामना पनि व्यक्त गर्दछु ।

दमननाथ ढुंगाना

वरिष्ठ अधिवक्ता एवं पूर्वसभामुख

मिति: २०६३ ।०३ ।०८


लेखकीय

जनआन्दोलन द्वितीय बाट मुलुकको सार्वभौमसत्ता जनतामा नीहित रहेको र सबै शक्तिका श्रोत जनता नै हुन् भन्ने वास्तविकतालाई सबैले स्वीकार गरी एक्काइसौं शताब्दिको विश्व विकासको मुलप्रवाहबाट नेपाल राष्ट्रलाई अब धेरैबेर अलग नराख्ने अठोटका साथ समावेशी लोकतान्त्रिक नेपालको निर्माण गर्नमा माओवादी सहित आठदल को गठबन्धन अग्रसर भइरहेको पृष्ठभूमिमा नयाँ नेपालको निर्माणको मार्गचित्रमा दलित सवाललाई के कति महत्व र के कस्तो स्थान दिइन्छ भन्ने कुरा हेर्नबाँकी नै भएपनि अन्तरिम कालमा नेपालको राज्य संचालनका लागि दिगदर्शन गर्ने अन्तरिम संविधानमा दलित सम्बन्धी के कस्तो व्यवस्था गर्नु आवश्यक छ भन्ने सम्बन्धमा समावेशी एवं मुलप्रवाहिकरणको दृष्टिकोणबाट संवैधानिक व्यवस्था सहितको चित्र प्रस्तुत् गर्ने यसमा प्रयत्न गरिएको छ ।

विाचतिकरणको प्रकृयाबाट शीकार भएका दलित जनताको राज्य संचालनका सम्पूर्ण प्रकृयामा समावेशी कहाँ र कसरी गर्ने भन्ने सम्बन्धमा र दलित सम्बन्धी विषय हेर्न्रका लागि सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको ब्यबस्था सुझाव गरिएको छ ।

विश्व प्रचलित सिद्धान्तहरु कार्यविधि राज्यका अन्य आधारभूत कुराहरु जस्तै मानवअधिकार सुशासन राज्यका निर्देशक सिद्धान्त नीति प्रेस स्वतन्त्रता नागरिकका आधारभूत अन्य हकहरुका बारेमा यसमा समावेश गरिएको छैन् । २०४७ सालको संविधानमा उल्लेखित सकारात्मक कुराहरुभन्दा कम व्यवस्था नयाँ संविधानमा नगरिने कुरा स्वतः सिद्ध भएकोले त्यतातिर पनि यसमा चर्चा गरिएको छैन ।

ुदलितु शब्द प्रयोगका सम्बन्धमा भन्नैपर्ने कुरा के छ भने ुदलितु शब्द एउटा निश्चित अवधि र प्रयोजनका लागि मात्र उपयोग गरिनुपर्ने शब्द हो । जातका आधारमा गिरंदैआएको सम्पूर्ण भेदभावको अन्त्य गर्ने गराउने उद्देश्यले संचालित सबै आन्दोलनहरुलाई एकत्रित गरी बृहद आन्दोलनको छाता ओढाई राज्यलाई जातिभेद वा जातीय सर्वोच्चता रहित समतामूलक समाजको स्थापना गराउने प्रयोजनमा यसको उपयोग प्रभावकारी देखिन्छ । दलित आन्दोलनमा ुदलितु शब्दको प्रयोगले अभूतपूर्व सकारात्मक भूमिका निर्वाह गरेको छ । समानता सामाजिक न्याय र मानव मर्यादाको प्राप्तिका लागि आन्दोलित जनताका लागि ुदलितु शब्द जातिगत विषयगत र क्षेत्रगत आदि रुपमा अघिबढेका जागरणका अभियान र आन्दोलनहरुलाई बृहद आन्दोलनको छाता ओढाउन ज्यादै असरदार रहिआएको तथ्यलाई कसैले अस्विकार गर्न सक्दैन । छुवाछूत पीडित शेड्युल कास्ट सूचीकृत जात कर्मजन आदि भनेर बुझिइने समुहको आवाजलाई शासकहरुको कानसम्म पुर्याउन र विश्वको ध्यानाकर्षण गराउन यस शब्दको प्रयोगले ज्यादै महत्वपूर्ण रुपग्रहण गरिसकेको छ । र केही समय अरु यसको थप निरन्तर प्रयोगले संविधान सभाबाट निर्माण हुने नयाँ संविधानद्वारा गरिने यो समुहका लागि प्रभावकारी अधिकारको प्रत्याभूति गर्न पनि यसको प्रयोग आवश्यक देखिन्छ । दलित शब्दको अस्थायी र आवधिक रुपमा प्रयोग हुनुमा नै यसको औचित्य छ । यस शब्दले समातामूलक समाज निर्माण नभइसक्दाका लागि मात्र उपयोग गरी त्यसपछि हरेक नेपाली अदलितको वर्गमा रहने हुँदा त्यसको प्रयोगका सम्बन्धमा सबै पक्ष प्रष्ट हुनु जरुरी छ ।

कथित अछुतका आर्थिक सामाजिक राजनैतिक शैक्षिक धार्मिक-सांस्कृतिक समस्या समाधान गर्ने सन्दर्भमा प्रयोग गरिएको संयन्त्र दलित शब्द दलित समस्या समाधान भैसकेपछि यदि यसको विसर्जन वा प्रयोगको अन्त्यको बाटो खोजिएन भने भोलिको जातीय विभेदरहित समतामूलक समाजमा यस शब्दको प्रयोगले प्रतिउत्पादकत्व वृद्धिगर्ने अर्थात् नकारात्मक संयन्त्रको रुप लिने खतरा त्यति नै छ जति यसले प्रारम्भमा फाइदा पुर्याउँछ । त्यसैले समतामूलक समाजको निर्माण पछि दलित शब्द प्रयोगु को अन्त्यको बाटो खोज्नुपर्ने आवश्यकतालाई हेक्का राख्नु जरुरी भएको कुरा मात्र यहाँ भन्न खोजेको छु । मुलुकमा हालका दलित राज्यको विगतको गलत नीतिको कारणले दलित बनाईएका हुन् । आफ्नो ईच्छाले दलित बनेका होइनन् । भोलि जब राज्यले सहि नीति लागू गर्नेछ र सो नीति सफल हुनेछ । त्यस बेला पनि आजका दलित ‘दलित’ नै भइरहने कुरा अस्वभाविक र असहज हुन जानेछ । दलित हुनु हाम्रो लक्ष्य होइन । अदलित हुनका लागि आवधिक रुपमा ूदलितू भन्नु भनिनु र यसलाई स्वीकार गर्नु परेको हो ।

यसबाट दलित आन्दोलनमा कृयाशील व्यक्तिहरु गैरसरकारी संस्थाहरु राजनैतिक दलहरु र अन्तरिम संविधान मस्यौदा समिति एवं संविधान सभाद्वारा बन्ने संविधान मस्यौदा समितिले संविधानको मस्यौदा गर्दा सम्बधित विषयमा पर्याप्त जानकारी लिन यसले मद्दत पुर्याउन सक्छ भन्ने ठानेको छु ।

अन्तमा

लेखनको क्रममा सुझाव दिने डा। कृष्णबहादुर भट्टचन डा. द्रोण रसाली (क्यानाडा), श्री कृष्ण सोव (अमेरिका), श्री प्रकाश नेपाल (अमेरिका), अधिवक्ता सन्तोष गिरी (अमेरिका), श्री बसन्त बागचन्द, श्री जीवन परियार र सारगर्भित मन्तव्य दिनुहुने समादरणीय संविधानविद् श्री दमननाथ ढुंगानाज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।

लेखक/सम्पादक

अधिवक्ता रत्नबहादुर बागचन्द

मिति: २०६३ ।०३ ।०८


नेपालको अन्तरिम संविधान:

दलित सम्बन्धी ब्यवस्थाका लागि मस्यौदा

१। प्रस्तावनाः

समानता सामाजिक न्याय र मानव मर्यादापूर्ण छुवाछूतरहित समाजको निर्माण गर्ने उद्देश्यले अभिप्रेरित भै……

२। प्रारम्भिकः

क राष्ट्रः

समान आकाँक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता प्रति आस्थावान रही एकताको सुत्रमा आवद्ध सबै नेपाली जनता समष्टिगत रुपमा एक राष्ट्र हो…।

ख सार्वभौमसत्ताः

नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित हुनेछ …॥

ग राज्यः

नेपाल जातीय सर्वोच्चमा नभएको एक वहुजातीय वहुभाषिक लोकतान्त्रिक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न धर्मनिरपेक्ष राज्य हुनेछ…… ।

घ राष्ट्रभाषाः

देवनागरी लिपीमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । स्वायत्त क्षेत्रहरुमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरिनेछ । अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाषाहरुको विकास सम्बन्धमा संसदले कानून बनाई लागू गर्ने छ………

३। नागरिकता प्रमाणपत्रमा अन्तिम नाम लेख्ने सम्बन्धीः

नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्रमा अन्तिम नामको रुपमा जातजाति सूचक जात वा थर नलेखी नागरिकको बाबु वा आमाको प्रथम नाम वा जातजाति सूचक थर बाहेकको आफुले चाहेको अन्य नाम लेखिनेछ……………… ।

४।मौलिक हकः

क छुवाछूतको अन्त्यः

यो संविधान प्रारम्भ भएको मितिदेखि छुवाछूतको अन्त्य गरिएको छ । कुनै पनि व्यक्तिलाई जातका आधारमा छुवाछूतजन्य भेदभावपूर्ण व्यवहार र अलगाउ गरिने छैन । सार्वजनिक वा निजी जीवनका सबै क्षेत्रहरुमा जातीय लैंगीय क्षेत्रीय र धार्मिक पहिचानका आधारमा कुनै पनि भेदभावपूर्ण अभ्यास हुने छैन त्यस्तो कार्य कानून बमोजिम कडा दण्डनीय हुनेछ………………। ।


ख संस्कृति सम्बन्धी हकः

प्रत्येक समुदायलाई आफ्नो संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने अधिकार हुनेछ । तर संस्कृतिको नाममा जात लिङ्ग जन्म वंश र पेशाका आधारमा गरिने भेदभावलाई संरक्षण गर्न पाइने छैन त्यस्तो कार्य कानूनद्वारा दण्डनीय हुनेछ ……॥

ग धर्म सम्बन्धी हकः

प्रत्येक व्यक्तिलाई आफनो आस्था अनुसारको धर्मको अभ्यास गर्ने हक हुनेछ । तर धार्मिक आस्थाभित्र जात जन्म लिङ्ग र पेशाका आधारमा छुवाछूत वा भेदभाव गर्ने कुरालाई समावेश गरिएको मानिने छैन……… ।

घ शोषण विरुद्धको हकः

मानिसलाई बेचविखन दास बाँधा कमैया हली चरुवा हरुवा वा कुनै किसिमको निजको इच्छा विपरित काम गराउन पाइने छैन त्यस्तो कार्य कानून वमोजिम दण्नीय हुनेछ …………॥

५। कार्यपालिकाः

मन्त्री परिषदः

संसदका सदस्यहरुमध्येबाट एक प्रधानमन्त्री सहित आवश्यक संख्यामा उप-प्रधानमन्त्री मन्त्री राज्यमन्त्री र सहायकमन्त्री नियुक्त गरिने छन् । त्यसरी नियुक्त हुने मन्त्री पदमा दलित वर्गको समानुपातिक प्रतिनिधित्व रहनेछ………॥ ।

६। व्यवस्थापिकाः

क प्रतिनिधिसभाः-

प्रतिनिधि सभाका सदस्यहरुको निर्वाचन कानूनद्वारा निर्धारित संख्याको मतका आधारमा हुनेछ । यसै संविधानमा गरिएको सवै वर्गको समानुपातिक सहभागिताका लागि दलितका लागि जनसंख्या र ती समुहहरुलाई विगतमा राज्यबाट गरिएको उत्पीडनको आधार र अनुपातमा पदसंख्या तोकिने छ ।

ख राष्ट्रिय सभाः

राष्ट्रिय सभा सदस्यको पदमा दलितको जनसंख्या र ती समुहहरुलाई विगतमा राज्यबाट गरिएको उत्पीडनको आधारमा र अनुपातमा पदसंख्या कायम गरी सोही अनुसार निर्वाचन गरिनेछ ।

७।न्यायपालिकाः

क सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्तीः

न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशको योग्यता पुगेका व्यक्तिहरुमध्ये दलित समुहको समानुपातिक प्रतिनिधित्व हुने गरी सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरिनेछ । यस संविधान लागू हुँदाका बखत माथि उल्लेखित समुहको व्यक्तिको योग्यता नपुगेको अवस्थामा भने न्यायसंगत प्रकृया अपनाइने छ ।

ख पुनरावेदन अदालतका न्यायाधीशहरुको नियुक्तीः

न्याय परिषदको सिफारिसमा पुनरावेदन अदालतको न्यायाधीशको पदका लागि योग्यता पुगेका व्यक्तिहरुमध्ये दलित समुहको समानुपातिक प्रतिनिधित्व हुनेगरी पुनरावेदन अदालतको न्यायाधीश पदमा नियिुक्त गरिनेछ ।


ग) जिल्ला अदालतका न्यायाधीशहरुको नियुक्तीः

जिल्ला अदालतका न्यायाधीशहरुको योग्यता कानूनमा स्नातकोपाधि प्राप्त गरी न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीमा कम्तीमा चारवर्ष वा कानूनमा स्नातक अधिवक्ताको रुपमा कम्तीमा सात वर्ष काम गरेको वा कम्तीमा सातवर्ष कानूनको अध्यापन अन्वेषण वा कानून वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा काम गरेको नेपाली नागरिक जिल्ला अदालतको न्यायाधीशको पदमा नियुक्तिको लागि योग्य मानिने छ । जिल्ल्ाा अदालतको न्यायाधीशको पदमा योग्यता पुगेका व्यक्तिहरुमध्ये दलित समुहको समानुपातिक सहभागिता हुनेछ ।

घ न्याय परिषदः

न्याय परिषदमा देहाय वमोजिम अध्यक्ष र सदस्यहरु हुनेछन् ः

१। प्रधान न्यायाधीश पदेन अध्यक्ष

२। न्यायमन्त्रीपदेन सदस्य

३। महिला कानुनविदसदस्य

४। दलित समुहको प्रतिनिधित्व गर्ने कानूनविदसदस्य

५। जनजाति समुहको प्रतिनिधित्व गर्ने कानूनविद सदस्य

६। मधेसी समुहको प्रतिनिधित्व गर्ने कानूनविदसदस्य

७। अल्पसंख्यक समुहको प्रतिनिधित्व गर्ने कानुनविदसदस्य

ङ न्याय सेवा आयोगः

न्याय सेवा आयोगमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरु हुनेछन् ः

१। प्रधान न्यायाधीशपदेन अध्यक्ष

२। न्यायमन्त्री पदेन सदस्य

३। लोकसेवा आयोगको अध्यक्ष पदेन सदस्य

४। दलित समुहको व्यक्ति सदस्य

८ सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयः

दलित सम्बन्धी सम्पूर्ण विषयमा कार्य गर्नका लागि सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालय गठन गरिनेछ । यस संविधान र यस अन्तर्गत बन्ने ऐनद्वारा गरिने दलित सशक्तिकरण छुवाछूत उन्मूलन लगायतका सामाजिक न्यायसंग सम्बन्धित प्रावधानहरुको कार्यान्वयनका लागि योजना नीति रणनीति र कार्यक्रमहरुको तर्जुमा गर्न र कार्यान्वयन सम्बन्धी संयोजन उक्त मन्त्रालयहरुले गर्ने छन् ।

९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगः

संवैधानिक परिषदको सिफारिसमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुको नियुक्ती गर्दा दलित समुहको प्रतिनिधित्व हुनेगरी नियुक्ति गरिनेछ ।९

१० लोकसेवा आयोगः

लोकसेवा आयोगको सदस्य पदमा नियुक्ती गर्दा दलित समुहको प्रतिनिधित्व हुनेगरी नियुक्ति गरिनेछ ।

११ लोक निर्वाचन आयोगः

लोक निर्वाचन आयोगको सदस्य पदमा नियुक्ति गर्दा दलित समुहको प्रतिनिधित्व हुनेगरी नियुक्ति गरिनेछ ।

१२ राष्ट्रिय मानव अधिकार आयोगः

मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य पदमा दलित समुहको प्रतिनिधित्व हुनेगरी नियुक्ति गरिनेछ ।

१३ राष्ट्रिय संचार आयोगः

राष्ट्रिय संचार आयोगका अध्यक्ष र सदस्य पदमा दलित समुहको अनिवार्य प्रतिनिधित्व हुनेछ ।

१४ राष्ट्रिय सामाजिक न्याय आयोगः

दलितका लागि यस संविधानमा गरिएको व्यवस्था र यस अन्तर्गत बनेको ऐनमा गरिने व्यवस्थाको कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन मुल्यांकन गरी नेपाल सरकारलाई सिफारिस गर्ने उद्देश्यका लागि एक राष्ट्रिय सामाजिक न्याय आयोग गठन गरिनेछ ।

१५ राजनैतिक संगठनहरुः

राजनैतिक संगठन वा दलको संरचनागत इकाइमा दलित आदिवासी÷जनजाति महिला मधेशी र अल्पसंख्यक समुहको जनसंख्याको अनुपात र उत्पीडनको आधारमा समावेश गराइने छ । राज्यका स्थानीय र केन्द्रीय तहका संरचनाका लागि हुने निर्वाचनमा दलितलाई उम्मेदवारी दिइने छ ।

१६ विविधः

क नेपाली सेनाः

नेपाली सेनामा सबै किसिमको भर्ना र बढुवाका सबै तहमा दलित समुहको जनसंख्या र उत्पीडनको आधारमा समावेश गरिने छ ।

ख जनपद र सशस्त्र प्रहरी बलः

जनपद र सशस्त्र प्रहरी बलमा भर्ना र बढुवाका सवै तहमा दलित समुहको जनसंख्या र उत्पीडनको अनुपातमा समावेश गरिने छ ।

ग निजामती सेवाः

निजामती सेवाका हरेक सेवा र समुहमा भर्ना र बढुवाका हरेक तहमा। दलित समुहको जनसंख्या र उत्पीडनको अनुपातमा समावेश गरिने छ ।

घ विश्वविद्यालयः

विश्वविद्यालयहरुका सवै तहमा अध्ययनका लागि दलित समुहको जनसंख्या र उत्पीडनको अनुपातमा समावेश गरिने छ । साथै विश्वविद्यालय सेवाका एवं निकायमा भर्ना र वढुवाका सबै तहमा दलितलाई समावेश गरिनेछ ।

ङ शिक्षण सेवाः

शिक्षण सेवाका भर्ना र बढुवाका सवै तहमा दलितलाई समावेश गरिने छ ।

च स्थानीय निकायहरुः

गा. वि. स., न. पा. र जि. वि. स. सदस्य पदहरुमा दलित समुहको जनसंख्या र उत्पीडनको अनुपातमा समावेश गरिने छ ।

छ अन्य क्षेत्रः

माथि उल्लेखित नभएका रोजगारीका क्षेत्रहरु सरकारी अर्धसरकारी सार्वजनिक र नीजि क्षेत्रका सेवामा दलित समुहको जनसंख्या र उत्पीडनको अनुपातमा प्रतिशत कायम गरी ती सवै क्षेत्र र सेवाका पदहरुमा भर्ना तथा बढुवाको व्यवस्था अनिवार्य गरिने छ ।

ज। शिक्षा प्रणालीः

एक्काइसौं शताब्दि अनुकूल नयाँ शिक्षा प्रदान गर्न आधुनिक र पूर्णबैज्ञानिक शिक्षा प्रणाली लागु गरिने छ ।


श्रोतः संसद दिवसको अबसरमा आषाढ १६ गते काठमाडौंमा आयोजित एक समारोहका बिच प्रतिनिधि सभाका सभामुख श्री सुवाशचन्द्र नेम्बाङज्यूबाट बिमोचित पुस्तक संविधान सभाद्वारा निर्माण गरिने नयाँ नेपालको संविधान

प्रकाशकः ल्यानकाउ नेपाल

लेखक/सम्पादकः रत्नबहादुर बागचन्द ।

Posted under Document Archives, Books, Legal Matters on Saturday 8 July 2006 at 1:05 pm

नया वन्ने संविधानमा दलित अधिकार

नया वन्ने संविधानमा दलित अधिकार

टेक ताम्राकार

मानव अधिकारकर्मी अधिवक्ता

एल.एल.एम. संवैधानिक कानुन

tek_tamrakar@yahoo.com

“All human beings are born free and equal in dignity and rights”

- Article 1 of the Universal Declaration of Human Rights 1948

भूमिका

माथि उल्लेखित विश्वव्यापी मानव अधिकार घोषणपत्रले आफ्नो शुरुवातमा नै प्रत्येकको आधारुभत अधिकार मर्यादापुर्वक वाँच्न पाउने अधिकारलाई महत्वपूर्ण स्थान दिएको छ । हुन पनि समानता र मानवीय मर्यादा विना अन्य जुनसुकै र जस्तोसुकै अधिकारहरुले पनि पूर्णरुप लिन सक्दैन । समानता र मानवीय मर्यादालाई वास्तवमा आधारुभत अधिकार र प्राकृतिक अधिकारको रुपमा लिनुपर्ने हुन्छ । जन्मतः कोहि पनि ठूलो सानो उच र निच हुनै सक्दैन । भौतिकरुपले सानेा ठूलो हुनु प्राकृतिक भएतापनि अन्य कुनैपनि आधारमा कसैलाई भिन्न र असमान व्यवहार गरिनु कुनैपनि हालतमा जायज र न्यायिक हुन सक्दैन । तसर्थ जुनसुकै प्रकारको भेदभावको अन्त्य गरी वास्तविक समानता र मानवीय मर्यादापूर्ण तरिकाले वाँच्न पाउने अधिकारलाई अव वन्ने संविधानले पहिलो प्राथमिकता दिनु पर्ने हुन्छ । मात्र भौतिक जीवनको अधिकारलाई प्रत्याभुत गर्नमा राज्य मग्न हुने वेला यो कदापि होइन । समय एकाइसौं शताव्दीको हो युग लोक कल्याणकारी राज्य संयन्त्रको हो । मानवीय मुल्य र मान्यताको उच्चतम मुल्यांकन गरी राज्यले संरक्षण र मानवीय सम्मान दिनतिर आफूलाई केन्द्रित गर्न सक्नु पर्दछ ।

घाम जस्तै छर्लङ्ग छ कि दलित समुदाय एकातिर छुवाछुत जस्तो अमानवीय कुप्रथावाट पीडित छ भने अर्कोतिर जात कै आधारमा राज्यको कुनैपनि श्रोत साधन र अंगमा पाउनु पर्ने सामानुपातिक पहुँचवाट पूर्णरुपमा वहिस्कृत छ । शदियौंदेखि संविधान तथा अन्य कुनैपनि कानुन वन्ने प्रकि्रयामा सहभागिता पाउनवाट विाचत दलित समुदायलाई साँच्चिकै राज्यको मुलप्रवाहमा ल्याई राज्यमा पूर्ण साकारात्मक शान्तिलाई प्रत्याभुत गर्ने हो भने अव वन्ने संविधानको प्रकि्रया र संविधानमा समेटिने आधारभुत एवं सारभुत सिद्धान्तमा दलित समुदायका मुलभुत सवालको प्रतिनिधित्वलाई अपरिहार्यरुपमा प्रत्याभुत गरिनु पर्दछ ।

संविधान आफैंमा राजनीतिक दस्तावेज मात्र नभई सबै जनताका इच्छा आकांक्षाको प्रतिबिम्व पनि भएकोले सबैका भावनालाई यसले समेट्न सक्नु पर्दछ । संविधानले देशको भौतिक सामाजिक तथा साँस्कृतिक संरचनालाई कदापि भुल्ने दुष्प्रयास गर्नु हुँदैन । हाम्रो समाज निसन्देह विचित्र र बिविधताले भरिपूर्ण छ । समाज यस कारण विचित्र छ कि मानव मानव वीच जातका कारणले भेदभाव गरिन्छ । कथित निच जातिका समुदायलाई दोश्रो दर्जाको व्यवहार गरिन्छ । त्यस्तै समाजमा बिभिदता छ किनकी यहाँ विभिध भाषभाषि संस्कृति र मान्यताका समुदायकेा वहुल्यता छ । तसर्थ संविधानले महत्वपूर्णरुपमा यसरी समाजमा विद्यमान कुप्रथा अमानवीय व्यवहारलाई जरैदेखि निर्मुल गर्ने गरी विभिन्न संवैधानिक प्राबधानको व्यवस्था गर्नेतिर आफुलाई केन्द्रित गर्नुपर्ने देखिन्छ । त्यस्तै अर्कोतिर त्यति नै महत्वपूर्ण कुरा सबैको संस्कृति भाषाभाषि र मुल्यमान्यतालाई सम्मानजनकरुपमा संविधानमा प्रतिनिधित्व दिनुपर्ने हुन्छ ।

दलित अधिकारको संरक्षणका आधारस्तम्भ

राज्यलाई्र साँच्चिकै लोकतान्त्रिक राज्यप्रणालीमा रुपान्तरण गर्ने हो भने अन्तर्राष्ट्रिय मानव अधिकारद्धारा प्रत्याभुत अल्पसंख्यक एवं पछाडि परेका वर्गको सर्वाङ्गिण हकहितका लागि तोकिएका केहि महत्वपूर्णा आधारहरुलाई मध्यनजर गरिनु पर्दछ ।१ अल्पसँख्यकहरुको हकअधिकारसम्बन्धी घोषणापत्र (UN Declarations on the Rights of Persons Belonging to National or Ethnic, Religious and Linguistic Minorities 1992) लगायत अन्य अनुमोदित विभिन्न मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि अभिसन्धिहरुसमेतले२ जातिय तथा अन्य विभिन्न किसिमले विभेदितहरुको हकअधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि राज्यको प्रमुख कानुन मार्फत मुलतः देहायका विभिन्न ५ कुरामा जोड दिनुपर्ने कुराको उल्लेख गरेको छ ।

१ अविभेदिय अधिकारको संरक्षण

२ साकारात्मक विभेदसम्बन्धी अधिकारको संरक्षण

३ पहिचानको अधिकार

४ राज्यको नीति निर्माणको प्रकि्रयामा सहभागिता तथा प्रतिनिधित्वको अधिकार

५ स्वअस्तित्वको अधिकार

कुनैपनि आधारमा हुने भेदावावको निर्मुल विना प्रत्याभुत गरिएका जस्तोसुकै अधिकारले व्यवहारिक रुप लिन सक्दैन । तसर्थ समानताको अधिकारमा जोड दिदै संविधानले जातजाति िलंग भाषा धर्म संस्कृति भौगोलिक क्षेत्रलगायतका आधारमा भेदभाव गर्न नहुने कुराको उल्लेख गर्नु पर्दछ । जातिय भेदभावलाई दण्डनीय अधिकारका रुपमा उल्लेख गर्नुका साथै यसलाई अमानवीय अवैज्ञानिक तथा अनैतिक कृयाकलाप भएकेा कुरालाई संवैधनिकरुपमा नै उल्लेख गरी जनतालाई सजग गराइनु पर्दछ । त्यस्तै जातिय भेदभावको उन्मुलनका लागि राज्यले ठोस र दण्डनीय कानुन वनाउने कुराको उद्घोषसमेत संविधानमा नै गर्नु सक्नु पर्दछ । सवै स्वतन्त्रता तथा अधिकारको पूर्ण प्रयोगकालागि समानताको अधिकार तथा अविभेदको अधिकार अपरिहार्य भएकोले जातिय भेदभावलाई प्रत्यक्ष तथा परोक्ष तरीकाले राज्यका अंगसमेतले सघाउ पुर् याउने कृयाकलाप गर्न सक्ने पूर्व अभ्यास र भावी सम्भावित अवस्था समेतलाई मध्यनजर राखी प्रष्ट व्यवस्था गर्नुपर्ने देखिन्छ । आफ्नो व्यैक्तिक विकासका लागि आवश्यक अवसर प्राप्तिका लागि अन्य प्रकि्रयागत कुरामा समानताको अधिकारलाई मुख्यरुपले जोड दिनु पर्ने हुन्छ ।

यहँ अविभेदिय अधिकारको औपचारिक उद्घॊषणाले मात्र जातिय भेदभाववाट पीडित समुदायले वास्तवमा समानताको अधिकारको प्रयोग र उपभोग गर्न पाउन सक्दैनन । कानुनको अगाडि सबै जाताजाति िलंङ्ग र समुदाय समान छन् तथा कसैलाई पनि भेदभाव गरिने छैन भन्ने जस्ता परंपरागत संस्कारलाई मात्र नयाँ वन्ने संविधानमा अटाउने त्यसभन्दा माथि उठेर सारभुत समानताको स्पष्ट उल्लेख नगर्ने ऐतहासिक भुल अव गरिनु हुँदैन । समानताको विधिशास्त्रीय मान्यताले पनि औपचारिक समानता मात्र पर्याप्त नहुने हुँदा पछाडिपरेका वर्गको उत्थानका लागि तथ्यगत समानतालाई उल्लेख गर्नुपर्ने देखिन्छ । तसर्थ समानताका यी३ आधारभुत तथ्यहरुलाई इंगित गरी संविधानले दलितसमुदायलगायत अन्य विपन्न वर्गका लागि विशेष व्यवस्था र व्यवहारको अधिकार (Special Treatment) को व्यवस्था गर्नु पर्दछ । शिक्षा राज्यका साधन श्रोतको बाँडफुडमा रोजगार तथा राजनीतिक अंगमा सामानुपातिक प्रतिनिधित्वमा विशेष व्यवस्था गर्ने गरी संवैधानिक प्रत्याभुत भएन भने दलितसमुदायले अन्य कुनैपनि अधिकारको पूर्णरुपले प्रयोग र उपभोग गर्न सक्ने अवस्थाको श्रृजना हुन सक्दैन । सामाजिक आर्थिक अधिकर विना मात्र राजनीतिक अधिकारको उद्घेाषको कुनै अर्थ हुँदैन४ । एउटा सर्वसत्य कुरा के हो भने राजनीतिक र सामाजिक आर्थिक अधिकारहरु एक अर्काका परिप्ाूरक हुन ।

दलित अधिकारको संरक्षणको प्रमुख आधार उनीहरुको राजनीतिक अंग लगायतका अन्य विभिन्न नीति निर्माणका तह अनि कार्यान्वयनका प्रकि्रयामा समेत सामानुपातिक सहभागिता र परिणामात्मक प्रतिनिधित्वको कुरालाई प्रत्याभुत गर्नुपर्ने हो । राज्य सबैको साझा हो र राज्य वनाउने कुरामा सबैको प्रत्यक्ष तथा परोक्ष प्रतिनिधित्वलाई सम्मान गर्न सक्ने किसिमले संवैधानिक प्रत्याभुती दिनसक्नु पर्दछ । अन्यथा राज्यप्रति सिमािकंत जनताको आस्था विस्वास र अफ्नोपनको भावना समेत स्खलित हुन सक्दछ । समावेशीकरणको सवाललाई प्रमुख मुद्दा मान्दै राज्यका प्रत्येक अंगप्रत्यंगमा उनीहरुकॊ सामानुपातिक प्रतिनिधित्वको कुरालाई प्रत्याभुत गर्न आरक्षण लगायत निर्वाचन पद्धतिसमेतमा हेरफेर ल्याउने किसिमले व्यवस्था गर्न सक्नु पर्दछ ।

पहिचानको अधिकारले मुलतः आफ्नो भाषाभाषि एवं मौलिकताको कुरा गरेकोले उक्त कुराको संरक्षणको लागि भाषभाषिको अधिकार तथा आआफनो संस्कृतिको संरक्षण अधिकारलाई उल्लेख गर्नुपर्ने हुन्छ । तर संस्कृतिको अधिकारको कुरा गर्दा जातिय भेदभाव तथा अन्य कुनैपनि अवैज्ञानिक र अनैतिकतालाई जोड दिने खालको संस्कारलाई कुनैपनि आधारमा संरक्षण गर्ने खालको अवस्थाको सिर्जना गरिनु हुँदैन । त्यस्तै अन्त्यमा स्वअस्तित्वको अधिकारले पनि अल्यपसुख्यकको अधिकारको संरक्षणमा मुख्य भूमिका निर्वाह गर्ने हुँदा उक्त कुरामा पनि जोड दिने गरी व्यवस्था हुनु पर्दछ ।

दलितसमुदायको सर्वाङ्गिण विकासका लागि नयां संविधानले समेट्नुपर्ने अधिकार तथा कर्तव्यहरु

नया संविधानमा के कस्ता अधिकारको उल्लेख गर्दा दलितसमुदायको वास्तविक उत्थान हुन सक्दछ भन्ने विषयको छिनोफानो दलित समुदाय नागरिक समाज तथा मानव अधिकारकर्मी वीचको व्यापक छलफलवाट निरोपित गरिनुपर्ने हुँदा यहाँ छलफलको सहज वातावरण सिर्जनाका लागि केहि आधारहरुमात्र तय गर्ने जमर्को गरिएको छ ।

यसरी आधारहरु तय गर्ने क्रममा कार्यपत्रले नयाँ संविधानमा मौलिक अधिकार तथा संवैधानिक अधिकारका रुपमा दलित समुदायको उत्थानका लागि के कस्ता अधिकारको उल्लेख हुनु पर्दछ भन्ने विषयमा संक्षेपमा उल्लेख गरिएको छ ।

१ जातिय भेदभाव विरुद्धको अधिकारः छुवाछुतलाई जघन्य अपराधको घोषणा गरी जातका आधारमा गरिने व्यवहारलाई कठोर दण्डनीय अपराधको रुपमा उल्लेख गर्नुपर्ने देखिन्छ । छुवाछुत तथा छुवाछुतजन्य अपराध गर्नेलाई जन्मकैदका साथसाथै पीडितलाई उचित क्षतिपूर्तीको अधिकारसमेतलाई प्रत्याभुत गर्ने गरी विशेष कानुन वनाउने कुराको उल्लेख हुनुपर्ने देखिन्छ । राज्यक कुनैपनि अंग र व्यक्ति एवं समुहवाट हुनसक्ने कुनैपनि किसिमको जातका आधारमा गरिने भेदभावलाई अन्त्य गरिने किसिमको संवैधानिक उद्घोष हुनु पर्दछ । त्यस्तै सामाजिक स्थान जीवनशैलीका आधारमा गरिने भेदभावलाई निर्मुल गर्ने गरी विशेष कानुन निर्माण गर्नुपर्ने कुराको उल्लेख पनि हुनुपर्ने देखिन्छ ।

२ सार्वजनिक तथा निजि क्षेत्रमा आरक्षणलगायत सकारात्मक संरक्षणको अधिकारः मात्र अविभेदको अधिकारले भेदभाव निर्मुलमा सहयोग पुर् याउन नसक्ने कुरा सर्वसत्य तथ्य हो । तसर्थ तथ्यगत समानता कायम गर्नका लागि शिक्षा रोजगार लगायतका क्षेत्रमा आरक्षणलगायत अन्य साकारात्मक विभेदकाृे नीतिसम्बन्धी कानुन वन्नुपर्ने कुराको उल्लेख हुनु अपरिहार्य हुन्छ । केवल सार्वजनिक क्षेत्रमा मात्र होइन निजि क्षेत्रमा समेत शिक्षा रोजगार लगायत अन्य काममा विशेष आरक्षणको व्यवस्था हुनुपर्ने कुराको उल्लेख हुनु पर्दछ । त्यस्तै राज्यका श्रातेसाधनको वाँडफाँडमा समेत साकारात्मक विभेदको नीति अवलम्वन गर्ने गरी उल्लेख हुनुपर्ने देखिन्छ ।

३ राज्य संचालनका विभिन्न अंगमा सामानुपातिक प्रतिनिधित्वको लागि विशेष संरक्षणको अधिकारः मात्र शिक्षा रोजगारमा आरक्षणको व्यवस्थाले दलितको सर्वाङ्गिण उन्नति सम्भव छैन । राजनीतिक अंगमा पनि यस समुदायको प्रतिनिधित्व अपरिहार्य छ । तसर्थ आफ्नो व्यक्तित्व विकास र आफ्नो समुदायका आवाजको प्रतिनिधित्वका लागि संवैधानिकरुपमा नै यस समुदायको प्रतिनिधित्व राज्य संचालनका विभिन्न अंगमा हुने गरी व्यवस्था हुनु अनिवार्य हुन्छ ।

४ मानवीय मर्यादाको अधिकारः प्रत्येकको मानवीय मर्यादाको सम्मान तथा आदर गर्ने गरी मानवीय मर्यादको अधिकारको प्रष्ट उल्लेख नयाँ वन्ने संविधानमा हुनु पर्दछ । मात्र भौतिक अस्तित्वले मानवीय मुल्य मर्यादाको सम्मान हुन सक्दैन । सवैको समान मानवीय मूल्य मर्यादाको सम्मान गर्नु सबैको कर्तव्य भएको कुराको उल्लेख हुनै पर्दछ । त्यस्तै यस अधिकारले मर्यादापूर्ण तवरले वाँच्नका लागि चाहिने विभिन्न आवश्यक पूर्वाधार जस्तोः स्वास्थ सुविधा शिक्षा समानता काम आदि समेत समेट्ने हुँदा यसको व्यवस्था संविधानमा हुनु अति अनिवार्य हुन्छ ।

५ नागरिकताको अधिकारः नगारिकताको प्राप्ति प्रत्येकको मौलिक अधिकार मध्यको पनि मौलिक अधिकार हो । नागरिकताको प्राप्ति विना वास्तवमा अन्य कुनैपनि अधिकारको उपभोग कसैले पनि गर्न सक्ने अवस्थाको सिर्जना हुन नसक्ने हँुदा संविधानले लिङ्गका आधारमा भेदभाव गर्ने जस्ता विभेदजन्य व्यवस्था अन्त्य गरी आमा वावु कुनै एकको नामको आधारमा नागरिकता प्राप्तिको अधिकारलाई सुनिश्चित गरिनु पर्दछ ।

६) माध्यमिक तहसम्म निशुल्क शिक्षाको अधिकारः माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने अधिकारलाई पनि सुनिश्चित गरिनु र्पछ । त्यस्तै प्रोढ शिक्षा लगायत प्राथमिक तहसम्म आफ्नो भाषामा शिक्षा प्राप्त गर्ने अधिकारलाई उल्लेख प्रष्टसँग उल्लेख हुनु पर्दछ । त्यस्तै यस अधिकार भित्र अनिवार्य शिक्षाको अधिकार व्यवसायिक शिक्षाको अधिकार तथा उच्च शिक्षाको अधिकार समेत पर्ने हुँदा उक्त कुराको स्पष्ट उल्लेख हुनु अति अनिवार्य हुन्छ ।

७ सामाजिक सुरक्षाको अधिकारः सामाजिक एवं आर्थिक अधिकारलाई संवैधनिक अधिकाररुपमा भन्दा कानुनी अधिकारका रुपमा राखिने खालको मानव अधिकारको परंपरावादी दृष्टिकोणलाई त्याग्दै विश्वका केहि मुलुकले सामाजिक आर्थिक अधिकारलाई समेत संवैधानिक अधिकारकोरुपमा उल्लेख गरेका उदाहरण दक्षिण अफि्रका लगायतका संविधानवाट पनि पाउन सक्दछौं ।५ यी अधिकारलाई संवैधानिक अधिकारको रुपमा मान्यता नदिने हो भने कार्यान्वयन नभएको अवस्थामा न्यायिक उपचारको हकमा प्रस्न चिन्ह उठ्न सक्तछ । न्यायलयले शक्ति पृथकिकरणको आधारमा आपुू पिाछने प्रयाश गर्न सक्दछ । सामाजिक आर्थिक अधिकारको अन्योन्याश्रित सम्बन्ध नागरिक तथा राजनीतिक अधिकारसँग हुने हुँदा सामाजिक एवं आर्थिक अधिकारलाई कमजोर र गैाण महत्वको रुपमा लिई संविधानमा ठाउँ नदिनु हाम्रो जस्तो गरीवि भोकमारी र धनी र गरिववीचको ठूलो दुरी भएको मुलुकमा कुनैपनि हालतमा जायज र न्यायिक नहुने हुँदा यी अधिकारहरुको उचित व्यवस्था संवैधानिक अधिकारको रुपमा हुनु अनिवार्य हुन्छ ।

क. काम काममा (Right to Work and Rights at Work) यस अधिकार अन्तर्गत मुलतः कुनैपनि किसिमको भेदभाव विना रोजगारमा पहुँचको अधिकार रोजागारका लागि व्यवसायिक तालिमको अधिकार तथा समान कामका लागि समान ज्याला लगायत अन्य श्रमिकले पाउने अधिकार पर्दछन् ।

ख. बसोवासको अधिकार (Equal housing)सुरक्षित एवं वातावरणीय हिसावले सफा आफूले चाहेको ठाउँमा बस्न पाउने अधिकारको प्रत्याभुत राज्यले गर्नु पर्दछ । त्यस्तै आवासको अधिकारले मात्र घामपानीवाट जोगाउने घरको मात्र कुरा गरेको होइन । यसले घरका साथसाथै पर्याप्त सुरक्षा गोपनियता तथा मानवीय मर्यादाको उचित सम्मानको कुरा पनि गरेको हुन्छ भनी उल्लेख भएको पाइन्छ ।७

ग्. स्वास्थको अधिकारः शारीरिक तथा मानसिक स्वास्थको अधिकारलाई उल्लेख गर्नका साथै स्वास्थ सुविधामा पहुँचको अधिकार वारेमा पनि प्रष्ट वोल्नुपर्ने देखिन्छ ।

घ. भोक विरुद्धको अधिकारः कामको अधिकारसंग जोडिएको यस अधिकारले भौतिक अस्तित्वको कुरा गर्दछ । भौतिक अस्तित्व विना अन्य जुनसुकै मानवीय मर्यादासंग सम्वन्धित अधिकारले कुनै अर्थ नराख्ने हुँदा यसको ठूलो महत्व छ ।

ङ. स्वच्छ पिउने पानीको अधिकारः पानी जीवनको आधार हो । स्वास्थ पिउने पानी पिउने अधिकार प्रत्येकको प्राकृतिक अधिकार हो र यसको संरक्षण गर्नु राज्यको प्रमुख कर्तव्य हो ।

८ निःशुल्क कानुनी सेवा पाउने अधिकारः आवश्यक श्रॊत साधनको अभाव भएका प्रत्येक व्यक्तिलाई निःशुल्क कानुनी सहायताको अधिकार हुनु अनिवार्य हुन्छ । निःशुल्क कानुनी सहायताको अधिकारलाई महत्वप्ाूर्ण तरीकाले उल्लेख गरिनु पर्दछ । कानुनद्धारा कानुनी सहायताको अधिकारलाई प्रत्याभुत गर्नुपर्ने कुराको उल्लेख गर्दै वन्ने प्रत्येक कानुनी सहायतासम्बन्धी समितिलगायतका अन्य विभिन्न कानुनी साहायतासम्बन्धी संयन्त्रहरु समावेशी हुनु पर्दछ ।

९ बँधा तथा अन्य शोषण विरुद्धको अधिकारः दास कुप्रथा कै अवशेषको रुपमा रहेको कमैया हलिया खलि लगायतका बाँधा मजदुरको समस्या तथा अन्य कुनैपनि आधारुमा गरिने मानव बेचबिखन र बालश्रम जस्ता निकृष्ट अपराधलाई निषेध गर्दै पीडकलाई कठोर दण्ड तथा पीडितलाई उचित क्षतिपूर्तीको अधिकारलाई सुनिश्चित गर्ने गरी विशेष कानुन वन्ने कुराको उल्लेख हुनु पर्दछ ।

१० विहावारी तथा परिवारको अधिकारः विवाह नितान्त व्यक्तिगत र व्यैक्तिक चाहानासँग सम्वन्धित कुरा भएको हुँदा कसैलाई पनि कुनैपनि आधारमा विवाहको लागि जोडी रोज्ने अधिकारमा आँच्ा पुर् याउनु नहुने कुराको उल्लेख अव वन्ने संविधानमा हुनु अनिवार्य देखिन्छ ।

११ आर्थिक स्वतन्त्रताको अधिकारः विशेष गरी आफ्नो पेशा रोजागर र निजि आर्थिक गतिभिधिमा स्वतन्त्र पहुँच तथा स्वतन्त्र अभ्यासको अधिकार उपभोग गर्न पाउने स्वतन्त्रतालाई प्रत्याभुत गर्ने गरी आवश्यक व्यवस्था हुनु अवश्यक देखिन्छ । भन्नु आवश्यक छैन कि दलित समुदायले आर्थिक कृयाकलापमा समेत विभिन्न खालको भेदभावको शिकार भैरहेका छन् । आर्थिक कृयाकलापमा वर्णाश्रम व्यवस्थाको अवशेष यत्रतत्र देखिन्छन् । तसर्थ अर्थिक कायमकि्रयामा गरिने भेदभावलाई अन्त्य गरी आर्थिक अधिकार संरक्षणका लागि यस स्वतन्त्रताको कुरा उल्लेख हुनु अपरिहार्य देखिन्छ ।

१२ जग्गा तथा अन्य प्राकृतिक श्रोतसाधनमा पहँुचको अधिकारः हाम्रेा जस्तो कृषि प्रधान देशमा भोक विरुद्धको अधिकार मुलतः जग्गा र उव्जनी योग्य जमिनसँग सम्वन्धित अधिकार भएको हुँदा जग्गाविहिनलाई जग्गा प्राप्तिको अधिकार हुनैपर्ने देखिन्छ । त्यस्तै अन्य प्राकृतिक श्रोत साधन जस्तो जल तथा जंगलमा पनि जातजाति तथा अन्य कुनैपनि आधारमा भेदभाव विना समन्यायिक पहुँचको अधिकार हुनु पर्दछ ।

१३ दलित समुदायसँग सम्वन्धित संवैधानिक तथा कानुनी हक अधिकारको संरक्षण तथा सम्वद्र्धनका लागि एक अर्धन्यायिक स्वत्ान्त्र र सक्षम संयन्त्रका लागि पनि संविधानमा नै प्रष्ट व्यवस्था हुनुपर्ने देखिन्छ । उक्त संयन्त्रको नियूक्ति प्रकि्रया तथा काम कर्तव्य र अधिकारको संक्षेपमा उल्लेख गर्दै यसको नियमनका लागि आवश्यक कानुन वन्ने कुराको समेत उल्लेख हुनु पर्दछ ।

अन्तमा मानव अधिकारको प्रत्याभुतीा कुनै राजनीतिक दल तथा राजनीतिक नेतृत्ववाट उपलव्ध गराइने नभई जनआन्दोलनको परिणाम भएको हुँदा माथि उल्लेखित सामाजिक आर्थिक अधिकारलाई मौलिक तथा संवैधानिक अधिकारको रुपमा अव वन्ने संविधानले समेट्नु सक्नु पर्दछ । अन्यथा जन आन्दोलनको मर्म माथि अन्याय गरेकॊ ठहरिने छ । सामाजिक एवं आर्थिक अधिकारहरु कुनै नयाँ अधिकार होइनन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुले दशकौंदेखि यी अधिकारको बारेमा कुरा र कार्य गर्दै आएका छन् ।

त्यस्तै यस्ता अधिकारको व्यवस्था मात्र दलित समुदायलाई हो भन्ने बुझाई राखी यसवाट पिाछने धृष्टता राख्नुको पनि कुनै औचित्य छैन । कुनैपनि मानव अधिकार कुनै व्यक्ति एवं समुदायलाई मात्र हुँदैनन । यी त विश्वव्यापी र मानविय प्रकृतिका हुन्छन् । हो यस्ता अधिकारको प्रत्याभुतीले पछाडि परेका समुदायको हकहितलाई माथि अवश्य पनि उठाउँछ । यसका साथै राज्य प्रणालीमा देखिएको संरचनागत कमिकमिजोरीलाई हटाउन पनि सहयोग पुर् याउन सक्दछ । राज्य प्रणालीमा देखिएका संरचनागत कमिकमजोरीलाई निमिट्टयान्न पार्नु साकारात्मक शान्ति र विकासको लगि मार्ग प्रशस्त गर्नु हो ।

अभ्यासले देखाएको छ की सामाजिक आर्थिक अधिकारलाई राज्यको सीमित श्रोत साधनको कुरा गर्दै राज्यका नीति निर्देशक सिद्धान्तमा राख्ने गरेको । यस्ा किसिमको अभ्यासले यस्ता आधारभुत अधिकारको संरक्षणमा उत्तरदायी हुने संस्कारको विकास कुनैपनि राज्य संयन्त्रमा भएको पाइदैन । किनभने यस्ता अधिकारका संरक्षण राज्यका श्रोत साधनका आधारमा हुने भनी यस्ता अधिकारलाई Non- Justifiable अधिकारकोरुपमा राखिएको हुन्छ । तसर्थ राज्यको सीमित श्रोत साधनलाई मात्र आधार वनाई मानिसको भौतिक तथा मानवीय मर्यादासंगसम्वन्धित यस्ता अधिकारको अवमुल्यन गर्ने जमर्को कसैले गर्ने ऐतिहासिक भुल अव कसैले गर्ट भने त्यो क्षम्य हुने छैन ।

१ दलित समुदाय राज्यको कुनैपनि अंगमा पहुच तथा श्रोत साधनको लाभान्वित समुदाय वन्नवाट पूर्णरुपले विाचत हुनगई आवाजविहिन अवस्थामा रहन बाध्य पारिएकाले यस समुदायलाई पनि अल्पसँखयकको रुपमा लिइएको छ । अल्पसँख्यकलाई केवल गणितिय हिसावले मात्र परिभाषा गर्नु उपयुक्त हुन सक्दैन ।

२ संयुक्त राष्ट्र संघको विश्वव्यापि घोषणापत्र १९४८ जातिय भेदभाव विरुद्धको महासन्धि १९६५ सामाजिक आर्थिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अनुवन्ध १९६६ तथा राजनीतिक एवं नागरिक अधिकारसम्बन्धी अनुवन्ध १९६६

३ Equality accepts two principles: to give equal opportunity to every citizens to develop his/her own personality in the way he/she seeks to do and, to give adventitious aids to the underprivileged to face boldly the competition of life (J. Krishna Subba Rou’ Fundamental rights under the constitution of India, 2001, at 23.

४ The Fulfillment of economic and social rights is a necessary precondition for the satisfaction of political or so called first generation of human rights (Id. 13).

५ The Bill of rights under Constitution of South Africa has incorporated a comprehensive set of social and economic rights(See: Sean Archer Social and Economic rights under South African at 1).

६ पर्याप्त आवासको अधिकारको प्रत्याभुती विना रोजागरको अधिकार समेतले मुर्तरुप लिन सक्ने हुँदैन । तसर्थ गरीव निमुखाको आवासको अधिकारलाई प्रत्याभुत गर्नु राज्यको दायित्व हो । (See: Committee on the Social , Economic and Cultural Rights, 45).

७ Commission on human settlements and the global strategy for shelter to the year 2000 speaks that adequate shelter means, adequate privacy, security, adequate lighting, ventilation and basic facilities.

Posted under Perspectives / Analysis, Document Archives, Legal Matters on Wednesday 28 June 2006 at 12:22 am

मन्दिर प्रवेशमा रोक लगाउनेलाई अदालतबाट जरीवाना

The Ramechhap District court punishes for atrocities against Dalits.

The Ramechhap District court has punished so called upper- caste. The case was about verbal abuse. Some so called upper-caste people (like: Gunja Bahadur Chhetri, punya Bdr. basnet, Bhairab Karki etc.) discriminated to dalit people in Mahakali temple in Ramechhap District. In 2060 BS, when Dalit people entered the temple then so called upper caste people had punished the Dalits. Dalits had to paid a fine of Rs. 1650 for purifying the temple.

Then DNF filed a case against that. The case hearing date was on 2063.2.22. BS. Court decision was in favor of Dalits. The so-called upper-caste people are fined of Rs. 500/- who had committed the untouchability crime and they have to pay back Rs. 1500/- for compensation to punishing dalits who were fined by the so-called upper caste more than two years ago.

Gomati Sunar

DNF

7 Jun 2006

मन्दिर प्रवेशमा रोक लगाउनेलाई अदालतबाट जरीवाना

रामेछाप जिल्लाका दलित समुदायहरु राजन बिश्वकर्मा, गोपे बिश्वकर्मा, नर बहादुर विश्वकर्मा समेतले वेताली गा.वि.स. स्थित महाकाली देबी मन्दिरमा प्रवेश गर्दा त्यहांका कथित उपल्लो जातीका ब्यक्तिहरु गुाज बहादुर क्षेत्री कार्की, पुन्य बहादुर बस्नेत, रामकृष्ण कार्कर्ी, मोहन बस्नेत केदार काकीे गा.बि.स. को अध्यक्ष भैरव कार्की महाकाली देबी मन्दिरको पुजारी मान बहादुर बुढाथोकी समेतले दलितहरु मन्दिर भित्र पसेको कारण देखाई निजहरुले पुजाआजा गरेको करीव १०/११ दिन पछि गाउंमा बैठक बोलाई यी तल्ला जातका कामीहरु मन्दिर भित्र पसी मन्दिरलाई अपबित्र बनाए । तल्लो जातको मान्छे तिमिहरुको पानी समेत चल्दैन हामीलाई तल्ला जातका मान्छेको अनुहार देख्दा पनि साईत विगि्रन्छ हाम्रो छेउमा वस्दा छुईन्छ डुम्रा कामीहरु चोर तिमिहरु तल्ला जातका मानिसहरु भएर पनि मन्दिर भित्र पस्ने साहस कसरी गर्यौ भनि नानाथरी जातिय अपहेलनाका अपशव्द प्रयोग गरी सामुहिक बैठकमा नै दलित समुदायको बेइज्जत गर्ने गरी तल्ला जातीहरु मन्दिर भित्र पसेपछि अनर्थ हुन्छ देवता रिसाउछन । मन्दिरलाई रुद्री गरेर चोख्याउनु पर्छ । रुद्री खर्च यी कामीहरुबाट भराई पुजाआजा गरी पाठो पुजा गर्नु पर्छ भनि मन्दिर भित्र पसेको आरोपमा रु ३७०।-जरीवाना तिराउनुको साथै ३ तोलाको चांदीको त्रिसुल करीव ४८०।-रुपैयाको र १ लाल सुनको टिका रु।१०५ पर्ने बनाई मन्दिरमा चढाई ६५०।- मुल्य पर्ने पाठो समेत जरीवाना वापत तिराई पाठोको बली चढाई मन्दिर चोख्याउने काम गरेका रहेका रहेछन । निज निवेदकहरु कानूनी सहयोगको लागि दलित गै.स.स. महासंघ (DNF) मा आउनु भएपछि DNF कानूनी सहायता तथा परामर्श बिभागका अधिवक्ता गोमती सुनारले विपक्षीहरुका बिरुद्ध रामेछाप जिल्ला अदालतमा मिति २०६०।१२।१२ मा गाली बेइज्जती मुद्धा दर्ता गरेको थियों ।

देशको बदलिदो परिस्थितिका कारणले म्याद तामेल हुन ढिलाई भै यसको सुनुवाई मिति २०६३।२।२२ गते मात्र हुन सक्यो । सुनुवाइमा DNF का अधिवक्ता श्याम कुमार विश्वकर्माले बहस पैरवी गर्नु भएको थियो । रामेछाप जिल्ला अदालतले मन्दिर प्रवेश गर्दा मन्दिर चोख्याउन भनि जरीवाना तिराउने पिडकहरुबाट पिडितलाई रु. १५००।- क्षतिपूर्ति दिलाई निज पिडकहरुलाई रु ५००।- जरीवाना समेत गरेको छ ।

यसबाट पनि न्यायलाय दलितहरु प्रति केहि सकारात्मक भएको अनुभूति गर्न सकिन्छ ।


अधिवक्ता गोमती सुनार

डि.एन.एफ.

Posted under Document Archives, Legal Matters on Tuesday 27 June 2006 at 11:56 pm

जनताको भूमि ऐन जनमूखी हुनुपर्नेमा जोड

धनगढी ११ गते आषाढ । विगत २ वर्षदेखि राष्ट्रिय दलित नेटवर्क (RDN) नेपाल र सामुदायिक आत्म निर्भर केन्द्र द्वारा विशेष गरी डडेल्धुरा र बैतडी जिल्लामा संचालित भूमि अधिकार अभियान अन्तर्गत जनताको भूमि ऐन किन र कसरी भन्ने विषयमा जिल्ला स्तरीय छलफल कार्यक्रममा उपस्थित अथिति वक्ताहरुले जनताको भूमि ऐन जनमूखी हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रम जमिनमा स्वामित्व नभएका दलित भूमिहिन सुकुम्वासी मुक्त कमैयाहरुको अडान र सवालका बारेमा छलफल भएको थियो । जसको जोत उसको पोत क्रान्तिकारी तथा बैज्ञानिक भूमिसुधार लागू र भूमि ऐन २०२१ ले दलित सुकुम्वासी मोही हलिया भूमिहिन मुक्त कमैयाहरुको सवाललाई संम्वोधन गर्न नसकेको र स्पष्ट नीति नभएकोले अब बन्ने संविधान मार्फत तथा २०६४ मा आउने राष्ट्रिय योजना आयोगको दशौं योजनामा नयाँ भूमि ऐन ल्याउन र यसलाई प्रभाव पार्न जनताद्वारा जनताको भूमि ऐन तयार पार्न सरोकारवाला मार्फत राज्यलाई दबाब सृजना गर्न छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अथिति तथा प्रमुख जिल्ला अधिकारी मणि कुमार ज्ञवालीले हामीले नीति बनाउने भन्दा पनि सरकारद्वारा निर्दिष्ट नीतिलाई कार्यान्वयन गर्ने निकाय भएकोले नेपालका भूमिहिन सुकुम्वासी दलित मुक्त कमैयाहरुको प्रति व्यक्तिलाई खेती योग्य जमिन वितरण गरिनुपर्छ । भूमिको अधिकतम उपयोग कसरी गर्न सकिन्छ यसको लागि सबैले सोच्नुपर्छ भन्नु हुँदै जनताको जल्दावल्दा सवाललाई अब बन्ने भूमि ऐनमा समेट्नु पर्छ भन्नुभयो । त्यसैगरी नेकपा एमाले सेती अचंल सचिव एवं पूर्व सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष दिनेश चन्द सुवेदीले अबको आन्दोलन भाषण भन्दा राशन पाउनुपर्ने हुन्छ । जनताको आन्दोलनको रक्षा गर्दै अब बन्ने संविधानमा धनी र गरिब बिचको खाल्टोलाई पुर्ने काम गर्नुपर्छ । यदि यस्तो भएन भने जँहा सामाजिक विभेद संास्कृतिक विभेद छ त्यो समाधान भएन भने परिवर्तन गर्न सकेनौं भने समाजको संरचना फेर्न भने अर्को विद्रोह उठ्न सक्छ । नेपालमा भूमि ऐन सम्बन्धि निश्चित नीति नआएकोले पनि यो समस्या समाधान हुन सकेन । दश/दश वर्षमा जग्गा नापी हुनुपर्छ संविधान सभामा दलित सुकुम्वासी भूमिहिनहरुको प्रतिनिधित्व हुनुपर्छ भन्नुभयो ।

कार्यक्रममा राष्ट्रिय दलित नेटवर्क (RDN) नेपालले जिल्लामा गरेको सर्वेक्षण प्रतिवेदन संस्थाका जवालिसंह तिरुवाले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनमा नेपाली कांग्रेसका बुद्धि सागर