डा.अम्बेडकर पुरस्कार परियारलाई

Source: नागरिक, शनिवार, 20 फेब्रुअरी 2010 18:18

काठमाडौँ, फागुन ८- नेपालमा दलित मुक्ति र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको महत्त्वपूर्ण योगदानको कदर गर्दै उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिका उपाध्यक्ष डि.वी. परियार बाबु डा.अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन्। जगजीवन राम कला, संस्कृति र साहित्य प्रतिष्ठानद्वारा गत बिहीबार भारतको नयाँ दिल्लीमा आयोजित सार्कस्तरीय दलित सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष डा. एन.एस.खोवाले उनलाई शिल्ड, मेडल र प्रमाणपत्रबाट सम्मानित गरेका थिए।

चार दिनसम्म चलेको सो सम्मेलनमा सार्कस्तरीय दलित एकता र दलित अधिकारबारे व्यापक छलफल भएको सम्मानित व्यक्तित्व परियारले राससलाई जानकारी दिए।

सम्मेलनपछि सम्मानित व्यक्तित्व परियारलगायत् नेपालबाट दिल्ली पुगेको दलित अधिकारकर्मीको टोलीले भारतीय लोकसभाका अध्यक्ष मीरा कुमारसँग भेटवार्ता गरेको थियो।

भेटवार्तामा नेपालका दलितहरूको समस्या, मुलुकमा जारी शान्ति प्रक्रिया, संविधाननिर्माण, दलित अधिकार र वर्तमान अवस्थाको साथै नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धका बारेमा व्यापक छलफल भएको थियो।

सो अवसरमा नेपालका दलित अधिकारकर्मीले नेपालमा गर्ने दलित सम्मेलनमा प्रमुख आतिथ्यता ग्रहणका लागि गरिएको निमन्त्रणालाई स्वीकार गर्दै लोकसभा अध्यक्ष मीरा कुमारले आफू नेपालको सुभचिन्तक रहेकाले सम्मेलनमा उपस्थित हुन नेपाल आउने बताउनुभएको जानकारी दलित अधिकारकर्मीले दिएका छन्। रासस

RELATED NEWS:

Nepalese Dalit delegates meet Lok Sabha Speaker of India

Posted under News on Saturday 20 February 2010 at 12:34 pm

Nepalese Dalit delegates meet Lok Sabha Speaker of India

Report by: Om Prakash VK Gahatraji

New Delhi (India), February 17 - Nepalese Dalit delegates led by Mr. Om Prakash Bishwokarma, Chairman of Nepal India Dalit Friendship Organization (NIDFO) met with Lok Sabha Speaker of India Hon’ble Mrs Meira Kumar in her residence, 20 Akbar Road Safdar Ganj, New Delhi yesterday. At that time, they discussed on various burning problems of Dalits of Nepal and India.

Indian Lok Sabha Speaker with Nepali Dalit leaders
Indian Lok Sabha Speaker Mrs Meira Kumar with Nepali Dalit leaders

Nepalese delegates briefed Speaker Kumar on peace process of Nepal and the efforts made by political parties for inclusion system to incorporate in the new constitution of Nepal. The delegates include Ex M.P. and Dalit Commission Chairman Mr. Bijul Kumar Vishwakarma, Vice Chairman of Dalit Upliftment Committee Mr. D.B.Pariyar and other distinguished Dalit leaders from Nepal.

Posted under News on Wednesday 17 February 2010 at 9:57 pm

थर र गोत्रको आधारमा नागरिकता दिन निर्देशन

Source: बिहिवार, 04 फेब्रुअरी 2010 20:33 नागरिक

काठमाडौं, माघ २१ (नागरिक)- व्यवस्थापिका संसदको महिला बालवालिका र समाज कल्याण समितिले दलित समुदायलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

२०५२ सालमा गृहमन्त्रालयले निर्देशिका बनाई दलित समुदायलाई थर र गोत्रको आधारमा नागरिकता प्रदान गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपनि केही जिल्लाहरुमा अझै लागु नभएको भन्दै समितिले यस्तो निर्देशन दिएको हो।

समितिले बुधवार गृह मन्त्रालयलाई दिएको निर्देशनमा कतिपय जिल्लाहरुमा थर गोत्रको आधारमा दलित समुदायले नागरिकता नपाएको गुनासो आएकोले त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने व्यवस्था तत्काल गर्न उल्लेख गरिएको छ। समितिको निर्देशन लगत्तै गृह मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी दलित समुदायलाई थर र गोत्रका आधारमा नागरिकता उपलव्ध गराउन निर्देशन दिएको छ।

त्यसका साथै यसअघि सरकार र दलित समुदायबीच दलितहरुको नागरिकतामा जात उल्लेख भएकाहरुको नागरिकता सच्चाई थर र गोत्र लेख्न दिने सहमति समेत कार्यन्वयन गर्न समितिले गृहलाई निर्देशन दिएको छ।

Posted under News on Friday 5 February 2010 at 12:30 am

आमन्त्रण: वृहत अन्तर्क्रिया कार्यक्रममा

विषय : वृहत अन्तर्क्रिया कार्यक्रममा आमन्त्रण ।

नेपाली दलित मुक्ति आन्दोलनका साझा राजनीतिक मुद्दाहरुमा न्यूनतम सहमति कायम गर्दै राजनैतिक दलित संघ /संगठनहरू र सरोकारवाला सबै पक्षका बीचमा हुने एकता र सहकार्यबाट मात्र दलित समुदायका आधारभूत मुद्दाहरू सम्बोधन हुन सक्ने ठहरका साथ नेपालमा क्रियाशील प्रमुख राजनीतिक दलित संघ/संगठनहरुको पहलकदमी र सहभागितामा “संयुक्त राजनीतिक दलित संघर्ष समिति– २०६६” गठन गरिएको व्यहोरा यहाँलाई अवगत नै छ। संघर्ष समितिले नेपालमा विद्यमान प्रमुख राजनीतिक पार्टीहरू, प्रधानमन्त्री र संविधानसभाका अध्यक्षसमक्ष दलित समुदायका साझा राजनीतिक मागहरूलाई ज्ञापनपत्रमार्फत बुझाइसकेको छ। हालै मात्र सरकारले संविधानसभा, व्यवस्थापिका–संसदमा “जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६” पेश गरेको छ तर सो विधेयकले दलित मुक्ति आन्दोलनका वास्तविक मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन। सो विधेयकमा जातीय भेदभाव र छुवाछूतलाई राज्य तथा मानवता विरुद्धको जघन्य अपराध पनि स्वीकार नगर्नु र सार्वजनिक स्थानमा मात्र छुवाछूत गर्न पाईदैन भन्नुले दलित मुक्ति आन्दोलनका आधारभूत मुद्दालाई समेत उपेक्षा गरेको छ। सो विधेयकमाथि माननीय सभासदहरूबाट संशोधन प्रस्ताव व्यवस्थापिका–संसदको सचिवालयमा दर्ता पनि भइसकेको छ। यस परिप्रेक्षमा सदनमा प्रस्तावित सो विधेयकलाई आवश्यक संशोधन बिना पारित गर्नुको कुनै अर्थ रहंदैन। प्रस्तावित विधेयकको विरुद्धमा हाम्रो यो संघर्ष समितिले यही माघ १८ गते देशव्यापीरुपमा सम्पूर्ण जिल्ला प्रशासन कार्यालय र राजधानीमा संविधानसभाको भवन अगाडी नयाँ बानेश्वर चोकमा १ घ48टा जनप्रदर्शनसहित धर्ना कार्यक्रम सम्पन्न गरिएको कुरा पनि अवगत गराउँदछौं। यो विधेयकलाई आवश्यक संशोधनसहित पारित गराउने उद्देश्यका साथ राजनीतिक पार्टीका प्रमुख नेतृत्वपंक्तिको समुपस्थितिमा तपशील बमोजिमको मिति, समय र स्थानमा “संविधानसभा, व्यवस्थापिका–संसदमा प्रस्तुत जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) सम्बन्धी विधेयक–२०६६ माथि आवश्यक संशोधन” विषयक वृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा यहाँको गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।

मिति : २०६६ माघ २४ गते आइतबार
समय : दिनको १२:३० बजे
स्थान : राष्ट्रिय सभागृह, भृकुटीम48डप, काठमाडौ।

आयोजक समितिको तर्फबाट :
परशुराम रम्तेल
सुरज विश्वकर्मा
प्रभुहजारा पासवान

संयुक्त राजनीतिक दलित संघर्ष समिति–२०६६
काठमाडौं

Posted under News, Organizations Bay on Wednesday 3 February 2010 at 8:11 am

प्रधानमन्त्री समक्ष पेश गरेको दलित समुदायका साझा मागहरु सहितको ज्ञापन पत्र।

सम्माननीय प्रधानमन्त्रीज्यू
प्रधानमन्त्रीको कार्यलय
सिंहदरबार, काठमा8डौ।

विषय : दलित समुदायका साझा मागहरु सहितको ज्ञापन पत्र।

महोदय,

नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रुपमा आन्दोलनहरू हुदै आएका छन्। त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्षे सशस्त्र द्वन्द्व र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायतका सबै आन्दोलनहरूमा नेपाली दलित समुदायको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहाससिद्ध नै छ। वर्ण व्यवस्थाद्वारा जातपात–छुवाछूत र सामाजिक विभेदको मारमा पारिएका कला, कौशल र सीपका धनी ऐतिहासिक श्रमजीवी दलित संघ/संगठनहरुले समेत आफ्नो समुदायको मुक्तिका लागि विभिन्न चरणमा संयुक्त रुपमा र आफ्नो आफ्नो संगठनको नेतृत्वमा आन्दोलनहरु गरेको कुरा जग जाहेर छ।

नेपाली समाजमा विशिष्ट समस्याका रुपमा रहेको वर्णवादी हिन्दुधर्म एवं सामन्तवादी राज्यसत्ताले श्रमजीवी दलित समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक–सांस्कृतिक र शैक्षिक लगायतका सबै क्षेत्रहरूबाट सुनियोजित ढंगले पछाडि पार्दै आएको कुरामा दुईमत हुन सक्दैन। ऐतिहासिक संविधान सभाको निर्वाचन पश्चात पनि नेपाली दलित समुदायका आधारभूत राजनैतिक, आर्थिक, सामाजिक–साँस्कृतिक मागहरु र आकाङ्क्षाहरूलाई अपेक्षित रुपमा राज्यले सम्बोधन गर्न सकेको छैन।

नेपालमा विद्यमान सबै राजनैतिक दलित संघ/संगठनहरू र सरोकारवाला सबै पक्षका बीचमा हुने एकता र सहकार्यबाट मात्रै संविधान सभा मार्फत निर्माण हुने आगामी नया संविधानमा नेपाली दलित मुक्तिका आधारभूत मुद्दाहरूलाई सही ढ8ले संबोधित गराउन सम्भव छ। हालसम्म नेपाली राजनीतिक दलित संघ/संगठनहरुले आरक्षण, प्रगतिशील आरक्षण र विशेषअधिकार सहितका अबधारणाहरु तथा १० वर्षे जनयुद्ध र संघीयताको सवालमा आ–आफ्ना दृष्टिकोण राख्दै आएकोमा तीे विचारहरु आफ्ना संगठनहरुमा यथावत रहने गरी हाललाई दलित समुदायका समग्र हक अधिकारहरू प्राप्तिका लागि देशका प्रमुख राजनैतिक दलित संघ/संगठनहरूको बीचमा २० बुँदे ऐतिहासिक साझा सहमति सम्पन्न भएको छ।

तसर्थ नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावना, मौलिक हक अन्तर्गत समानताको हक, छुवाछूत तथा जातीय भेदभाव विरुद्धको हक, शिक्षा तथा संस्कृती सम्बन्धी हक, रोजगारी तथा सामाजिक सुरक्षा सम्बन्धी हक, महिलाको हक, सामाजिक न्यायको हक तथा राज्यको दायित्व अन्तर्गत दलित समुदायलाई राज्यको सबै अंग र संरचनाहरुमा समानुपातिक समाबेशीको आधारमा सहभागी गराउने जस्ता सम्बैधानिक व्यवस्था हुँदा हुँदै पनि राज्यले र राजनीतिक पार्टीहरुले पनि आ–आफ्ना संरचनाहरुमा र संविधान सभाको विषयगत समितिहरुको मस्यौदा प्रतिवेदनमा पनि समानुपातिक समाबेशी गराउन नसकेको प्रति हाम्रो गम्भिररुपमा ध्यानाकर्षण भएको छ। राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रको स्थापना पछि पनि दलित समुदायका एजे48डाहरुलाई जुन ढंगबाट प्राथमिकताका साथ अगाडि बढाउनु पर्दथ्यो त्यो हुन नसकेको हाम्रो ठहर छ। राज्यका सम्पूर्ण संयन्त्रहरु जस्तो कार्यपालिका, न्यायपालिका तथा प्रशासनिक निकायहरुमा अझै पनि दलित समुदायको सहभागिता अत्यन्त न्यून रहेको छ। साथै निर्धारित मितिमा संविधान निर्माण हुनुुपर्छ भन्ने हाम्रो साझा धारणा रहेको समेत अवगत गराउदै, अन्तरिम संविधानको भावना र मर्मलाई कार्यान्वयन गराउन समेत हामी विभिन्न पार्टीमा आवद्ध राजनीतिक दलित संघ संगठनहरु बीच निम्न मागहरु सबै राजनीतिक पार्टीहरु समक्ष पेश गरेका छौ। यी जायज मागहरुका बारेमा सबै राजनीतिक पार्टीहरुले गम्भिररुपमा लिई तत्काल प्रभावकारी कार्यान्वयन गरियोस् भन्ने जोडदार माग गर्दछौ। यदि हाम्रा मागहरु प्रति बेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गर्ने समेत यसै ज्ञापनपत्र मार्फत जानकारी गराउन चाहन्छौं।

हाम्रा मागहरुः
नयाँ संविधानमा सुनिश्चित गर्नुपर्ने मागहरुः

१. आगामी नयाँ संविधानमा मौलिक अधिकारको दलित समुदायको हक अन्तर्गत राज्यसत्ताका सम्पूर्ण अ168, निकाय र क्षेत्रहरुमा दलित समुदायमाथि राज्यले जातपात–छुवाछूत र राज्यसंयन्त्रका सम्पूर्ण निकाय तथा क्षेत्रबाट पूर्णरुपमा बञ्चित गरि उत्पीडन गरेको हुनाले दलित समुदायको समानुपातिक प्रतिनिधित्व र दश प्रतिशत क्षतिपूर्तिबापत थप अधिकारको व्यवस्था सुनिश्चित गरियोस्।

२. संविधानको मौलिक हक अन्तर्गत आसन, रासन र शासनमा दलित समुदायको पहु147चलाई सुनिश्चित गरियोस्। साथै दलित समुदाय अन्तर्गत गरिबीको रेखामुनी रहेका परिवार र व्यक्तिलाई ‘सुविधा कार्डको व्यवस्था गरी यातायात, शिक्षा, खाद्यान्न आदि क्षेत्रमा विशेष छुटको व्यवस्था गरियोस्।

३. वैज्ञानिक भूमिसुधार कार्यक्रम लागू गरी भूमिहिन, सुकुम्बासी तथा गरीब दलितहरूलाई प्राथमिकताका आधारमा जमिनमाथिको जनमुखी न्यायोचित स्वामित्व सुनिश्चित गरियोस्।

४. राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोगको रुपमा व्यवस्था गरियोस्।

५. सबै राजनीतिक पार्टीका विधानमा जातपात–छुवाछूत र सामाजिक विभेदलाई राज्य तथा मानवता विरुद्धको जघन्य सामाजिक अपराध स्विकार गरी समानुपातिक र समाबेशी सिद्धान्तको आधारमा दलितको सहभागिता सुनिश्चित नगर्ने राजनीतिक पार्टीलाई निर्वाचन आयोगमा दर्ता नहुने संवैधानिक व्यवस्था गरियोस्।

६. दलित समुदायका विद्यार्थीहरुलाई उच्चशिक्षा (निजी र सरकारी) सम्म छात्रवृत्ति सहित निःशुल्क शिक्षाको व्यवस्था गरियोस्। साथै सबै प्राविधिक शिक्षालयहरूमा पनि समानुपातिक प्रतिनिधित्वमा थप १० प्रतिशत क्षतिपूर्ति सहितको अधिकार सुनिश्चित गरियोस्।

७. दलित समुदायको परम्परागत पेशाजन्य व्यवसायमा आधुनिकीकरण गरी ती पेशाहरुमा दलितहरुको अग्राधिकार सुनिश्चित गरियोस्।

८. दलित समुदायलाई स्वास्थ्य क्षेत्रमा पूर्ण निःशुल्क उपचारको अनिवार्य व्यवस्था गरियोस्।

९. राज्यले सरकारी, अर्ध सरकारी, निजी प्रतिष्ठान, वित्तीय संस्था, वैदेशिक रोजगार र गैरसरकारी क्षेत्रका सबै निकायहरुमा दलितहरुको समानुपातिक प्रतिनिधित्वमा क्षतिपूर्तिबापत १० प्रतिशत थप अधिकार सुनिश्चित गरियोस्।

१०. राज्यद्वारा समग्र महिलाका लागि सुनिश्चित गरिएको सम्पूर्ण अधिकारमा र दलित समुदायले प्राप्त गर्ने सम्पूर्ण अधिकारमा दलित महिलालाई समानुपातिक अधिकारको सुनिश्चित गरियोस्। साथै दलित महिलाहरुका लागि उच्च तथा प्राविधिक शिक्षा, रोजगारी एवं दक्ष जनशक्ति निर्माणका लागि विशेष व्यवस्था गरियोस्।

११. राज्यद्वारा मधेशी समुदायले र दलित समुदायले प्राप्त गरेका सम्पूर्ण अधिकारमा मधेशी दलितको समानुपातिक सहभागिता सुनिश्चित गरियोस्।

१२. दलित समुदायका अपाङ्गहरुलाई राज्यसंयन्त्रको सम्पूर्ण तह, निकाय एवं रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात लगायत गैर सरकारी क्षेत्रका सम्पुर्ण क्षेत्रमा विशेष व्यवस्था सुनिश्चित गरियोस्।

१३. दलित समुदायमाथि जबरजस्ती लादिएको हलिया, बाली घरे, डोली प्रथा, सिनो फ्याक्ने, बोक्सी प्रथा, बाजा बजाउने, सुडेनी, हरुवा, चरुवालगायतका सबै कू–प्रथाको पूर्ण अन्त्य गरियोस्।

नेपाल सरकारले तत्काल पुरा गर्नुपर्ने मागहरुः

१. नेपालको अन्तरिम संविधान २०६३ लाई तत्काल संशोधन गरी राज्यका सम्पूर्ण संयन्त्रहरुमा दलित समुदायलाई हाललाई २३ प्रतिशत सहभागिताको सुनिश्चित गर्ने तथा संविधानको धारा १४ मा संशोधन गरी जातपात–छुवाछूत र भेदभावलाई राज्य तथा मानवता बिरुद्धको जघन्य सामाजिक अपराधको रुपमा उल्लेख गर्दै निजी तथा सार्वजनिक कुनैपनि स्थानमा छुवाछूत गर्न नपाईने व्यवस्थालाई सुनिश्चित गरियोस्।

२. राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न संवैधानिक आयोगको रुपमा व्यवस्था गरियोस्। ज्ाातपात–छुवाछूत विरुद्धको विधेयक र राष्ट्रिय दलित आयोग सम्बन्धी विधेयक तत्काल वर्तमान सदनबाट पारित गरियोस्।

३. दलित समुदायको परम्परागत पेशाजन्य व्यवसायमा आधुनिकीकरण गरी ती पेशाहरुमा दलितहरुको अग्राधिकार सुनिश्चित गर्दै सम्बन्धित पेशाका विशेषज्ञहरुलाई दक्षताको प्रमाणपत्र दिएर उचित रोजगारीको व्यवस्था गरियोस्। साथै दलित समुदायका सीप, कला र पेशाको संरक्षण एवं विकासका निम्ति राष्ट्रिय दलित प्रतिष्ठान र संग्राहलयको स्थापना गरियोस्।

४. शिक्षा क्षेत्रमा दलित विद्यार्थीलाई उच्चशिक्षा (निजी र सरकारी) सम्म छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्ने, सबै प्राविधिक शिक्षालयहरूमा र सबै छात्रावासहरूमा दलित विद्यार्थीलाई २३ प्रतिशत सिट सुरक्षित गर्ने, संस्कृत विश्वविद्यालयमा दलितको पहु147च सुनिश्चित गरियोस्।

५. सबै तहका शैक्षिक पाठ्यक्रममा जातपात–छुवाछूत र सामाजिक विभेदको अन्त्य गर्ने सम्बन्धी विषय अनिवार्य समावेश गरियोस्।

६. राज्यले हाललाई कम्तीमा एक विद्यालय एक दलित शिक्षक अनिवार्य नियुक्ति तत्काल गरियोस् र दलित महिलालाई प्राथमिकताका साथ नियुक्ती हुने व्यवस्थाका लागि नीतिगत व्यवस्था गरियोस्।

७. दलित समुदायमाथि जबरजस्ती लादिएको हलिया, बाली घरे, डोली प्रथा, सिनो फ्याक्ने, बोक्सी प्रथा, बाजा बजाउने, सुडेनी, हरुवा, चरुवालगायतका सबै कू–प्रथाको पूर्ण अन्त्य गर्ने कार्यक्रम तत्काल ल्याईयोस्।

८. दलित समुदायलाई स्वास्थ्य क्षेत्रमा पूर्ण निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्नुका साथै गर्भावस्थाको दलित महिलालाई उचित भत्ता सहितको अन्य आवश्यक प्रबन्धको व्यवस्था गरियोस्।

९. दलित समुदायका अपाङ्गहरुलाई राज्यसंयन्त्रको सम्पूर्ण तह, निकाय एवं रोजगारी, शिक्षा, स्वास्थ्य, यातायात लगायत गैर सरकारी क्षेत्रका सम्पुर्ण क्षेत्रमा विशेष व्यवस्था सुनिश्चित गर्ने नीति तय गरी कार्ययोजना बनाई तत्काल लागु गरियोस्।

१०. दलित समुदाय अन्तर्गत गरिबीको रेखामुनी रहेका परिवार र व्यक्तिलाई ‘सुविधा कार्डको व्यवस्था गरी यातायात, शिक्षा, खाद्यान्न आदि क्षेत्रमा विशेष छुटको व्यवस्था गरियोस्।

११. राज्यले केन्द्रदेखि स्थानीय स्तरसम्मका सबै निकायहरूमा बजेट तर्जुमा गर्दा कुल बजेटको २३ प्रतिशत रकम दलित समुदायलाई अनिवार्य छुट्टयाउने नीति तय गरियोस्। साथै उद्योगधन्दा, कृषि र व्यवसाय गर्न चाहने दलित समुदायलाई विनाधितो सहुलियत ब्याजदरमा ऋण उपलव्ध गराउने र आवश्यक अनुदानको व्यवस्था गरियोस्। उक्त नीति कार्यान्वयन गर्नका लागि हालको उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिलाई नाम परिवर्तन गरी अधिकार सम्पन्न “दलित विकास परिषद” गठन गरियोस्।

१२. बादी समुदायभित्रका व्यक्तिहरुमाथि लादिएको अमर्यादित पेशालाई पूर्ण अन्त्य गरी उचित विकल्पको ग्यारे48टी गरियोस्। साथै नेपाल सरकार र राष्ट्रिय बादी संघर्ष समिति बीच भएको सम्झौता कार्यान्वयन गरियोस्।

१३. राज्यका सुरक्षा सेवा, निजामती (राजस्व, शिक्षा, स्वास्थ्य, परराष्ट्र, वन, न्याय, कानून आदि) सेवाको सबै तहका नयाँ भर्ना र वढुवा गर्दा समग्रमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताको ग्यारे48टी गरियोस्।

१४. राज्यले सरकारी तथा निजी आमसञ्चार क्षेत्रमा दलित सम्बन्धी कार्यक्रम र दलित जनशक्तिको प्रतिनिधित्व २३ प्रतिशत अनिवार्य बनाउने नीति तर्जुमा गरियोस्।

१५. सफाई मजदूरलाई आधुनिक उपकरणको उपलव्धतासहित वैतनिक कर्मचारीको रुपमा मान्यता दिनुका साथै यो पेशा परिवर्तन गर्न चाहने मजदुरहरूलाई राज्यले प्रोत्साहन गर्ने नीति लागु गरियोस्।

१६. दलित अधिकार सुनिश्चितताको लागि एक “दलित विकास तथा सामाजिक न्याय मन्त्रालय”को व्यवस्था गरियोस्।

१७. सबै तहका अदालतहरूमा दलित विशेष इजलास, सम्पूर्ण प्रहरी इकाईहरूमा छुट्टै दलित सेल, सबै स्थानीय निकायहरुमा छुवाछूत अपराध निगरानी केन्द्र, राज्यका तलदेखि माथिसम्मका सम्पूर्ण अ183 र निकायहरूमा आवश्यकता अनुसार दलित विषय हेर्ने छुट्टै विभाग गठन गरियोस्।

१८. राज्यले अर्ध सरकारी, निजी प्रतिष्ठान, वित्तीय संस्था, वैदेशिक रोजगार र गैरसरकारी क्षेत्रका सबै निकायहरुमा दलितहरुको समानुपातिक प्रतिनिधित्वमा थप १० प्रतिशत क्षतिपूर्ति सहितको अधिकार सुनिश्चित गरियोस्।

१९. दलित जनसंख्याको वैज्ञानिक तथ्याऒ्ढ निर्धारणका लागि विशेष दलित जनगणना आयोगको गठन गरियोस्, विवादमा रहेका दलित समुदायभित्रका जातिको पहिचान र दलितहरुको राजनीतिक, आर्थिक, सामाजिक–साँस्कृतिक हैसियतको आधारमा वर्गीकरण एवं सूचीकरण गरियोस्।

२०. नेपाल सरकारद्वारा हालसम्म दलित सम्बन्धी भएका घोषणा, प्रतिवद्धता र विद्यमान ऐन कानूनहरुको प्रभावकारी कार्यान्वयन र नयाँ कानून बनाउन पहल गर्न गराउन राजनीतिक दलित संघ/संगठनहरुको सहभागितामा एक उच्चस्तरीय अनुगमन तथा मूल्याङ्कन समिति तत्काल निर्माण गरियोस्।

राजनीतिक दलित संघ/संगठनका प्रमुखहरु

१. तिलक परियार – अध्यक्ष – नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा

२. छत्रबहादुर टेलर – का.बा अध्यक्ष – नेपाल दलित संघ

३. लालबहादुर विश्वकर्मा – अध्यक्ष – नेपाल उत्पीडित जातीय मुक्ति समाज

४. धनरुपा विश्वकर्मा – का.बा अध्यक्ष – जातीय समता समाज

५. केशबहादुर परियार – अध्यक्ष – उत्पीडित जातीय उत्थान संघ (एकीकृत)

६. रामचन्द्र राम – अध्यक्ष – नेपाल सद्भावना दलित मंच

७. रञ्जीत पासवान – अध्यक्ष – नेपाल राष्ट्रिय दलित केन्द्र

Download original document submitted to the Prime Minister of Nepal: Commond demands of Dalits to political parties

Courtesy: Mr. Kesh Bahadur Pariyar Member of Center Committee Communist Party of Nepal (Unified) and President of Association for the Upliftment of Oppressed Caste (Unified).

Posted under News on Monday 1 February 2010 at 10:11 pm

Nepali Congress: The 14 States model not intended to uplift Dalits

Nepali Congress has strongly criticized the 14 states model proposed by the CA Committee on State Restructuring and Distribution of State Powers.

NC Parliamentary Party leader Ram Chandra Poudel claimed that the model was based on very weak foundation and is philosophically wrong.

Poudel claimed that majority of the people in the country would not accept the model as that does not intend to uplift the real downtrodden dalit communities and minorities.

Full story: “NC raps 14 states model” in REPUBLICA

Posted under News on Sunday 31 January 2010 at 12:14 pm

दलित अधिकारको पक्षमा दाहाल

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलित अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने दलितका मागलाई सम्बोधन गर्न छलफलका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमा लैजाने प्रतिबद्धता जनाएका छन्।

दलितहरुको साझा मोर्चामा माओवादी निकट मुक्तिमोर्चाका साथै कांग्रेस निकट नेपाल दलित संघ, एमाले निकट उत्पीडित दलित जातीय मुक्ति समाज, सद्भावना निकट दलित सद्भावना मञ्च लगायतका सात दल निकटका दलित प्रतिनिधिहरुले आफ्ना माग सुनुवाई नभएआन्दोलनमा उत्रने चेतावनी दिएका थिए।

Source: नागरिक, सोमबार, 25 जनवरी 2010 15:22

काठमाडौं, माघ ११ (नागरिक)- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले दलित अधिकार नयाँ संविधानमा सुनिश्चित गराउने दलितका मागलाई सम्बोधन गर्न छलफलका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमा लैजाने प्रतिबद्धता जनाएका छन्।

सोमबार ज्ञापनपत्र बुझाउन दाहाल निवास नयाँबजार पुगेका सात राजनीतिक दल सम्बद्ध दलित प्रतिनिधिहरुसँग उनले यस्तो प्रतिबद्धता जनाएका हुन्। राज्यका सम्पूर्ण अंगमा पूर्ण समानुपातिकमाथि १० प्रतिशत अग्राधिकार सुनिश्चित गर्नुपर्नेलगायतका २० बुँदे माग सात दलित मोर्चाले गरेको सहमतिलाई ज्ञापनपत्रमा समेटिएको छ।

‘आफ्नो दलको तर्फबाट हाम्रा मागप्रति पूर्णरुपमा सहमति जनाउँदै लागू गराउन पहल गर्ने बताउनुभयो,’ टोलीमा सहभागी माओवादी निकट दलित मुक्तिमोर्चाका संयोजक तिलक परियारले नागरिकसित भने, ‘आवश्यक परे उच्च स्तरीय संयन्त्रमा नै छलफलको एजेण्डाको रुपमा लाने वचन दिनुभएको छ।’

परियारका अनुसार ज्ञापनपत्रमा संविधानमा ऐतिहासिक क्षतिपूर्तिबापत् समानुपातिक प्रतिनिधित्वमा १० प्रतिशत दलित अधिकार सुनिश्चित गर्नुपर्ने छ। आर्थिक, सामाजिक, राजनीतिक हरेक क्षेत्र, राज्यका हरेक अंगमा दलितलाई अग्राधिकारसहित सहभागी गराउन माग गरिएको छ। वैज्ञानिक भूमिसुधार लागू गरी दलित सुकुम्बासीलाई प्राथमिकतासाथ जग्गा वितरण गर्नुपर्ने पनि दलितका माग छन्। जातपात, छुवाछुत जस्ता जातीय विभेदलाई राज्यले मानवताविरोधी गम्भीर सामाजिक अपराधको रुपमा लिनुपर्ने र अपराधीलाई कडा कारबाही गर्नुपर्ने माग रहेको परियारले बताए।

दलित आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका मागका आफ्ना माग सुनुवाई नभए दलित प्रतिनिधिहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। दलितहरुको साझा मोर्चामा माओवादी निकट मुक्तिमोर्चाका साथै कांग्रेस निकट नेपाल दलित संघ, एमाले निकट उत्पीडित दलित जातीय मुक्ति समाज, सद्भावना निकट दलित सद्भावना मञ्च लगायतका सात दल निकटका छन्।

Posted under News on Monday 25 January 2010 at 8:45 pm

Top priority for marginalized in integration

KIRAN CHAPAGAIN

KATHMANDU, Jan 7: Ethnic, dalit, Madhesi and women Maoist combatants will get top priority for integration into the national security forces, myrepublica.com has learnt.

The Special Committee on Supervision, Integration and Rehabilitation will take a special political decision in this regard, says a confidential proposed plan of action on integration and rehabilitation.

“The idea behind giving priority to combatants with marginalized backgrounds is to make the national security forces more inclusive while carrying out the integration,” said a highly-placed source Wednesday on condition of anonymity. >>> More on this story

Nepaldalitinfo network adds:

As far as security forces sector is concerned, the most marginalized people in Nepal are no other than Dalits among all communities. Circumstances in the history of Nepal led the communities such as Thakuri/Ranas/Chhetris and ethnic groups of mongoloid origin to enjoy the security forces sector employment almost as their exclusive domain– be within Nepal or in Gurkha rifles of Indian and British Armies. Giving a top priority to Dalits for inducting them into Nepal Army, in proportion to their more than 15% share in the country’s population, is overdue for far too long. The present scenario may give a rare chance for the State to make Nepal Army an all inclusive national security agency. Women including Dalit women must get their fair share in all state machinery including security forces. Madhesis also deserve a larger pie in proportion to their population than what they have been getting thus far.

Posted under News on Wednesday 6 January 2010 at 10:05 pm

Caste dispute halts temple construction

“When dalit members of the group proposed that everyone should be allowed inside the temple, ‘upper class women in majority’ objected and said they would rather not construct the temple at all,” Kopila Nepali said.

TEK NARAYAN BHATTARAI

PALPA, Dec 31: Construction of a temple being built by Mothers´ Group has been stopped midway after dalit members of the group demanded entry to the temple.

Dalit members of the Rajeshwari Mothers´ Group have complained construction of a Rs 200,000 Shiva temple has been stopped by the majority women of the ´upper class´. The money was raised by the group through different programs with active participation of dalit members.

“When dalit members during a meeting of the group proposed that everyone should be allowed inside the temple, they objected and said they would rather not construct the temple at all,” Kopila Nepali, a dalit member of the group, said. Nepali said there was a heated discussion on the topic.

“We all collected Rs 200,000 with much difficulty and collectively decided to construct the temple. But they said we wouldn´t be allowed entry?” rued Nepali. “What kind of justice is this in new Nepal?” she asked.

Another dalit member, Sunita Sunar, expressed dejection at being denied entry to a temple being constructed with her involvement despite abolition of caste system by the law. “Who will not feel hurt by such injustice?” Sunar bemoaned.

News source: MyRepublica.com, 2009-12-31 22:18:06

Posted under News on Sunday 3 January 2010 at 4:03 pm

Happy New Year 2010!

The Nepaldalitinfo network wishes all its members and readers worldwide a very constructive New Year 2010 to bring positively meaningful outcomes in social justice.

Posted under News on Friday 1 January 2010 at 3:17 am
Next Page »
Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.