लघु चर्चा: हावड विश्वविद्यालयबाट नेपालका मेहनतकश र शिपका धनि सिमान्त्क्रित दलितले के सिक्ने, बुझने?

- डा. द्रोणप्रकाश रसाली

गत हप्ता मैले विश्व प्रसिद्द हावड (Harvard) यूनिवर्सिटीका एक नेपाली प्रोफेसर मित्रसंग नेपालमा एक अंतरास्ट्रीय गुणस्तर कै खुला विश्वविद्यालय स्थापना गर्ने विषयमा केहि छलफल गर्ने ईच्छा राखी आफ्नो पारिवारिक घुम्घामको कार्यक्रम समेत मिलाई संयुक्त राज्य अमेरिकाको बस्टन (Boston) शहरमा पुगेको थिएं / नेपालमा स्थापना गर्ने भनिएको सो विश्वविद्यालयको विषय आफैमा नेपालका सिमान्त्क्रित रहीरहेका दलित समुदायकालागि गहन महत्वको विषय हुन सक्छ किनभने, त्यस विश्वविद्यालयको परिकल्पना नै ग्रामीण, दुर्गम र सिमान्त्क्रित जनतालाई विश्वविद्यालय स्तरको उच्च शिक्षाको पहुँच पुरयाने रहेकोछ / यस, विषयलाई मैले पछि विस्तार गर्नु पर्ने ठानेको छू / यस बिच, म हावडमा पुग्दा, मलाई अर्को एक कुराको पनि शोंच आएको थियो कि तेत्रो अजंगको शैक्षिक संस्थामा नेपालमा सिमान्त्क्रित रहीरहे पनि मेहनतकश र शिपका धनि दलित समुदायकालागि केहि न केहि सिक्ने वा उपलब्ध गर्ने कुरा अवश्य होला / हुन पनि त्यहाँ त्यस्तो कमसे कम एउटा कुरा रहेछ; मैले त्यो महशुस गरें पनि /

हावड यूनिवर्सिटीको बिभिन्न निकाय वा इकाईहरु बस्टन शहरको केंद्र क्षेत्रमा पर्ने हावड स्क्वायरमा र लंगवूड क्षेत्रमा जताततै छरिएका छन / ती मद्दये हावड स्क्वायर स्थित हावड साइन्स सेन्टरको हातामा प्राकृतिक इतिहास संग्रालय रहेको छ, जसमा विश्वभरीबाट संकलन गरी धेरै किसिमका जैबिक तथा अजैबिक प्राकृतिक वस्तुहरुका इतिहांसिक नमूनाहरुको संग्रह गरिएकाछन / ती सबै संकलनहरु विश्वविद्यालयका शिक्षक तथा विद्यार्थींहरुका अध्ययन र अनुशंधान कार्यमा प्रयोग हुने गर्छन / ती मध्ये धेरै नमूना हावडका अर्का अनुशंधानकर्ता एक नेपाली मित्रले हामीलाई देखाउनु भयो /

जैबिक विज्ञानं अंतर्गत प्राणी र वनस्पति जगतका अनेकौं नमूनाहरुको खंड-खंडमा बैज्ञानिक क्रमवद्द रुपमा राखिएकाछन / ती मध्य एक निकै आकर्षक देखिने खंड चांहि वनस्पति विरुवाका विभिन्न अंग र भाग जस्तै: हांगा, पात, फूल, फल आदि गरी तीन हज़ार भन्दा बढ़ी नमूनाहरुको एक अलौकिक संकलनले सुसज्जित छ, जस्मा ८३० भन्दा बढ़ी जातिका वनस्पति बिरुवा छन / ती सबै नमूनाहरु वास्तविक विरुवाका ठीक ठीक रूप, रंग र नापसंग हुबहु दुरुस्त छन / तर, अचम्भ लाग्ने कुरा के हो भने, ती सबै शीशा अर्थात ग्लास (Glass) ले बनेका हुन / कुनै बखत बालक कालमै भए पनि सुन, चांदी, लगायतका बिभिन्न धातुलाई तताउँदै, गलाऊंदै, पगाल्दै, पिटदै गरी त्यसलाई अनेक रूपांतर गरेको केहि अनुभव नबिर्शिसकेको म आफैलाई ती नमूना ग्लासलाई ग्यासबलेको दप्कोमा राखी फुक्दै, तताउदैमा रूपांतर गर्दै स्थायी रंग लगाउदै बिरुवाका बिभिन्न भागका दुरुस्त देखिने नमूना बनाइएको रहेछ भन्ने बुझन कुनै गार्हो कुरो भऐन / बिरुवाका हांगा-बिंगा, पात, फूल र फलका बिभिन्न आकार ठीक राख्ने मसिना तार भने तिनका भित्र-भित्र घुसिएको छन /

ती सबै ग्लासका बिरुवा, फूलहरु भने हाल-सालै बनाइएका होइनन; ती सबै १९ सौं शताब्दीका ग्लास-कालिगर द्वय बाबु लेओपोल्ड ब्लास्च्का र उनका छोरा रुडोल्फ ब्लास्च्का ले बनाएका हुन / उनिहरुको ग्लास कालिगरी र गर्गहना कालिगरी बंशीयमूल १५ औं शताब्दी अघिसम्म पहिचान गर्न सकिएको भनिन्छ / हावडले लेओपोल्ड ब्लास्च्काको परिवारलाई नै ती ग्लासका बिरुवा, फूल बनाउने कामकालागि कामकाजी गराई राखेका ले ती सबै नमूना निर्माण संभव भयो, जसले गर्दा सन १८९० देखि नै हावडका लाखों विद्यार्थिलाई विश्व भरिका बनस्पतिका बिरुवा, पात, फूल बारे ज्ञान दिलाउन संभव भयो / ती बिरुवा-पात-फूलका नमूना १८८७ देखि १९३६ सम्ममा जर्मनीको ड्रेसडेन नजिकै होस्तेर्वित्ज़ स्थित ब्लास्च्काको आरन (स्टूडियो) मा बनेकाहुन / हावडको वनस्पति संग्रलायका प्रोफेस्सर जर्ज लिंकन गूडेलको वनस्पतिका दुरुस्त नमूना प्रयोग गरी वनस्पतिशास्त्र पढाउने चाहनालाई सार्थक बनाऊन ती नमूनाहरु बनाइएका हुन / १८३४ को कक्षाका हावड पूर्व विद्यार्थी डा. चार्ल्स ईलीओट वएर को सम्झनामा उनकी श्रीमती र छोरी ले ती नमूना बनाउन लगाईं हावड विश्वविद्यालयलाई उपहार दिइएको भनिएको छ /

यस सत्य कथा गन्थन को मुख्य कड़ी के हो भने ग्लासका बिरुवा-फूल बनाउने ब्लास्च्काको आरन (स्टूडियो), जहाँ सांच्चीका बिरुवा-पात होइनन भन्नै पत्यार नलाग्ने नमूना बने, कुनै असाधारण प्रबिधियुक्त नभई नेपालका गाऊं वा साना बाज़ार मा कामकाजी गर्ने सुन-चांदी कालिगारीको सामान्य आरन भन्दा धेरै फरक छैन; केबल काम गर्ने डेस्क अलिकती युरोपेली ढांचाको र मतितेलको सट्टा ग्यासको बत्ती (बर्नर) थियो / मलाई लाग्छ- आजका नेपालका कतिपय कालिगरहरुको आरन ब्लास्च्काको आरन (स्टूडियो) भन्दा बढ़ी नै सुसज्जित होला पनि / त्यों हेरिकन कला कौशलमा भने ब्लास्च्काका बैज्ञानिक कला-कृतिबाट अब हाम्रा कालिगड पीडीले कालिगरीको आधुनिकीकरण गर्न पर्ने र सिक्न सकिने धेरै कुरा छन भन्ने ठानेको छू / यसलाई मनन गरौं /

केहि फोटोहरु/भिडियो:






Posted under News, Perspectives / Analysis, Reflections on Wednesday 25 August 2010 at 2:20 am

Anthropology: Considering Dalits and Political Identity in Imagining New Nepal

“My point is not to refute the legitimacy of Dalit activists’ claims as they craft modern political identities. Rather, I wish to show how these claims only partially mirror the complexities of rural Dalits’ agency of resistance within a socioeconomic context that must be considered in finding paths to social justice in the new Nepal.”
- Dr. Mary M. Cameron, Florida Atlantic University, United States.

Abstract:
In this article I examine the articulation between contexts of agency within two kinds of discursive and complimentary forms of self and group identity that emerge from demarcating social perimeters with political and economic consequences. The first involves a provocative border created around groups of people called Dalit by activists negotiating the symbols of identity politics in the country’s post-revolution democracy. Here subjective agency is expressed as political identity with attendant desires for social equality and power-sharing. The second context of Dalit agency emerges between people and groups as they engage in inter caste economic exchanges called riti maagnay in mixed caste communities that subsist on interdependent farming and artisan activities. Here caste distinctions are evoked through performed communicative agency that both resists domination and affirms status difference. Through this examination we find the rural terrain that is home to landless and poor rural Dalits only partially mirrors that evoked by Dalit activists as they struggle to craft modern identities. The sources of data analyzed include ethnographic field research conducted during various periods from 1988-2005, and discussions that transpired throughout 2007 among Dalit activist members of an internet discussion group called nepaldalitinfo.

Excerpts:

WAITING
“In the last week of November in 2006, forty-one ears after the United Nation’s General Assembly adopted for ratification the International Convention on the Elimination of All Forms of Racial Discrimination ICERD 1965), thirty-five years after His Majesty’s Government of Nepal ratified it, six years after the National Human Rights Commission was established by mandate of the 1997 Nepal Human Rights Commission Act, four years after the Nepali government established the National Dalit Commission, and one week after the landmark peace agreement between home-grown Maoist rebels and the Nepali government, a Dalit woman sat alone on the familiar steps outside a Thakuri home in far western Bajhang district of Nepal. [1] Through the clear night air Durga could hear from the third floor kitchen above her the slapping sound of fresh wheat dough and the clinking of heavy silver bracelets, as the Thakuri family’s eldest daughter-in-law prepared the evening meal of roti and vegetable curry. It was a cold evening, and a late autumn wind blew down from Khaptad Lekh. The figure on the steps hugged her bony legs closer to her chest and tightened the threadbare shawl around her thin frame. Her meal that evening would not begin until she returned home with the salt and spices she was now awaiting from the landlady. “Ama” I called to her. “Aren’t you cold? Why is she taking so long?” As she had for so many years, through four children and nine grandchildren, the now elderly widow beseeched her Thakuri patrons inside the house to “have pity on me, I have so little at home to eat and I want to cook my potatoes with some salt and turmeric. Please give me only a small handful of salt and a piece of turmeric root.” Decades of sewing clothing and repairing shawls for the landowning family, first alongside her husband and then with the elder two of her three sons, had earned her the right – she hardly considered it a privilege – to ask the wealthy Thakuri landowners for help in times of need such as she experienced this night. But the obligatory waiting that was the customary sign of subservience for so-called lower castes seemed only to get longer, in spite of government proclamations that caste discrimination must end and that those who violated Dalit rights would be brought to justice. In spite of national laws, Durga herself witnessed recent incidents when Dalit students were barred from the local high school activities involving the worship of Saraswati, the goddess of learning. Durga wondered how those people - the young and defiant Maoist followers with their bright red scarves and flapping banners who until recently had assembled in the once-active school yard near her Dalit community - were ever going to help her. he could not dream of seeing changes so great in her lifetime that she would be free from being a lower status person, a juto manche (impure person), a nachhune manche (not touchable person).

“Two months later in the new year of 2007, in the capital city of Kathmandu and in small and large cities around the world, a related discussion was underway, a debate among Dalits about who they are, what they should be called, and whether to relinquish or to retain those symbols attached to their Dalit status. Durga, of course, did not participate, and indeed, was only partially a subject of their discussions, focusing as they did primarily on men’s concerns. Yet she lived in the kind of place the discussants often evoked when referring to the persistence of caste discrimination in Nepal, namely, the rural farming communities to which urban Nepalis often point as reservoirs of conservative, non literate and backward conditions. I will suggest in this article that activists’ struggle over Dalit identity politics in Nepal’s new democracy might be challenged to include other agencies of resistance found in the lived experiences of rural Dalits like Durga, specifically in the context of economic transactions that daily frame their lives. My point is not to refute the legitimacy of Dalit activists’ claims as they craft modern political identities. Rather, I wish to show how these claims only partially mirror the complexities of rural Dalits’ agency of resistance within a socioeconomic context that must be considered in finding paths to social justice in the new Nepal.”

- Dr. Mary M. Cameron, Florida Atlantic University, United States.

Link to fulltext:
http://www.fau.edu/anthro/documents/Considering_Dalits_and_Political_Identity.pdf
_______________________________________
[1] . A scene drawn from field observations in Bajhang recorded during the years 1978-2001.

Posted under Perspectives / Analysis, Archives-Document, Reflections on Saturday 10 July 2010 at 9:22 am

समतामूलक समाजको परिकल्पना र दलित महिला

हाम्रो समाजमा महिला पुरुषको विभेद अझै पनि तातो तातो नै छ र हट्न सकेको छैन यसले जडा गाँडेर बसेको छ जसको कारण कयौ महिलाहरु समाजमा पछाडी परेको अवस्था छ त्यसमा पनि दलित महिलाहरु अझ बढी नै असमानता, विभेद, छुवाछूत, सामाजिक अपराध, हत्या हिंसा, यातना, सहन बाध्य भएका छन्।

- उर्मिला बिश्वकर्मा
(urmila.bk@gmail.com)
जागरण मिडिया सेन्टर

बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन हो- ठिक यस्तो छ, हाम्रो नेपाली समाज। आज दिनानुदिन नेपाली समाजमा जातिय विभेद र भेदभाव अन्याय अत्याचार खेप्न बाध्य भएका यहि समाजका नेपाली नागरीक दलित समुदायले आज यस्तै सास्ती भोग्न बाध्य भएका छन् किनकी आजको यो बैज्ञानिक युगमा आएर पनि मानिसको चेतनाको बिकासको कुरा त परै जाओस आज कतिपय ठाँउमा मानिसले मानिसलाई छुँदा अर्थात बिहान हिड्ने बेला दलितको मुख देखेमा साईत पर्दैन र दलितले गैरदलितलाई छोएको निँहुमा कति दलित समुदायमा कुटपिट जस्ता पिडा भोग्न बाध्य भएका छन्। मानिस चन्द्रमामा टेक्ने सम्म विज्ञानले फड्को मार्न लागेको यो अवस्थामा अझै पनि नेपाली समाजमा रहेको हिन्दु परम्परागत पाँखडी मूल्य मान्यताले जगडिएर आज पनि यस्ता अन्धविश्वास र पाँखडीपनले गर्दा दलित समुदायले आज सम्म पनि समानताको जिबन बाच्न पाएका छैनन्। दलित समुदायलाई हेयको दृष्टिले हेर्न यो समाजमा परिवर्तन शून्य नै छ भन्न त मिल्दैन। आज दलित समुदायले जति पिडा सास्ती सयौं बर्ष अघि भोगेका थिए, त्यो अवस्था भन्दा केहि सकारात्मक परिवर्तन भने पक्कै आएको छ, जसको मूल कारण भनेको हालको नयाँ पुस्ता र दलित संघसंस्था, महिला संघसस्था, मानवअधिकारवादी संघसस्था जसले गर्दै आईरहेको चेतनामूलक कार्यहरुको ठूलो प्रभाव साथसाथै बदलिदै गएको समाज र सोचको कारणले गर्दा हो। तर पनि ८० प्रतिशत भन्दा बढी मानिसको चेतनामा बिकास अझै बाँकी छ, किनकी आज पनि हामीले दिनानुदिन दलित समुदाय नै सामाजिक कुसस्कार सामाजिक अपमान र अन्याय भोग्न बाध्य भएका देखेका छौं। त्यसमा सबैभन्दा ठूलो दोष राज्यलाई जान्छ, किनकी दलित सम्बन्धी बनेका नियम विधेयक केवल कागजमा मात्रै सिमीत भएको छ जुन विधेयक कानुन पूर्ण नभएपनि जति बनेको छ त्यो समेत पनि कार्यान्वयनमा ल्याउन सकिरहेको छैन। राज्य सधै दलित समुदायकोलागि अन्धो भएर बसेको छ। दलित सम्बन्धी भएका घटना र मानव अधिकारका घटनाहरुनै देख्दैन उल्टै दोषीलाई कार्वाहीको लागि न्याय माग्दा त्यसमा कार्वाहीको साटो उल्टै पिडीतलाई नै दोषी ठहर्‍याउने परम्परा भएको राज्यले न्याय दिलाउने र दोषीलाई कार्वाही र न्यायको त आशा नै नगरु दलित समुदायले। हो आज यसरी दलित महिलाले दिनानुदिन बिना कसुर ज्यान गुमाउनु परेको छ यहि घटनाले नै पुष्टी गर्छ २०६६ फागुन २६ गतेका दिन बर्दिया राष्ट्रिय निकुजस्थित नेपाली सेनाको ज्वालादल गणबाट खटिएका गस्तीटोलीको गोलीप्रहारबाट घाँस-दाउरा तथा काउलाको बोक्रा संकलन गर्न गएका तीनजना दलित महिलाको हत्य भयो, जसमा देबी सरा बि.क, अमृता बिक र र १२ वर्षीया वालिका चन्द्रकला विकको हत्या भएको थियो राज्यको पुनस्रंरचनासँगै नेपाली सेनाको लोकतान्त्रिकरण गरिनुपर्दछ भन्ने सवाल उठान भइरहेको अवस्थामा यसरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अधिनमा रहेको भनिएको सेनाबाट निहत्था दलित महिलाहरुको हत्या हुनुले सिङ्गो दलित समुदाय स्तब्ध र आक्रोशित भएको सो अवस्थामा दलित महिलाहरुलाई शिकारी हो भनी गोली ठोकी हत्या गरेको यो घटना हाल दलित समुदायले भुल्न नसक्ने र आँखा सामु आईरहने घटना हो, जुन राज्य पक्षबाट सेनाले गोली ठोक्यो तर ती दोषीहरुलाई कार्वाही गर्नुको साटो देशको जनताको सुरक्षा गर्ने भार सम्हालेकी महिला मन्त्री विद्या भडारीले सहजै रुपमा ती दलित महिलाहरु शिकारी भएको कारणले नै उनीहरुको हत्या गरेको भनी दोष लगाउनु यो कत्तिको जनताको सुरक्षा भयो त? आज हामी महिला भन्दौ अधिकार माग्छौ तर आज यसरी दलित महिलालाई यसरी बिना कसुर दर्दनाक हत्या गर्दा ती महिला मन्त्रीले भने यस्ता प्रतिक्रिया दिएर दोषीलाई बचाउन खोव्ने जस्ताहरु जनताको सुरक्षा गर्ने ठाँउमा बसेपछि के नेपाली जनताले सुरक्षाको अनुभूति गर्न पाउलान त? यस्ता घटना घट्दा पनि राज्य भने आँखा, कान सबै बन्द गरेर बसेको अवस्था छ। आज जति पनि मानवअधिकारका घटनाहरु घटेका छन् त्यसमा मानव अधिकार उलंघनमा परेका समुदाय भने दलित समुदाय नै परेका छन्। ११ बर्षे जनयुद्धको समयमा पनि जति पनि राजनैतिक रुपमा राज्य पक्षबाट होस या गैरराज्य पक्षबाट भएका मानव अधिकार हनन् भएका छन् त्यसमा दलित समुदाय नै बढी छन्। अझ भन्नुपर्दा त्यस संक्रमणकालिन अवस्थामा विभिन्न कारणबस दलित समुदायनै मर्कामा परेका छन्। आज सम्म पनि बेपत्ता भएका दलित समुदायका मानिसहरुको अत्तोपत्तो छैन त्यसमा राज्यलाई पनि कुनै अत्तोपत्तो नरहेको अवस्था छ। बर्दिया घटनामा मारिएका दलित महिलाहरुको परिवार आज मर्महातमा परेका छन् कसैको घर आगलागी भएको छ त कोही आपनो बिहानबेलुकी छाक टार्न समेत धौ धौ परेको अवस्था छ। सो अवस्थामा पनि त्यो परिवारलाई न्याय त परै जाओस क्षतीपूर्तिको समेत व्यवस्था भएको छैन आज ती परिवार बेदनामा त छदैछन् उनीहरुको दैनिकी पनि अति कठिन साथ चलिरहेको छ। यो अवस्थामा सरकारले कुनै सहयोग गरेको छैन तर अति विपन्न सो परिवारलाई क्षतीपूर्ति सहयोग नपाएपनि प्रवासमा बसी काम गरिरहेका अमेरिकामा काम गरिरहेको दलित संगठन नासोले भने सो परिवारलाई सहयोगको रुपमा ८५ हजार चार सय तीन रुपैया सहयोग गरेको छ। यसरी बर्दियामा सेनाद्धारा हत्या गरिएका दलित महिलाहरुको हत्या बाट र पीडकलाई काखा गरी बचाउने षडयन्त्र गरेको छ यसले छर्लङ के गरेको छ भने आज दलित समुदायले यो सरकारबाट केही आशा गर्ने ठाउँ नै छैन भन्ने अवस्थाको श्रृजना भएको छ।

बर्दिया घटनाले आज पूरा दलित समुदायलाई नै मर्महात तुल्याएको छ। दलित समुदायमा यसरी यस्ता घटनाहरुले प्रसय पाईरहनुमा यो एउटा अब ठूलो बाटो पनि भएको छ। जनताको रक्षा र नेपालको भविष्य जनताको भविष्य कोर्ने ठाँउमा बसेकाहरुलाई नै सत्य र असत्य के हो? न्याय कसलाई दिने र सजाय कसलाई दिने हो भन्ने नै कुरामा आँखा चिम्लेपछि फेरी के यो सरकारले नेपाली र नेपालको भविष्य सही दिशामा कोर्ला त? यो नै ठूलो प्रश्न बनेको छ। कुरा आज दलित समुदायको मात्रै नभएर सम्पूर्ण नेपाली जनता नै आज सुरक्षा शान्ति र न्याय अनि आनन्दको सास फेर्न सकेका छैनन्। देशमा आतंक मच्चिएको छ। सत्ता र कुर्सीको लागि हानाथाप भएको यो सरकार सत्ता मात्र टिकाउन त्यस ठाउँमा बसेका छन् जनताको आवाज र जनताको बोली अनि पिडा त उनीहरुलाई कहिल्यै दुख्दैन्।

बर्दिया हत्याका48डलाई एड्मोकेसी फोरम, ईन्सेक, मानव अधिकार आयोगले यो हत्या नै हो भनी पुष्टी भएको रिपोर्ट नै सार्वजनिक गर्दा पनि यसलाई सरकारले ढाक छोप गर्ने अर्थात उल्टै जाहेरी फिर्ता लिन दबाब दिने जस्ता कामहरु पनि भएका छन्। भनिन्छ जो होचो उसको मुखमा घोचो भनेर आज त्यस्तै सत्य सावित भएको छ। यो घटना त एउटा जल्दो बल्दो उदाहरण मात्रै हुन् कतिपय यस्ता घटनालाई आँखा चिम्लेर पाँखा लगाएको छ राज्यले। हाम्रो समाजमा आज यही कमजोर मानसिकता, अन्धविश्वास र पाँखडीपना र चेतनाको स्तरमा बिकास नहुनाको कारण आज दिनानुदिन रुपमा दलित समुदायले एउटा दासीको जिबन भोग्न बाध्य भएका छ्न। आजको यो २१ औं शताब्दीको युगमा आईपुग्दा पनि यस्ता साना मसिना कुरामा हाम्रो समाज अडिरहनु र घटनाहरुलाई दोहोर्‍याई दलित समुदायलाई सधै हेप्नु र पीडित बनाउनुमा सरकार राज्यको नै ठूलो हात रहेको छ। हो आज सबै कागजमा जति बनेका नियम कानुनलाई सरकारले त्यसलाई कडाको साथ लागु गर्ने हो भने यस्ता घटनाले प्रसय पाउन बिल्कुलै कमि हुन्छ आज जति पनि अराजक बढेको छ समाजमा सद्भाव र समानताको भावनामा कमि आउनुको मतलब सरकारको कमजोर हो। हुन त घर चल्नको लागी घरको मूली नै ठिक बाटोमा हिड्नु आवश्यक छ अनि अन्य परिवारमा सत्य बाटोमा हिड्न सिक्छ र त्यो परिवारमा खुसी छाउछ तर यसको ठिक उल्टो हुँदै छ नेपाल र नेपाली जनता अनि राज्य बिचमा। यसरी सत्ता र कुर्सीको लागि सत्तामा बसेको र दिनानुदिनको राजनैनितक असहमतिको यो सरकारले न्याय र अन्याय कसरी छुट्याृउने जसरी कानुन अन्धा हुन्छ भनेझै यो सरकार पनि पो अन्धा नै भएको छ।

यो समाजमा आज समग्र महिलाहरुको नै अवस्था नाजुक रहेको छ अझै पनि पितृसतात्मक सोचले जगडिएर रहेको छ। जसमा कयौं महिलाहरु घरायसी पिडा त भोग्न बाध्य छदै छन् समाजमा पनि विभिन्न ठाँउमा अपमान, असमान जिबन भोग्न बाध्य भएका छन्। आज महिलाहरुलाई काम गरेबापत ज्यालामा विभेद, देखि राज्यको अभिन्न अंगमा होस या जुनसुकै ठाँउमा उसको समान प्रतिनिधित्व हुन सकेको छैन महिला घरदेखि राज्य सम्ममा पिडीत भएर बस्न परेको अवस्था रहेको छ। तराइमा आज पनि दाईजोको कारण कति महिलाहरुको परिवारबाट हत्या गरेको र ज्यान गुमाउनु परेको छ त कति महिलाहरु घरबाट नै पिडीत भएको अवस्था छ। समग्र महिलाको अवस्थामा अझ त्यस भन्दा पनि पछाडि परेका छन् दलित महिला आज सामाजिक, आर्थिक, राजनैतिक, रुपमा पछाडि परेका छन्। दलित महिला जसले आज घरायसी देखि सामाजिक असमानता अपमान, र दुर्ब्यबहार खेपीरहेका छन्। दलित महिला कल्लीकुमारीको घटना सेलाउन नपाउदै आज दिनानुदिन कल्ली कुमारी जस्ता अन्य दलित महिलाहरु फेरीपनि बोक्सीको आरेापमा परी कुटपिट गरी मलमुत्र कोच्याई सामाजिक रुपमा बेइज्जती गरेका घटनाहरु बग्रयाल्तै सुनिदै आएको छ। यसमा फेरी पनि ती कल्ली कुमारीलाई अमानविय व्यवहार गर्ने बिमला लामा जस्ता शिक्षीत महिला जसले दलित महिलालाई कुटपिट गरी दिशा कोच्याएका थिए त्यस्ता सामाजिक अपराध्ाीहरुलाई गरेको अभिनन्दन र ढलौटिमा सरकारले छोडी हाल त्यस्ता सामाजिक अपराधीहरुलाई छोडी उल्टै त्यस्ता अपराधीको अभिनन्दन गरी इज्जत दिलाउने हाम्रो यो अन्धो समाजको र संकुचित बिचारको कारणले गर्दा पनि यस्ता घटनाहरुले प्रसय पाईरहेको छ। हिजो मात्रै पनि बिरगंजमा दलित महिलालाई बोक्सीको आरोपमा गाँउमा गैरदलितको बच्चाको मृत्यू भएको र त्यो बच्चा ती दलित महिलाले नै मारेको हो भी उसलाई कुटपिट गरी सो मृतक बालिकालाई अगाडी राखेर यसलाई जिबीत बना भनी मरानासन्य हुने गरी कुटपिट गरेको घटना पढ्दा दलित महिलाहरु प्रति भएको यस्ता सामाजिक अपराधहरुले फेरीपनि जडा गाडेर बसेको र अझै यसले निरन्तरता पाउने पक्का छ तर त्यसको लागि अब पनि सम्पूर्ण दलित समुदाय यसरी नै पिडा सहिरहने र पिडीत भईरहने हो भने र आफ्नो आवाज बुलन्द नगर्ने हो भने दलित समुदायको आन्दोलन र त्याग आन्दोलन त्यसै हुन जान्छ। किनकी जुन जोगी आए पनि कानै चिरेको प्रमाणित भईसकेको छ यो फेरिएको सरकार अब दलित समुदायलाई त्यसै कारण राज्य त आकाशको फल आँखा तरी मर भनेझै हो त्यसैले अब हामी दलित महिला दलित समुदाय आफू माथिको पिडा सहेर बस्नु पनि अपराध हो अब हामी आफ्नो हक अधिकार र आफूमाथि भएको पिडाको लागि लड्नु पर्ने समय आईसकेको छ। यसरी नै दलित समुदाय माथि भएको पिडा खपेर बस्ने हो भने कल्ली कुमारी, अमृता बिक. मात्रै होईन अझै यस्ता कयौं दलित महिलाको हत्या हुने, सामाजिक अपमान, जस्ता घटना घट्दै जान्ोछन्।

हाम्रो समाजमा पछाडि पारिएका वर्ग जाति सबै एक हुनु हो भने यस्त्ाा घटनाले दिनानुलिन प्रसय पाउने पक्कै पनि थिएन होला। हाम्रो समाजमा यही बर्गमा भएको विभेद जस्तो महिलाहरु पनि महिलाको बिरुद्धमा जस्त्ौ बोक्सीको आरोप जस्त्ाा घटनाहरु घटाउने घरमा बुहारीप्रति गरिने ब्यवहार, अन्तरजातिय विवाहलाई नम्ाान्ने, जस्त्ाा सोचले गर्दा पनि आज यो समाजमा महिला र दलित समुदाय पछि परेको अवस्था छ।

फेरी पनि यसरी महिला माथि भएको अन्याय दलित महिलाहरुप्रति भएको दुर्ब्यबहार र हत्या जस्त्ाा मानव अधिकार हनन्का घटनाहरुलाई छानबिन र पीडितलाई न्याय र अपराधीलाई सजाय दिन सरकार फेरी पनि पछि पर्नु भनेको फेरी पनि आधा आकाश मान्ने सम्पूर्ण महिलाको नै अपमान, अपहेलना र महिला प्रतिको फेरी पनि यो ठूलो शोषण हो र फेरी पनि यो समाजमा पितृ सत्ाात्मक सोच जगडिएर रहेको छ भन्ने छलैङ देखिन्छ। यस कारणले गर्दा पनि यस वर्गिय विभेद भएको समाजमा यस्ता घटनाहरुले ठाँउ पाईरहेको छ। यस्तो समाजबाट भोलिका नयाँ पुस्ताले के सिक्ने कि सधै यही अन्धबिश्वास, कुरीतिलाई अङगालेर नै बस्ने हो कि समाजमा नयाँ परिवर्तन नभई समाजमा सामाजिक अपराध, कुशस्कार र कुविचारलाई निरन्तरता दिने हो यो सबै कुरामा ठूलो हात यो समाज र सरकार,रान्यको नै हो। यो आजको मूल बिषय हो जस्तो देश उस्तै भेष भने झै जस्तो समाज त्यो समाजबाट सिक्ने कुरा पनि त्यहि नै हुन्छ।

हाम्रो समाजमा महिला पुरुषको विभेद अझै पनि तातो तातो नै छ र हट्न सकेको छैन यसले जडा गाँडेर बसेको छ जसको कारण कयौ महिलाहरु समाजमा पछाडी परेको अवस्था छ त्यसमा पनि दलित महिलाहरु अझ बढी नै असमानता, विभेद, छुवाछूत, सामाजिक अपराध, हत्या हिंसा, यातना, सहन बाध्य भएका छन्। आज यी सम्पूर्ण महिलाहरुको अधिकार सुनिश्चीत र समानतामूलक समाज, समतामूलक समाजको निर्माण हुनको निम्ती महिला, दलित समुदाय र दलित महिला जुन देशकेा आधा अंग हुन उनीहरुको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक, स्वास्थ्य, राज्यको अभिन्न अंगमा समान प्रतिनिधित्व, समाजमा मान्यता, चेतनामा बिकास हुनु आवश्यक छ। २००७ सालपछिको नेपालमा विभिन्न खाले परिवर्तनहरु भईनै रहे आर्थिक, राजनैतिक, सामाजिक, बिकास र अन्य थुप्रै सकरात्मक नकरात्मक परिवर्तन र नयाँ नेेपाल गणतन्त्रमय नेपालको कल्पना गरियो र हाल नयाँ नेपालको शुरुवात हुदै छ तर पनि आज नेपाली समाजमा बिचारको चेतनाको बिकास भने कम भएको पाइन्छ। जसले गर्दा आज अन्धविश्वास कुरीतीहरुले हाम्रो समाजमा जरा गाडेर बसेको। यसलाई उखाल्न सरोकारवाला, समाज, सरकारको ठूलो जिम्मेवारी हुनेछ। देशकेा जनता सबै एक समान जिबन बाच्न र सामाजिक असमानता र आफ्नो हक अधिकारबाट बञ्चित र असमानताको जिबन भोग्नु पर्ने बाध्यता रहुन्जेल सम्म समतामूलक समाज नयाँ नेपाल, गणतन्त्र जुन नाम नेपाललाई दिए पनि यो सधै अधुरो र मान्य हुन सक्दैन।

Posted under Perspectives / Analysis, Reflections on Tuesday 25 May 2010 at 8:49 pm

जातीय भेदभाव अन्त्यको सर्न्दर्भमा २१ मार्च

“जातीय विभेद र छुवाछूत अन्त्यका लागि कडाभन्दा कडा कानुनी व्यवस्था गर्न नेपालको संविधान सफल भएमा मात्र २१ मार्चलाई सम्मान गरिएको ठहरिनेछ ।”

- भरत नेपाली

दक्षिण अप्रिmकामा हिड्डुल र आवत जावत गर्न समेत काला र गोराका लागि छुट्टै कानुन बनाईएको थियो । कालाहरुका लागि एक ठाउँवाट अर्को ठाउँमा आवत जावत गर्न पासबुक चाहिन्थ्यो । यदि काला जातिमध्ये कसैले यात्राको क्रममा पासबुक नबोकेको भेट्टाइएमा नीजलाई पक्रने र ३० दिनसम्म जेल हाल्ने कानुनी व्यवस्था लागु गरिएको थियो । यसरी कानुनी रुपमा नै काला रंगका मानिसको स्वतन्त्रता र मानव अधिकार उल्लंघन गर्ने निन्दनीय कार्य त्यसबेलाका निरंकुश शासकहरुले अप्रिmकामा गर्दै आएका थिए । जात र रंगका आधारमा गरिने भेदभावलाई दक्षिण अप्रिmकाका जनताले सहन सकेनन् । गोराहरुले कालाहरुमाथि गरिएको भेदभाव, अन्याय, शोषण, उत्पीडन र दासत्वलाई सहन नसकी रंगको आधारमा गरिने विभेदपर्ूण्ा कानुनको विरुद्व सन् १९६० मार्च २१ का दिन दक्षिण अप्रिmकाको र्सार्पभिल्ले भनिने शहरमा सात हजार मानिसहरु एकै ठाउँमा भेला भई शान्तिपर्ूण्ा तरीकाले जुलुस पर््रदर्शन गरे । शान्तिपर्ूण्ा जुलुसमाथि प्रहरीले पछाडीबाट अन्धाधुन्द गोली चलायो । प्रहरीले चलाएको गोलीबाट ६९ जना (८ महिला र १० वालवालिका सहित) ले तत्काल ज्यान गुमाउनु पर्‍यो भने अन्य १८६ जना घाइते हुन पुगेका थिए ।

क्रुर आताताहीहरुवाट गरिएको यो ठुलो नरसंहारले त्यसबेला बिश्व समुदायलाई नै स्तब्ध बनाइदिएको थियो । हामी चाहन्छौं, यस्तो दिन झुक्किएर पनि बिश्वको कुनै ठाउँ र जातिका लागि फेरि नआओस् । त्यस दिनको कहाली लाग्दो घटनाले संयुक्त राष्ट्रसंघलाई दुःखी बनाइदियो । उक्त दुःखान्त घटनाको स्मरण गर्दै १९६६मा संयुक्त राष्ट्रसंघको महासभाले २१ मार्चलाई अन्तर्रर्ााट्रय जातीभेद उन्मुलन दिवस भनी घोषणा गर्‍यो । सबै प्रकारका जातीय भेदभाव अन्त्य गर्ने खालका गतिबिधिहरु अगाडी बढाउन अन्तर्रर्ााट्रय स्तरमा अपिल समेत गरियो । त्यसैबेलादेखि अन्तर्रर्ााट्रय जातीभेद उन्मुलन दिवस संसारभरी मनाउन थालियो । श्ाोषण, उत्पीडन र विभेदको मार खेपिरहेका जनताहरुले यो दिनलाई महान चाडको रुपमा मनाउँदै आइरहेका छन् । यस ऐतिहासिक दिनलाई स्मरण गर्दा रंग र जातका आधारमा मानवले मानवमाथि गर्ने विभेद, अन्याय, अत्याचार र पीडाको वोध बिश्वभरका न्यायप्रेमी तथा मुक्तिकामी जनतामा हुने गर्दछ ।

अमेरिका लगायत अप्रिmकी मुलुकहरुमा गोरा जातिले काला जातिलाई पशु सरह किनबेच गर्ने, दक्षिण एशियाको नेपाल, भारत लगायतका विभिन्न देशमा तथाकथित उपल्लो जातका मान्छे भनाउँदाहरुले दलितहरुलाई घृणा र अपमान गर्ने चलन धेरै वर्षपहिलेदेखि चल्दै आएका थिए र हालसम्म यस्तो विभेदपर्ूण्ा व्यवहार कायमै छ । जात र वर्ण्र्ाा आधारमा मानवले मानवमाथि गरिने विभेद, अन्याय र अत्याचार चरम खालको अमानवीय व्यबहार हो । बिश्व समुदायले जातीय भेदभावलाई मानव अधिकारको चरम उल्लघंनको रुपमा स्वीकारी सकेको छ । समानता र स्वतन्त्रतापर्ूवक बाँच्न पाउनु हरेक नागरिकको नैर्सर्गिक अधिकार हो । कसैले कसैलाई जात, धर्म, लिङ्ग, पेशा, भाषा, क्षेत्रको आधारमा भेदभाव गर्नु हुँदैन र गर्न पाइदैन । मानव अधिकारको उल्लघंन र जातीय भेदभावमा रोक लगाउनु अन्तर्रर्ााट्रय कानुनको अपरिहार्य मान्यता हो । जातीवादसँग लड्ने दायित्व सवै राज्यका लागि वाध्यकारी हुन्छ चाहे राज्यले सवै प्रकारका जातीय भेदभाव उन्मुलनसम्बन्धी आईसीइआरडिलाई अनुमोदन गरेका होउन् वा नहोउन् । किनकी, सबै मान्छे स्वतन्त्र रुपमा जन्मिन्छन् र तिनीहरुका अधिकार र मर्यादा पनि बराबरी हुन्छन् ।

छुवाछूत र जातीय विभेदजस्ता सामाजिक कुरीति र विकृतिले समाजमा द्वन्द्व ल्याउँछ भन्नेमा कसैको दर्ुइमत छैन । समाजमा विद्यमान कुरीति र विकृतिले मानवीय विकास तथा मानव अस्तित्वलाई नै समाप्त पार्नसक्छ । मानव अस्तित्वलाई समाप्त पार्नसक्ने खतरालाई मध्यनजर राखी संयुक्त राष्ट्र संघको महासभाले २१ डिसेम्बर १९६५मा सवै प्रकारका जातीय विभेद उन्मुलन गर्ने अन्तर्रर्ााट्रय महासन्धि पारित गर्‍यो र हस्ताक्षरको लागि सबै पक्ष राष्ट्रलाई खुला छाडिदियो । नेपालले ३० जुन १९७१ मा आएर यो महासन्धिमा हस्ताक्षर गरेको थियो । उक्त महासन्धिको धारा ९ अनुसार प्रत्येक दर्ुइ दर्ुइ वर्षा पक्ष राष्ट्रले महासन्धिको प्रावधानलाई आफ्नो देशमा लागु गर्न के कस्ता व्यवस्था गर्‍यो र त्यसले के कस्तो प्रभाव पार्‍यो भन्ने विस्तृत प्रतिवेदन पठाउनु पर्ने हुन्छ ।

तर, महासन्धिमा प्रकट गरेको प्रतिबद्धता अनुसार नेपालले यसलाई इमान्दारितापर्ूवक व्यवहारमा उतार्ने कार्य गर्न सकेको अवस्था भने देखिदैन । झारा र्टार्नका लागि मात्र नेपालले संयुक्त राष्ट्रसंघमा प्रतिवेदन बुझाउँदै आइरहेको छ । संयुक्त राष्ट्रसंघको सबै प्रकारका जातीय विभेद उन्मुलन गर्ने कमिटिमा नेपाल सरकारले झारा टार्ने प्रतिवेदन पठाउने वाहेक अरु कुनै सकारात्मक कदम चालेको छैन । किनकी, र्सार्वजनिक स्थलहरुमा तथाकथित उपल्लो जातिवाट अझै दलितहरु अपमानित हुँदै आएका घटनाहरु दिनहुँ सुनिएका र देखिएका छन् । विद्यालयमा, मन्दिरमा, होटल तथा चिया पसलमा, भोज भतेरमा, दुग्ध केन्द्रमा र जागीरमा जातीय भेदभाव र छुवाछूतको पीडाबाट दलितहरु मुक्त हुन सकिरहेका छैनन् । छुवाछूत मुक्त राष्ट्र घोषणा भएको चार वर्षबितिसक्यो, तर जातका आधारमा मान्छेले मान्छेमाथि गरिने विभेद, अन्याय, अत्याचार र शोषणको अन्त्य हुनसकेन । नेपाललाई बास्तविक रुपमा छुवाछूत मुक्त राष्ट्र बनाउने हो भने जातीय तथा रंगभेदका व्यवहारलाई आफ्नो क्षेत्रभित्र पर्ूण्ा रुपमा रोकथाम, निषेध तथा उन्मुलन गर्ने कडा कानुन चाहिन्छ ।

जातीय भेदभाव अन्त्यको कुरा गर्दा यसले केवल थोत्रा भाषण र कोरा कागजमा मात्र प्राथमिकता पाइरहेको छ । जातीय भेदभाव र छुवाछूत उन्मुलनका निम्ति बनाइएका नीति तथा कार्यक्रमले व्यवहारमा सिन्को भाँच्न सकेको छैन जसका कारण दलितहरु समाजमा अपमानित भएर बसेका छन् । मानव अधिकारको ठाडो उल्लंघन भइरहदा पनि चुपचाप सहेर बस्नु बाहेक दलितसँग अर्को विकल्प छैन । लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाल प्रवेश गरिसकेको अवस्थामा दलितहरुले जातीय भेदभाव र छुवाछूतबाट छुट्कारा पाउन नसक्नुलाई लज्जास्पद मान्नर्ुपर्छ । एक्काईसौं शताव्दी दलितका लागि शुभ र फलदायी बनाउनु राज्यको प्रमुख दायित्व हुँदाहुँदै पनि सरकारले जातीय विभेद अन्त्य गर्ने प्रभावकारी संयन्त्रको विकास गर्न सकिराखेको छैन । प्रभावकारी कानुनको अभावमा दलितहरु दोस्रो दर्जाको नागरिक भएर बाँच्न बाध्य छन् । यस्तो प्रतिकुल परिस्थितिमा दलितहरुले नयाँ नेपालको कल्पना गर्नु ‘आकाशको फल आँखा तरी मर’ भन्ने उखान जत्तिकै हुनआएको छ । दलितमाथि निरन्तर हुँदै आइरहेका उत्पीडन र अमानवीय व्यवहारले यस्ता भनाईहरु बास्तविकतामा परिणत हुँदै गइरहेका पनि छन् ।

दलितमाथि हुने उत्पीडन र जातीय विभेदलाई हृदयमा राखेर नेपालमा मनाइने मार्च २१ को प्रसंगमा कुरा गर्ने हो भने दलित संघ संस्थाहरुले विदेशी दातृ संस्थाको सहयोगमा केही राजनीतिक नेताहरुलाई बोलाएर दलित मुक्तिका फोस्रा भाषण सुनाउने गरेको अनुभवमात्रै हामीसँग छ । यस्तो परनिर्भरताले खासै जातीय भेदभाव हटाउन सहयोग गरेको छैन । तापनि, नेपालका दलित संघ संस्था र दलित आन्दोलनप्रति ऐक्यबद्धता जनाउने केही अन्य गैरदलित संस्थाहरुले यो विशेष दिनमा दलित अधिकार र मुक्तिका कुरा गर्ने गर्छन् । नागरिक समाजले कहिलेकांही दलित अधिकार र मुक्तिका कुरा गर्दै आएतापनि प्रमुख समस्याको रुपमा समाजमा देखिएको जातीय भेदभाव र छुवाछूतलाई नेपाल सरकारले मानव अधिकारको मुद्दा बनाउन सकेको छैन । जातीय छुवाछूत गर्ने सामाजिक अपराधीहरुलाई कारवाही गर्न सरकारका कुनैपनि अंगहरु र न्यायका क्षेत्रहरुलाई सक्रिय बनाइएको पाइँदैन । यसलाई बिडम्बनापर्ूण्ा मान्नर्ुपर्छ । नेपालका दलितहरुले समाजमा सम्मानपर्ूवक अरु नागरिक सरह बाँच्न पाउने अधिकार प्राप्तिका लागि जातीय छुवाछूत बिरुद्व विगत ६० वर्षेखि लामो संर्घष्ा गर्दै आइरहेका छन् । यसै शिलशिलामा दलितहरुले आफ्नो अधिकार प्राप्तिका क्रममा २१ म्ाार्चलाई एक महान पर्वको रुपमा मनाउँदै आइरहेका छन् । अन्तर्रर्ााट्रय जातीभेद उन्मुलन दिवस यो साल ४५औं वर्षा प्रवेश गरेको छ । यस दिवसले जातीय भेदभाव अन्त्य गर्ने सन्देश प्रवाह गर्दछ । तर, अझै प्रभावकारी र दरो सन्देश प्रवाह हुन सकेको छैन ।

हामी इतिहासको परिवर्तनशील मोडमा छौं । समाजमा बस्ने सम्पर्ूण्ा नागरिकलाई सम्मानित र प्रतिष्ठित जीवन जिउन सक्ने वातावरण नयाँ संविधानले सिर्जना गर्नेछ भन्ने विश्वास नेपालका दलित समुदायले राख्दै आएका छन् । दलितले सम्मानित र प्रतिष्ठित जीवन जिउन पाउने पक्षमा राज्य अघि बढिरहेको छ भनी देखाउन उनीहरुले राख्दै आएको माग बमोजिम नेपाल सरकारले २१ मार्चलाई राष्ट्रिय पर्वको रुपमा मनाइने घोषणा गर्न सक्नर्ुपर्छ । साथै जातीय विभेद र छुवाछूत अन्त्यका लागि कडाभन्दा कडा कानुनी व्यवस्था गर्न नेपालको संविधान सफल भएमा मात्र २१ मार्चलाई सम्मान गरिएको ठहरिनेछ । अनि चारवर्षअघि घोषणा भएको छुवाछूत मुक्त राष्ट्रको परिकल्पना साकार पार्न नेपाली जनताले यो दिनलाई भविष्यमा भव्यताकासाथ स्वागत गर्नेछन् ।

छुवाछूतरहित देश बनाउन राज्यले दलितहरुलाई नेपाली जनताको कोटीमा राखेर समान अवसर, सुविधा र समान व्यवहार दिलाउन सक्नर्ुपर्छ । किनकी, यो देश र समाज दलितहरुको पनि हो । उनीहरुलाई पनि देश र समाजको माया ममता छ । इतिहास साक्षी छ - दलितहरुले आफु भोको र नाङ्गो रहेर राजनीतिक परिवर्तन र समाज विकासका लागि ठुलो योगदान पुर्‍याउँदै आएका थिए । यो बास्तविकतालाई कसैले विर्सनु हुदैन । समाज विकास र राजनीतिक परिवर्तनका निम्ति दलित समुदायले हिजो ठुलो योगदान पुर्‍याएका थिए र आज पनि पुर्‍याइरहेका छन् र भोलि पनि पुर्‍याउनेछन् । भूत र वर्तमानमा प्रदान गरिएका र भविष्यमा प्रदान गरिने दलितहरुको योगदानलाई राज्यले साँच्चिकै कदर गर्नुपर्छ । किनभने, मानवीय शक्तिको रुपमा दलितहरुलाई सम्मान दिएर देशलाई अग्रगमनको बाटोमा डोर्‍याउनु वर्तमान युगको माग र आवश्यकता दुवै हो ।

जुन माग र आवश्यकतानुसार नेपालका दलितहरुले त्यस्तो समाजको परिकल्पना गरिरहेका छन् जहाँ प्रत्येक समुदाय, प्रत्येक जाती विनाभेदभाव समान, स्वतन्त्र र मर्यादित भएर बाँच्न पाउन् र जहाँ मानव अधिकारको संरक्षण र सुनिश्चितता हुनसकोस् । तबमात्र विभेदरहित समाजको बाटोमा अघि बढ्ने अबसर नयाँ नेपालले प्राप्त गर्नेछ । त्यसैअनुरुप २१ मार्चले सम्पर्ूण्ा नागरिकलाई जातीय भेदभाव विरुद्व लड्न र सामाजिक न्याय स्थापनाका लागि प्रेरणा र साहस प्रदान गर्न गरोस् । साथै दलितका अधिकार सुनिश्चित गराउन र जातीय भेदभाव गर्ने अपराधीलाई कडा भन्दा कडा सँजाय दिलाउने व्यवस्था नयाँ संविधानले गर्न सकोस् । नत्रभने दलितहरु फेरि सयौं वर्षअरु उत्पीडनमा पर्ने दरो सम्भावना छ । उत्पीडनको सम्भावनाबाट टाढै रहन दलितहरुका संघ संस्था र अगुवाहरु चनाखो बन्नुपर्ने समय आइसक्यो । अन्त्यमा, दलित आन्दोलनले खासै प्रभाब नपारेको वर्तमान अवस्थामा नयाँ संविधानमार्फ जातीय भेदभाव अन्त्य र दलित अधिकार सुनिश्चित गर्न बेलैमा सोच विचार पुर्‍याऔं ।

Posted under Perspectives / Analysis, Reflections on Tuesday 23 March 2010 at 9:25 pm

२१ मार्च र नेपाली दलित मुक्ति आन्दोलन

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवस नेपालमा मनाइरहदा अहिलेको दलितहरूको प्रश्न भनेका राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व सहितको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सामाजिक-सांस्कृतिक अधिकार सुनिश्चिताको प्रश्न हो, जसलाई राज्यले प्रभावकारी रुपमा सम्बोधन नगरी सुखै छैन ।

- पदम विश्वकर्मा

आजको दिन (२१ मार्च) ४५ औं अन्तर्रर्ााट्रय जातिभेद उन्मूलन दिवस हो । यो दिवसको स्मरण गर्दा भर्खरै सम्पन्न सैयौं अन्तर्रर्ााट्रय श्रमिक महिला दिवस जो सामन्ती पितसत्तात्मक उत्पीडनका विरुद्ध प्रतिरोध दिवसका रुपमा नेपाली राजनीतिक र·मञ्चमा नेपाली श्रमजीवी महिलाहरूले भव्यतापर्ूवक मनाएको सर्न्दर्भ जोडिन्छ । यो दिवसलाई क्रान्तिकारी दलित मुक्ति आन्दोलनले कुन रुपमा हेरिरहेको छ भन्ने कुरा आम जनमानसमा जिज्ञासा पैदा हुनु स्वभाविक बन्न गएको छ । तर्सथ नेपाली दलित मुक्ति आन्दोलनमा नगन्य रुपमा मनाइने गरेको कुरालाई स्वीकार गर्दै हाम्रो संगठन नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा जसले ८० प्रतिशत भन्दा बढि दलितहरूको संगठित आवाजको प्रतिनिधित्व गर्दछ, २१ मार्च अर्थात अन्तर्रर्ााट्रय जातिभेद उन्मुलन दिवसलाई कुन रुपमा हर्ेदछ भन्ने भन्ने विषयलाई समेट्दै यो आलेखलाई तयार पार्न प्रयास गरिएको छ ।

जतिखेर दोस्रो विश्वयुद्धको समाप्तिपछि १० डिसेम्बर १९४८ मा मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र जारी गरिएको थियो, ठीक त्यसको १२ वर्षछि र·भेद तथा जातीय विभेदको चरम मारमा परेका दक्षिण अप्रिmकी जनताले र·भेद तथा जातीय विभेद बिरुद्ध आन्दोलन शुरु गरेका थिए । र·भेदी तथा जातीय विभेद विरोधी आन्दोलनको सबैभन्दा ठूलो पर््रदर्शन २१ मार्च सन् १९६० मा भएको थियो । जातीय विभेद र र·भेद आन्दोलन बिरुद्धको पर््रदर्शनमा र्सार्पभिल्लेमा उत्रिएका पर््रदर्शनकारी जनतामाथि तात्कालीन दक्षिण अप्रिmकन जातिवादी पासाल सरकारले गोली वषर्ाएर ६९ जनाको कायरतापर्ूण्ा ढ·ले हत्या गरेको थियो । अन्तर्रर्ााट्रय जातीय विभेद बिरुद्धको आन्दोलनको इतिहासमा सबैभन्दा फासिष्ट दक्षिण अप्रिmकी सरकारको क्रुर दमनको सिकार भएका आन्दोलनकारीहरूको त्यो बलिदानीपर्ूण्ा दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्रसंघले सन् १९६६ देखि नै २१ मार्चलाई “र·भेद तथा जातीय विभेद बिरुद्ध अन्तर्रर्ााट्रय दिवश” मनाउने निर्ण्र्ाागरेको थियो । यद्यपी दक्षिण अप्रिmकन जनताको मुक्ति आन्दोलनको नेतृत्व गरेका नेल्शन मण्डेलाले २७ वर्षजेल जीवन बिताए पनि उनको पार्टर्ीीनेश्नल कन्प|mेन्स्” ले समग्र शोषित-पीडित वर्गलाई भने समेट्न असफल भयो । उनीहरूले समग्र वर्गीय मुक्ति आन्दोदनको नेतृत्व गर्नुको सट्टा गोराहरूको बिरुद्ध कालाहरूको मात्र नेतृत्व गरेकाले पनि काला जातिहरूको पर्ूण्ार् मुक्ति हुन सकेन र आन्दोलनको सफलतापछिको अवस्थामा गोरा जातीय शोषकको सट्टा काला जातीय अभिजात वर्ग शोषक बने । त्यसैकारण दक्षिण अप्रिmकाको स्वतन्त्रता आन्दोलनको ४४ औं दिवस मनाइरह“दा पनि काला जातिहरूको समस्या हल हुन सकेको छैन । यद्यपी सैयौं बर्षेखि वर्गीय, जातीय, क्षेत्रीय, लै·कि र धार्मिक विभेदको सिकार भएका नेपाली उत्पीडित जनता र उत्पीडक शासकहरू बीचमा कुनै न कुनै रुपमा संर्घष्ा चलिरहेको नेपाली समाजमा यो दिनले विशेष गरी सन् १९९० पछिका बर्षरूमा स्थान पाउ“दै आएको छ । नेपाली समाजमा हजारौं बर्षेखि पशुभन्दा पनि तल्लो स्तरको जिन्दगी जिउन बाध्य नेपाली दलितहरूको मुक्तिका लागि लडिरहेका तमाम क्रान्तिकारी आन्दोलनकारीहरूका लागि यो दिवस नया“ शिक्षा र उर्जाको रुपमा लिने गरिएको छ ।

यसपटकको अन्तर्रर्ााट्रय जातिभेद उन्मुलन दिवस भव्यतापर्ूवक मनाउनका लागि राष्ट्रिय दलित आयोग लगायत नेपाली दलित मुक्ति आन्दोलनमा क्रियाशिल केही दलित संगठन तथा एन.जि.ओ.हरूले राम्रै तयारी गरेका छन् । जातीय भेदभाव सम्बन्धी अन्तर्रर्ााट्रय महासन्धीमा नेपालको तर्फाट सम्झौता भइसकेको र नेपाल संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएकोले नेपाली दलित मुक्ति आन्दोलनलाई अन्तर्रर्ााट्रयकरण गर्ने दिशामा यो दिवस एउटा अवसरको रुपमा प्रयोग हुनु पक्कै पनि सुखद पक्ष हो । जातीय उत्पीडनस“ग सम्बन्धीत संघ/संगठन तथा सरोकारवालाहरूले यो दिवस मनाउ“दै आउ“दा नेपाली क्रान्तिकारी दलित मुक्ति आन्दोलनस“ग सम्बन्धीत बलिदानीपर्ूण्ा आन्दोलनको क्रममा ११ सयभन्दा बढी नेपाली दलित समुदायका असल छोराछोरीहरूको शहादत, हजारौं दलितहरूको त्याग, बीरता र बलिदानको स्मरण गर्नैपर्ने हुन्छ । जसले नेपाली दलितहरूको समस्यालाई वर्गीय आन्दोलनबाटै हल गर्ने उद्देश्यले सञ्चालन गरिएको महान जनयुद्धस“ग दलितहरूको रगतको नाता गा“सिएको प्रमाणित गर्दछ । महान जनयुद्धको पहिलो शहीद बन्ने अवसर पनि दलित समुदायका दिलबहादुर रम्तेललाई प्राप्त भएको छ, जसलाई २०५२ फागुन १४ गते फासिष्ट प्रशासनले गोली हानी हत्या गरेको थियो । त्यसैगरी २०५४ साल चैत्र २६ गते कालिकोटका निशस्त्र दलित समुदायमाथि दमनमा उत्रिएका दर्जनौं हतियारधारी प्रहरीजत्थाको दमन उत्पीडनको प्रतिरोध गरेर नेपाली दलित र महिला मुक्ति आन्दोलनमा गौरवशाली दिन बनाएका छन् । निःशस्त्र दलित महिलाहरूले प्रहरीको हातबाट राइफल खोसेर प्रतिरोध गर्नु वास्तवमै सानो कुरा होइन । २०५७ साल चैत्र १७ गते ६ जना महिलाहरूले गोरखाको जेल ब्रेक गरेका थिए, जहा“ २ जना दलित महिलाहरू एञ्जेला बि.क. र रीता बि.क. सहभागी थिए । यस्ता बहादुरी, वीरता र बलिदानीले भरिएका महान तथा ऐतिहासिक दिवसहरू दलित मुक्ति आन्दोलनका उपज हुन् । जसलाई उल्लेख सम्म नगरी मनाइने अन्तर्रर्ााट्रय दिवसको नियतमाथि प्रश्न उठ्नु स्वभाविक हुन्छ । नजिकको जोगी गिद्ध, टाढाको जोगी सिद्ध भनेझै नेपाली दलित मुक्ति आन्दोलनको उपरोक्त गौरवमय दिनहरूलाई नदेखिकनै आज भन्दा पा“च दशक अगाडिको दक्षिण अप्रिmकाको बर्ण्र्ाामात्रै गरिनु र नेपालमा अन्धानुकरणको कुरा गरिनु भनेको नेपाली दलित समुदाय माथि अपमान र दलित मुक्ति आन्दोलनप्रति गम्भीर अन्याय हुन्छ । यी माथिका दिवसहरू, घटनाहरूलाई अन्तर्रर्ााट्रकरण गरियो भने मात्रै २१ मार्च मनाउनुको र्सार्थकता हुनेछ । त्यसो त अन्तर्रर्ााट्रय जातीय विभेद उन्मूलन दिवस मनाउने नाममा लाखौं डलर खर्च गरी तारे होटलहरू बुक गरेर मनाइने भनेर आरोप खेपिरहेको यो दिवसलाई मितव्ययी, पारदर्शी, बढी भन्दा बढी जनसहभागीमूलक, आत्मनिर्भर, नेपाली दलित मुक्तिका लागि प्रेरक दिवसको रुपमा मनाउनु जरुरी त भएकै हो । यथार्थमा उक्त दिवसको स्मरण गर्दा सामन्ती, विखण्डनकारी, साम्प्रदायिक, साम्राज्यवादीहरूको लगानी, दृष्टिकोण र विचारको घेराभन्दा माथि उठेर वास्तविक मेहेनतकस नेपाली जनता र मुलुकको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको सर्वोच्चता स्थापित गर्ने दिशामा केन्द्रित हुनर्ुपर्दछ । रक्षाको लागि नै हुनर्ुपर्दछ । विगतदेखि अहिलेसम्म अध्ययन गर्दा आफ्नो स्वार्थको व्यापारिक प्रयोजनको खेती बनाउन कुनै न कुनै रुपमा क्रियाशिल अमेरिकी साम्राज्यवादीहरूको शोषण र उत्पीडनको लुटबाट जबसम्म दलित मुक्ति आन्दोलन मुक्त हुन सक्दैन, तबसम्म न त हाम्रो राष्ट्रिय स्वाधिनताको रक्षा हुन सक्छ, न त हाम्रो राजनैतिक अधिकार सुनिश्चित हुन सक्छ । यतिबेला अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेप र लुटलाई भूमण्डलीस्तरमा विकास गर्दै अघि बढिरहेको छ । साम्राज्यवादले फौजीकरण, र·भेद, नश्लभेद, धार्मिक अन्धता, जातीय सम्प्रदायिकता जस्ता “फुटाऊ र शासन गर” भन्ने पुरानो सुत्रहरूलाई पुनः प्रोत्साहित गर्दैछ । नेपाली भूमिमा विशेषगरी र्सवहारा, दलित तथा किसान वर्गको नेतृत्वमा सञ्चालित महान जनयुद्धलाई निस्तेज पार्न उसले एन.जि.ओ. तथा धार्मिक मिसनको नाममा दलित, महिला, विपन्न र उत्पीडित समुदायबीचमा पुग्ने र चलखेल गर्ने रणनीति अख्तियार गर्दै आएको छ । दोस्रो विश्वयुद्धपछि विकसित गरिएका अन्तर्रर्ााट्रय मूल्य-मान्यता र विधि विधानहरू एवं संघ/संस्थाहरूलाई समेत निरिह बनाउने धृष्टता गर्दैछ । यसका बिरुद्ध अन्तर्रर्ााट्रय र्सवहारा वर्गको वैचारिक नेतृत्वमा ऐतिहासिक र्सवहारा वर्ग दलितहरूलगायत शोषित-पीडित श्रमजीवी जनसमुदायहरू सचेत र र्सतर्क रह“दै एकजुट हुन जरुरी छ । त्यसो त दलित समस्याको सूत्रधार भारतीय विस्तारवादबिरुद्ध समेत दलित मुक्ति आन्दोलन क्रियाशिल गराउन जरुरी छ । भारतीय विस्तारवादी शासककै कारण दलित समस्या दक्षिण एशिया र विशेषतः नेपाल र भारतमा जब्बर रुपमा रहेको ऐतिहासिक तथ्यहरूले पुष्टि गर्दछन् । वास्तवमा दलित समस्याको जातपात-छुवाछूत प्रथाले भारतीय शासक वर्गको स्वार्थको संरक्षण गर्दै आएको छ । त्यसैले उसले दलित समस्यालाई अन्तर्रर्ााट्रयकरण गर्नबाट रोक्न चाहन्छ । यसैको ज्वलन्त प्रमाण २००१ को र्डबान सम्मेलनको तयारी बैठक बैठकमा भारतीय शासकवर्गका प्रतिनिधिको कडा विरोधका कारण छलफलको विषय सूचीबाट “दलित जातीय विषय” हटाइएको थियो । त्यस्तै गत वर्षअर्थात अप्रिल २०-२४, २००९ मा स्विटजरल्याण्डको जेनेभामा “जाति विभेद बिरुद्ध विश्व सम्मेलन २००१” को घोषणापत्र कार्यान्वयन सम्बन्धी समिक्षात्मक सम्मेलन “र्डबान समिक्षा सम्मेलन” सम्पन्न भयो । त्यसमा नेपाली प्रतिनिधिहरूले नेपाली दलित मुक्ति आन्दोलनका सवल पक्ष र बस्तुगत परिस्थितिको बारेमा उठान गर्न प्राय असफल भएको पाइएको छ । त्यसकारण २००१ देखि यता नेपाली दलित मुक्ति आन्दोलनले सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ता, प्रशासनिक निकाय, साम्राज्यवाद र विस्तारवाद विरुद्धको आन्दोलनको समिक्षा गर्नैपर्दछ । उनीहरूमाथि अझै पनि भइरहेका दमन, ज्यादती, विभेद र अन्याय-अत्याचारको उठान अन्तर्रर्ााट्रय स्तरमा गर्न जरुरी छ । वास्तवमा नेपाली दलितहरू जो कला, सिप र श्रमका अनन्य श्रोत हुन्, तीनीहरू सस्तो वा निःशुल्क मूल्यमा लुटिएका छन् । उनीहरू भूमिहीन छन् । युवाहरू बेरोजगार छन् । अशिक्षित छन् । सामाजिक-सांस्कृतिक शोषण उत्पीडनको एउटा रुप जातपात-छुवाछूत अहिले पनि भिन्न रुपमा जारी रहेकै छ । परम्परागत पेशा नगरेर वा सामन्ती-व्राह्मणवादी संस्कृति तोड्दा गाउ“ निकाला वा सामाजिक बहिष्कारमा परेका छन् । हामीले पढ्ने, सुन्ने र हर्ेर्ने मिडियाहरूको ध्यान सामान्यतया त्यता नजा“दा दलित समस्या नदेखिएको मात्र हो । नत्र दलित समुदाय मात्र होइन, गैर दलितले समेत आत्मसात र अनुभव गरेको दलित उत्पीडनको बिरुद्ध जेहाद छेड्न यसपटकको अन्तर्रर्ााट्रय जातिभेद दिवस प्रेरक बन्न सक्नर्ुपर्दछ । मुलुकमा यी समस्या हल नहुदा आशु“ र आक्रोश पिएर बाचेका २० प्रतिशत भन्दा बढी दलित समुदायलको मुक्तिको खोजीका लागि राज्य गम्भीर बन्नर्ैपर्दछ । दलित आन्दोलनकारीहरू, राजनीतिक पार्टर्ीी गम्भीर बन्नै पर्दछ । विचारको वैज्ञानिकता र उच्चता विना दलित मुक्ति सम्भव छैन । चाहे जतिसुकै बलिदान, त्याग, तपस्या गरे विचार, राजनीति, संगठन र जीवन व्यवहारमा द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोग विना दलित मुक्ति हुन सक्दैन भन्ने कुरा स्पष्ट भैसकेको छ ।

अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवस मनाइरहदा भर्खरै सम्पन्न महान जनयुद्धको १४ औं बाषिर्कोत्सव (फागुन १) तथा सहीद सप्ताह दिवस (फागुन १४-२१) सम्झना आइरहेको छ । वास्तवमा नेपाली दलित मुक्ति आन्दोलनको कोणबाट यी दिवसहरू ऐतिहासिक हर्षर गौरवमय दिन हो । यी दिनहरू नेपाली समाजमा लुप्त रहेका मानव मुक्तिस“ग सम्बन्धीत पक्षहरू जस्तै दलित समुदायलाई एउटा नविन चेतनाको कम्पायमानमार्फ प्रशिक्षित बनाउ“दै व्रि्रोह र बलिदानीको पर्यायवाची हुन् । दलित समुदायको ऐतिहासिक दुश्मन सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ताको बिरुद्ध भिषण लर्डाईको सूत्रपात गर्ने दिनहरू हुन् । आम भोका-ना·ा, शोषित-उत्पीडितहरूको मुक्तिको गर्जनको दिन हुन् । नेपाली समाजलाई यथास्थितिमा राख्न र ँजातपात-छुवाछूत’ जस्तो अत्यन्तै निकृष्ट प्रथालाई संस्थागत गर्न कुनै न कुनै कोणबाट मलजल गर्ने देशीय सामन्ती प्रतिक्रियावादी, विस्तारवादी र साम्राज्यवादीहरूको मृत्युको घण्टी बजाउने दिनहरू हुन् । अन्तर्रर्ााट्रय जातिभेद उन्मून दिवस तथा विश्व मानव अधिकार दिवस मनाउनेका नाममा ँहरिया डलर’को खेतिबाटै मुक्तिको सपना देख्ने कतिपय कथित बुद्धिजीवी तथा आन्दोलनकारीहरूलाई नया“ पाठ सिकाउने एउटा बेग्लै शिक्षालयको उद्घाटनको दिन समेत हुन् । समग्रमा नेपाली दलित मुक्ति आन्दोलनको भविष्यलाई नया“ दिशा देखाइदिने, न्यूनतम मानवीय जीवनभन्दा पनि ज्यादै तल्लो स्तरको व्यवहार खेप्न बाध्य नेपाली दलित समुदायका लागि त आफ्नो मुक्तिको सुरुवातको दिन हुन् । यी ऐतिहासिक र गौरवशाली दिनहरूलाई अझै पनि नेपाली दलित मुक्ति आन्दोलनमा एउटा राजनीतिक पार्टर्ीीे मात्रै संर्घष्ा देखेर एकाङ्की र पर्ूवाग्रही रुपमा छा“यामा पार्ने काम हु“दै आएको छ । जसले अन्तर्रर्ााट्रय स्तरमा पक्कै पनि राम्रो सन्देश जादैन । यी कुरालाई हामी दलित आन्दोलनकारीहरूले बुझेनौं भने नेपाली दलित मुक्ति आन्दोलन विगतमा सामन्ती-व्राह्मणवादी राजतन्त्रात्मक राज्यसत्ताले उठ्न दिएन, अब साम्राज्यवाद र विस्तारवाद तथा साम्प्रदायिकतावादले उठ्न दिने छ्रैन । अहिलेको दलितहरूको प्रश्न भनेका राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व सहितको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, सामाजिक-सांस्कृतिक अधिकार सुनिश्चिताको प्रश्न हो, जसलाई राज्यले प्रभावकारी रुपमा सम्बोधन नगरी सुखै छैन । त्यसका लागि हामी दलित आन्दोलनकारीहरूले यस कुरालाई राष्ट्रिय र अन्तर्रर्ााट्रय रुपमा एकजुट रुपमा उठाउन सक्यौं भने मात्रै हाम्रो संर्घष्ाले विश्वका तमाम उत्पीडित जनसमुदायमा नया“ सन्देश दिन सक्नेछ । त्यसकारण अन्तर्रर्ााट्रय स्तरमा जातिभेद विरुद्धको संर्घष्ाको नेतृत्व हामी नेपाली दलित मुक्ति आन्दोलनकारीहरूले गर्नैपर्दछ । यसैले खुला र विशाल हृदयका साथ २१ मार्चलाई जातीय विभेद बिरुद्ध अन्तर्रर्ााट्रय मोर्चाबन्दीको एउटा साझा मोर्चाकोरुपमा विकास गर्न जरुरी छ ।

(लेखकः नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य हुन्)

Posted under Perspectives / Analysis, Reflections on Saturday 20 March 2010 at 10:36 am

दलित अधिकार सुनिश्चितताको लागि संघीय ढाँचा कस्तो हुन पर्ने?

दलित समुदायलाई व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायत संपूर्ण निकाय एवम् क्षेत्रमा विशेष अधिकार सहितको समानुपातिक सहभागितालाई ग्यारेण्टि गराउनु पर्ने छ।

– रणेन्द्र बराली
पुस ५ गते

क्रान्तिकारी रुपान्तरणको लागि छ दशकभन्दा अघिदेखि चलेको सामन्ती सत्ता विरोधी संघर्ष र दश वर्षको महान जनयुद्ध तथा दुई वर्षे जनआन्दोलनको उपज हो ‘अन्तरीम संविधान २०६३’ जसको चूरोकुरा भनेको धारा १३८ हो। त्यसमा उल्लिखित ‘वर्गिय, जातीय, भाषिक, लैंङगिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेसी लोकतान्त्रिक संङघीय शासन प्रणाली सहितको विधि पूनर संरचना गरिने छ भनिएको छ। अझै यस धारामा पहिलो संसोधनबाट ‘संघीय शासन प्रणाली सहितको भन्ने वाक्यंस थप भएको छ। आजसम्मको संघर्षले जनता (दलित) को रगत पसिना मथेर निकालेको यस प्रतिफललाई दलित समुदायको हकहितका पक्षमा प्रत्यक्ष रुपले समाहित गर्न कसरी सकिन्छ? अथवा गणतान्त्रिक संघीय प्रणालीमा कुन किसिमले दलितहरू अधिकार सम्पन्न्ा हुन सक्दछन्? यही प्रश्नको समाधानार्थ वहसको अपरिहार्य भएको छ।

हाम्रासामु यतिवेला नयाँ संविधान निर्माणको क्यानभास ठडिएर बसेकोछ। जसमा दलित अधिकारलाई गाँस्ने खासगरी तीनओटा विषयगत सूचि अख्तियार गरिएको छ। १. अल्पसंख्यक तथा सिमान्तकृत समुदाय, २. मौलिक हक र ३.राज्यको पुनर संरचना। जसमध्य पनि मुख्यतः राज्यको पुनर संरचना सम्बन्धिनै छलफललाई केन्द्रित गर्र्र्ने कोशिस गरीएको छ । यस सन्दर्भमा मूलतः नयाँ बन्ने संविधानमा दतिलअधिकारलाई कसरी सबल बनाउन सकिन्छ भन्ने नै हो। दलित समुदायलाई व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका लगायत संपूर्ण निकाय एवम् क्षेत्रमा विशेष अधिकार सहितको समानुपातिक सहभागितालाई ग्यारेण्टि गराउनु नै हो। यसकालागि वर्तमान परिवेसमा ‘अभौलिक संघिय संरचना (Non-territorial federal structure) संघीय ढाँचाको अपरिहार्यतालाई अंगाल्न पर्ने हो कि! भनेर दलित अधिकारवादिहरू एवम् आम दलित समुदायबीच यसबारे थोरै छलफल गर्ने जमर्को गरीएको छ।

दलितलाई अभौगोलिक संघिय संरचना किन : –

प्रथमत लोकतान्त्रिक संघिय प्रणाली भनेकै नागरीकलाई केन्द्रिकृत एकात्मक शासनको पञ्जाबाट मुक्त गराई, जाति, भाषा, धर्म, क्षेत्र, संकृति र प्राकृतिक संपदाको सम्वर्धन गर्दै स्वयत्तता तथा स्वशासनको मागलाई सम्बोधन गराउन एवं जातीय हकहितको लागि आत्म निर्णयको अधिकारलाई सुरक्षित गर्नु हो। यसका लागि आ–आफ्ना जाति क्षेत्र भाषा सास्कृतिक रुपमा एकरुपता हुने समुदायले आफ्नो बाहूल्यताको आधारमा संघियताको अधिकार प्राप्त गरी (संघिय राज्य पद्धतिमा) लोकतन्त्रको अभ्यास र विस्तार गर्न केन्द्रकृत व्राह्मणबादी शासनबाट पिल्सिएका जुनसुकै उत्पीडित समुदायले पनि लोकतान्त्रिक संघिय राज्य प्रणालीको उपभोग गर्नु हो। आजसम्मको जन संघर्षको यो महत्वपूर्ण फल उपभोग गर्नको लागि नेपालको सामाजिक, भौगोलीक संरचना दलित समुदाय अनुकूल छैन। नेपालमा दलितको आदिभूमि (ऐतिहासिक थलो) छुट्टै छैन। चीनमा जस्तो कि, हान जातीको ९५ प्रतिसत बाहूल्यता भएको, बाँकी ५ प्रतिशतमा पनि इगोर, मूस्लीम एवं सवै अन्य अल्प संख्यक जातिहरु निश्चित प्रान्तमा वा क्षेत्रमा एकतृत भएर बसोबास गरेको पाईन्छ। भारतमा भन्ने हो भने दक्षिणी राज्यहरुमा आदिकालदेखि एकै थलोमा हजारौ दमनका बाबजूत बसोबास र बिकास गर्दै आएका विशाल विशाल दलित (द्रविड) बस्तीहरु छन्। जसबाट मायावती, के.यल.नारायणनन्, जयप्रकास नारायण, डा.भिमराव अम्वेदकर समेतले दलित जन समुदायको मतको बलमा, जातीय माध्यमबाट राष्ट्रिय राजनीतिमा अघिबढ्ने हैसियत राखेर प्रतिपर्धा गर्न सफल भए। तर नेपालको समाजिक बनावट छुट्टै छ। १०० घरको एउटा गाउँ भयो भने केहीघर सिलाउने, केहीघर कमाउने, केहीघर जुत्ता तथा नारा बनाउने, केही घर बाजा (मन्दिर वा चाडपर्वमा दमाहा, ढोल) बजाउने, कटवाली, रखवारी, सफाई, सूडीनी आदिको काम गर्ने गरी समाजको सेवा खाँतिर आवस्यकता अनुसार यो समुदायलाई दाशकालदेखि नै विख48डन गरी राखिएको हुंदा दलितहरु देशभर छरपस्ट छरिएर बसोबास गरेको पाईन्छन्। थोरै जिल्लामा मात्र २०/३० प्तिशत (सन् २००१ को गणना अनुसार जाजरकोटमा २८. प्रतिशत सुर्खेतमा २६.२ प्रतिशत …यसै क्रमले तराईको जिल्लामा सप्तरी र सिराहामा क्रमस १८.१ र १७.९ प्रतिशत सम्म बसोबास गरेको पाईन्छ। केही जिल्लामा सापेक्षित बहुमत भने पाईन्छ। यदाकदा पश्चिमी नेपालका कुनै गाउँमा दलितको बहूल्यता भए पनि मुलुकभर कुनै जिल्लामा पनि दलितको बहूल्यता भएको विकास क्षेत्र तथा चुनाव क्षेत्र छैन। सामान्यतया दलितको भाषा त छ त्यसको प्रचलन, परिमार्जन, प्रचार कतै छैन। (१) ((धेरै दलितहरलाई पनि यो भाषको कुरा थाहा छैन।)) संस्कृतिको कुरा गर्दा दलितहरु जहाँजहाँ बसोबास गरेको छन् त्यहींको बढी प्रभाव छ। गुरुङ्ग समाजमा बसेकाले फुपुको छोरी विबाह गर्छन भने बाहुन संस्कार पाएकाले मामाको छोरीको खुट्टा ढोग्छन्। जहाँ कि अधिकांस दलित समुदायमा मामाको छोरी विवाह गर्न छुट हुने चलन हुन्छ।

मुख्य भाषा, भूगोल, क्षेत्र, आर्थिक, संस्कृति र मनोविज्ञानको मापड48डको आधारमा संघिय राज्य निर्धारण हुन्छ। दलित समुदायको लागि भूगोलको कारणलेमात्र संघको पूर्वाधार पुग्न सकेको देखिंदैन। सिङ्गो जनसंख्याको हिसाबले संघमा आधार पुगेको जाति समूदायको संख्या–कुल जनसंख्यामा मगरको ७.१, थारुको ६.७, नेवारको ५.४, राई २.८, गुरुङ २.४, लिम्बु १.६ प्रतिशत देखिन्छ। एनेकपा (माओवादि) पाटीले स्वायत्त गणराज्य घोषणा गरेको संघिय राज्य मगरातमा सबैभन्दा बढि मगर जातिको संख्या ७.१ प्रतिशत र लिम्बूवानमा लिम्बूजातिको संख्या १.६ सम्म छ। (भोटेलामा र सेर्पा राज्य समितिबाहेक) यो हिसाबले अरु भन्दा निकै धेरै दलितहरुको जनसंख्या छ। ०५८को अबैज्ञानिक गणनामापको आधारमा पनि मुलुकमा १३.६६ प्रतिशत दलित भएको कुरा सर्वविधितै छ। उता आर्थिक स्रोत तथा सम्रचनाको कुरागरौ भने पुर्व पाँचथरका दलित र पश्छिम हुम्ला लगायत उत्तर दक्षिण जतासुकैका दलितहरुको परंपरागत पेसा सिलाउने, कमाउने, जुत्ता तथा नारा बनाउने, बाजा–दमाहा, ढोल बजाउने, कटवाली, रखवारी, सफाई, सूडीनी जस्ता सेवा र श्रम गर्ने कामको स्वरुप एकै छ। जनसंख्याको हिसावले स्वायत्त राज्यक निर्माणका लागि एनेकपाका नेता देव गुरुङको अवधारणा पत्रमा किटानी गरीएको छ– कूल जनसंख्याको १. प्रतिशत उत्पीडित जनजाति र बसोबास गरेको स्थानलाई स्वायत्त राज्य, ०५० प्रतिशत सधन बसोबास गरेको स्थानलाई स्वायत्त क्षेत्र र ०.५०देखि ०.०१ प्रतिशत अवस्थित ठाउँलाईसम्म पनि स्वायत्त इकाईहरु गठन गर्ने भन्ने छ। यसरि सबै जातजाति, भाषाभाषि र क्षेत्रादिको आधारमा राज्य पूनर संरचना हुनलागिरहेको अवस्थामा दलित समुदायले आफू शासित हुने लोकतान्त्रिक शासन प्रणाली निर्माण गर्ने थलो कुनहुने। यसै कारण दलितको लागि एक मात्र थलो हो अभौगोलिक संघीय राज्य।

अभौगोलिक संघीय राज्यको आवश्यकता र फाईदा : –
(।) लोकतान्त्रिक संघीय राज्य प्रणाली अन्तर्गत निश्चित समुदायलाई उनीहरु कै मौलिकता, विशेषता र सापेक्षीताको आधारमा विकाश निर्माण र सामाजिक समुन्नतीको पूर्वाधार तयार पार्ने व्यवस्था भित्र दलितको बिशेष अधिकारको सुरक्षा गर्ने।

(।।) केन्द्रीय सरकारबाट निर्धारण गरिने गुरुयोजनालाई दलित समुदायको क्षमता, आवश्यकता र अपरिहार्यलाई मध्यनजर गरी परिचालन गर्ने।

(।।।) केन्द्र सरकारको बजेट तथा आवधित ल73य–कार्यक्रमलाई सापेक्षतामा विज्ञ विशेषज्ञहरुको परामर्शमा विशेष कार्यक्रम बनाई परिचालन गर्ने।

(।V) शिक्षा, स्वास्थ्य, रोजगारी, भूमि, आवास, खाद्यसंप्रभूता जस्ता आधारभूत मानव जीवन विकासका अपरिहार्य संसाधनलाई विशेषाधिकारको रुपमा अत्याधिक सुलवताको लागि केन्द्र सरकारसंग माग, वाहाली र व्यवस्थापन गर्ने।

(V) राज्यबाट निर्धारण गरिएका दलित अधिकारका कुराहरु हनन भए वा अपूरा भएमा छलफल, माग, बहाली, कार्यान्वयन गराउने भूमिका खेल्ने।

(V।) स्थानिय निकायदेखि सदनसम्म र राज्यको हरेक अंगमा समानुपातिक सहभागिता गराउने व्यवस्थालाई सुश्चित गर्न दलितको निर्धारीत सिटमा दलितहरुको बिचमात्रै प्रतिष्पर्धा गराई प्रतिविधित्व बनाउने। तीनै प्रतिनिधिबाट र राज्यबाट गरी अभौगोलिक केन्द्रीय संघ बनाउने।

(V।।) दलित समुदायले आफ्ना जातीय, सामाजिक, साँस्कृतिक, आर्थिक, प्राविधीक बिकासको लागि नीति निर्माण गरी समग्र विकासको दायरा निर्धारण गर्ने

(V।।।) सत्ताबाहेकको राजनीतिक अधिकार फजुल हो भन्ने मार्क्सबदी दिष्टान्त पनि यहां ल्ँँग्ाु हुन्छ। महान योद्धा तथा सहिद हरुको रगतले पनि सत्तामा हकदार हुने माग गर्दछ। त्यसैले सत्ताको ताबेदारी हुने यो ठोस प्रावधान हो।

(।X) राज्यको सदस्यको नाताले देशको प्राकृतिक संपदा (जल,जंगल,जमिन) लगायतका मुलुकको संसाधनमा दलित जनतालाई अन्य नागरिक सरह हकदार बनाउने।

यीआदि विषयहरु संविधानमा नै अधिकार प्रदत्त भएकै हुनु पर्ने हुन्छ।

बैकल्पिक बहस : –
क). दलित समुदायलाई राज्य पूनरसंरचनाको सवालमा अधिकार प्रदत्त गर्ने विषयमा अभौलीक संघिय स्वयत्तता भन्दा अन्य वैकल्पिक अधिकारका कुरा पनि छलफलमा नआएका होइनन्। राष्ट्रिय दलित आयोगलाई अधिकार सम्पन्न बनाउने, दलित मन्त्रालयको माग गर्ने, राजनैतिक, सामाजिक क्षेत्रमा समानुपातिक सहभागितालाई सुव्यवस्थित गर्ने आदि।

यी कुनै पनि प्रावधानले केन्द्रीकृत एकात्मक शासनलाई यो वा त्यो रुपमा अस्विकार गर्दैन। आजसम्मको इतिहासमा दलित समुदाय सामन्ती अभिजात वर्गीय शासकले बनाएको विधि विधानमा शासित भएर बसेका छौं। जनताको रगत र पसिनाले लेखिने नेपालको नयाँ संविधानमा सम्पूर्ण नेपालीले संघिय लोकतान्त्रिक प्रणाली मार्फत आफू शासित हुने शासन विधी आफै बनाउन अग्रसर हुने भए। तर दलितलाई भने उही अर्काले बनाउने दयामाया निगाहाको विधिले शासन गर्ने नै भयो। यस कारण अभौलिक भए पनि आफ्नो नीति विधि निर्माण तथा परिचालन गर्ने आफ्नै संघको निर्माणको आवश्यकतामा बहस किन नगर्ने।

ख). अर्कर्ाे कुरा दलित समूदायलाई विशेष अधिकारले सवै क्षेत्रको रक्षा गर्छ। अभौगोलिक राज्य प्रणालीले विशेष अधिकारलाई कमजोर पार्छ भन्ने तर्क पनि आउने गरेको छ । यसमा विशेष अधिकारसंग बाजिने कुनै सन्दर्भै छैन। विशेष अधिकार अन्तर्गत कै सरोकारको कुरा हो अभौगोलिक संघियता। त्यसै मार्फत सम्पूर्ण पक्षमा विशेष अधिकारको प्रयोग र सम्वर्धन गर्न सकिन्छ। विशेष अधिकारको दावा गरेर विशेष क्षेत्रमा हस्तक्षेप गर्न पर्ने हुनाले नै राज्यको मागको कुरा उठाउन परेको हो। दलितको स्वाधिनता, मौकिता, वर्चस्व, अस्तित्व वाहेकाको सुक्का लोकतन्त्रमा अन्ततः दलितहरु केन्द्रीकृत शासनकै नेराघेरा भित्र रहेर अविजात शासककै टाङ्ग मुनि छिर्न पर्ने हुन्छ।

ग). अर्को नयाँ र अलि नजिक आउन खोज्ने तर्क छ दलित सरोकारको मुख्य विषय हो राज्य पूनरसंरचनाको। राजनीतिक क्षेत्रमा समानुपातिक सहभागिता, जहाँ निर्वाचन नियमावलिमा हरेक तहमा दलितको जनसंख्याको आधारमा समानुपाती स्थान ग्यारेन्टी गर्न, दलितहरु बीच मात्र प्रतिस्पर्धा गर्ने आरक्षीत सिटको व्यवस्था भयो भने नीति निर्माणको थलोमा पुगिहालिन्छ। किन टाउके दुखाउन पर्‍यो अन्य कुरामा? यो तर्क केही हतसम्म स्वाभाविक पनि छ। तर आरक्षीत अधिकार तथा विशेष अधिकारको हैसियतले सवै संघमा दलित घनत्वको अनुपातमा प्रतिनिधि उपस्थित भए पनि त्यो संघमा बर्चस्व, अस्तित्व र स्वामित्व त त्यहीको संघिय बहूल्य जातिको हुन्छ। दलितको बर्चस्व, स्वामित्व (पूर्ण होइन) भएको संघ खै त? त्यसैले अभौगोलिक संघले मात्र संघीयताको सवालमा अन्य जाति सरह मौलिकता प्राप्त गर्न सक्दछ।

घ) राज्य तथा प्रान्तीय संघमा पूर्ण समानुपातिक सहभागि हुँदा पनि दलितको उपस्थिति भनेको १३ वा २३ प्रतिशत सम्मनै हो अरु ७७/८७ प्रतिशत बहुमतको अगाडि अल्पमतको के लाग्छ? आखिर उही बहूमतको दया मायाको आशामा चाकरी गर्नु भन्दा के उपाय हुन्छ, त्यसैले आफ्नो भावि योजना आफैले बनाउन एवं आफ्नो अधिकारको बारेमा आफैले नीति बिधि बनाउन अन्य जाति जनजातिले जस्तै संघको माग किन नगर्ने? त्यसैको मेरुढ48ड हो अभौगोलिक संघिय ढाँचा।
यसमा थप कूरा के छ भने देशभरीका संघमा समानुपातिक उपस्थिती रहेको दलित प्रतिनिधीहरुले नै राष्ट्रिय स्तरको दलित अभौगोलिक केन्द्रीय संघ निर्माण गर्न सकिने पनि हुन सक्छ। जसले संघ मार्फत मुलुकभरमा दलित जनतालाई राज्यबाट निर्धारित सम्पूर्ण योजना परिचालन गर्छ। यहाँनेर द्वयत शासनको आभास आउने तर्क पनि निस्कन्छ। तर हालसम्म महिला मन्त्रालय, श्रम मन्त्रालय, समाज कल्याण मन्त्रालय चल्दा द्वयत शासन नहुने संघीयतामा आधारीत सवै जात जातिको संघ भयो भने दलितले संघको दावा गर्दा द्वयत शासन हूने? दलितसमुदायलाई मात्र केन्द्रीय संरचनामा आधारित संघिय प्रणालिमा चल्दा आपत हुने पनि नहोला। फरक भनेको भौगोलिक र अभौगोलिकको मात्र त हो। अभौगोलिक राज्यको ब्यवस्था गर्नपर्ने मूल वास्तविकतामा पनि ध्यानाकर्षण गराई सकिएको छ।

यो प्राराम्भिक छलफलको लागि गरिएको सामान्य टिपोट हो। यसका लागि विभिन्न देशका संविधान लगायत विविध पूर्वाधारहरुको खोज गर्न जरुरि हुन्छ।

सन्दर्भ सामग्रीहरूः
Retructuring the Nation-State Nepal –Bharat pokharel
नेपालबो संविधान––आठ राजीतिक दलको सामुहिक प्रयासबाट निर्मित तथा हस्ताक्षरित
हाम्रो नेपाल, संघिय लोकतन्त्रिक गणतन्त्र ––परशुराम तामाङ

Posted under Reflections on Monday 1 February 2010 at 10:45 pm

Dalit hopes and fears: A reflection for 2010

Reservation and special rights are the major demands of Dalits for the policy of positive discrimination. This agenda was established in Nepal by the Dalit movement itself. All parameters of Human Development Index proved that Dalits remain in the lower strata of Nepali society. However, the government reservation policies in place, limited only to the fields of education and employment now, have placed the Dalits still at the lowest priority.

- Suvash Darnal

At present, the Nepali society is going through a phase of rapid changes. Hence 2010 is going to be a significant year for the Dalit community too, which now waits in eager anticipation for change. The voice and agenda of the Dalit community relate to centuries of their alienation by the state and the different factions of society, and are now finally on course to getting recognition, as a result of the last People’s Revolution. This year, institutionalizing the achievements of the 60-year-old Dalit revolution will be of a huge priority. The Constitutional Assembly (CA) must address the Dalit agenda through the new Constitution currently being drafted.

Analyzing both the structure and the pace of the CA, and also the preliminary reports which have been made public, the most confused or detached community is seemingly the Dalit strata of Nepali society. They are amid the many bigger and established groups, and thus the materialization of Dalit rights is going to be a rather difficult mission.

It is certain that 2010, while being welcomed with both excitement and doubts, will be a milestone in the history of the Dalits’ rights movement. It is probable that the agendas of the movement will be as follows:

In Nepali society, the politics of identity is gaining momentum, bringing with it an avid interest among the Dalit community as well. Nepal’s history is such that for an extended period of time, the state has been run based on Hindu and feudal institutions, and it means that a genuine identity for the Dalits has actually yet to be recognized. In previous CA reports, words like ‘backward,’ ‘minority,’ ‘marginalized,’ and’ detached’ have been used to describe the community. However, it is apparent that these passwords do not suffice in representing the seriousness of the Dalit population’s troubles. Their lack of a recognized identity has been making it difficult for the Dalit community to effect any government legislation, thereby depriving the community of prioritization in government services and facilities.

The word “Dalit” itself mirrors the social, economic, cultural, and political conditions of the society. The words used in the CA reports actually identify the problems faced by the community, and focuses on endeavours to solve them. If the community’s own identity cannot be appropriately defined in the CA, then ongoing exploitation is sure to persist in future as well. There are chances that only a specific groups or individuals will benefit from its end results.

A group of Dalit women

So who are the real Dalits? We must make a distinction between who is considered a backward group, or of a minority and marginalized community. If proper identities are not distinguished and defined, then the provision of rights will not be possible.

The representation of the Dalit group in all the spheres of the state is insignificant, despite their significant share in the country’s population. Till now, fair representation of the Dalits in legal structures is lacking as they have been sadly ostracized in society through the practice of different social norms, legislations, and laws. There is, however, hope that Nepal’s CA is now rated to be excellent, inclusive, and among the best in the world.

According to government census, the Dalits comprise 13% of Nepal’s population. But if seen from the Dalit perspective, there is only an 8% representation in the CA.

The discrimination does not end here. The visible representation of Dalits cannot be found anywhere in the government and its structures, even in those formed after the People’s Movement and formation of the CA. No party till date has raised its voice to illustrate how the state of Dalits will be in the new federal structure that is taking shape. The CA’s draft shows that the upcoming election will comprise a mix of procedures whereby some form of proportional voting will be included.

Having a realization of the consistent and planned alienation of Dalits from the various state sectors for centuries, now the movement has accepted special rights in its direction towards a claim for compensation. Not only during the process, but even after the end results are announced, the need for these special rights will remain. For the Dalit movement, however, the main concern is fair representation.

Reservation and special rights are the major demands of Dalits for the policy of positive discrimination. This agenda was established in Nepal by the Dalit movement itself. All parameters of Human Development Index proved that Dalits remain in the lower strata of Nepali society. However, the government reservation policies in place, limited only to the fields of education and employment now, have placed the Dalits still at the lowest priority.

Astonishingly, the Dalits, who have a total of 38% literacy rate, have been given a mere 9% scholarship reservation, whereas ethnic groups with almost 51% literacy rate have a reserved 27% scholarship seats. Surely, the weakest should have the most priority, if its purpose is to resolve the underlying problem! Therefore, the state must continue and boost its reservation policy until the representation of Dalits at all levels of the state bureaucracy reaches a level of parity with other ethnicities.

What is even more important is that in the today’s context, inequality should not have to be addressed through reservation. Instead, opportunities should be provided on the basis of merit, as the reality is such that even Brahmins can be poor. Through arguments like these, it is becoming apparent that the reservation policy may not be an exclusive solution to our deep-rooted societal problems. Intellectual and public opinion is already divided for and against these policies. Unfortunately, amidst the conflicting arguments brought to surface through such debates, even the entire next year may not be enough for the establishment and implementation of identity rights, including those of the Dalits of Nepal.

The writer leads Samata Foundation, a research organization on Dalits and exclusion in Nepal.

Source: Also, published in: MyRepublica on 2010-01-02 01:00:11

Posted under Perspectives / Analysis, Reflections on Sunday 3 January 2010 at 8:17 am

विचार/विवेचना: सुकुम्बासी हुँदैछन् दलित

नेपाली माटोमा दिनरात पसिना चुहाउँदै मिहिनेत गर्ने वर्गहरू आज घरदेखि बेघर हुनु परिरहेको छ । गणतन्त्रको स्थापना गरेर नेपाली जनतालाई न्याय दिलाउने कुरा उठेको हो । यसरी हेर्दा साँचो अर्थमा सुरक्षित रूपमा बास बस्ने र पेट पाल्न पुग्ने माटो नभएरै पुख्यौली थलो छाड्नेहरूका लागि के व्यवस्था हुने हो ? हेर्न बाँकी छ ।

- वीर विश्वकर्मा

करिब ५ वर्ष पछाडि मेरो पुरानो गाउँका एक युवासँग जम्काभेट भयो् भेटमा गाउँको हालखबरका बारेमा कुराकानी त भए नै तर हालखबर सोधपुछ पछाडि आफन्तहरूका विषयमा मलाई चिन्तित हुन बाध्य बनायो । त्यो चिन्ताको विषय आफन्तहरूका दैनिक जीवनका विषयहरू थिए । कुराकानीमा मैले जान्न चाहेका केही परिवार न त गाउँमा छन् न त कुनै खुटखबर नै छ । उनका अनुसार ती परिवारलाई गाउँमा गुजारा चलाउन निकै धौ-धौ भएछ । अनि करिब ४ वर्षकै वरिपरिको अवधिमा उनीहरू रोजगारीको खोजीमा गाउँ छाडेर भारततिर लागेछन् । आˆनो नाउँको घर र खेत बेचेको पैसाले परिवार पालनपोषणका लागि लिएको ऋण तिर्न ठिक्क भएछ । अनि त्यताको बसाइँसँगै तिनको पुख्र्यौली भूमिसँगको साइनो टुटेछ । उनीहरूसँग आजभन्दा १० वर्ष अगाडिसम्म करिब १ दिनको जोतिखाने जमिन थियो ।

परिवार दलित समुदायका धेरैको प्रतिनिधि अवस्था हो । उनीहरू घर र जमिनबाट च्युत हुन त पुगेका छनभने उनीहरूसँगै परम्परागत सीप पनि गाउँबाट विस्थापित हुँदैछ । गाउँका अरू परिवारको जीवन पनि करिब त्यस दिशातर्फ उन्मुख भइरहेको त्यस कुराकानीमा थाहा भयो । गाउँमा अहिले पनि त्यस्ता १० घरपरिवार छन् जसको दैनिकीमा निकै कठिन छ । उनीहरू परिवार पाल्न स्थानीय साहुहरूको भर पर्नुपरेको छ । अरू भरपर्दो विकल्प नभएको अवस्थामा यी परिवारले पनि केही वर्षमा गाउँ छाड्नु बाहेक अरू उपाय देखिँदैन ।

नेपाली माटोमा दिनरात पसिना चुहाउँदै मिहिनेत गर्ने वर्गहरू आज घरदेखि बेघर हुनु परिरहेको छ । गणतन्त्रको स्थापना गरेर नेपाली जनतालाई न्याय दिलाउने कुरा उठेको हो । यसरी हेर्दा साँचो अर्थमा सुरक्षित रूपमा बास बस्ने र पेट पाल्न पुग्ने माटो नभएरै पुख्यौली थलो छाड्नेहरूका लागि के व्यवस्था हुने हो ? हेर्न बाँकी छ । संविधानसभाको निर्वाचनमा धेरैजसो राजनीतिक पार्टीले भोकै बस्न बाध्य नागरिकका हकहितको कुरा उठाएकै हुन । निर्वाचनपछि गठन हुन पुगेका एकीकृत नेकपा (माओवादी) को सरकार र त्यसपछिको सरकारले पनि आजसम्म यिनै भोक र रोगले छटपटिएका वर्गलाई राज्यको पहुँचबाट टाढा हुन नदिने वाचा गर्दै आएका छन् तर ती वाचाहरू पूरा हुने छन् भन्ने सङ्केत भने पाउन सकिएको छैन ।

गरिब एवं पछाडि पारिएका वर्ग, समुदायलाई नयाँ नेपालको अनुभूति दिलाउन राज्यले उच्चस्तरीय भूमिसुधार आयोग पनि गठन गर्‍यो । जनताको अपेक्षासहित गठित आयोगबाट त्यस समुदायले ठूलै आशा गरेको थियो तर अहिलेसम्म पनि त्यो अपेक्षा पूरा हुनसकेको छैन । यदि राज्यले चाहने हो भने अहिले पनि त्यस्ता बेघर भूमिहीनहरूलाई सबैभन्दा पहिला व्यवस्थापन गर्नसक्ने विकल्प प्रस्तुत गर्नसक्छ ।

हिजोको तथ्याङ्कले देखाएका भूमिहीनहरूले निकास पाउन त परै जाओस् २०६२/२०६३ को जनआन्दोलनपछि पनि उच्चस्तरमा भूमिहीनहरूको सङ्ख्या बढि नै रहेको छ । उनीहरूको समस्यालाई शान्ति र अग्रगमनसँग जोडिएको छैन । मानवअधिकारसँग जोडिएको छैन । सुरक्षित आवास र रोजगारीको अभावमा रहेका करिब साढे २ लाख परिवारको अशान्ति नै खास रूपमा शान्ति खल्बलिने प्रमुख कारणमध्ये एक हो । यस्ता भूमिहीन किसानका समस्या नै सबैभन्दा पहिला निष्कर्षमा पुर्‍याउनु पर्ने कुरा आज ओझेलमा पर्न लागेको छ । गरिब तथा भूमिहीनहरूले अबको नेपालमा उन्नति गर्नसक्ने सुनिश्चितता प्राप्त गर्न सक्दैनन् भने समृद्ध नेपाल पनि बन्दैन र हुँदैन ।

सरकारले २०६६ मङ्सिरमा सुकुम्बासी समस्या समाधान गर्नैका लागि भनेर आयोग गठन गरेको छ । उच्चस्तरीय भूमि सुधार आयोग र त्यसपछिको सुकुम्बासी आयोगले वास्तवमा के र कसरी सुकुम्बासी र भूमिहीनका पक्षमा काम गर्ने हुन् ? स्पष्टता छैन । हरेक समस्यापछि तुरुन्त आयोग खडा गर्ने प्रवृत्तिबाट मुक्त हुन नसक्नु पनि सरकारको गम्भीर भूल हो । सुकुम्बासीका नाममा आयोग खडा गरेर समस्या समाधान हुने हो भने विगतबाट अहिलेसम्म गठन भएका करिब १ दर्जन आयोग नै पर्याप्त थिए । अझ २०४६ पछि पनि भूमिहीनलाई जमिनको मालिक बनाउने र गरिबी र बेरोजगारीबाट मुक्त पार्ने उद्देश्यमा आधा दर्जन आयोग गठन भइसके पनि समस्याको समाधान हुन सकेन । बरु सुकुम्बासी समस्या समाधान गरेर नसकिने विषय हो भन्ने जस्ता अर्थहीन कुरा विभिन्न क्षेत्रबाट सुनिन थाल्यो ।

वास्तवमा भूमिहीनका समस्या आत्मगत रूपबाट स्वीकार गर्न नसक्नु र राहतको कामका रूपमा मात्र लिइनुले यो समस्यालाई ठीक ढङ्गले सम्बोधन गर्नै नसकिएको हो । यसले केही टुक्रा जमिनलाई कागजका रूपमा बाँड्ने र सरकारको गुन गाउन सिकाउनेबाहेक अरु केही हुन सक्दैन । हालसम्म विभिन्न समयमा गठित भूमि आयोगले यस्तै परिणति देखाएका छन् । तिनबाट वास्तविक गरिब र भूमिहीनले कुनै पनि राहत प्राप्त गर्न सकेनन् । २०१३ सालदेखिका आयोगहरूको कामलाई त्यही धरातलबाट मूल्याङ्कन गर्न सकिन्छ । वास्तविक भूमिहीन र गरिबहरू लाभको केन्द्रबाट पाखा पारिए भने केन्द्रमा केवल गैरभूमिहीनहरू मात्र परे । यसले सबै क्षेत्रमा गैरभूमिहीनकै पहुँच बढायो ।

भूमिहीनमुखी नभएका सरकारका कामलाई पनि भूमिहीनले विकल्प नहुँदा स्वीकार्न बाध्य हुनुपरेका छ । अन्ततः त्यसको परिणाम भूमिहीनको पक्षमा भएन । बाँच्ने विकल्प खोजिरहेका वास्तविक भूमिहीनहरूप्रति यो भन्दा अरू अन्याय के हुन सक्छ ? त्यसैले न त उनीहरू आज जमिनको मालिक हुनसकेका छन्, न त जीविकोपार्जनका साधनहरू प्राप्त गर्न सकेका छन् । अमिलो मन पारेर गाउँ छाड्न बाध्य भइरहेका छन् । सरकार र राजनीतिक दलहरूले यो समस्याको व्यावहारिक समाधान दिनु जरुरी छ । किनभने इतिहासमा जमिनबाट बेदखल गरिएका दलितहरू त मारबाट सीधै प्रभावित छन् नै । त्यसका साथै अरूसँग पनि यो सम्बन्ध प्रत्यक्ष गाँसिएको छ । यस कोणबाट हेर्दै समग्र जनमुखी भूमिसुधारको योजनासहित मुलुकको आर्थिक, राजनीतिक तथा सामाजिक उन्नतिको मार्ग कोर्नु जरुरी छ । यो शान्ति र अग्रगमनको प्रश्न पनि हो ।

Source: Gorkhpatra (National Daily), 2009-12-31 17:55:56

Posted under Perspectives / Analysis, Reflections on Saturday 2 January 2010 at 11:36 am

प्रभु! हमको दमाई-राज्य मिलादो!

“वास्तबमा एक वा सिमित जातिले सन्चालन गरेको राज्य सबैलाई न्यायपूर्ण हुन सक्दैन भन्ने कुरा त नेपालको इतिहाशले देखाइसकेको छ। देशले प्रगति गर्न सकेन किनकि सधै बागडोर सिमित उच्च घरानियहरुको हातमा रहन पुग्यो।”

“अझ महत्वपूर्ण सत्य के हो भने उत्पिडनमा परेका दलितहरुलाई दबाउने र हेप्ने फगत बाहुन-क्षेत्री मात्र पक्कै होइनन्। तमुवानमा गुरुङ्ले, लिम्बुवानमा लिम्बुले, खुम्वुवानका राई, मधेशी लगायत सबैले दलितलाई दैनिक रुपमा दबाइरहेका छन्।”

- मित्र परियार

हाम्रो देशले युगौंसम्म उन्नति र प्रगतिको उज्यालो देख्न नपाउनुको एक प्रमुख कारण के हो भने शासकहरुले जहिले पनि यस भूमिलाई बिलकुल निजी सम्पतिका रुपमा लिए र आम जनतालाई कहिले पनि गोठका भेंडाबाख्रा भन्दा फरक देखेनन्। देशले अहिले उल्लेख्य रुपमा राजनैतिक काँचुली फेरिसकेको छ र शाह वंशीय राजा-महाराजाहरुको मनोमानीपूर्ण शासनको बिधिवत अन्त्य भैसकेको छ। तर दुर्भाग्य नै मानु पर्छ कि अधिकांश गरिब, निरीह, उत्पिडीत जनको जीवनमा खासै परिवर्तन देखिएको छैन। देशलाई हाँक्ने जिम्मा लिएका दलहरुले जनताका तमाम समस्या र उत्पिडन हल गर्ने दिशामा कुनै उल्लेख्य कार्य गर्न सकेको देखिंदैन। दिशानिर्देश टेलिभिजन कार्यक्रममा प्रदिप गिरीले भने जस्तै यस मामिलामा एक होइन सबै दल दोषी छन्; यो मात्र होइन यस अघिको क्रान्तिकारी सरकारले पनि जनताको मूलभूत समस्या समधान गर्ने दिशामा कुनै ठोस कार्य गर्न नसकेको कुरा मध्यान्नको घाम झैं छर्लङ छ।

समस्याको जरो कहाँ छ भने एक राजालाई मिल्काउन नभ्याउँदै धेरैजना “राजा” बन्ने दाउमा छन्। समग्र देश र जनताको पीरमार्का भन्दा दलिय स्वार्थलाई नै बढि जोड दिने राजनैतिक रोगले देश आक्रान्त छ। त्यस कारण दलहरु आफ्ना अडानभन्दा एक कदम पछाडि हट्न चाहदैनन्; बरु देशलाई थप अन्योल, अस्थिरता र मूठभेडको दिशामा अगाडि बढाउन बुद्दिमानी ठान्दछन्। वस्तुत: उनीहरुमा पनि राजकिय भूत चढेको छ किनभने उनीहरु पनि जनतालाई भेडाबाख्राकै रुपमा हेर्दैछन्। धेरैका मुखमा सुनिन्छ रामराम तर बगालीको छुरा भने छिपेको छैन।

उपरोक्त भनाइलाई धेरै दलका धेरै उदाहरणहरुले प्रमाणित गर्न सकिन्छ। ती मध्ये पछिल्लो उदाहरणका रुपमा माओबादीको एकलौटी जातिय-राज्य घोसणालाई पनि लिन सकिन्छ। अधिकांश दलहरु, बिचारक, बिश्लेशकहरुले खबर्दारी गर्दागर्दै पनि पूर्व-विद्रोहीहरुले देशका बिभिन्न भूभाग बिभिन्न जात-जातिलाई बाँडेरै छाडे। यसरी आफ्नो दलिय निर्णय अनुसार आमजनताको अभिमत बेगर देशलाई जातिय राज्यहरुमा बिभाजित गर्नु तमाम जनताको अपमान हो कि होइन?

यसमा स्व्यम् जातिय-राज्य पाउन सफल जनजातिका कतिपय अगुवाहरु समेत खुशी छैनन् भन्ने पनि सार्वजानिक भैसकेको छ। मगर जातिको हकहितका लागि लामो संघर्ष गर्दै आएका गोरे बहादुर खपाङीले ‘हिमाल’मा लेखेका छन् कि मगरात राज्य घोसणाले त्यस भेगमा लामो समयसम्म बसोबास गर्दै आएका अन्य जातजातिलाई स्वभाविक रुपमा चिन्तित तुल्याएको छ। देशलाई नै जातिय-युद्दको भूमरीमा पारेर कुनै पनि जातिको प्रगति हुन सक्तैन भन्ने उनको भनाइ मननयोग्य छ।

यथार्थमा जातिय राज्यले सबैभन्दा बधि अन्न्याय र उत्पिडनमा परेका दलितहरुलाई अझ बढि शोषण र दमनमा पार्ने सम्भावना छ। सर्वप्रथम, उनीहरुका लागि कुनै घोसित राज्य छैन। अझ महत्वपूर्ण सत्य के हो भने उनीहरुलाई दबाउने र हेप्ने फगत बाहुन-क्षेत्री मात्र पक्कै होइनन्। तमुवानमा गुरुङ्ले, लिम्बुवानमा लिम्बुले, खुम्वुवानका राई, मधेशी लगायत सबैले दलितलाई दैनिक रुपमा दबाइरहेका छन्। यो परिस्थितिमा दलितले जातिय राज्यबाट के पाउँछन्? स्वाधिन, स्वतन्त्र नेपालका नागरिकका रुपमा त कथित तल्ला जातिले उचित न्याय पाउन सकेका छैनन् भने बिष्टहरुका नामधारी उपराज्यमा उनीहरुको हविगत कस्तो होला?

यस विषयमा फरक मत राख्नेहरुलाई माओवादी के भन्छन् भने जातिय राज्यको घोषणाबाट कोहि त्रसित हुनु पर्दैन; यो सांकेतिक मात्र हो; अरु जातिहरू भाग्नु पर्ने छैन। वर्गीय राजनीति गर्ने भनिएको दलले यसरी जातियतालाई उचाल्दा दलगत स्वार्थ त पूरा होला, तर यस्तो खतरानक दाउपेचबाट देशको दूरगामी भविष्यमा पर्न सक्ने नकरात्मक प्रभाव प्रति भने उनीहरु विलकुलै सम्बेदनशिल नदेखिनु खेदपूर्ण मान्ने धेरै छन्। अन्ततोगत्वा एक जातिले अर्को जातिलाई खोजीखोजी मार्ने दिन आयो र नेपालको हालत कतिपय अफ्रिकाली मुलुकको जस्तो हुन पुग्यो भने जिम्मा कस्ले लिने?

माओवादीको दावा अनुसार जातिय राज्यहरु बिलकुल एक् जातिको लागि मात्रै होइन भने जातिय नामकरण नै किन चाहिएको हो? नाममा मात्रै सिमीत स्वायत्तताको के अर्थ भयो? होइन, जातियतालाई कुनै न कुनै रुपमा प्रोत्साहित गरिन्छ भने अन्य जातिले कसरी जीविका गर्ने त्यहि ठाउँमा? एक साधरण उदाहरणका रुपमा मेरो क्षेत्रमा तमुवानले सबै जातिका बच्चाले गुरुङ भाषामा प्राथमिक शिक्षा लिनु पर्ने उर्दी आयो भने अन्य जातिले के गर्ने? दलित, बाहुन, क्षेत्री र अन्य जातिले पनि गुरुङ् भाषा सिक्ने कि आफ्ना बासस्थान छोडेर भाग्ने? फेरि आत्मनिर्णयको अधिकारवाला राज्यको निर्णयलाई नमान्नेले कहाँ गएर बिरोध गर्ने?

वास्तबमा एक वा सिमित जातिले सन्चालन गरेको राज्य सबैलाई न्यायपूर्ण हुन सक्दैन भन्ने कुरा त नेपालको इतिहाशले देखाइसकेको छ। देशले प्रगति गर्न सकेन किनकि सधै बागडोर सिमित उच्च घरानियहरुको हातमा रहन पुग्यो। आज बल्लतल्ल सबै जातजातिलाई समावेशी ढंगले राज्यशासनमा पहुँच दिलाउने बाटोमा राज्य अगाडि बढ्न खोजेका बेला स्थानिय रुपमा भने डाँडाकाँडा, भिरपाखा, बनजंगल, लगायत सबै भूमि एक जातिलाई सुम्पिदा के देशको भविश्य उज्जवल बन्न सक्ला? के यसरी जातिय सदभाव बढेर जान सक्ला? जातिय भेदभाव कमि होला कि बढेर जाला?

अहिलेसम्म दलितका शासकिय बिष्टहरु मात्रै काठमान्डुमा छन्। आफ्नो हकधिकारका लागि दलितले राज्धानीका शासकहरुसंग संघर्ष गरे हुन्छ। माओबादीको योजना अनुरुपको जातिय राज्यहरु बनाउने हो भने दलितका धेरै ठाउँमा धेरै शासकिय बिष्टहरु हुने छन् र उनिहरुका आन्दोलन पनि छिन्नभिन्न बन्न बाध्य हुने छ। तमुवानमा गुरुंगसंग, मगरातमा मगरसंग, खुम्बुवानमा राईसंग - एवं रितले फरक फरक बिष्टहरु संग भिड्नु पर्ने छ। किनभने दलितका आधारभूत मुद्दामा कुनै पनि दलले व्यबहारिक रुपमा अझै सिन्को भाँचेका छैनन्। हो, माओवादीकै देनका कारण ऐतिहाशिक रुपमा निक्कै धेरै दलितको संसदमा प्रतिनिध्त्व भएको छ। संख्यात्मक द्रिष्टिमा यो उपलब्धि नै मान्नु पर्छ, तर वस्तुत: यी सभासदहरुको भूमिका नेताका भासणमा ताली बजाउनुमै सिमित रहेकाले अहिलेसम्म उपलब्धि खासै केहि देखिन्न।

नेपालको जातिय सम्रचना हेर्दा के देखिन्छ भने जातिय बिषय धेरै जटिल छ। यसलाई वास्तवमा प्याजको रुपमा हेर्न सकिन्छ: एक पत्र निकाले पछि अर्को पत्र निक्लन्छ। प्रतेक जातिभित्र उपजातिहरु छन्। मानौं दलितले पनि छुट्टै राज्य पाएछन् भने पनि समस्याको समाधन हुँदैन किनभेन दलित भित्रका जातिहरुक प्रश्न देखिन थाल्ने छन् र कामी, दमाई, सार्की, डोम, चमार, आदिका विच आन्तरिक संघर्श चर्किन थाल्ने छ। भोलि तमुवान भित्र पनि सोर्ह जाते र चार जाते गुरुङ्का विच मारामर नचल्ला भन्न सकिन्न। किनभने कुनै पनि समूह आफैंमा सग्लो समुह छैन।

हठ सबै दलका परिचायक बनेको बर्तमान अवस्थामा यस्ता तर्क माओबादीले सुन्ला र आफ्नो अभ्यास परिवर्तन गर्ला भन्ने चाहना राख्नु मूर्खता हुनसक्छ। तैपनि सबैले उनीहरुलाई सतर्क गराउने प्रयत्न जारी राख्नु उपयुक्त होला। होइन भने देशमा जातिय समस्याले नयाँ रुप लिन सक्छ। माओवादीले घोसित रुपमै भारतलाई नेपालको प्रभावशाली खेलाडीका रुपमा हालसालै परिचय गराएको छ। भोलि मैले पनि भरातसंग मेरो छुट्टै “दमाई राज्य” मिलाइदिन औपचारिक आग्रह गर्नु नपरोस्।

(लेखक हाल इंगलैंडको अक्सफोर्ड विश्वविद्यालयमा पोस्ट-ग्र्याजुएट डिग्रीमा अध्ययनरत छन )

Posted under Reflections on Saturday 26 December 2009 at 6:09 pm

नेपालको समावेशी अभ्यासहरुबाट उठेका केहि् कुरा

अब छुवाछुतलाई सामाजिक समस्याका रुपमा मात्र हेर्ने चलनमा परिवर्तन आउनु पर्छ। राज्यको आखा खुल्नु पर्छ र समाजको भावनामा परिवर्तन आउनु पर्छ। साठी लाख भन्दा वढी नेपालीले भोगिरहेको छुवाछुतको समस्यालाई राजनीतिक समस्याको रुपमा सम्वोधन हुनु पर्छ।

- प्रकाशचन्द्र परियार *
(prakashktv@gmail.com)

पंचायतकालमा एकजना हिरालाल विश्वकर्मा सहायक मन्त्री वन्दा सिंगो नेपाललै हल्लिएको थियो, राजाले कामीको छोरालाई160 पनि मन्त्री वनाए भन्ने चर्चा परिचर्चाले दरवारको खोपी देखि पानी पधेंरो सम्म खल्बलाएको थियो। प्रजातन्त्र पुनस्थापना भए पछि कांग्रेस एमालेले दलितको प्रतिनिधित्व गराउनु पर्ने सवाललाई आवश्यकै ठानेनन्। हिरालाल पछि झ48डै विस वर्षको अन्तरालमा प्रकाश चित्रकार परियारलाई राजाकै शासनमा सहायक मन्त्रि वनाए पछि फेरि शुरु भयोर् वन्चित सुमदायलाई दलहरुले उपेक्षा गरे पनि राजाले समेटे भन्ने एकथरी दलितको रटाई। नभन्दै कांग्रेस एमालेले दलितलाई मन्त्री मडलमा समेट्न शुरु गरे। कांग्रेसले नेतृ शैलजा आचार्यलाई उपप्रधानमन्त्री वनायो। राज्यको प्रमुख अंगमा सवैभन्दा ठुलो पदधारी अहिले सम्मकै महिलाको नाम खोज्दा स्वर्गीय आचार्य अग्रपंत्तिमा आईहाल्छिन। राजाकै पालामा मधेसी समुदायका बद्रीप्रसाद मडल उपप्रधानमन्त्री वनाईए। राष्ट्रपति डा रामवरण यादव र उपराष्ट्रपति परमानन्द झा निर्वाचित हुनु भन्दा अघि सम्म मडलको नाम अग्रपंक्तिमा थियो। अल्पसंख्यक मुस्लिम समुदायका डा मोहम्मद मोहसिन राष्ट्रिय सभाका अध्यक्ष र पछि संचारमन्त्री वने। दोश्रो जनआन्दोलन पछि उपप्रधानमन्त्री वनेका अमिक शेरचन जनजाति समुदायवाट उपप्रधानमन्त्री हुने शौभाग्यशाली व्यक्ति हुन। संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित सुभाष नेम्वाङ जनजाति समुदायवाट शिर्षस्थ पद हासिल गर्ने पछिल्लो उदाहरण हुन। राष्ट्रिय सभाका उपाध्यक्षमा रामप्रीत पासवान र कांग्रेस एमाले र माओवादीका तर्फवाट क्याबिनेट मन्त्री वनेका मान वहादुर विश्वकर्मा, छविलाल विश्वकर्मा र खड्गवहादुर विश्वकर्मानै अहिले सम्मकै सवैभन्दा ठुलो पदमा आसिन दलित समुदायका प्रतिनिधि मानिन्छन।

नेपालको प्रथम राष्ट्रपतिमा डा रामवरण यादव र उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भए पछि नेपालको सर्वोच्च स्थानमा दुई मधेसी समुदायका व्यक्तिहरु पुगेर किर्तीमान राखेकामात्रै छैनन, एकजातिवाद पनि तोडिएको छ। जातिय तथा समुदायका हिसावले मात्र होईन उनीहरु ऐतिहासिक हिसावका धेरै कोणवाट अघिल्लो पंक्तिको ईतिहास कायम गर्न सफल भए।

अझै पनि नेपालमा दलित, महिला,मधेसी, जनजाति ४ वटै वंचित समुदायका व्यक्तिहरु प्रधानमन्त्री वने भने समुदायकै तर्फवाट पहिलो हुने छन। रोचक कुरा त अव दलित समुदायवाट उपप्रधानमन्त्री वने पनि उनीहरु इतिहासमै पहिलो पटक हुनेछन्, प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति त टाढाको कुरा ।

आए अल्पसंख्यक, दलित एवं मधेसी महिला
समावेशी अभ्यासको सवैभन्दा ठुलो किर्तीमानी प्रयाश माओवादीले अन्तरिम संसदमा पठाएका सांसदहरुनै हुन। जहा नेपालको ईतिहासमै पहिलो पटक संसदमा दलित महिला, मुसहर, अपांङ, कुर्मी, भुजेल, दनुवार, र माझी समुदायका सदस्यहरुले प्रवेश गरेका थिए। अझ संविधानसभामा त चेपाङ, उराउ, कुमाल, वांतर, दुरा, ताजपुरिया, चमार लगायतका अल्पसंख्यक तथा वन्चित समुदायका प्रतिनिधिहरुको सहभागिताले संविधानसभालाई विविधताको संगम मात्र वनाएन समुदायका हिसावले धेरैलाई पहिलो वन्ने शौभाग्य समेत उपलब्ध गरायो। राष्ट्रिय सभामा दुईजना मात्र दलित समुदायका सदस्यको प्रतिनिधित्व हुदा पनि मख्ख पर्न वाध्य दलितहरु अहिले संविधानसभामा ५० जना सभासदका साथ गम्किएका छन्। उनीहरु अझै जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुन सकेन भन्दै आफ्ना मागलाई चर्का रुपमा अघि सारिरहेका छन्। दलित नेता पदम सुन्दास संख्यात्मक प्रतिनिधित्वनै नपुगेको भन्दै गुणात्मक सहभागिताको माग अझै जारी रहेको वताउनु हुन्छ। अझै पनि दलित समुदायका आधा दर्जन जाति र आधा दर्जननै जनजातिका सदस्यहरु राष्ट्रिय महत्वको उच्च पदमा पुग्न सकेका छैनन।

कुरा जताततै समावेशीको
दलित, महिला, मधेसी आदिवासी जनजाति र अल्पसंख्यकको प्रसंग ननिकाली राजनीतिक दलका नेताहरुको भाषणै नविक्ने र एनजिओ आईएनजिओको प्रोजेक्टै नचल्ने भईसकेको छ। वषौदेखि राज्यको मुलधारमा हालीमुहाली जमाएर वसेका जाति, वर्ग र समुदायले माओवादीलाई आरोप लाउन छाडेका छैनन, हेरौ न उनीहरुले आफ्नो सत्तामा यसलाई कसरी सम्वोधन गर्लान जस्ता यावत कुराहरुलाई लिएर । कतिपय यथास्थितिवादीहरु त यी सवै उचाल्ने एनजिओ आईएनजिओ हुन भन्दै दातृ निकायलाई खोईरो खनेर पन्छिरहेका छन्। समावेशी अभ्यास गलत हो त160? अनुचित माग हो र? चाहिने भन्दा वढी पो भो कि? गहिरीएर प्रतिकृया दिनेहरुको संख्या न्युन छ भने ठुलो जमातले यसलाई भित्री रुपमा स्वीकार्नै सकेको छैन। तथापी समावेशी अभ्यास राज्यको केन्द्रीकृत संरचनाको अन्त्यका लागि भएको शुरुवाती मात्र भएको मान्नु हुन्छ अधिवक्ता रत्नवहादुर वाग्चन्द। उहाको भनाई छ राज्यले माफि माग्ने र क्षतिपूर्ती स्वरुप विशेष अधिकार दिने घोषणानै नगरेको अवस्थामा रमाइहाल्नु पर्ने अवस्था छैन।

आवधिक र वैज्ञानिक आरक्षण
दलित, महिला , मधेसी र आदिवासी जनजातिहरुले अघि सार्दै आएको आरक्षणको माग प्रारम्भिक चरणको अभ्यासमा आईसकेको छ। संविधानसभाको समानुपातिक प्रणाली अन्तर्गत उनीहरुलाई अनिवार्य समेटनु पर्ने प्रावधाननै आरक्षणको प्रारम्भ हो , नत्र संविधानसभामा ५० जना दलितको न प्रतिनिधित्व सम्भव थियो न त सिंगो नेपालमा करिब ६ हजारको हाराहारीमा रहेका दुरा समुदायका सदस्य सभासद् हुन सक्थे। नया संविधानमा आरक्षणको व्यवस्था हुनेमा कुनै शंका छैन तर आरक्षणको स्वरुप, प्रावधान, वर्गिकरण, क्षेत्राधिकार र समय सिमाको भने वैज्ञानिक तरिकाले टुंगो लगाउन चुक्नु नहुने मान्यता राख्नुहुन्छ जनजाति महासंघका अध्यक्ष तथा सभासद पासाङ शेर्पा। राज्य पुनसंरचना आयोगले सवै वन्चित जाति क्षेत्र तथा समुदायको साझा भावनालाई स्वीकार गर्दै आधुनिक नेपाल सुहाउदो आरक्षणलाइ राज्यले अवलम्वन गर्नु पर्ने भनाई शेर्पाको छ।

सामाजिक सद्भाव र जातिय सहिष्णुता
जातिय, धार्मिक र क्षेत्रिय विभेदको शिकार वनेका नेपाली वन्चित समुहले एकात्मक केन्द्रीकृत शासन प्रणालीको थिचोमिचोलाई वाध्यात्मक स्वीकार गर्दै भए पनि सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उचो वनाउदै आएका थिए। नया संरचना निर्माण र रुढीगत तथा अवैज्ञानिक परम्परा, रितीरिवाज र कुरीति विरुद्ध संगठीत जागरण अभियानका शिलशिलामा कहि कतै सुमधुर जातिय समिश्रणमा नकारात्मक प्रभाव नपरेको होईन तर मधेसीका कुरालाई राष्ट्र विख48डन, दलितका सवाललाई सामाजिक सदभावमा खलल तथा जनजातिका प्रसंगलाई अपव्याख्या र महिलाका मागलाई उपेक्षा गर्ने सोचमा ठुलो परिवर्तन आईसकेको छैन। राज्यको शासकिय स्वरुप निर्धारण समितिका सभापति शम्भुहजरा पासवान समावेशी मुद्धालाई आत्मसात् नगरे सम्म हरेक कुरालाई सामाजिक र साम्प्रदायिक रंगले हेरिरहने प्रवृत्ति फस्टाईरहे सम्म परिवर्तनको आभाष पाउन निकै कठिन हुने वताउनु हुन्छ।

समावेशी भित्रको समावेशी
समावेशी र आरक्षणका सवालमा संवेदनशील नवन्ने हो भने आरक्षण वन्चित समुदाय भित्रका पनि टाठावाठाका लागि मात्रै रजाई हुनेमा कुनै शंका छैन। दलित, महिला, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यक र पिछडीएको क्षेत्रकालाई आरक्षण दिदा अथवा समावेशी गर्दा सवै भन्दा पछि परेका दलित, दलितभित्र पनि दलित महिला र दलित महिला भित्र पनि मधेसी, अपाङ र पिछडीएको क्षेत्रका दलित महिलालाई प्राथमिकता दिनु पर्ने प्रावधानको कानुनी व्यवस्था सुनिश्चित नहुन्जेल लक्षित समुदायको उत्थान असम्भव छ। परराष्ट्र सम्वन्ध तथा मानव अधिकार समितिका सभापति पद्मलाल विश्वकर्मा आरक्षण र समावेशीका सवालमा प्राथमिक सुचि निर्धारण नगरी अघि वढ्दा वन्चित समुदाय केन्द्रीत आरक्षणको ल3य पूरा हुनेमा शंका गर्नु हुन्छ। उहाको भनाई छ यसले त फेरि वन्चित समुदायमा नैराश्यता ल्याउन सक्छ ।

छुवाछुत अव सामाजिक समस्या रहेन
नेपाली समाजमा सयौं वर्षदेखि व्याप्त छुवाछुतप्रथालाई सामाजिक समस्याका रुपमा मात्र लिने सोच आंशिक रुपमा आज सम्म छदैछ। दलितहरु आफैले पनि यसलाई सामाजिक तथा धार्मिक रुपमा सवैभन्दा वढी केन्द्रीत गर्दै आए। तर अब छुवाछुतलाई सामाजिक समस्याका रुपमा मात्र हेर्ने चलनमा परिवर्तन आउनु पर्छ। राज्यको आखा खुल्नु पर्छ र समाजको भावनामा परिवर्तन आउनु पर्छ। साठी लाख भन्दा वढी नेपालीले भोगिरहेको छुवाछुतको समस्यालाई राजनीतिक समस्याको रुपमा सम्वोधन हुनु पर्छ। पेशागत रुपमा जातिय विभेद हुने भएकाले यसलाई आर्थिक समस्याका रुपमा हेरिनु पर्छ र विश्वकै अमानविय तथा वेइजत्तीपूर्ण प्रथा भएकाले यसलाई अन्तराष्ट्रिय रोगका रुपमा निर्मूल पार्ने अभियान थाल्नु पर्छ। त्यसका लागि राज्यको सोचमा परिवर्तन हुनु पर्छ, तपाई हाम्रो विचार वदलिनु पर्छ। कुरो मात्रै होईन व्यवहारमै लागू गर्ने सवालमा पछि पर्नु हुदैन।

विसंगतीप्रति समयमै सचेत
दलितका नाममा आएका सानातिना राहत कार्यक्रमदेखि उच्च शिक्षा अध्ययनका लागि छुट्याईएका छात्रवृत्तिहरुमा गैर दलितहरुले दुरुपयोग गर्ने चलन शुरु भईसकेको छ। खाश गरेर दलित समुदायको थर गैर दलित समुदायकासंग मिल्ने तथा जनजातिका थर गैर जनजातिसंग जुध्ने भए पछि कागजी प्रकृया मिलाएर फाईदा लिने प्रवृत्ति झा147गिदै गएको छ। सरकारले दलित आयोग र आदिवासी जनजाति प्रष्ठिानलाई वन्चित जाति समुदायको सुचिकृत गर्दा वैज्ञानिक आधारमा र शिफारिश गर्दा कडाइ र त्यसको प्रभावकारी अनुगमन गर्दै नजाने हो भने लक्षित समुदाय भन्दा चकारी समुह लाभान्वित हुने संभावनालाई कम आक्न सकिदैन।

कुरा पृथ्वीनारायण शाहको
राम्रा कुरालाई राम्ररी प्रयोग गर्न नजान्दा समावेशीका नारा विदेशीले सिकाउदै हिडनु पर्ने अनि हामी पनि पछ्याउदै हिडिरहेको तितो अनुभव पूरानो भईसक्यो। भारदारी सभामा जातिय समिश्रण होस या युद्धका धेरै कोणमा विसे नगर्ची, मणिराम गाईने, वाङगे सार्की र कालुराम कामीलाई अघिसारेर सवैको शिप र कौशलको उपयोग गर्दे नेपाल एकीकरण गर्न सफल पृथ्वीनारायण शाहले नेपाल सवैजातको साझा फूलवारी हो भन्ने वाणीमा सवैलाई चेतना भया भर्न्दै दिएको जोडलाई पछिल्लो कालमा उपेक्षा गर्दे आउदा समावेशी हुनु पर्ने माग विदेशीले सिकाउदै हिडनु पर्ने अवस्था पनि आयो। उनीहरुले के नै नया कुरा ल्याईदिए कि भन्ने लाग्दो हो तर कहिल्यै फर्केर हामीले नेपाली जातिय समिश्रणको परम्परालाई नया शिरावाट सम्वोधन गर्ने अभ्यास गरेनौ। नेपाली जातिय सद्भावलाई केन्द्रीकृत तवरले मात्रै वुझ्यौ, विभेदी नीतिलाई चिर्ने प्रयास नगरी एकोहोरो सद्भाव सद्भाव मात्रै जपिरह्यौ।

टपक्क व्यक्ति तान्ने नीति र प्रवृत्ति
पंचायतकाल देखि प्रजातन्त्र पुनस्थापना हुदै राजाको शासनमा समेत एकाध महिला मधेसी दलित र जनजातिका सदस्यहरु टपक्क टिपेर ल्याउने र समावेशी स्वरुपको आभास दिने चलन हामी माझ नभएको होईन। पछिल्लो कालमा चर्को रुपमा उठेको समावेशी नाराको जस लिदै टाठावाठाहरुले फाईदा लिए पनि स्पष्ट नीति र कार्यक्रमकासाथ वन्चित समुदायलाई राज्यको मुलधारमा ल्याउने राष्ट्रिय संकल्प नहुदा समोवशीका कुरा वन्चित समुदायको नाममा सिमीत व्यत्तिले लिने राजनीतिक लाभ र एनजिओ आईएनजिओका लागि गरि खाने भा147डोका रुपमा मात्रै हुनेमा द्विमत छैन।

आखिर राजपरिषद स्थायी समितिका सभापति परशुराम चौधरी हुन या राष्ट्रिय सभाको अध्यक्ष डाक्टर मोहम्मद मोहसिन , उपप्रधानमन्त्री त्रय शैलजा आचार्य, वद्रीप्रसाद मडल र अमिक शेरचन हुन या मन्त्री छविलाल विश्वकर्मा उनीहरुको भौतिक सहभागिता समावेशीका नाममा जलप मात्र हुन। जसले समावेशीको आड दियो जग दिएन। किन कि उनीहरु पात्रका रुपमा मात्र अघि सारिए। भनिन्छ नि भारतमा दलित समुदायका राष्ट्रपति वनेको १५ वर्ष वितिसम्दा पनि छुवाछुतको समस्यामा ठुलो कटौती भएको छैन त्यसैले त आरक्षण जारी छ। अल्पसंख्यक र आदिवासीहरुले आफूहरुलाई पनि सुचिकृत गरेर आरक्षण दिनु पर्छ भन्ने माग अघि सारिरहकेका छन् केही महिना अघि मात्र एउटा अल्पसंख्यक जातिले चलाएको आन्दोलनमा दर्जनौको मृत्यु भयो फलस्वरुप उनीहरुलाई आरक्षण दिन राज्य वाध्य भयो। हाम्रो त झन समावेशीको प्रारम्भिक चरणनै गुजि्ररहेकावेला वास्तविक अभ्यास त भएकै छैन जहा सिरहाका रामचन्द्र डोम हुन या डोटीका धनवीर ओड , इलामकी मिना लेप्चा हुन या डोल्पाकी जोगमाया वुढा सिन्धुपाल्चोककी मनसरा तामाङ हुन या डोल्पाका छेदुङ भोटे जसले समावेशी नेपालमा आफ्नो न त भुमिका नै थाहा पाएका छन नत आरक्षण पाउदा के के नैे लछारपाटो लाग्छ भन्ने सुइकै पाएका छन्। उनीहरुले त खास्स खुस्स सुनिरहेका मात्र छन हामीलाई पनि अन्य जाति र वर्ग समुदायकाहरुलाई जस्तै समान व्यवहार गर्छन रे हाम्रो उत्थानका लागि सरकारले व्यवस्था गर्ने भो रे। आखिर उनीहरुको आगन सम्म पुग्ने समावेशी शैली र व्यवहार कस्तो होला? उनीहरुलाई समेटने आरक्षण कस्तो होला? के उनीहरु नया र समावेशी नेपालका पहिलो भागीदार वन्लान?

(* परियार कान्तिपुर टेलिभिजनका वरिष्ठ उप सम्पादक हुन)

Posted under Perspectives / Analysis, Reflections on Monday 24 August 2009 at 11:01 pm
Next Page »
Site operated by Nepaldalitinfo Network. Inclusion of an article on this website does not constitute endorsement of its content. In accordance with Title 17 U.S.C. Section 107, the material on this site is distributed without profit to those who have expressed a prior interest in receiving the information for research and educational purposes by visiting this site which is designed for this purpose. Powered by WordPress 1.5. RSS feeds: Entries and Comments.